Mount Everest Summiters Club, Rolwaling, Dolakha

Mount Everest Summiters Club, Rolwaling, Dolakha A non profit organization to help develop Rolwaling Valley.

27/08/2026

रसुवाको भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएका ५३ जना दोलखालीको विवरण ( हालसम्म )

भीमेश्वर नगरपालिका
1. सुदर्शन चौलागाँई – भीनपा–४, जिलु
2. सुबिन्द्र नेपार्ली – भीनपा–४, जिलु
3. सिताराम श्रेष्ठ – भीनपा–५
4. दिनेश कार्को – भीनपा–५
5. प्रकाश मोक्तान – भीनपा–७
6. मिना साह – भीनपा–७
7. हरि ढकाल – भीनपा–८
8. रिकेस बस्नेत – भीनपा–८
9. राजकुमार लामा – भीनपा–९
जिरी नगरपालिका
10. प्रकाश तामाङ – जिरी–७
11. विजय खत्री – जिरी–७
12. प्रकाश तामाङ – जिरी–७
13. दान बहादुर तामाङ – जिरी–९
14. भिम बहादुर तामाङ – जिरी–९
15. पेम्बा घिसिङ – जिरी–९
16. बाघ बहादुर तामाङ – जिरी–९

तामाकोशी गाउँपालिका
17. युवराज तामाङ – तामाकोशी–२
18. दिपेन्द्र बजगाई – तामाकोशी–५, शहरे
19. सुबास फुयाँल – तामाकोशी–६, च्यामा
मेलुङ गाउँपालिका
20. अनुज नेपाल – मेलुङ–१, पवटी
21. रामशरण रसाईली – मेलुङ–१, पवटी
22. मैयाँ दाहाल बिमली – मेलुङ–१, पवटी
23. सन्जिब भुजेल – मेलुङ–१
24. सन्तोष थपलिया – मेलुङ–१
25. शिशिर भुजेल – मेलुङ–१
26. अनुज नेपाल – मेलुङ–१
27. राजन कार्की – मेलुङ–५

गौरीशङ्कर गाउँपालिका
28. केदार कार्की – गौरीशङ्कर–२, जुँगु
29. कमल खड्का – गौरीशङ्कर–२, जुँगु
30. मिलन नेपाली – गौरीशङ्कर–२, जुँगु
31. उत्तम नेपाली – गौरीशङ्कर–२, जुँगु
32. विवेक नेपाली – गौरीशङ्कर–२, जुँगु
33. सागर नेपाली – गौरीशङ्कर–२
34. नानु खड्का – गौरीशङ्कर–२
35. गोपि नेपाली – गौरीशङ्कर–२
36. कृष्ण खत्री – गौरीशङ्कर–५
37. सुदिप पाख्रिन – गौरीशङ्कर–८

कालिञ्चोक गाउँपालिका
38. देवीकुमारी गुरुङ – कालिञ्चोक–१
39. सोनाम पाख्रिन – कालिञ्चोक–१
40. सविन थामी – कालिञ्चोक–४
41. रन्जित थामी – कालिञ्चोक–४
42. कृष्ण थामी – कालिञ्चोक–४
43. विक्रम खड्का – कालिञ्चोक–७

शैलुङ गाउँपालिका
44. कृष्ण श्रेष्ठ – शैलुङ–३
45. रोहित कार्की – शैलुङ–५
46. गोपाल थामी – शैलुङ–७

वैतेश्वर गाउँपालिका
47. सुजन श्रेष्ठ – वैतेश्वर–१
48. सुरेश घिसिङ – वैतेश्वर–२
49. नर बहादुर तामाङ – वैतेश्वर–३
50. जगत पाख्रिन – वैतेश्वर–३
51. शंकर दाहाल – वैतेश्वर–६, नाम्दु
52. रुद्र बहादुर खड्का – वैतेश्वर–७
53. हरि बहादुर श्रेष्ठ – वैतेश्वर–८

सुरक्षित रहौँ, सतर्क रहौँ । सबैले आ आफ्नो तर्फ बाट बिपदका बेला सहयोग गरौ । Rasuwa flood
26/08/2026

सुरक्षित रहौँ, सतर्क रहौँ । सबैले आ आफ्नो तर्फ बाट बिपदका बेला सहयोग गरौ । Rasuwa flood

२०८३ भदौ ७ गतेदेखि ११ गतेसम्म गौरीशंकर गाउँपालिका–९ ले वडासँग सम्बन्धित पाँचदिने शिविर सञ्चालन गर्दै आएको छ। काठमाडौंको ...
26/08/2026

