10/10/2026
प्रहरी जवान दीपक तिमिल्सेना २०८३ भदौ महिनाको ‘POLICE OF THE MONTH’ घोषित
काठमाडौं। प्रहरी वृत्त नयाँ बानेश्वर, काठमाडौंमा कार्यरत प्रहरी जवान दीपक तिमिल्सेना २०८३ भदौ महिनाको ‘POLICE OF THE MONTH’ घोषित हुनु भएको छ।
नेपाल प्रहरीको गौरवमय परम्परा, कर्तव्यनिष्ठा, अनुशासन तथा जनसेवाप्रतिको समर्पणलाई आत्मसात् गर्दै उत्कृष्ट कार्यसम्पादन गर्न सफल तिमिल्सेनालाई भदौ महिनाको उत्कृष्ट प्रहरीका रूपमा छनोट गरिएको हो।
कर्तव्यप्रतिको इमानदारी, मेहनत, लगनशीलता र जिम्मेवारीबोधले प्रहरी संगठनको गरिमा अभिवृद्धि गर्नुका साथै नागरिकमैत्री सेवा प्रवाहमा सकारात्मक योगदान पुर्याउने अपेक्षा गरिएको छ।
तिमिल्सेनाको यस उपलब्धिले नेपाल प्रहरी संगठनका अन्य प्रहरी कर्मचारीलाई समेत आफ्नो जिम्मेवारीप्रति थप प्रतिबद्ध भएर उत्कृष्ट कार्यसम्पादन गर्न प्रेरणा प्रदान गर्ने विश्वास गरिएको छ।
२०८३ भदौ महिनाको ‘POLICE OF THE MONTH’ घोषित हुनुभएकोमा प्रहरी जवान दीपक तिमिल्सेनालाई हार्दिक बधाई तथा आगामी दिनमा थप सफलताको शुभकामना व्यक्त गरिएको छ।
#नेपालप्रहरी #प्रहरीवृत्तनयाँबानेश्वर #दीपकतिमिल्सेना #जनसेवा #कर्तव्यनिष्ठा