12/09/2018
रञ्जना लिपि कार्यशाला तथा लाइभ क्यालिग्राफि कार्यक्रममा निमन्त्रणा
कार्यक्रमः
मिति ः ३० भाद्र २०७५, शनिबार
समय ः दिनको १ः०० बजे
स्थान ः नवज्योति आधारभूत विद्यालय, ध्वाखासि, पाँगा
यस पाँगा सामुदायिक पुस्तकालयले समुदायमा पुस्तकालयको महत्व, पढ्ने बानीको विकासका साथै बौद्धिक विकासका लागि स्थानीय निकाय तथा सरोकारवालाहरुसँगको सहकार्यमा विभिन्न कार्यक्रमहरु संचालन गर्दै आइरहेको यहाँलाई विधितै छ । यसै क्रममा रञ्जना लिपिको प्रयोग, प्रवद्र्धन तथा संरक्षण गर्ने उद्देश्यका साथ पाँगा सामुदायिक पुस्तकालय, नेपाल लिपि गुथि तथा क्यालिजात्राको (Callijatra) संयुक्त आयोजनामा “रञ्जना लिपि कार्यशाला तथा लाइभ क्यालिग्राफि” कार्यक्रम हुन लागेको सहर्ष जानकारी गर्दछौं ।
यस महत्वपूर्ण कार्यक्रममा यहाँको सद्भाव तथा सहभागिताले रञ्जना लिपिको विकासमा अझ हौसला थप्ने र समुदायमा आशा तथा प्रेरणा जाग्नेछ भनी हामी विश्वस्त छौं ।
यसर्थ यहाँको उपस्थितिको लागि हार्दिक निमन्त्रणा गर्दछौं ।