२०८३ भदौ ७ गतेदेखि ११ गतेसम्म गौरीशंकर गाउँपालिका–९ ले वडासँग सम्बन्धित पाँचदिने शिविर सञ्चालन गर्दै आएको छ।

काठमाडौंको माउन्ट एभरेस्ट समिटर्स क्लब, सरस्वतीनगरस्थित कार्यालयमा आई सेवा लिन सम्पूर्ण वडावासीहरूलाई जानकारी गराइन्छ।

आयोजित शिविर वडावासीहरूको उत्साहजनक सहभागिताका साथ सम्पन्न भएको छ! भदौ ७ गतेदेखि ११ गतेसम्म बिहान १०:०० बजेदेखि भत्ता नवीकरण सेवा निरन्तर रहनेछ। छुट्नुभएका सम्पूर्ण लाभग्राहीहरूले आवश्यक कागजात र फोटोसहित उपस्थित भई वडा प्रतिनिधि साङ्ग सेवा लिनुहुन अनुरोध छ !

Mount Everest Summiters Club, Rolwaling, Dolakha

18/08/2026

गौरीशंकर गाउँपालिका वडा नं. ९ का काठमाडौंमा बसोबास गर्ने नागरिकहरूका लागि यो विशेष सेवा शिविर

विशेषगरी सामाजिक सुरक्षा भत्ता लिइरहेका ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका व्यक्ति तथा अन्य लाभग्राहीहरूले २०८३ भाद्र ( ७–९ ) गते सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि उपस्थित हुनुपर्नेछ।
त्यसैगरी मालपोत कर, व्यक्तिगत घटना दर्ता र विभिन्न वडास्तरीय सिफारिसका कामहरू २०८३ भाद्र (१०–११) गते गरिनेछ।

स्थान: रोल्वालिङ संस्कृति भवन, सरस्वतीनगर, काठमाडौं
समय: बिहान १०:०० – साँझ ५:०० बजे
आयोजक: गौरीशंकर गाउँपालिका, वडा नं. ९ कार्यालय, दोलखा

सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि आवश्यक कागजात
सूचनाअनुसार निम्न कागजातहरू आवश्यक पर्नेछन् :

1.नागरिकताको प्रमाणपत्र
2.सामाजिक सुरक्षा भत्ता परिचयपत्रको प्रतिलिपि – १ प्रति
3.हालसालै खिचेको फोटो – १ प्रति
4.अपाङ्गता वा बालबालिकाको हकमा सम्बन्धित परिचयपत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि

महत्वपूर्ण सूचना : सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि बायोमेट्रिक तथा औँठाछाप अनिवार्य भएकाले लाभग्राही स्वयं उपस्थित हुनुपर्नेछ।

सूचना तथा हार्दिक समवेदनापाकिस्तानको ब्रोड पिक हिमाल आरोहणका क्रममा निधन हुनुभएका रोल्वालिङ, गौरीशंकर गाउँपालिका–९ निवास...
12/08/2026

सूचना तथा हार्दिक समवेदना
पाकिस्तानको ब्रोड पिक हिमाल आरोहणका क्रममा निधन हुनुभएका रोल्वालिङ, गौरीशंकर गाउँपालिका–९ निवासी स्व. किली पेम्बा शेर्पा (किलु) को पार्थिव शरीर हाल बौद्ध धर्म परम्पराअनुसार पाठपूजा तथा अन्तिम श्रद्धाञ्जलीका लागि उहाँकै निजी निवास, गोकर्णेश्वर नगरपालिका–९, गौरीगाउँ मा राखिएको जानकारी गराउँदछौँ।

साथै, मिति २०८३ साउन २९ गते शुक्रबार बिहान ७:३० बजे अन्तिम दाहसंस्कारका लागि पार्थिव शरीरलाई निवासबाट टेकु लैजाने कार्यक्रम रहेको हुँदा सम्पूर्ण इष्टमित्र, आफन्तजन, साथीभाइ तथा शुभचिन्तकहरूमा उपस्थित भई स्वर्गीय किली पेम्बा शेर्पाप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ।

रोल्वालिङ माउन्ट एभरेस्ट समिटर्स क्लब परिवार

स्वर्गीय आत्माहरूप्रति हार्दिक श्रद्धाञ्जलीब्रड पिकमा भएको दुःखद दुर्घटनापछि स्वर्गीय किली पेम्बा शेर्पा “किलु”, ग्यालु ...
12/08/2026

