AgroBiz Nepal

AgroBiz Nepal Global seller , , , , , , & all

Black cardamom is one of the most expensive spices in the world and has some amazing titles as well. It is called the ” ...
04/05/2025

Black cardamom is one of the most expensive spices in the world and has some amazing titles as well. It is called the ” Queen of Spices” and “Black gold”

Let's know about what is ginger and it's incredible benefits,
23/09/2021

Let's know about what is ginger and it's incredible benefits,

The rhizome of the ginger plant is probably one of the most popular superfoods on our planet, and that we can attribute it to its own particular taste and its […]

02/07/2021

if you are school or college student or whatever
you have smart phone/camera of good pic quality and love to click picture and video then apply (no need to be professional, people living out of valley are encourage to apply )

19/06/2021

We are looking content writer
for website & social media

बेसार- कस्तो अचम्मको मसला====================================================================पोहोर पिलोले सताउँदा एक जना...
19/06/2021

बेसार- कस्तो अचम्मको मसला
====================================================================

पोहोर पिलोले सताउँदा एक जना अपरिचितले इमेलबाट सल्लाह दिएका थिए- बेसार खानुस्, बिसेक हुन्छ। उनले आफ्नै अनुभव पनि त्यसमा लेखेका थिए। सुरुमा त ठट्टा गरेका हुन् कि जस्तो लागेको थियो। तर पछि इन्टरनेटमा खोज्दा पनि त्यस्तै भेटियो। त्यो अघि मलाई बेसारको यस्तो असर हुन्छ भन्ने थाहा थिएन।

वास्तवमा बेसार एउटा गजबको मसला रहेछ। बेसारमा एन्टी ब्याक्टेरियल पदार्थ हुने रहेछ। यो एउटा एउटा प्राकृतिक विष-निरोधक पनि रहेछ। यसको उपयोगितालाई बुझेर नै आजभोलि बेसारमा रहेको कर्कुमिन (curcumin) मिसिएका पेय पदार्थ (nutritional beverage) पश्चिमी बजारमा प्रशस्त पाइन्छन्। यसको प्रसिद्धी पश्चिमी मुलुकमा दिनानुदिन बढ्दै गएको पाइन्छ। अमेरिकाको बिर्मिङघमस्थित युनिभर्सिटी अफ अलाबामाको डिपार्टमेन्ट अफ फार्मेकोलोजी एन्ड टक्सीकोलोजीका असिस्टेन्ट प्रोफेसर डा. जीवन प्रसाइँले माइसंसारका पाठकका लागि बेसारबारे एउटा ब्लग लेखेका छन्। आउनुस् पढौँ उनको यो बेसार ब्लग

के तपाईँ घुंडा-जोर्नी दुख्ने रोगबाट पीडित हुनुहुन्छ? तपाईँलाई रुघा-खोकीले कतिको सताउँछ आज-भोलि? यसको औषधी तपाईकै घरको चुल्हो वरिपरी छ। बेसार, जसलाई अंग्रेजीमा turmeric नामबाट चिनिन्छ। बेसार हाम्रो समाजमा यति प्रसिद्ध छ कि हाम्रो आँखाले बेसार बिनाको तरकारी वा अचार हेर्न रुचाउँदैन। यसको प्रयोग हाम्रो समाजमा वा अन्य एसियन मुलुकमा करिब २००० वर्ष अघिबाट सुरु भएको अनुमान गरिन्छ। यसले शरीरलाई गर्मी प्रदान गर्ने अनि कफ र पीतबाट बचाउने आयुर्वेदको ठहर छ। त्यसैले हामी रुघा-खोकी हुँदा विशेष गरी जाडो याममा १-२ चम्चा बेसार दूधसँग खाने गर्दछौँ। यसले रगत सफा गर्ने अनि छाला सम्बन्धी रोगको निदान गर्ने विश्वास गरिन्छ। बेसारमा सूक्ष्म-जीवाणु मार्ने (anti-bacterial) विशेष पदार्थ भएकाले नै यसलाई विभिन्न खाद्य पदार्थहरु रंगाउने काममा प्रयोग भएको हुनु पर्दछ। यसरी यसले खाद्य-पदार्थलाई ताजा बनाई राख्दछ। अर्को तर्फ, यो एउटा प्राकृतिक विष-निरोधक (de-toxifier) पनि हो, जसले पीत्तको उत्पादन बढाई विषादी पदार्थलाई शरीरबाट निस्कासन गर्न मदत गर्दछ।

