हेलो तारकेश्वर नगरपालिका, नगरकार्यपालिकाको कार्यालय, धर्मस्थली, काठमाण्डौं

  • Home
  • Nepal
  • Kathmandu
  • हेलो तारकेश्वर नगरपालिका, नगरकार्यपालिकाको कार्यालय, धर्मस्थली, काठमाण्डौं

हेलो तारकेश्वर नगरपालिका, नगरकार्यपालिकाको कार्यालय, धर्मस्थली, काठमाण्डौं Tarakeshwor Municipality - Official page

तालिम कार्यक्रम समापन॥आज मिति २०८३/०२/२२ गते तारकेश्वर नगरपालिका, लघु उद्यम विकास शाखाको आयोजनामा एडभान्स व्युटिसियन कोर...
05/06/2026

तालिम कार्यक्रम समापन॥
आज मिति २०८३/०२/२२ गते तारकेश्वर नगरपालिका, लघु उद्यम विकास शाखाको आयोजनामा एडभान्स व्युटिसियन कोर्स अन्तर्गत १ महिना अवधिको MASTER MAKE UP सीप विकास तालिम र १ महिना अवधिको PROFESSIONAL NAIL ART सीप विकास तालिमको समापन सम्पन्न भएको छ।
नगर उप-प्रमुख एवं अनुगमन तथा मूल्याङ्कन उपसमितिका संयोजक श्री सृजना बुर्लाकोटी अर्यालज्यूको प्रमुख आतिथ्यतामा समापन गरिएको उक्त कार्यक्रममा शाखा अधिकृत श्री शम्भु प्रकाश शर्माज्यू तथा उद्यम विकास सहजकर्ता श्री रामहरि न्यौपानेज्यू समेतको उपस्थिति रहेको थियो। MASTER MAKE UP मा १५ जना र PROFESSIONAL NAIL ART मा २० जनाको सहभागीता रहेको उक्त कार्यक्रमको संयुक्त प्रमाणपत्र वितरण नगर उप प्रमुख ज्युले गर्नुभएको थियो॥समापनको क्रममा प्रशिक्षार्थीहरूसँग सीप विकाससँग सम्बन्धित विषयमा प्रत्यक्ष अन्तरक्रिया तथा छलफल गरिएको थियो।

सडक निर्माण क्षेत्राधिकार भित्र रहेका संरचना र अन्य सामाग्रीहरु ७ दिन भित्र खाली गर्ने सम्बन्धी सूचना
05/06/2026

सडक निर्माण क्षेत्राधिकार भित्र रहेका संरचना र अन्य सामाग्रीहरु ७ दिन भित्र खाली गर्ने सम्बन्धी सूचना

विश्व वातावरण दिवस २०८३विश्व वातावरण दिवसको अवसरमा वातावरण संरक्षण, प्राकृतिक स्रोतहरूको दिगो उपयोग तथा स्वच्छ र हरित सम...
05/06/2026

विश्व वातावरण दिवस २०८३

विश्व वातावरण दिवसको अवसरमा वातावरण संरक्षण, प्राकृतिक स्रोतहरूको दिगो उपयोग तथा स्वच्छ र हरित समाज निर्माणप्रति सबैलाई जागरूक र जिम्मेवार बन्न आग्रह गर्दछौं।

आउनुहोस्, वृक्षारोपण, सरसफाइ तथा वातावरणमैत्री व्यवहार अपनाई भावी पुस्ताका लागि स्वच्छ, हरित र सुरक्षित वातावरण निर्माणमा योगदान पुर्‍याऔं।

नगर प्रमुख श्री कृष्ण हरि महर्जनज्यू, प्रमुख प्रशासकीय अधिकृत श्री धर्मराज लम्सालज्यू तथा प्राविधिक टोलीले नगरपालिकाका व...
05/06/2026

नगर प्रमुख श्री कृष्ण हरि महर्जनज्यू, प्रमुख प्रशासकीय अधिकृत श्री धर्मराज लम्सालज्यू तथा प्राविधिक टोलीले नगरपालिकाका विभिन्न वडाहरूमा सञ्चालनमा रहेका विकास निर्माण कार्यहरूको स्थलगत निरीक्षण

कोख देखि शोकसम्म 🙏🙏वि.सं. २०११/०२/११ देखि २०८३/०२/१६ सम्मको जीवन यात्रा पूरा गर्नु भएका तारकेश्वर नगरपालिका वडा नं. १ नि...
05/06/2026

कोख देखि शोकसम्म 🙏🙏

वि.सं. २०११/०२/११ देखि २०८३/०२/१६ सम्मको जीवन यात्रा पूरा गर्नु भएका तारकेश्वर नगरपालिका वडा नं. १ निवासी स्वर्गीय सञ्जय तामाङज्यूको निधनको दुःखद खबरले सम्पूर्ण तारकेश्वर नगरपालिका परिवारलाई मर्माहत बनाएको छ।