स्वर्गीय आत्माहरूप्रति हार्दिक श्रद्धाञ्जली

ब्रड पिकमा भएको दुःखद दुर्घटनापछि स्वर्गीय किली पेम्बा शेर्पा “किलु”, ग्यालु शेर्पा र निमा शेर्पाको पार्थिव शरीर मंगलबार अपराह्न नेपाल ल्याइएको छ। यससँगै उहाँहरू अन्तिम बिदाइका लागि आफ्नै मातृभूमि फर्किनुभएको छ।
जहाँ परिवारजन, आफन्त, साथीभाइ, सहकर्मी पर्वतारोही तथा शुभेच्छुकहरूले उपस्थित भई अन्तिम श्रद्धाञ्जली अर्पण गर्नेछन्।
उहाँहरू हृदयमा सपना र आत्मामा साहस बोकेर हिमालको यात्रामा निस्कनुभएको थियो। आज उहाँहरू अर्को शिखर आरोहण गरेर फर्किनुभएको होइन, आफ्ना प्रिय छोरा, दाजुभाइ, साथी तथा नेपाली पर्वतारोहण परिवारका अभिन्न सदस्यका रूपमा अन्तिम पटक स्वदेश फर्किनुभएको छ।
हिमालले उहाँहरूको जीवन खोसे पनि उहाँहरूले छोडेर जानुभएको साहस, स्मृति, योगदान र अमूल्य विरासतलाई कहिल्यै खोस्न सक्ने छैन।
स्वर्गीय आत्माहरूप्रति हार्दिक श्रद्धाञ्जली।
उहाँहरूको आत्माले चिरशान्ति पाओस्।
ॐ मणि पद्मे हुँ।

हार्दिक समवेदना तथा सूचनापाकिस्तानको ब्रड पिक हिमाल आरोहणका क्रममा दिवंगत हुनुभएका हाम्रा प्रिय किली पेमा शेर्पा (किलु) ...
10/08/2026

हार्दिक समवेदना तथा सूचना

पाकिस्तानको ब्रड पिक हिमाल आरोहणका क्रममा दिवंगत हुनुभएका हाम्रा प्रिय किली पेमा शेर्पा (किलु) को पार्थिव शरीर मिति २०८३ साउन २६ गते, मङ्गलबार अपराह्न ४:४५ बजे कतार एयरवेजमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने भएको छ।

अतः उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्दै शवयात्रामा सहभागी भई सम्मान प्रकट गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ। साथै, आफ्नै सवारीसाधन नहुने महानुभावहरूका लागि तोकिएको स्थान र समयमा सामूहिक सवारीसाधनको व्यवस्था गरिएको जानकारी गराउँदछौँ।

भेला हुने स्थान तथा समय:

१. माउन्ट एभरेस्ट समिटर्स क्लब, सरस्वतीनगर
२. नव अरुणिमा आधारभूत विद्यालय, गैरीगाउँ चोक

समय: दिउँसो ३:३० बजे

रोवलिङ माउन्ट एभरेस्ट समिटर्स क्लब परिवार

अल्पाइन क्लब अफ पाकिस्तानले गहिरो दुःखका साथ ब्रड पिकमा सञ्चालन गरिएको अत्यन्त कठिन र प्राविधिक रूपमा चुनौतीपूर्ण उद्धार...
05/08/2026

