12/10/2025
जग्गाधनी प्रमाण पूर्जा वितरण सम्बन्धी सूचना ।
नापी कार्यालय, रुपन्देहीको च.नं. ४०३, मिति २०८२/०६/२६ को पत्रानुसार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको मिति २०८२/०६/२४ गतेको प्रेस विज्ञप्ती अनुसार विघटित भूमि समस्या समाधान आयोगबाट जग्गा दर्ताको निर्णय भई राजश्व समेत जम्मा गरिसकेका अव्यवस्थित बसोबासीको प्रमाणित भईसकेका जग्गाधनी प्रमाण पूर्जा तपशिल बमोजिमको मिति, समय र स्थानमा वितरण गरिने हुँदा यस नगरपालिका अन्तर्गत वडा नं. ५, ७, ९ र १० का सम्बन्धित व्यक्तिहरुले पूर्जा लिनका देहायको मिति, समय र स्थानमा सक्कल नागरिकता प्रमाणपत्र सहित अनिवार्य उपस्थित हुनुहुन अनुरोध छ।
तपशिल
मितिः २०८२/०७/०१
समयः विहान ०८:०० बजेदेखि ।
स्थानः देवदह नगरपालिकाको सभाहल ।