हाम्रो भोजपुर

हाम्रो भोजपुर Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from हाम्रो भोजपुर, Library, Bhojpur, Kathmandu.

कालाबन्जार, बराहक्षेत्र–५ (सुनसरी) | ५ भदौ २०८३कोमल साना किसान कृषि सहकारी संस्था लिमिटेड, बराहक्षेत्र–५ कालाबन्जारमा आज...
21/08/2026

कालाबन्जार, बराहक्षेत्र–५ (सुनसरी) | ५ भदौ २०८३
कोमल साना किसान कृषि सहकारी संस्था लिमिटेड, बराहक्षेत्र–५ कालाबन्जारमा आज युरिया मल वितरणका क्रममा किसानहरूको लामो लाइन देखिएको छ। खेतीको मुख्य समयमा आवश्यक मल लिन बिहानैदेखि किसानहरू सहकारी परिसरमा पालो कुरेर बसेका छन्। समयमै मल उपलब्ध गराउन र वितरण व्यवस्थापन प्रभावकारी बनाउन किसानहरूले सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।

भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूले अतिरिक्त निवेदन फारम भर्ने समयावधि थप गरिएको सूचना !
20/07/2026

भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूले अतिरिक्त निवेदन फारम भर्ने समयावधि थप गरिएको सूचना !

बराहक्षेत्रमा सडक दुर्घटनामा घाइते भएका अपरिचित पुरुषको उपचारका क्रममा मृत्यु: पहिचानका लागि प्रहरीको अपील​बराहक्षेत्र (...
10/06/2026

बराहक्षेत्रमा सडक दुर्घटनामा घाइते भएका अपरिचित पुरुषको उपचारका क्रममा मृत्यु: पहिचानका लागि प्रहरीको अपील

​बराहक्षेत्र (सुनसरी) । सुनसरीको बराहक्षेत्रमा मोटरसाइकलको ठक्करबाट घाइते भएका एक अपरिचित पुरुषको उपचारका क्रममा मृत्यु भएको छ।

मृतकको पहिचान खुल्न नसकेकाले प्रहरीले पहिचानका लागि आम नागरिकसँग सहयोगको अपील गरेको छ।
​प्रहरीका अनुसार जेठ २६ गते राति अन्दाजी ८:३० बजे बराहक्षेत्र नगरपालिका वडा नं. ४ जमटोकीस्थित प्लाई फ्याक्ट्री अगाडि चतरा-पकली सडक खण्डमा दुर्घटना भएको हो। कालाबन्जारबाट आन्द्रमोडतर्फ जाँदै गरेको प्रदेश १-०४-००१ प ३६०४ नम्बरको मोटरसाइकलले सडक किनारमा हिँडिरहेका पैदल यात्रीलाई ठक्कर दिएको थियो।

​विराट टिचिङ अस्पतालमा मृत्यु
​मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका अन्दाजी ४० वर्षका पुरुषलाई तत्काल उपचारका लागि विराटनगरस्थित विराट टिचिङ अस्पताल पठाइएको थियो। उनको उपचारकै क्रममा अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगर, चक्रघट्टीले जनाएको छ।

​मृतकको विवरण:
​उमेर: अन्दाजी ४० वर्ष (पुरुष)
​नाम, थर र ठेगाना: हालसम्म नखुलेको
​प्रहरीको अनुरोध
​घटना भएको दुई दिन बितिसक्दा पनि मृतकको शव पहिचान हुन सकेको छैन। तसर्थ, मृतकको तस्बिरका आधारमा उहाँलाई चिन्नुहुने वा उहाँको आफन्तबारे जानकारी हुनुहुने सम्पूर्ण महानुभावहरूलाई तत्काल निम्न ठेगानामा सम्पर्क गरिदिन प्रहरीले हार्दिक अनुरोध गरेको छ।
​सम्पर्कका लागि:
इलाका प्रहरी कार्यालय महेन्द्रनगर, चक्रघट्टी, सुनसरी
📞 सम्पर्क नम्बर: ९८५२०९०१२५

सरकारका प्रवक्ताले गरे पहिलो सार्वजनिक सुनुवाईः नागरिकको कुरा सुनेर मात्र अघि बढ्ने सरकारको नीति रहेको भनाई काठमाडौँ, १०...
24/05/2026

