Nepal 360 - नेपाल ३६०

Nepal 360 - नेपाल ३६० Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Nepal 360 - नेपाल ३६०, Public Service, Katmandu.

28/03/2026

एमाले पार्टि कार्यालय

28/03/2026

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ । गुन्डुबाट पक्राउ परेका ओलीलाई प्रहरी परिसर, काठमाडौं लगिएको छ ।

रमेश लेखक पक्राउपूर्व गृहमन्त्री रमेश लेखक पक्राउ परेका छन् ।काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एक अधिकृतले लेख...
28/03/2026

रमेश लेखक पक्राउ

पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ परेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एक अधिकृतले लेखक पक्राउ परेको पुष्टि गरे । उनलाई भक्तपुरको कटुन्जेस्थित निवासबाट भर्खरै प्रहरीले पक्राउ गरेको हो ।

28/03/2026

पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवासमा बाक्लो संख्यामा प्रहरी जम्मा भ एका छन् ।

28/03/2026

जरुरी पक्राउ पुर्जीसहित ओली निवास पुग्यो प्रहरी टोली!

27/03/2026

भक्तपुरको गुण्डुस्थित पूर्वप्रधानमन्त्री केपी ओलीको निवास बाहिर ठूलो संख्यामा नेपाल प्रहरी परिचालन गरिएको छ। 🚔👀

27/03/2026

बाहिर छन् 😅😅

27/03/2026

😅😅

27/03/2026
26/03/2026

नेप्सेमा सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको आइपीओ सूचिकृत भएको छ । कम्पनीको ६८ लाख ९६ हजार ७४४ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीको कुल कित्ता सेयरमध्ये सर्वसाधारणतर्फ १३ लाख ७९ हजार ३५० कित्ता र संस्थापकतर्फ ५५ लाख १७ हजार ३९४ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ । नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रतिकित्ता ९४.७७ देखि २८४.३१ सम्मको मूल्य रेञ्ज तोकेको छ । साेही रेञ्जकाे आधारमा अब आगामी आइतबार कम्पनीकाे सेयर काराेबार हुनेछ ।

22/03/2026

IPO निष्कासन 🙏🙏

सनिगाड हाइड्रो लिमिटेडको IPO मा आवेदन खुलेको छ । कम्पनीले आज चैत ८ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा IPO निष्काशन गरेको हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ८५ लाख ५० हजार कित्ता IPO निष्काशन गर्न अनुमति पाएको छ । जसमध्ये अहिले २८ लाख ५० हजार कित्ता आयोजना प्रभावितका लागि र ५ लाख ७० हजार कित्ता वैदेशिक रोजगारिका लागि निष्काशन गरेको हो । आयोजना प्रभावितलाई छुट्याइएको कुल IPO मध्ये १८ लाख ५२ हजार ५०० कित्ता आयोजना अति प्रभावित क्षेत्र अर्थात बझाङको बुङ्गल नगरपालिका वडा नम्बर १, २ र ४ का स्थानीय बासिन्दाले र ९ लाख ९७ हजार ५०० कित्ता प्रभावित क्षेत्र अर्थात बुङ्गल नगरपालिकाको वडा नम्बर ३, ५, ६, ७, ८, ९, १० र ११ का स्थानीय बासिन्दाले आवेदन दिन सक्नेछन्।

यस IPO मा आवेदन दिंदा न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्म माग गर्न सकिनेछ । आयोजना प्रभावितले चैत २२ गतेसम्म र वैदेशिक रोजगारीले चैत ११ गतेसम्म आवेदन दिन सक्नेछन् । आयोजना प्रभावितले बुङ्गल नगरपालिकास्थित कम्पनीको पावर हाउस, लक्ष्मी लक्ष्मी सनराइज बैंकको चैनपुर शाखा कार्यालयका साथै ग्लोबल आइएमई बैंक, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकको बझाङस्थित शाखा कार्यालयमा आवेदन फाराम प्राप्त गर्न र बुझाउन सक्नेछन् । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ ।

24/12/2025

नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारणसभाको मिति घोषणा गरेको छ । कम्पनीको १२ औँ वार्षिक साधारणसभा पुस ३० गते बुधबार बनेपास्थित अरनिको पार्टी प्यालेसमा बिहान ११ बजेदेखि गर्ने निर्णय गरेको हो ।

सभाले हाल कायम चुक्ता पुँजीको १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत नगद लाभांश (कर तिर्न) वितरणको प्रस्ताव पारित गर्नेछ । साथै गत आर्थिक वर्ष (आव)को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह लगायतका वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्ति गर्नेछ ।

बोनस सेयर वितरणपछि कायम हुने पुँजीको आधारमा संस्थापक र सर्वसाधारण शेयर अनुपात ७०ः३० हुने गरी प्रिमियममा एफपीओ जारी गर्ने सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाका लागि तय गरिएका छन् । साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले पुस २२ गतेदेखि पुस ३० गतेसम्म सेयर दर्ता किताब बन्द (बूक क्लोज) गर्ने भएको छ ।

Address

Katmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when Nepal 360 - नेपाल ३६० posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category