Hamro Nayapati

Hamro Nayapati Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Hamro Nayapati, Public & Government Service, nayapati-6 kathmandu, Kathmandu.

गोकर्ण नयाँपाटी र सुन्दरीजल
07/09/2015

गोकर्ण नयाँपाटी र सुन्दरीजल

24/07/2015

यूरिक एसिडले मानवीय अङ्गलाई पार्ने असर र रोकथामका उपायहरु
काठमाडौं । रगतमा युरिक एसिड बढेर हुने जोर्नी समस्या लाई गौट–बाथरोग भनिन्छ । खान–पान र जीवनशैली सँग सम्बन्धित रोग भएकाले उचित निदान र रोगको प्रकृति, विकृति र रोगोस्थितिको उचित आँकलन पश्चात् खान–पान सुधार र जीवनशैली परिवर्तन गरेर यो रोगबाट पूर्ण मुक्ति पाउन सकिन्छ ।
त्यसमा पनि विशेषतः यो रोगमा पथ्य–अपथ्य (के खाने, के नखाने ?) को उचित व्यावश्थापन नितान्त आवश्यक छ । जसका लागी यहाँ दिर्ईएका केही सुझावहरू लाभकारी हुन सक्छन । रगतमा युरिक एसिडको मात्रा बढ्नुमा प्युरिन न्युक्लिक एसिड युक्त खाद्यान्नहरूको मूख्य भूमिका छ ।यूरिक एसिडको, प्युरिन न्युक्लिक एसिड उपपाचन (मेटावोलिजम्) को अन्तिम उत्पादन हो । रगतमा यूरिक एसिडको मात्रा प्युरिन न्युक्लिक एसिडको उपपाचनमा आएको गडबडीको कारणले वा बनेको युरिक एसिड युरियामा परिवर्तन भएर पिसाबबाट बाहिर जान नसक्नाले बढ्द छ ।Capture

यस्तो अवश्थामा प्युरिन न्युक्लिक एसिड युक्त खाने कुराहरू पहरेज गरी, बनेको यूरिक एसिडलाई पिसाप मार्पmत बगाएर लैजाने र यूरिक एसिडका कारणले हुने प्रदाहत्मक क्रियालाई समन गर्न सघाउने खालका खानेकुराहरू खान आवश्यक छ ।

के खाने ?

१. उषाः पान (पानी पिउने) –रगतमा यूरिक एसिडको मात्रा निर्जलताको कारणले पनि बढ्ने गर्छ । बढेको यूरिक एसिडलाई पिसापद्वारा बाहिर निकाल्न रोगीले दैनिक चार पाँच लीटर पानी पिउन आवश्यक छ । पानी पिउँदा एकैचोटीमा धेरै नपिएर थोरै थोरै गरेर पिउनु पर्छ ।

दिउसो घण्टा घण्टाको अन्तरालमा २/२ गीलास पानी पिउनु पर्छ । मिर्गौला विकृत भएर यूरिक एसिड बढेको भए धेरै पानी पिउन हुदैन ।

२. चेरी – प्रतिदिन चेरी खानाले यो रोगमा निकै लाभ पु¥याउँछ । चेरीमा एन्थोसाइन भन्ने तत्व हुन्छ । यसले यूरिक एसिडलाई न्यूट्रलाइज गर्नुका साथै एसिडको क्रिष्टल बन्न नदिएर गौट वाथ हुन बाट बचाउँछ ।

दैनिक २० देखी ३० चेरी खाने गरेमा रगतमा यूरिक एसिड नियन्त्रण गरी गौट प्रतिरोधात्मकता बढाउँछ भने रोग भएका हरुले हरेक ४/४ घण्टामा ३०/४० चेरी खाँदा रोग नियन्त्रणमा प्रत्यक्ष फाइदा पुर्याउँछ ।

३. स्याउ– दैनिक एउटा स्याउको सेवन यो रोगका लागि उत्तम मानिन्छ । स्याउमा म्यालिक एसिड भन्ने तत्व पाइन्छ । जसले यूरिक एसिडलाई न्यूट्र«लाइजेसन गर्नुका साथै वाथ प्रकोपका दौरान हुने प्रदाहलाई पनि कम गर्छ ।

४. अमिला फलफूल – अमिला फलफूलमा सीट्रक एसिड पाइन्छ । जसले यूरिक एसिडलाई निश्तेज गर्न सहयोग गर्छ ।

