21/11/2025
हार्दिक अपिल
नेपालमा वि .सं. २०८२ भदौ २३ र २४ गते जेनजीहरुले गरेका क्रान्ति पश्चात घटेको विध्वंश घटनाबाट नेपालको लागि ऐतिहासिक रुपमै ठूलो क्षति व्यहोनु परेको छ । मुलत : नेपालको अग्रगामी राजनीतिक परिवर्तनका लागि विभिन्न समयमा भएका जनआन्दोलन ,जनयुद्द , मधेश आन्दोलन , आदिवासी जनजाति आन्दोलन , थरूहट आन्दोलन, महिला आन्दोलन , दलित आन्दोलन शिक्षक आन्दोलन लगाएत हालै मात्र भएको जेनजी युवाहरुले गरेका क्रान्ति नेपाली जनताले गरेका यस्ता ऐतिहासिक परिवर्तनकारी आन्दोलनम सहादत प्राप्त गर्ने महान सहिदहरु , घाईते र अपाङहरुका महान त्याग , जीवनको बलिदानको उच्च कदर र सम्मान गर्दै अहिलेको २१ औं शताब्दिको युगमा डिजिटल प्रविधी र आधुनिक नेपाल निर्माणको आवश्यकता भए बमोजिम एक नयाँ सोच , विचार र भिजनका साथ वैकल्पिक राजनीतिक शक्तिको निमांण गरी देशमा रहेका व्यापक भ्रष्टाचार , बेतिथि, कुशासन, सरकारी कार्यमा भएको ढिलासुस्तीलाई तुरुन्तै हटाई ठाउँको ठाउँ नागरिकको कामलाई रिजल्ट दिने गरी नागरिकको हक अधिकार स्थापना गरी नागरिकलाई सरकार रहेको अनुभूती स्थापित गर्न देशमा आर्थिक , सामाजिक र राजनीतिक रुपान्तरण गरी सहि दिशा निर्देशन गर्न र देशको नेतृत्व लिई प्रत्यक्ष रुपमा जनतासँग सरोकार रहेको सुशासन , भ्रष्टचार मुक्त देश , उत्पादन र रोजगार, सरकारी उद्योगको स्थापना , शिक्षा - स्वास्थ्य , आवास नि : शुल्क गराउने नयाँ लक्ष्य , उद्देश्य र दृष्टिकोणका साथ समुन्नत आधुनिक समाज निर्माण गर्ने ध्येयले २०८२ भदौं १४ गते नयाँ राजनीतिक शक्तिको रुपमा राष्ट्रिय जनसमृद्धि पार्टी नेपाल स्थापना गरिएको छ ।
हाम्रो मुलुक चार वर्ण छत्तीस जातको फूलवारी सरह रहेका छन । जसमा बहुजातिय , बहुभाषिक , बहुधार्मिक र बहुसंस्कृती युक्त विशेषताहरु रहेको राष्ट्र हो । अहिलेको यस विषम परिस्थितिमा नेपाली नागरिकहरु ज्ञान , विज्ञान र विचारको निरन्तर विकास हुने कुराहरुमा विश्वास गर्दछौं । त्यसैले विगतमा हुने विभिन्न रूढिवादी विचारका राजनीतिक दल तथा संयन्त्रहरुमा टॉसी रहेर बसिरहनुपर्छ भन्ने मान्यता राख्दैनौं । हालसम्म मानव जातिले आविष्कार गरेका विभिन्न ज्ञान र विज्ञानलाई अंगिकार गर्द नयाँ डिजिटल आधुनिक प्रविधिको आविष्कारद्वारा देश विकासमा निरन्तर अगाडी बढिरहन्छौं । अहिलेको २१ औं शताब्दीको आवश्यकता र नेपालना भौगोलिक विशेपता अनुरूप एक सशक्त शक्तिको रुपमा संगठीत हुँदै देश विकासको लागि निरन्तर अगाडी बढनेछौं । नागरिक स्वतन्त्रताको लागि राजनैतिक रूपम व्यवस्था परिवर्तन मात्र गरेर नभई आर्थिक रुपमा पनि समृद्ध हुन आवश्यक छ । नेपालका पुराना राजनीतिक शक्तिहरू हिजोकै पुरान सोँच , स्कुलिङ र पूर्वाग्रहबाट चलिरहेका छन । पछिल्लो जेनजीहरुको क्रान्तिका प्रश्चात बदलिएको नयाँ डिजिटल प्रविधिको युगलाई पुरानो राजनीतिक चेतनाले नेतृत्व गर्न सक्दैन । तसर्थ हाम्रो युगको नयाँ विचार हामी आफैले बनाउनुपर्दछ । तर पुराना दलहरुको जुन सोंच र कार्यशैली छ , जे जस्तो संस्कार र संस्कृतिलाई मलजल गरिरहेका छन , त्यसले देशलाई कहिंकतै फाइदा पुऱ्याउने छैन , केवल एकप्रकारको भूमरिमा मात्र फसाइरहनेछ भन्ने कुरा विगत ५० वर्ष देखिको अभ्यासले पुष्टी भइसकेको छ । यस मुलुकका सबै पुराना पार्टी र शक्तिहरु देशको विकास गर्न र सुशासन कायम गर्न असफल भएका छन । लोकतन्त्र कागजमा सिमित हुदै गएको छ । लोकतन्त्रको नाममा दलतन्त्र , दलतन्त्रको नाममा नेतातन्त्र र नेतातन्त्रको नाममा विचौलिया र दलात सिन्डिकेट जताततै हावी भएको छ । जुनसुकै क्षेत्रमा भ्रष्टाचारको विगविगी व्याप्त छ । ८० लाख युवाहरु रोजगारीको खोजीमा विदेशिन बाध्य पारिएको छ । सार्वभौम नागरिकहरु निरिह र आवाज विहिन हुन पुगेका छन । जनता निराश र आजित भैरहेका छन । यस्तो अवास्थामा देशलाई प्रष्ट नेतृत्व दिन सक्ने , दुरगामी सोंच , उन्नत विचार र प्रभावकारी कार्यशैली भएको बैकल्पिक राजनीतिक शक्ति अनिवार्य भएको छ ।
तसर्थ , हाल देशमा व्याप्त रहेको बरोजगार, सबै निकाय क्षेत्रमा भ्रष्टाचार , कुशासनलाई हटाई सुशासन, भ्रष्टाचार मुक्त देश , उत्पादन र रोजगार,सरकारी उद्योग व्यवसाय स्थापना , शिक्षा , स्वास्थ्य , आवास नि :शुल्क गराई नेपाललाई विश्वको विकसित राष्ट्रमा परिचित गराउन सबै राजनीतिज्ञ , समाजसेवी व्यक्तित्व ,विज्ञ ,शिक्षक ,कर्मचारी ,विधार्थी ,जेनजी युवा युवती ,पत्रकार सबै क्षेत्र तप्काका नेपाली नागरिकहरुमा आधुनिक नेपाललाई डिजिटल प्रविधिको माध्यमबाट देश विकास गर्न राष्ट्रिय जनसमृद्धि पार्टी नेपाल देशै भरी ७७ वटै जिल्लामा उत्पादन र स्वरोजगार अभियान लिएर तपाईँहरुको गाउँ ठाउँमा आइरहेको हुँदा सम्पूर्ण नेपाली नागरिकहरु हातमा हात , साथमा साथ रहँदै एकतामा एकजुट भई साथ सहयोगको लागि हार्दिक अपिल गर्दछौं ।
राष्ट्रिय जनसमृद्धि पार्टी नेपाल
प्रचार प्रसार समिति