Ujyalo Nepal Official

Ujyalo Nepal Official उज्वल भविश्यको लागीः For the bright future
(6)

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङको प्रमुख आतिथ्यमा रसुवा जिल्लाको धुन्चेमा जिल्ला भेला (१८ जेठ २०८३) सफलतापूर...
02/06/2026

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङको प्रमुख आतिथ्यमा रसुवा जिल्लाको धुन्चेमा जिल्ला भेला (१८ जेठ २०८३) सफलतापूर्वक सम्पन्न भएको छ । उक्त भेलाले टेक बहादुर तामाङ अध्यक्षतामा नयाँ जिल्ला कार्यसमिति चयन गरेको छ। नवगठित समितिलाई हार्दिक बधाई र सफल कार्यकालका लागि शुभकामना ।

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङको प्रमुख आतिथ्यमा नुवाकोट जिल्लाको विदुरमा विस्तारित भेला (१७ जेठ २०८३) सफलत...
02/06/2026

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङको प्रमुख आतिथ्यमा नुवाकोट जिल्लाको विदुरमा विस्तारित भेला (१७ जेठ २०८३) सफलतापूर्वक सम्पन्न भएको छ । उक्त भेलाले ई. रामकृष्ण राजभण्डारीको अध्यक्षतामा नयाँ जिल्ला कार्यसमिति चयन गरेको छ। साथै, उज्यालो युवा फ्रन्टको अध्यक्षमा अनमोल तामाङलगायत २३ सदस्यीय जिल्ला समिति पनि गठन गरिएको छ। नवगठित दुवै समितिलाई हार्दिक बधाई र सफल कार्यकालका लागि शुभकामना ।

02/06/2026
02/06/2026
आज त्रिपुरेश्वरस्थित उज्यालो नेपाल पार्टी केन्द्रीय कार्यालयमा आयोजित भेलाले पार्टीको काठमाडौं जिल्ला समिति अध्यक्षमा हर...
30/05/2026

आज त्रिपुरेश्वरस्थित उज्यालो नेपाल पार्टी केन्द्रीय कार्यालयमा आयोजित भेलाले पार्टीको काठमाडौं जिल्ला समिति अध्यक्षमा हरि महर्जनलाई सर्वसम्मत रूपमा चयन गरेको छ । सो अवसरमा पार्टी अध्यक्ष कुलमान घिसिङ, महासचिव धर्म चौधरी, केन्द्रिय नेताहरु रामेश्वर श्रेष्ठ, डा. राजु थापा, केदार खड्का, पवन पोखरेललगायत प्रदेश तथा जिल्लाका नेताहरु क्रमशः प्रविन वल, सुर्यमान तामाङ, वारिस धरेल, दोर्जे लामा, झनकप्रसाद अधिकारी, बिमला लामा, पदम गोले, गौतम श्रेष्ठ र डा. राजेश न्यौपानेले संक्षिप्त शुभकामना मन्तव्य दिनुभएको थियो ।

30/05/2026

मध्यपूर्वमा भइरहेको द्वन्द्वका कारण चुलिएको ऊर्जा संकटलाई अवसरका रूपमा प्रयोग गर्दै विद्युतीय ऊर्जा प्रवर्द्धन गर्ने, सम्पूर्ण नेपालीलाई विद्युतीय ऊर्जा खपततर्फ अभ्यस्त बनाउने र सदाका लागि पेट्रोलियम पदार्थमाथिको परनिर्भरता घटाउने नेपालका लागि यो अभूतपूर्व अवसर हो । तर सरकारले विद्युतीय ऊर्जामा भ्याट लगाउने निर्णय गरेपछि पेट्रोलियम पदार्थको आयात झनै बढ्ने देखिन्छ। विद्युतीय गाडीमा थप भन्सारलगायत, सरकारले पेट्रोलियम पदार्थको खपत बढाउने र विद्युत् खपत घटाउने खालका जे-जस्ता नीति लिएको छ, ती नीतिहरू तत्काल पुनर्विचार गर्न जरुरी छ ।
कुलमान घिसिङ
अध्यक्ष, उज्यालो नेपाल पार्टी

Address

Tripureshwor
Kathmandu

Opening Hours

Monday 11:00 - 17:00
Tuesday 11:00 - 17:00
Wednesday 11:00 - 17:00
Thursday 11:00 - 17:00
Friday 11:00 - 17:00
Sunday 11:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when Ujyalo Nepal Official posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share