५. फाइवर्स फूड – चोकर रेशा र चोकर युक्त , खस्रा मोटा र सग्ला खाद्यको प्रयोगले रगतमा युरिक एसिडको मात्रा कम गर्न मद्दत गर्छ । हरिया तथा क्षारीय सागसब्जी, खस्रामोटा अन्न र फलफूलमा भएका रेशाहरुले युरिक एसिड अवशोषण गर्न र यसलाई पिसापबाट बाहिर निकाल्न सहयोग गर्छ ।

६. ज्वानाको झोल –यसकाे सेवनले पनि यूरिक एसिड समनमा मद्दत पुर्याउछ ।

७. फलफूल– केरा, ब्रोकाउली, काँक्रो गाजर जस्ता फलफूल तथा तरकारीहरूमा प्रशस्त एण्टिअक्सिडेण्ट र भिटामिनहरू पाईन्छ । यी फलफूलहरूमा पाईने भिटामिन “ए”, “सी”, “ई” र “बी कम्प्लेक्स” हरूले युरिक एसिड बाट हुने वात कम गर्न मद्दत गर्छ ।

८. आलसको तेलः – आलसको ओमेगा ३ को श्रोत हो । यसले यूरिक एसिड बढेर हुने प्रदाह कम गर्दछ ।

९. ग्रीन टी – ग्रीन टी मा एन्टीअक्सिडेण्टको प्रचुरमात्रा भएकोले यूरिक एसिडमा राम्रो मानिन्छ ।

के नखाने

१. यूरिक एसिड बढेकाहरुले रातो मासु, फल मासु, ठूला जनावरका मासु, हासको मासु, टर्की को मासु मुटु,कलेजो मिर्गौला र गिदी जस्ता भित्री अ¨को मासु खान हुँदैन , रातो मासु र भित्री मासुमा प्यूरिन न्यूक्लिक अम्लको मात्रा ज्यादा हुनेभएकाले यी पदार्थको सेवनले युरिक एसिडको मात्रा बढ्दछ ।

२. समुन्द्री खाद्यान्न विशेषगरी झिङ्गे माछा, प्राउन, लोवस्टोर, हेरि, ट्यूना,एन्कोभिज प्र्रजातीका माछाहरु र अन्य समुन्द्री वनस्पति हरुबाट निर्मित खानेकुराहरुमा प्यूरिन न्यूक्लिक अम्लको मात्रा बढी भएकाले यूरिक एसिड बढ्दा राम्रो मानिँदैन ।

३. मदिरा – युरिक एसिड बढ्दा रक्सि, ब्राण्डी, वीस्की, रम जस्ता अल्कोहोलिक पेय सेवन सर्वथा वर्जित छ । मदिरा जन्य पेयले शरीरमा यूरिक एसिडको मात्र बढाउनुको साथसाथैै शरिरमा बनेको यूरिक एसिडलाई पिसाप बाट उत्सर्जन हुन पनि रोक्दछ ।

४. कोल्ड ड्रिङ्कसः– कोकाकोला , पेप्सीकोला , स्प्राइट , फेण्टा, मिरिण्डा जस्ता कार्बोनेटेड र मधुराकृत पेय हरुले यूरिक एसिडलाई बढाउछ । फ्रूक्टोज–स्वीटण्ड– ड्रिङ्कस मह पानी ,सोडापानी पनि यूरिक एसिडका लागि राम्रो होइन । यी पेयहरुमा प्रचूर मात्रामा फ्रूूक्टोज पाइन्छ । फ्रूक्टोजले एटीपी लाई एएमपीमा तोडेर यूरिक एसिडको उत्पादनलाई बढावा दिन्छ ।

५. दाल – गेडागुडि – दाल तथा गेडागुडिमा प्रशस्त मात्रामा प्यूरिन न्यूक्लिक अम्ल पाइन्छ । यो अम्ल उपयोग पश्चात शरिरमा प्रशस्त यूरिक एसिड बन्छ ।

६. कुरिलो, फूलकोबी, बन्दाकोबी, पालुङ्गो, च्याउ र गोलभेंडा जस्ता सागपातमा अन्य सागपातमा भन्दा धेरै प्यूरिन पाइन्छ । यसका अलावा यी फलफूल र तरकारीमा आक्जलेट को मात्रा पनि ज्यादा पाइन्छ ।

