Mukti Khabar

Mukti Khabar Social Justice Self-esteem, Liberation Campaign for Human Rights, including Social Rights!
(1)

Continuous information message will flow through the online leaflets of liberation for the development, prosperity, good governance and financial prosperi,

एआईजीहरूको जिम्मेवारीमा अन्योल, सरुवा रोकिँदा असन्तुष्टिसरुवा निर्णय लम्बिँदा एआईजीहरू अवसरबाट वञ्चितकाठमाडौं । नेपाल प्...
06/06/2026

एआईजीहरूको जिम्मेवारीमा अन्योल, सरुवा रोकिँदा असन्तुष्टि
सरुवा निर्णय लम्बिँदा एआईजीहरू अवसरबाट वञ्चित

काठमाडौं । नेपाल प्रहरीको नेतृत्व तहमा हुने सरुवा सधैं चासो र चर्चाको विषय बन्ने गरेको छ। केही दिनअघि प्रहरी प्रधान कार्यालयले डीएसपी, एसपी र एसएसपीहरूको सरुवा टुंग्याएपछि अहिले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हरूको जिम्मेवारी हेरफेरतर्फ सबैको ध्यान केन्द्रित भएको छ। तर लामो समय बित्दासमेत एआईजी सरुवाको निर्णय हुन नसक्दा नेतृत्व तहका केही अधिकारीहरु निराश बनेको चर्चा संगठनभित्र हुन थालेको छ।
नेपाल प्रहरीमा हाल जनपदतर्फ आठ एआईजीको दरबन्दी छ। मानवस्रोत विकास विभाग, कार्य विभाग, प्रदेश समन्वय विभाग, अपराध अनुसन्धान विभाग, प्रशासन विभाग, केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान (एकेडेमी) तथा काठमाडौं उपत्यका प्रहरी कार्यालय एआईजी नेतृत्वका प्रमुख निकाय हुन्। विगतका अभ्यास हेर्दा एआईजीहरूको जिम्मेवारी हेरफेर सामान्यतया ६ देखि ८ महिनाको अन्तरालमा हुने गरेको देखिन्छ। कतिपय अवस्थामा चार महिनामै समेत सरुवा गरिएको उदाहरण छन्। संगठनात्मक आवश्यकता र सरकारी निर्णयका आधारमा मन्त्रिपरिषद्ले एआईजीहरूको जिम्मेवारी परिवर्तन गर्दै आएको छ।

हाल केही एआईजीहरूले जिम्मेवारी सम्हालेको ७ देखि १० महिनाभन्दा बढी समय बितिसक्दा पनि सरुवाको निर्णय हुन सकेको छैन। यसले संगठनभित्र तथा सुरक्षा प्रशासन वृत्तमा चासो बढाएको छ। हाल एआईजी डा. मनोज केसी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुखका रूपमा कार्यरत छन्। उनी २०८२ असोज ४ गते उक्त जिम्मेवारीमा पुगेका हुन्।

त्यसैगरी एआईजी राजन अधिकारी मानवस्रोत विकास विभाग र एआईजी सिद्धिविक्रम शाह राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको नेतृत्वमा छन्। उनीहरू पनि करिब १० महिनादेखि सोही जिम्मेवारीमा कार्यरत छन्। उता एआईजी ईश्वर कार्कीले काठमाडौं उपत्यका प्रहरी कार्यालयको नेतृत्व सम्हालेको सात महिनाभन्दा बढी भइसकेको छ। असोज २४ गते पदस्थापन भएका एआईजीहरू सुशील सिंह राठौर, उमाप्रसाद चतुर्वेदी, हिमालयकुमार श्रेष्ठ र डम्बरबहादुर विक पनि हालसम्म एउटै जिम्मेवारीमा कार्यरत छन्।

गृह मन्त्रालय स्रोतका अनुसार एआईजीहरूको जिम्मेवारी हेरफेरसम्बन्धी आन्तरिक गृहकार्य अन्तिम चरणमा पुगेको छ। स्रोतका अनुसार काठमाडौं उपत्यका प्रहरी कार्यालय, सीआईबी, मानवस्रोत विकास विभाग र प्रहरी एकेडेमीजस्ता महत्वपूर्ण निकायको नेतृत्व यथावत् राख्ने वा नयाँ जिम्मेवारी दिने विषयमा छलफल भइरहेको छ। यद्यपि अन्तिम निर्णय सरकारबाटै हुनेछ।