तारकेश्वर नगरपालिकाको १६औँ नगरसभाबाट पारित कोखदेखि शोकसम्म कार्यक्रमअन्तर्गत यस दुःखद घडीमा नगर प्रमुख श्री कृष्ण हरि महर्जनज्यूले शोकसन्तप्त परिवारजनलाई भेटी गहिरो समवेदना प्रकट गर्नुभएको छ।

यस शोकको समयमा पूर्व रक्षा मन्त्री श्री भीमसेनदास प्रधानज्यू, नेपाली कांग्रेस क्षेत्र नं. ६ का क्षेत्रीय सभापति श्री श्याम कृष्ण खड्गीज्यू , वडा सदस्य तथा कार्यवाहक अध्यक्ष श्री अच्चुतराज कुँवरज्यू, लगायत अन्य सम्माननीय व्यक्तित्वहरूले दिवंगतप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनप्रति समवेदना व्यक्त गर्नुभएको थियो।

#कोखदेखिशोकसम्म

सक्रिय क्षयरोग खोजपडताल (ACF) AI with Digital X-ray क्षयरोग Screening शिविर कार्यक्रमपहिलो दिनमिति: २०८३ जेष्ठ २२ गते शु...
04/06/2026

सक्रिय क्षयरोग खोजपडताल (ACF) AI with Digital X-ray क्षयरोग Screening शिविर कार्यक्रम
पहिलो दिन
मिति: २०८३ जेष्ठ २२ गते शुक्रबार
समय : बिहान १० बजे देखि २ बजे सम्म
स्थस्न: काभ्रेस्थली स्वास्थ्य चौकी , वडा नं. २ प्राङ्गण
दोश्रो दिन
मिति: २०८३ जेष्ठ २३ गते शनिबार
समय : बिहान १० बजे देखि २ बजे सम्म
स्थस्न: फुटुङ स्वास्थ्य चौकी , वडा नं. ७ प्राङ्गण

sagarmathapost.com तारकेस्वर भ्रष्टाचार विरुद्धको आवाज News24Galaxy Balkumari Khabar Farakpatra Smartpati buland aawaj

कोख देखि शोकसम्म 🙏🙏वि.सं. २०११ देखि २०८३/०२/१४ सम्मको जीवन यात्रा पूरा गर्नु भएका तारकेश्वर नगरपालिका वडा नं. ५ निवासी स...
03/06/2026

कोख देखि शोकसम्म 🙏🙏
वि.सं. २०११ देखि २०८३/०२/१४ सम्मको जीवन यात्रा पूरा गर्नु भएका तारकेश्वर नगरपालिका वडा नं. ५ निवासी स्वर्गीय लक्ष्मण धितालज्यूको निधनको दुःखद खबरले सम्पूर्ण तारकेश्वर नगरपालिका परिवारलाई मर्माहत बनाएको छ।
तारकेश्वर नगरपालिकाको १६औँ नगरसभाबाट पारित कोखदेखि शोकसम्म कार्यक्रमअन्तर्गत यस दुःखद घडीमा नगर प्रमुख श्री कृष्ण हरि महर्जनज्यूले शोकसन्तप्त परिवारजनलाई भेटी गहिरो समवेदना प्रकट गर्नुभएको छ।
यस शोकको समयमा वडा नं. ५ का वडा अध्यक्ष श्री शम्भु प्रसाद फुयालज्यू तथा अन्य शुभेच्छुकहरूको उपस्थितिमा श्रद्धाञ्जली अर्पण गरिएको थियो।

#कोखदेखिशोकसम्म

मिति २०८३ जेष्ठ १९ गते तारकेश्वर नगरपालिका महिला, बालबालिका तथा समाज कल्याण शाखामा स्थानीय अपांग समन्वय समितीका संयोजक त...
03/06/2026

मिति २०८३ जेष्ठ १९ गते तारकेश्वर नगरपालिका महिला, बालबालिका तथा समाज कल्याण शाखामा स्थानीय अपांग समन्वय समितीका संयोजक तथा उप-प्रमुख सृजना बुर्लाकोटी अर्यालज्युको अध्यक्षतामा अपांग परिचयपत्रको बैठक बसि उपप्रमुखज्युले अपांगता परिचयपत्र वितरण गर्नुभयो ।

किसानहरु सुचिकृत हुने बारेको सूचना
01/06/2026

किसानहरु सुचिकृत हुने बारेको सूचना

01/06/2026

Address

Dharmasthali
Kathmandu
44600

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 17:00

Telephone

+97715168111

Alerts

Be the first to know and let us send you an email when हेलो तारकेश्वर नगरपालिका, नगरकार्यपालिकाको कार्यालय, धर्मस्थली, काठमाण्डौं posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to हेलो तारकेश्वर नगरपालिका, नगरकार्यपालिकाको कार्यालय, धर्मस्थली, काठमाण्डौं:

Share