७. जंक फूड – जंकफूड तथा बेकरी उत्पादनमा सेचुरेटेड फ्याट धेरै हुन्छ । यसका अलावा जंकफूड मा हालिएको प्रीजरभेटीभ ले पनि रगतमा यूरिक एसिडको मात्रालाई बढाउन र गौट बाथको विकृततालाई बढाई समस्या ल्याउन सक्छ । जंकफूड ज्यादा खादा तौल बढ्न गई यूरिक एसिड बढ्ने समस्या आउछ ।

८. अचार (पुरानो) तामा , गुन्द्रुकसिन्की पनि राम्रो होइन ।

28/03/2015

के कारण हुन्छ पायल्स ? यस्ता रोगीले के खाने, के नखाने
(घरेलु उपचारसहित)


मानिसहरुको भिन्न जीवनशैली र खानपानले गर्दा थुप्रैलाई आजकाल धेरै प्रकारको रोग लाग्ने गर्दछ । यसमध्ये पायल्स रोग धेरै मानिसहरुको समस्या भएको छ । लोकलाजका कारण धेरै मानिसहरुले पायल्स रोगको बारेमा खुलेर परिवारसँग कुरा गर्दैनन् । अझ कतिलाई त पायल्स रोग के हो भन्ने नै थाहा हुँदैन । सामान्यतया पायल्स रोग त्यस्तो रोग हो जुन मलद्वारसँग सम्बन्धित छ । यसको लक्षण भनेको दिसा गर्दा रगत आउने, मलद्वारमा मासु पलाउने, दुख्ने, सुन्निने र चिलाउने गर्दछ । पायल्स रोगीमध्ये कसैको पीप बग्छ, अंगुरको झुप्पोजस्तो पलाएको हुन्छ र रातो सुन्निएको डल्लो हुन्छ । यो रोग लाग्दा कसैलाई रगत आउँछ भने कसैलाई आउँदैन ।
कसरी हुन्छ पायल्स?
पायल्स हुनुको मुख्य कारण जीवनशैली र खानपान हो । पानी कम खाने, हरियो सागपात नखाने, शारिरिक व्यायाम कम गर्ने, धेरै व्रत बस्ने, बढि चिया पिउने, माछामासु तथा सुख्खा खानेकुरा जस्तै चाउचाउ, बिस्कुछ, चाउमिन बढि खाने, अनियमित खानपान, अनिन्द्रा, धेरै तनाव लिने, रक्सी, चुरोट, सूर्तीको अत्यधिक प्रयोग
कलेजोको खराबी, तथा भुटेतारेका कुरा बढी खाने गर्नाले पायल्स तथा दिसाबाट रगत आउने, मासु पलाउनेजस्ता समस्या बढी हुन्छ ।
दिसा कब्जियत, वा दिसा थोरै आउनु, गोटा पर्नु, नियमित दिसा नहुनु, दिसा तथा पाद रोक्नु, दिसा पिसाब लागेको बेलामा नगर्नु, अत्यधिक गर्मी वातावरणमा बस्नु, चिल्लो तथा तेलको प्रयोग बढी हुनु पनि यसको कारण हो । शरीरलाई आवश्यकभन्दा बढी खानु, तनाव लिनु तथा जीवनशैली एकनासको नभएका कारण पायल्स हुन्छ ।
पायल्स रोगीले के खाने ?
हरियो सागपात काँचै खाने, चोकरसहितको गहुँको पिठो, रोटी, जौ, ब्राउन राइस, रहर तथा मुगको दाल खाने, पानी प्रशस्त पिउने, फलफुल को सेवन पनि प्रशस्तै गर्ने ।
खाना खाँदा मुला, काँक्रो, गाँजर खाने ।
नरिबल, अनार, स्याउ, बेलजस्ता फलफुल, करेला, धनिया, लौकाले पनि पायल्स रोगीहरुलाई निकै फाइदा पुर्याउँछ ।
घरेलु उपचारः
एक गिलास गाइको दुधमा आधा कागती निचोरेर तुरुन्त खाँदा कसै कसैलाई रगत तथा पिप आउने जस्ता समस्या ठीक भएका छन् ।
कसैलाई फिटकिरी एक टुक्रा राखेर दश लिटर जति पानीमा दिनको दश मिनेट बस्दा धेरै आराम मिल्छ ।
नरिवलको बाहिरको जटा डढाएर एक चिम्टी खरानी र दुबोको २ चम्चा रस घोलेर बिहान बेलुका एक गिलास मनतातो पानीसंग खाँदा सन्चो भएको पाइएको छ ।