एआईजी विकलाई प्रदेश समन्वयमा राखिएको छ, तर उहाँलाई कुनै महत्वपूर्ण अवसर दिइएको छैन। हाल प्रभावशाली मानिने स्थानहरूमा कांग्रेस र एमाले समर्थक एआईजीहरूको नै वर्चस्व देखिएको छ। दलित प्रतिनिधित्वको कुरा गर्ने सरकारले दलित समुदायका एआईजीप्रति नै उपेक्षा गरेको आरोप लागिरहेको छ।

अपरेशन विभाग सम्हालेर निर्वाचनमा उत्कृष्ट कार्यसम्पादन गरेका एआईजी चतुर्वेदीजस्ता सक्षम अधिकृतलाई पनि कुनै महत्वपूर्ण जिम्मेवारी दिइएको छैन। संगठनको काम इमान्दारितापूर्वक सम्पन्न गर्ने र परिणाममुखी ढंगले काम गर्नेहरूलाई बेवास्ता गरी, काम जति बिगारे पनि चाकडी र चाप्लुसी गर्नेहरूको नै हालीमुहाली चलेको भन्दै प्रहरी संगठनभित्र असन्तुष्टि देखिएको छ। त्यस्तै एआईजी राठौरलाई कुनै जिम्मेवारी दिइएको छैन। जबकी उनले नायब महानिरीक्षक (डिआइजी)मा समेत एउटा इन्चार्ज पाएनन्। राठौर नेपाल प्रहरीभित्र अनुभवी र प्रशासनिक क्षमताका अधिकारीका रूपमा चिनिन्छ। उनी विभिन्न जिल्लाको नेतृत्व, प्रहरी प्रधान कार्यालयका जिम्मेवारी तथा आर्थिक प्रशासनसम्बन्धी काममा रहेर माथिल्लो तहसम्म पुगेका अधिकारी हुन्।

प्रहरी संगठनभित्र नेतृत्व तहमा नियमित अवसर र जिम्मेवारीको घुम्ती प्रणाली (रोटेसन) कायम रहनुपर्ने धारणा लामो समयदेखि रहँदै आएको छ। सीमित संख्याका एआईजीहरू विभिन्न महत्वपूर्ण युनिटमा अनुभव हासिल गर्दै संगठनलाई थप गतिशील बनाउने उद्देश्यले पनि समयानुकूल सरुवा आवश्यक मानिन्छ। तर प्रबुद्ध, बौद्धिक वर्ग तथा नागरिक समुदायमा पनि ‘जुन जोगी आए पनि कानै चिरेका’ भन्ने उखान चरितार्थ भएको चर्चा भइरहेको छ।

विशेषगरी अनुभवी र कार्यसम्पादनका आधारमा सक्षम मानिएका केही एआईजीहरू महत्वपूर्ण जिम्मेवारीको पर्खाइमा रहेको चर्चा प्रहरी वृत्तमा छ। उनीहरूलाई विभिन्न विभाग तथा कमाण्डमा अवसर प्रदान गरिए संगठनभित्र अनुभवको आदानप्रदान, कार्यसम्पादनमा प्रतिस्पर्धा र नेतृत्व विकासमा सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ।

प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले संगठनात्मक आवश्यकता अनुसार आवश्यक प्रस्तावहरू अघि बढाइरहेको र सरकारले पनि यस विषयमा गृहकार्य गरिरहेको बुझिएको छ। सुरक्षा प्रशासनसँग सम्बन्धित निर्णयमा सरकार र प्रहरी नेतृत्वबीचको समन्वयलाई महत्व दिँदै एआईजी सरुवाको विषय छिट्टै निष्कर्षमा पुग्ने अपेक्षा गरिएको छ।

सुरक्षा प्रशासनका जानकारहरूका अनुसार नेतृत्व तहमा समयानुकूल जिम्मेवारी हेरफेर हुँदा संगठनको कार्यसम्पादन थप प्रभावकारी बन्नुका साथै अनुभव र अवसरको सन्तुलित वितरणमा समेत सहयोग पुग्ने विश्वास छ।

https://muktikhabar.com/mukti-news/87170.html
06/06/2026

https://muktikhabar.com/mukti-news/87170.html

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आगामी निर्वाचनका लागि केदारनाथ अधिकारीले सचिव पदमा उम्मेदवारी घ...

https://muktikhabar.com/mukti-news/87166.html
06/06/2026

https://muktikhabar.com/mukti-news/87166.html

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आगामी निर्वाचनका लागि व्यवसायी कर्णराज कटुवालले प्रथम उपाध्यक्....

https://muktikhabar.com/mukti-news/87162.html
06/06/2026

https://muktikhabar.com/mukti-news/87162.html

काठमाडौं । नेपाल प्रहरीको नेतृत्व तहमा हुने सरुवा सधैं चासो र चर्चाको विषय बन्ने गरेको छ। केही दिनअघि प्रहरी प्र.....

https://muktikhabar.com/mukti-news/87159.html
05/06/2026

https://muktikhabar.com/mukti-news/87159.html

काठमाडौ । प्रहरी महानिरीक्षक ( आईजीपी) दान बहादुर कार्कीले पदोन्नति भएका ४४ जना अधिकृतहरूलाई दर्ज्यानी चिन्हद्व....