प्रश्न उठ्छ, हामी भोजनको माध्यमबाट नियमित बढीमा कति बेसार ग्रहण गर्दछौ त? हामीहरुले प्रतिदिन विभिन्न माध्यमबाट (मसला वा औषधीको रुपमा) करिब २-२.५ ग्राम सम्म बेसार लिने विश्वास गरिन्छ ।त्यसैले दिनहुँ १-२ चम्चा बेसार दूध वा पानीसँग लिन संकोच मान्नु पर्दैन। यसमा कुनै विषादी असर हुँदैन। बरु बेसारको गुणस्तर चाहीँ पहिचान गर्नु पर्दछ। तितो भएकाले पत्याउन गाह्रो पर्ला, तर यसको उपयोगितालाई बुझेर नै आज भोलि बेसारमा रहेको कर्कुमिन (curcumin) मिसिएका पेय पदार्थ (nutritional beverage) पश्चिमी बजारमा प्रशस्त पाइन्छन्। यसको प्रसिद्धी पश्चिमी मुलुकमा दिनानुदिन बढ्दै गएको पाइन्छ। एक रिपोर्ट अनुसार अमेरिकामा मात्र करिब २४०० मेट्रिक टन बेसार प्रति वर्ष आयात गरिन्छ, जुन अनुसन्धान अनि ब्यापारीक प्रयोगका लागि खपत हुन्छ।

के छ यस्तो बेसारमा ?
बेसार स्वादमा तितो हुन्छ, तर यसको उपयोगिता हाम्रो स्वस्थ जीवनका लागि धेरै प्रभावकारी रहन्छ। नाम ‘बेसार’ भए पनि यसभित्र महत्वपूर्ण ‘सार’ तत्व हुन्छ, जसलाई कर्कुमिन भनिन्छ। एक रिपोर्ट अनुसार साधारणतया बजारमा प्राप्त हुने बेसारमा करिब २-८% कर्कुमिन हुन्छ। बितेका २० वर्षमा कर्कुमिन सम्बन्धी धेरै अनुसन्धानहरु भए, विशेष गरेर क्यान्सर नियन्त्रण (cancer chemoprevention), हृदय रोग (cardiovascular diseases) अनि बाथ (arthritis) मा। पब-मेड (pubmed) मा मात्रै कर्कुमिन सम्बन्धी करिब ११,०० भन्दा धेरै वैज्ञानिक अनुसन्धानका रिपोर्टहरु प्रकाशित भएको पाइयो। यसले यसको बढ्दो महत्वलाई प्रस्ट परेको छ। कर्कुमिन एउटा पोलिफेनोल (polyphenol) वर्गको केमिकल हो, जसले क्यान्सरको पूर्व नियन्त्रण वा त्यसको अनियन्त्रित विकास हुनबाट बचाउँछ। धेरै जनावरसँगको अनुसन्धानहरुले यो देखाउँछ कि कर्कुमिन मलासय (colon), पेट (stomach), मुख (oral) र स्तन (mammary) क्यान्सरको विरुद्धमा लड्ने गर्दछ।
कर्कुमिनको फेज (phase) १ क्लिनिकल प्रयोग (clinical trial) गर्दा यो देखिन्छ कि नियमित कर्कुमिन मिसिएको खाना लामो समयसम्म लिएमा colerectal क्यान्सर हुने कम सम्भावना हुन्छ।
कसरी यसले क्यान्सर नियन्त्रण गर्ला भन्ने प्रश्नमा धेरै अनुसन्धानहरु भएका छन्, धेरै तरिकाहरु मध्ये एउटा तरिका चाहीँ क्यान्सर कोषहरुलाई मार्नु नै यस रोगको अनियन्त्रित विकास हुनबाट बचाउनु हो, जुन प्रक्रियालाई वैज्ञानिकहरु अपोप्तोसिस (apoptosis) भन्ने गर्छन्। कर्कुमिनको अर्को महत्वपूर्ण प्रयोग हृदय सम्बधी रोग्लाई नियन्त्रण वा उपचार गर्नमा रहेको छ। कर्कुमिन वा बेसार धेरै प्रभावकारी एन्टी-ओक्सिदान्त (anti-oxidant) हो र यसको नियमित प्रयोगले हाम्रो शरीरमा उत्पादन हुने फ्री र्याडिकल (free radicals) जो अत्यन्तै विषालु पनि हुन सक्छन्, तिनीहरुलाई निस्क्रिय पार्दछ। साथ-साथै यसले रगतमा कोलेरेस्त्रोल (cholerestrol) को मात्रालाई बढ्न दिँदैन र उच्च-रक्तचाप अनि हृदय सम्बन्धी रोगलाई नियन्त्रण गर्छ।
कर्कुमिन बाथको (arthritis) अचूक औषधि मानिन्छ। यो शक्तिसाली दुखेको नियन्त्रण (anti-inflammatory) गर्ने पदार्थ हो। यसले घुंडाको दुखाई (joint pain) लाई सुधार गर्छ। यस कार्यमा बेसार वा कर्कुमिन दुखाईसँग सम्बन्धित इन्जायम (enzymes) लाई दबाउने काम गर्दछ भन्ने गहिरो अनुसन्धान गर्नेहरुको राय छ। यसको असर हामीलाई थाहा भएका दुखाई नियन्त्रक औषधी जस्तै इन्दोमेथासिन (indomethacin) को सामर्थसँग तुलना गर्न सकिन्छ। ध्यान दिनु पर्ने कुरा के छ भने एस्तेरोइड (steroid ) वा नन-एस्तेरोइड (non-steroid ) जस्ता महंगा औषधी लाभभन्दा बढी हानिकारक हुन्छन्, यदि लामो समयसम्म लिने हो भने। यसका अतिरिक्त, बेसारको नियमित प्रयोगले बुढ्यौलीमा हुने अल्ज्हेइमेरको रोग (Alzheimer ‘s disease) हुने सम्भावना कम हुन्छ। सायद हामी कहाँ यस रोगबाट पीडित पश्चिमका मुलुकभन्दा कम भएको कारण भोजनमा बेसारको अत्यधिक प्रयोग हुन सक्छ।