अल्पाइन क्लब अफ पाकिस्तानले गहिरो दुःखका साथ ब्रड पिकमा सञ्चालन गरिएको अत्यन्त कठिन र प्राविधिक रूपमा चुनौतीपूर्ण उद्धार अभियानपछि निर्मल पुर्जा, झोङ वाङ, निमा शेर्पा र किलु शेर्पाको शव सफलतापूर्वक उद्धार गरी सुरक्षित रूपमा बेस क्याम्पमा ल्याइएको आधिकारिक पुष्टि गरेको छ।
क्लबका अध्यक्षद्वारा जारी वक्तव्यमा उद्धार अभियानको नेतृत्व गरेका मिङ्मा जीसहित सिर्बाज खान, आबिद बेग, शेरबाज, दिपेन गुरुङ र पेम्बा छेवाङ शेर्पाप्रति विशेष आभार व्यक्त गरिएको छ। अत्यन्त प्रतिकूल परिस्थितिमा उनीहरूले देखाएको साहस, व्यावसायिकता र निस्वार्थ समर्पणका कारण अभियान सफल भएको वक्तव्यमा उल्लेख गरिएको छ।
यसैगरी पाकिस्तान सेना, पाकिस्तान सरकार, गिलगिट–बाल्टिस्तान सरकार, स्थानीय प्रशासन तथा सहयोगी निकायहरूको समन्वय र सहयोगको पनि प्रशंसा गरिएको छ। साथै बेलायती उच्चायोग र नेपाल दूतावासले कठिन समयमा पुर्‍याएको सहयोगप्रति पनि कृतज्ञता व्यक्त गरिएको छ।
वक्तव्यअनुसार हालसम्म चार पर्वतारोहीको शव उद्धार गरिए पनि अझै तीन जना आरोही बेपत्ता छन्। मौसम र परिस्थितिले अनुमति दिएपछि उनीहरूको खोजी तथा उद्धारका लागि सम्भव सबै प्रयास जारी रहने अल्पाइन क्लब अफ पाकिस्तानले जनाएको छ।
उद्धार गरिएका चारै पर्वतारोहीको शव अब अन्तिम संस्कारका लागि परिवारको जिम्मा लगाउने तयारी गरिएको छ। क्लबले यस प्रक्रियाले शोकाकुल परिवारलाई केही राहत र आफ्ना प्रियजनलाई सम्मानपूर्वक अन्तिम बिदाइ गर्ने अवसर मिल्ने विश्वास व्यक्त गरेको छ।
अल्पाइन क्लब अफ पाकिस्तानले मृतकका परिवार, आफन्त तथा विश्व पर्वतारोहण समुदायप्रति गहिरो समवेदना व्यक्त गरेको छ।

४ अगस्ट २०२६आज माउन्ट एभरेस्ट समिटर्स क्लबका सदस्यहरू तथा रोल्वालिङका गाउँलेहरू काठमाडौंको माइतीघर मण्डलामा भेला भई हालै...
05/08/2026

४ अगस्ट २०२६

आज माउन्ट एभरेस्ट समिटर्स क्लबका सदस्यहरू तथा रोल्वालिङका गाउँलेहरू काठमाडौंको माइतीघर मण्डलामा भेला भई हालै ब्रोड पिकमा गएको हिमपहिरोमा ज्यान गुमाउनु भएका हाम्रा वीर पर्वतारोहीहरूलाई भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छौं।

यस श्रद्धाञ्जली कार्यक्रममा दिवंगत पर्वतारोहीहरूका परिवारजन, आफन्त, साथीभाइ, सहकर्मी, पर्वतारोही तथा सम्पूर्ण पर्वतारोहण समुदायका सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो। उहाँहरूको अदम्य साहस, समर्पण र पर्वतारोहण क्षेत्रमा पुर्‍याउनुभएको अतुलनीय योगदानप्रति उच्च सम्मान व्यक्त गर्दै उहाँहरूको अमर स्मृतिलाई नमन गरिएको थियो।

यस दुःखद घडीमा उपस्थित भई श्रद्धाञ्जली तथा प्रार्थनामा सहभागी हुनुहुने सम्पूर्ण महानुभावहरूप्रति माउन्ट एभरेस्ट समिटर्स क्लब हार्दिक आभार व्यक्त गर्दछ।

वीर पर्वतारोहीहरू, तपाईंहरूलाई भावपूर्ण श्रद्धाञ्जली।
तपाईंहरूको आत्माले हिमशिखरहरूजस्तै अनन्त उचाइमा शान्ति प्राप्त गरोस्, र तपाईंहरूको प्रेरणादायी योगदान सदैव अमर रहिरहोस्।

गुरु बिना ज्ञान सम्भव छैन, ज्ञान बिना जीवनमा शान्ति सम्भव छैन।गुरु ब्रह्मा गुरु विष्णु गुरु देवो महेश्वरः, गुरु साक्षात्...
29/07/2026

गुरु बिना ज्ञान सम्भव छैन, ज्ञान बिना जीवनमा शान्ति सम्भव छैन।
गुरु ब्रह्मा गुरु विष्णु गुरु देवो महेश्वरः, गुरु साक्षात् परब्रह्म तस्मै श्री गुरवे नमः।"
गुरु पूर्णिमाको हार्दिक शुभकामना

Address

Saraswatinagar
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Mount Everest Summiters Club, Rolwaling, Dolakha posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Mount Everest Summiters Club, Rolwaling, Dolakha:

Shortcuts

Share