27/08/2026
हिजो रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा लगायतका जिल्लाहरूमा ठूलो मानवीय तथा जनधनको क्षति भएको छ । यस दुःखद् विपद्को कठिन र पीडादायी अवस्थामा प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनःस्थापनाका लागि तत्काल सहयोगको आवश्यकता रहेको छ ।
यस विषम परिस्थितिमा हाम्रा दाजुभाइ तथा दिदीबहिनीहरूले भोगिरहेको पीडा हाम्रो आफ्नै पीडा हो । विपद् कुनै एक व्यक्ति, परिवार वा समुदायको मात्र समस्या होइन, यो हामी सबैको साझा चुनौती हो । मानवता नै सबैभन्दा ठूलो धर्म हो । त्यसैले पीडित परिवारहरूको आँसु पुछ्न, विपद्मा परेका नागरिकहरूलाई राहत र आशाको अनुभूति दिलाउन तथा उनीहरूको पुनःस्थापनाको यात्रामा साथ दिन आज सम्पूर्ण हाप्किडो परिवार एकजुट हुने समय आएको छ ।
यस मानवीय संवेदनशील घडीमा सम्पूर्ण प्रदेश, जिल्ला, नगर तथा पालिका हाप्किडो संघहरूलाई आफ्नो सामर्थ्य अनुसार आर्थिक तथा आवश्यक मानवीय सहयोग प्रदान गरी विपद् राहत तथा पुनःस्थापना अभियानमा सहभागी भइदिनुहुन नेपाल हाप्किडो संघ हार्दिक अपिल गर्दछ ।
हामीले प्रदान गर्ने सहयोग रकमको आकारभन्दा त्यसमा निहित मानवता, करुणा र सहयोगको भावना ठूलो हुन्छ । तपाईको सानो सहयोग पनि आज विपद्मा परेको कुनै परिवारका लागि आशाको किरण बन्न सक्छ, कसैको आँसु पुछ्ने माध्यम बन्न सक्छ, र कठिन परिस्थितिमा पुनः उठ्नका लागि बलियो आधार बन्न सक्छ ।
आउनुहोस्, दुःखमा परेका नागरिकहरूको हात समाऔँ ।
विपद्को घडीमा एक अर्काको सहारा बनौँ ।
मानवीय सेवाको यस अभियानमा सम्पूर्ण हाप्किडो परिवार एकताबद्ध भएर अघि बढौँ ।
हाप्किडो केवल खेल होइन, यो अनुशासन, आत्मविश्वास, एकता, सेवा र मानवताको भावना पनि हो ।
The devastating flood in the Bhotekoshi River of Rasuwa yesterday has caused significant loss of human lives and property in Rasuwa, Nuwakot, Dhading, Gorkha, and other affected districts. In this difficult and painful situation, immediate support is urgently needed for the rescue, relief, and rehabilitation of the affected communities.
At this challenging moment, the suffering endured by our brothers and sisters is our own suffering. A disaster is not merely the problem of an individual, family, or community, it is a shared challenge for all of us. Humanity is the greatest virtue. Therefore, this is the time for the entire Hapkido family to stand united, wipe away the tears of affected families, provide hope and relief to those facing hardship, and support them on their journey toward recovery and rehabilitation.
In this hour of humanitarian need, the Nepal Hapkido Association sincerely appeals to all Provincial, District, Municipal, and Local-level Hapkido Associations to contribute whatever financial and humanitarian assistance they can and participate in this relief and rehabilitation campaign.
The value of our contribution is not measured by its size, but by the humanity, compassion, and spirit of solidarity behind it. Even the smallest contribution can become a ray of hope for a disaster-affected family, a means of wiping away someone’s tears, and a strong foundation for rebuilding their lives in these difficult circumstances.
Let us come together and hold the hands of those who are suffering.
Let us be one another’s strength in this time of disaster.
Let the entire Hapkido family stand united in the service of humanity and move forward together.
Hapkido is not merely a sport, it represents discipline, confidence, unity, service, compassion, and humanity.