मुलाको बिउ कुटेर तोरीको तेलमा फिटेर दिसा गरिसकेपछि लगाउने गर्दा पनि कसैलाई राहत मिल्दछ ।
आफ्नो पिसाबले गद्द्वार धुने ।
नियमित रुपमा योग र शारीरिक व्यायाम गर्दा पनि सन्चो हुन्छ । यो समस्याको नआत्तिइकन उपचार गर्नुपर्छ । औषधि उपचारबाट निको हुन केही समय लाग्न सक्छ । शल्यक्रिया पनि अन्तिम उपचार भने होइन । कहिलकोही शल्यक्रियापछि पनि समस्या बल्झिएको र निको नभएको पाइन्छ ।

पायल्सका बिरामीले के नगर्ने के नखाने ?
अदुवा, मासको दाल, पिरो, अमिलो, चिल्लो तथा मसला बढी भएको, माछामासु, बासी खानेकुरा, चना, भन्टा, आलु, बोतलबन्द खानेकुराहरु, पूरानो अचार, रेडिमेड खानेकुरा, चियाकफी, चुरोट रक्सीजस्ता चिज उपभोग नगर्ने, स्त्री सम्भोग कम गर्ने, खाली पेट नबस्ने, बिहान अबेरसम्म नसुत्नेलगायतका कुरामा ध्यान दिने । यी तरिका अपनाउँदा लागिसकेको रोग पनि बिस्तारै कम हुँदै जान्छ ।


विशेष ध्यान दिनुपर्ने कुराः
पायल्सका बिरामीले हप्तामा एकपटक वा आवश्यकताअनुसार पेट सफा गराउने, पेट हल्का राखी उपचार गर्नु एकदम राम्रो विधि हो । एकदम कम र हल्का खाने, शरीरले पचाउन सक्ने गरी खानुपर्छ ।
हप्तामा दुई तीनदिन शुरुमा रोग बढेको अवस्थामा एकदिन बिराएर फलफूलको रस वा पानीमात्र खाएर बस्नुपर्छ । डाक्टरको सल्लाहअनुसार केही राम्रो भएपछि बिस्तारै काँचै खानेकुरा खाएर बस्ने, पेटलाई हलुंगो बनाएर औषधि गर्दै जाने । यस्तै, पिपलको बोक्रा मसिनो बनाएर सुकाएर पिस्ने, शुद्ध तोरीको तेलमा मिसाएर नियमित बिहानबेलुकी मासु बढेको ठाउमा एकदेखि तीन महिनासम लगाएमा पलाएको मासु बिस्तारै सुक्दै जान्छ र पायल्स पनि बिस्तारै कम हुँदै जान्छ ।

शुभ कामना योमरी पुनीको‍‍‍‍ ..........
06/12/2014

शुभ कामना योमरी पुनीको‍‍‍‍ ..........

05/12/2014

मेमोरी पावर बढाउन यी खानेकुरा प्रयोग गर्नुस:-

वैज्ञानिकहरुले यस्तो बढि भुल्ने समस्याको कारण खास पौष्टिक तत्वको कमी रहेको बताएका छन् । हामीले यहाँ यस्ता केही खानेकुराको सूचि पेश गरेका छौँ जसको नाम नै ब्रेन फूड छ ।

यी खानेकुरा खानाले मानिसलाई अल्जाइमरको जोखिम नहुने मात्र होइन मस्तिष्कको क्षमता र स्मरण शक्ति समेत बढ्छ ।

