15/08/2026
📢 सूचना | विद्यालय पुनः सञ्चालन सम्बन्धमा
सम्पूर्ण विद्यार्थी, अभिभावक तथा सरोकारवालाहरूमा हार्दिक जानकारी गराइन्छ कि वर्षे बिदा समाप्त भएसँगै श्री गणेश माध्यमिक विद्यालय, रुन्टीगढी–५, धौलाबाङ, रोल्पा को नियमित पठनपाठन २०८३ साल भाद्र १ गते (सोमबार) देखि पूर्ववत् सञ्चालन हुनेछ। 🏫📚
📚 सम्पूर्ण विद्यार्थीहरूलाई समयमै विद्यालय उपस्थित भई नियमित पठनपाठनमा सक्रिय सहभागिता जनाउन हार्दिक अनुरोध गर्दछौँ।सम्पूर्ण कक्षाका शिक्षकहरूले दिनुभएको गृहकार्यहरू पूर्ण रूपमा सम्पन्न गरी विद्यार्थीहरू विद्यालयमा उपस्थित हुनुहुनेछ भन्ने विद्यालय परिवारले अपेक्षा गरेको छ। यस कार्यमा सम्पूर्ण अभिभावकज्यूहरूले समेत आवश्यक सहयोग र पूर्ण साथ दिनुहुन हार्दिक अनुरोध गर्दछौँ।
नयाँ उत्साह, नयाँ ऊर्जा र सिकाइको नयाँ यात्रासँगै विद्यालयमा यहाँहरूलाई स्वागत छ। ❤️
“गुणस्तरीय शिक्षा, अनुशासित विद्यार्थी र उज्ज्वल भविष्य हाम्रो प्रतिबद्धता।”
🙏 श्री गणेश माध्यमिक विद्यालय परिवार
📍 रुन्टीगढी–५, धौलाबाङ, रोल्पा
#श्रीगणेशमाध्यमिकविद्यालय #विद्यालयपुनःसञ्चालन #सूचना #रुन्टीगढी #धौलाबाङ #रोल्पा