20/08/2026
भविष्यका लागि बलियो र अझ विश्वासिलो विद्युत् प्रणालीको योजना बनाउँदै!
एमसिए-नेपालले नेपाल विद्युत् प्राधिकरण, विद्युत् नियमन आयोग र एमसिए-नेपालबीच नेपालको विद्युत् प्रसारण प्रणाली सुदृढीकरणका विषयमा हालै कार्यशाला आयोजना गरेको छ।
उक्त कार्यशालामा नेपाल विद्युत् प्राधिकरणलाई उपलब्ध गराइने प्राविधिक सहायताबारे अद्यावधिक जानकारी गराइएको थियो। एमसिए-नेपालले विद्युत् प्रसारण आयोजना अन्तर्गत उपलब्ध गराउने प्राविधिक सहायताले योजना निर्माण, ग्रीड सञ्चालन, सम्पत्ति व्यवस्थापन, प्रसारण लाइन आयोजना कार्यान्वयन र नेपालको उच्च क्षमताको प्रसारण लाइन व्वस्थापनमा सहयोग गर्ने उद्देश्य राखेको छ।
Planning today for a stronger and more reliable electricity system tomorrow.
MCA-Nepal recently brought together officials from the Nepal Electricity Authority, Electricity Regulatory Commission and MCA-Nepal to discuss plans to strengthen Nepal's electricity transmission system.
The workshop provided updates on upcoming technical assistance to the Nepal Electricity Authority, which will support better planning, grid operations, asset management and implementation of transmission projects, all designed to help strengthen Nepal's management of its growing high-voltage transmission network.