१. गोलभेँडा – गोलभेँडामा प्रोटिन, भिटामिन, तथा विभिन्न खाले लवण जस्ता तत्व पाइन्छ । यसमा कार्बोहाइड्रेटको मात्रा कम हुन्छ । गोलभेँडामा हुने लाइकोपिन तत्वले सरीरमा स्वतन्त्र रेडिकल्सको सुरक्षा गर्दछ र मस्तिष्क कोषको क्षयिकरण रोक्दछ ।
२. ओखर- जो मानिस दिनहुँ ओखर सेवन गर्छन् उनीहरुमा स्मरण शक्तिको बढोत्तरी हुन्छ । ओखरमा ओमेगा थ्री फ्याट्टी अम्ल, प्रोटिन, फाइबर, एन्टी अक्सिडेन्ट जस्ता आवश्यक तत्व पाइन्छ ।
३.स्ट्रबरी- यसमा प्रसस्त मात्रामा एन्टी अक्सिडेन्ट पाइन्छ जसले मस्तिष्कका कोषको क्षयिकरण हुनबाट बचाउँछ ।
४. दही- दहीमा प्रोटिन, कार्बोहाइड्रेट, खनिज, चिल्लो, क्याल्सियम तथा फोस्फोरस जस्ता लवणहरु पाइन्छ । यसले सरीरमा लाभदायी जिवाणुलाई समेत फाइदा पूराउँछ भने हानिकारक जिवाणुलाई नष्ट गर्न सहयोग गर्छ । दहीमा एमिनो एसिड पाइन्छ जसले दिमागी तनाव कम गरी स्मरण शक्तिमा बढोत्तरी गर्न सघाउ पूराउँछ ।
५. जाइफल- जाइफलको सेवनले सरीरलाई चिसोबाट बचाउने मात्र होइन यसमा हुने विशेष तत्वले मस्ष्ितकलाई स्वस्थ राख्न तथा स्मरण शक्ति बढाउन मद्दत पूराउँछ ।
६. तुलसी- मसलाको रुपमा तुलसीका पातको प्रयोग निकै लाभदायक हुन्छ । छिटो भुल्ने समस्या भएका मानिसले दिनको २-३ तुलसीको पात खाँदा त्यसले फाइदा गर्छ ।
७.अलैँचीमा प्रसस्त मात्रामा प्रोटिन तथा फाइबर हुने भएकाले यसको सेवन समेत मस्तिष्कको स्वास्थ्यका लागि फाइदाजनक हुन्छ ।
८. चिया, कफी, बेसार, दालचिनी तथा मरिचको नियमित सेवन समेत मस्तिष्कको क्षमता वृद्धिमा सहयोगी हुने विभिन्न वैज्ञानिक परीक्षणले पुष्टि गरेका छन्

04/08/2014
Kathmandu
15/11/2013

Kathmandu

09/04/2013

खाना खानासाथ गर्न नहुने कार्यहरु:
-------------------------------------------------------

1. चुरोथ पिउन नहुने: खाना खाए लगत्तै चुरोथ पिएमा सामान्य अवस्थामा चुरोथ पिएको भन्दा १० गुणा बढी असर गर्दछ जसको कारण क्यान्सर हुने सम्भावना ज्यादा हुन्छ ।

2. फलफुल खान नहुने: खाना खाए लगत्तै फुलफुल सेवन गरेमा पेटमा हावा भरिन सक्छ । खाना खानु १ घण्टा अगाडि वा पछाडि मात्र फलफुल सेवन गर्नु उचित हुन्छ ।

3. चिया पिउन नहुने: चियाको पत्तामा एसिडको मात्रा बढी हुने हुँदा यसले पाचन प्रकृयामा अवरोध पुर्याउँदछ ।

4. पेटी खुकुलो बनाउन नहुने: यसले तपाईंको आन्द्रा बटारिने र पाचन प्रकृयामा अवरोध पार्न सक्छ ।

5. नुहाउन नहुने: यसले रक्तसन्चार हात्-खुट्टा र शरीरका अन्य भागमा फैलाइदिन्छ जबकी खाना पचाउनको लागि पेटमा रगतको प्रवाह बढी हुन जरुरी हुन्छ ।

6. हिंड्न नहुने: खाना खाए लगत्तै हिंडेमा पाचन प्रणालीले हामीले सेवन गरेको खाना बाट पोषक तत्वहरु लिन सक्दैन ।

7. सुत्न नहुने: खान खानसाथ सुतेमा पाचन प्रकृयामा अवरोध तथा ग्यास्त्रिक, आन्द्रामा संक्रमण हुन सक्छ । सुत्नु भन्दा २ घण्टा अघी नै खाना खानु उचित हुन्छ ।

Nayapati-6 Ko Ram Krishna Mander
06/04/2013

Nayapati-6 Ko Ram Krishna Mander

Address

Nayapati-6 Kathmandu
Kathmandu

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Website

Alerts

Be the first to know and let us send you an email when Hamro Nayapati posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share