आईजीपी दान कार्कीद्वारा पदोन्नति भएका ४४ जना अधिकृतहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभित नेपाल प्रहरी प्रधान कार्यालयमा श...
05/06/2026

आईजीपी दान कार्कीद्वारा पदोन्नति भएका ४४ जना अधिकृतहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभित

नेपाल प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित विशेष समारोहबीच आईजीपी कार्कीले उहाँहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको हो ।

नेपाल सरकार प्रधानमन्त्री एवम् गृह मन्त्रीस्तरको २०८३ जेठ २१ गतेको निर्णयले जनपदतर्फ १ जना तथा प्राविधिकतर्फ ३ जना गरी प्रहरी वरिष्ठ उपरीक्षक पदमा ४ जना, नेपाल सरकार गृह मन्त्रालय (सचिवस्तर) को २०८३ जेठ २१ गतेको निर्णयले जनपदतर्फ १ जना तथा प्राविधिकतर्फ १२ जना गरी प्रहरी उपरीक्षक पदमा १३ जना, प्राविधिक प्रहरी नायव उपरीक्षक पदमा १६ जना र प्राविधिक प्रहरी निरीक्षक पदमा १४ जना गरी कुल ४७ जनामध्ये ४४ जना प्रहरी अधिकृतहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनुभएको हो । पदोन्नति भएका मध्ये १ जना प्राविधिक प्रहरी उपरीक्षक र २ जना प्राविधिक प्रहरी नायव उपरीक्षकहरू हाल तालिमको सिलसिलामा कोरियामा रहनुभएको छ ।

समारोहलाई सम्बोधन गर्दै आईजीपी कार्कीले दर्ज्यानी चिन्हद्वारा सुशोभन भएका प्रहरी अधिकृतहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो । आफ्नो कार्यक्षेत्रमा प्रदर्शित लगनशीलता, इमानदारिता, व्यावसायिक निष्ठा र सेवाप्रतिको अटुट प्रतिबद्धताको उचित मूल्याङ्कनको आधारमा पदोन्नति भएको चर्चा गर्दै पदोन्नतिसँगै प्राप्त जिम्मेवारीमा अझ बढि सिर्जनशील, थप जवाफदेही र संवेदनशील भई कार्यसम्पदान गर्न दर्ज्यानी चिन्हबाट सुशोभित प्रहरी अधिकृतहरूलाई उहाँले निर्देशन दिनुभयो ।

आईजीपी कार्कीले शान्ति सुव्यवस्था कायम गर्ने एवम् अपराध अनुसन्धान तथा नियन्त्रण गर्ने नेपाल प्रहरीको मुल दायित्वमा जनपद तथा प्राविधिक समूहको उत्तिकै महत्वपूर्ण भूमिका रहेको चर्चा गर्दै पदोन्नति भएका प्रहरी अधिकृतहरूबाट संगठनले सकारात्मक र निष्ठापूर्ण भूमिकाको अपेक्षा गरेको बताउनुभयो । पदोन्नतिसँगै पदिय दायित्व र मर्यादाको घेरा पनि बढ्दै जाने हुनाले त्यसतर्फ सचेत भई काम गर्नुपर्ने उल्लेख गर्दै व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर सांगठानिक मूल्य मान्यतालाई प्राथमिकतामा राखेर संगठनको श्रीवृद्धि हुने गरी दायित्व बहन गर्न उहाँले निर्देशन दिनुभयो । परिवर्तित परिस्थितिसँगै थप चुनौती र प्रहरीसँग नागरिकको अपेक्षा पनि बढिरहेको उल्लेख गर्दै निष्पक्ष, व्यावसायिक र जनउत्तरदायी भई राज्यको असल प्रतिनिधिका रूपमा सांगठनिक छवि बढाउँदै कार्यसम्पादन गर्न उपस्थित प्रहरी कर्मचारीहरूलाई उहाँले निर्देशन दिनुभयो ।

https://muktikhabar.com/mukti-news/87155.html
05/06/2026

https://muktikhabar.com/mukti-news/87155.html

कैलाली । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरिया कैलालीका कार्यालय प्रमुख प्रह....