बेसार रोग नियन्त्रक (chemopreventive) कि रोग उपचारक (therapeutics)?

यद्यपि क्लिनिकल प्रयोग (Clinical trial) को नतिजाले कर्कुमिनलाई रोग उपचारक (therapeutics) को रुपमा प्रयोग हुने संकेत गरेको छ। तर यो हाम्रो शरीरमा ज्यादै न्यून (१% भन्दा कम, खाएको मात्राको आधारमा) मात्र उपलब्ध हुन्छ र करिब १-२ घण्टाको बीचमा हाम्रो रगतमा प्राप्त भइसक्छ। यसको शरीरबाट तीब्र निकास (rapid elimination) पनि एउटा औषधी बन्नका लागि तगारो मानिन्छ। कर्कुमिन हाम्रो शरीरमा बढी मात्रामा कसरी उपलब्ध गर्न सकिन्छ, यो एउटा अध्यनको विषय भएको छ। यसरी हेर्दा बेसार या कर्कुमिन रोगको उपचार गर्ने औषधिभन्दा पनि यो रोगलाई पूर्व-नियन्त्रण गर्न सहयोगी देखिन्छ। सारमा भन्नुपर्दा यो एउटा मसला मात्र नभई, कैयन रोगसँग लड्ने औषधी पनि हुनसक्छ भनी वैज्ञानिक अनुसन्धानबाट प्रस्ट भैसकेको छ। यसलाई तपाईँ कसरी लिनु हुन्छ, मसलाको रुपमा, सिधै क्याप्सुल (capsul), ट्याब्लेट (tablet) वा पेय-पदार्थसंग, निर्णय तपाईको।
अन्त्यमा, आउनुहोस् आजैबाट शुद्ध बेसार करिब १-२ चम्चा बिहान-बेलुकी दुध वा पानी संग लिऊँ, अनि रोग मुक्त होऊँ। Online Health

Address

Machhapokhari, Buspark
Kathmandu

Opening Hours

Monday 08:00 - 20:00
Tuesday 08:00 - 20:00
Wednesday 08:00 - 20:00
Thursday 08:00 - 20:00
Friday 08:00 - 20:00
Saturday 08:00 - 20:00
Sunday 08:00 - 20:00

Telephone

+9779851050782

Alerts

Be the first to know and let us send you an email when AgroBiz Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to AgroBiz Nepal:

Share