KB Creations

KB Creations Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from KB Creations, Public Service, Katmandu.

14/06/2026

कैलाली गोदावरी ४ सडक छेउमा रोकेर राखेको एकजना मजदुर को टेम्पो डिभिजन वन कार्यालयकाका कर्मचारीले धकेलेर भिरमा फालेका छन्।
***n

24/04/2026

पेट्रोलियम पदार्थको मुल्यबृद्दि फिर्ता लिनुपर्ने लगायतका माग राख्दै पाटन क्याम्पसका विद्यार्थी संगठनहरूले आज विरोध प्रदर्शन गरेका छन् ।

24/04/2026

24/04/2026

थापाथलीको सुकुम्बासी बस्ती खाली गर्न माइकिङ हुँदै!

26/03/2026

नेप्सेमा सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको आइपीओ सूचिकृत भएको छ । कम्पनीको ६८ लाख ९६ हजार ७४४ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीको कुल कित्ता सेयरमध्ये सर्वसाधारणतर्फ १३ लाख ७९ हजार ३५० कित्ता र संस्थापकतर्फ ५५ लाख १७ हजार ३९४ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ । नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रतिकित्ता ९४.७७ देखि २८४.३१ सम्मको मूल्य रेञ्ज तोकेको छ । साेही रेञ्जकाे आधारमा अब आगामी आइतबार कम्पनीकाे सेयर काराेबार हुनेछ ।

22/03/2026

IPO निष्कासन 🙏🙏

सनिगाड हाइड्रो लिमिटेडको IPO मा आवेदन खुलेको छ । कम्पनीले आज चैत ८ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा IPO निष्काशन गरेको हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ८५ लाख ५० हजार कित्ता IPO निष्काशन गर्न अनुमति पाएको छ । जसमध्ये अहिले २८ लाख ५० हजार कित्ता आयोजना प्रभावितका लागि र ५ लाख ७० हजार कित्ता वैदेशिक रोजगारिका लागि निष्काशन गरेको हो । आयोजना प्रभावितलाई छुट्याइएको कुल IPO मध्ये १८ लाख ५२ हजार ५०० कित्ता आयोजना अति प्रभावित क्षेत्र अर्थात बझाङको बुङ्गल नगरपालिका वडा नम्बर १, २ र ४ का स्थानीय बासिन्दाले र ९ लाख ९७ हजार ५०० कित्ता प्रभावित क्षेत्र अर्थात बुङ्गल नगरपालिकाको वडा नम्बर ३, ५, ६, ७, ८, ९, १० र ११ का स्थानीय बासिन्दाले आवेदन दिन सक्नेछन्।

यस IPO मा आवेदन दिंदा न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्म माग गर्न सकिनेछ । आयोजना प्रभावितले चैत २२ गतेसम्म र वैदेशिक रोजगारीले चैत ११ गतेसम्म आवेदन दिन सक्नेछन् । आयोजना प्रभावितले बुङ्गल नगरपालिकास्थित कम्पनीको पावर हाउस, लक्ष्मी लक्ष्मी सनराइज बैंकको चैनपुर शाखा कार्यालयका साथै ग्लोबल आइएमई बैंक, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकको बझाङस्थित शाखा कार्यालयमा आवेदन फाराम प्राप्त गर्न र बुझाउन सक्नेछन् । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ ।

24/12/2025

नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारणसभाको मिति घोषणा गरेको छ । कम्पनीको १२ औँ वार्षिक साधारणसभा पुस ३० गते बुधबार बनेपास्थित अरनिको पार्टी प्यालेसमा बिहान ११ बजेदेखि गर्ने निर्णय गरेको हो ।

सभाले हाल कायम चुक्ता पुँजीको १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत नगद लाभांश (कर तिर्न) वितरणको प्रस्ताव पारित गर्नेछ । साथै गत आर्थिक वर्ष (आव)को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह लगायतका वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्ति गर्नेछ ।

बोनस सेयर वितरणपछि कायम हुने पुँजीको आधारमा संस्थापक र सर्वसाधारण शेयर अनुपात ७०ः३० हुने गरी प्रिमियममा एफपीओ जारी गर्ने सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाका लागि तय गरिएका छन् । साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले पुस २२ गतेदेखि पुस ३० गतेसम्म सेयर दर्ता किताब बन्द (बूक क्लोज) गर्ने भएको छ ।

09/12/2025

एसवाई प्यानल नेपाल लिमिटेडको शेयर नेप्सेमा सुचिकृत भएको छ ।

एसवाइ प्यानल नेपालका एक करोड ३० लाख ८१ हजार ३७१ इकाई आइपिओ शेयर मंगलबार नेप्सेमा सूचीकृत भएको हो । यसमा प्रमोटरहरूले राखेका शेयरहरू र सर्वसाधारणलाई जारी गरिएको सेयर समावेश रहेको छ ।

एसवाइ प्यानलको पहिलो कारोबारको लागि खुला दायरा १०६.६१ देखि ३१९.८३ सम्म रहेको छ । यदि कम्पनीले नेप्सेसँग सम्झौतामा हस्ताक्षर गरेमा, शेयरहरू भोलिपल्ट दोस्रो बजारमा कारोबार हुनेछन् ।

कुल एक करोड ३० लाख ८१ हजार ३७१ इकाई शेयरहरू मध्ये. १०० रुपैयाँको ४० लाख ७६ हजार १५६ इकाई आइपीओ शेयरहरू १९ कार्तिक, २०८२ देखि २३ कार्तिक, २०८२ सम्म सर्वसाधारणलाई जारी गरिएको थियो ।

नेप्सेमा सुचिकृत शेयर 'SYPNL' नामबाट कारोबार हुने भएका छन् ।

09/12/2025

पाँचथर पावर कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासनको प्रक्रिया औपचारिक रूपमा अगाडि बढाएको छ। कम्पनीले यसका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दर्ता गरिसकेको जनाएको छ।

यदि धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त भएमा कम्पनीले हाल कायम चुक्ता पुँजीका आधारमा १ः१ अनुपातमा, अर्थात शतप्रतिशत हकप्रद सेयर जारी गर्नेछ। यस योजनाअनुसार कम्पनीले करिब ९६ करोड २५ लाख रुपैयाँ बराबरको हकप्रद सेयर बजारमा ल्याउने प्रस्ताव गरेको छ।

हकप्रद सेयरमार्फत कम्पनीले ९६ लाख २५ हजार कित्ता सेयर हालका सेयरधनीहरूलाई जारी गर्ने तयारी गरेको हो। यस प्रक्रियाको व्यवस्थापन तथा बिक्री प्रबन्धकको जिम्मेवारी सानिमा क्यापिटल लिमिटेडलाई दिइएको छ।

Address

Katmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when KB Creations posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category