https://muktikhabar.com/mukti-news/87152.html
05/06/2026

https://muktikhabar.com/mukti-news/87152.html

काठमाडौं । प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी कार्यालय धनुषाको नेतृत्वमा प्रहरी उपरीक्षक (एसपी) रुपेश खड्क.....

https://muktikhabar.com/mukti-news/87141.html
05/06/2026

https://muktikhabar.com/mukti-news/87141.html

काठमाडौं । केही दिनअघि नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) हरूको सरुवासम्बन्धी निर्णयसँगै काठमाडौं .....

मापदण्ड विपरीत सरुवाको निर्णय सच्याइयो, उपत्यका ट्राफिकको नेतृत्व एसएसपी सुरेश काफ्लेलाईकाठमाडौं । केही दिनअघि नेपाल प्र...
05/06/2026

मापदण्ड विपरीत सरुवाको निर्णय सच्याइयो, उपत्यका ट्राफिकको नेतृत्व एसएसपी सुरेश काफ्लेलाई

काठमाडौं । केही दिनअघि नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) हरूको सरुवासम्बन्धी निर्णयसँगै काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको नेतृत्वमा पनि परिवर्तन गरिएको थियो। उक्त निर्णयअनुसार एसएसपी शान्तिराज कोइरालालाई काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको प्रमुखको जिम्मेवारी दिइएको थियो।
तर मापदण्डविपरीत ‘इन्चार्ज टु इन्चार्ज’ जिम्मेवारी दिइएको भन्दै सरुवाको निर्णय सार्वजनिक भएलगत्तै संगठनभित्र र बाहिरबाट प्रश्न उठ्न थालेका थिए। त्यसपछि सरकारले उक्त निर्णय पुनरावलोकन गर्दै सच्याउने तयारी गरेको स्रोतले जनाएको छ।

स्रोतका अनुसार प्रारम्भिक निर्णयमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको प्रमुखका रूपमा खटाइएका एसएसपी शान्तिराज कोइरालाको सरुवालाई लिएर संगठनभित्र विभिन्न तहमा असन्तुष्टि देखिएको थियो। साथै प्रहरी संगठनमा स्थापित सरुवा मापदण्ड र कार्यप्रणालीको विषयलाई लिएर समेत बहस सुरु भएको थियो।

हाल नेपाल प्रदेश प्रहरी कार्यालय, वीरगञ्जका प्रमुख रहेका एसएसपी कोइरालालाई त्यही स्तरको अर्को कार्यालयको नेतृत्वमा सरुवा गरिएको विषयले चर्चा पाएको थियो। सञ्चारमाध्यम र सामाजिक सञ्जालमा समेत उक्त निर्णयबारे विभिन्न टिप्पणी आएपछि सरकारले अन्ततः निर्णय सच्याउने निष्कर्षमा पुगेको बताइएको छ।

सरकारले अब एसएसपी शान्तिराज कोइरालाको स्थानमा एसएसपी सुरेश प्रसाद काफ्लेलाई काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको प्रमुखका रूपमा पठाउने निर्णय गरेको छ। काफ्ले संगठनभित्र अनुभवी तथा सक्षम अधिकृतका रूपमा परिचित छन्। ट्राफिक व्यवस्थापन, प्रशासनिक नेतृत्व तथा संगठन सञ्चालनमा उनको अनुभवलाई आधार बनाएर जिम्मेवारी दिइएको बताइएको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय नेपाल प्रहरीभित्रको सबैभन्दा महत्वपूर्ण र चुनौतीपूर्ण जिम्मेवारीमध्ये एक मानिन्छ। राजधानीको बढ्दो सवारी चाप, सडक सुरक्षा, ट्राफिक व्यवस्थापन तथा दुर्घटना न्यूनीकरणजस्ता संवेदनशील विषयसँग प्रत्यक्ष जोडिएको कार्यालय भएकाले यसको नेतृत्व चयनलाई विशेष महत्वका साथ हेरिने गरिन्छ।

यद्यपि यस विषयमा गृह मन्त्रालय वा नेपाल प्रहरी मुख्यालयबाट औपचारिक जानकारी सार्वजनिक भइसकेको छैन। तर स्रोतका अनुसार निर्णय कार्यान्वयनको प्रक्रिया अगाडि बढिसकेको छ।

Address

Chabahil
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Mukti Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Mukti Khabar:

Share