सरकारका प्रवक्ताले गरे पहिलो सार्वजनिक सुनुवाईः नागरिकको कुरा सुनेर मात्र अघि बढ्ने सरकारको नीति रहेको भनाई

काठमाडौँ, १० जेठ । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले नागरिकका तमाम सरोकारका विषयलाई सरकारले क्रमशः सम्बोधन गर्दै जाने विश्वास व्यक्त गर्नुभएको छ ।

काठमाडौँ निर्वाचन क्षेत्र नं ५ मा आज आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा मन्त्री पोखरेलले स्थानीय जनताले उठाएको सडक, ढल, बिजुली, खानेपानी लगायत समस्या समाधानका लागि आफूले अधिकतम पहल गर्ने प्रतिबद्धता जनाउनुभयो ।

सोही निर्वाचन क्षेत्रबाट निर्वाचित सांसद समेत रहनुभएका मन्त्री पोखरेलले निर्वाचनका दौरानमा महिनामा एउटा सार्वजनिक सुनुवाइ कार्यक्रम गर्ने घोषणा गरिएअनुरुप आज काठमाडौँ महानगरपालिका वडा–४ स्थित विशाल मिलन केन्द्रमा पहिलो सार्वजनिक सुनुवाइ कार्यक्रम गर्नुभएको हो ।

सरकारको प्रवक्ता समेत रहेका मन्त्री पोखरेलले नागरिकका कुरा सुनेर मात्र अघि बढ्ने सरकारको नीति रहेको स्पष्ट पार्नुभयो । उहाँले शिक्षा मन्त्रालयका साथै सरकारको प्राथमिकता र हालसम्म भएका कार्यसम्पादनबारे स्थानीयलाई जानकारी गराउनुभयो ।

मन्त्री पोखरेलले देश भकारका सबै सामुदायिक विद्यालयको भौतिक पूर्वाधारको मूल्याङ्कन गरेर अर्को वर्षदेखि प्राथमिकताको आधारमा बजेट विनियोजन लगायत अन्य स्रोत साधनको सुनिश्चितता गरिने विश्वास व्यक्त गर्नुभयो । यसअघि सबै विद्यालयलाई समाज बजेट पटाउँदा समस्या उत्पन्न भएको भन्दै उहाँले अर्को वर्षदेखि कुन सामुदायिक विद्यालयलाई कति बजेट चाहिन्छ सोही अनुरूप बजेट पठाइने उल्लेख गर्नुभयो ।

मन्त्री पोखरेलले विश्वविद्यालयका उपकुलपति छनौट प्रक्रियालाई पारदर्शी र व्यावसायिक बनाउन विज्ञ समितिले दक्षता र विशिष्टताका आधारमा छनोट गर्ने जानकारी दिनुभयो ।

मन्त्री पोखरेलले सोही निर्वाचन क्षेत्रको जनप्रतिनिधिको हैसियतले स्थानीयले उठाएका सरोकार भएका विषयको गुनासो सुन्दै तीनको समाधानका लागि प्रयत्न गर्ने प्रतिबद्धता जनाउनुभयो ।

सार्वजनिक सुनुवाइमा स्थानीयले विद्यालय भर्ना शुल्कदेखि क्षेत्रगत समस्या सडक, बिजुली, खाने पानीलगायतका गुनासो गरेका थिए । सो निर्वाचन क्षेत्रमा मेलम्चीको खानेपानी आई नपुगेकाले पानीको समस्या भोगिरहनुपरेको तथा जारको पानी फोहोर भएको गुनासो पोखेका थिए ।

उनीहरूले विद्यार्थी भर्ना शुल्क, खानेपानीको समस्या, ढल व्यवस्थापन वैज्ञानिक तरिकाले हुन नसकेको, सडक बत्ती, सिसिटिभी व्यवस्थापनका विषय सम्बोधन गर्न मन्त्री पोखरेलसमक्ष अनुरोध गरेका थिए ।

यस्तै त्रिवि सेवा आयोगको परीक्षा भएको छ महिना भइसक्दा पनि परीक्षाफल प्रकाशित नभएको गुनासो समेत राखेका थिए ।

स्थानीय जनताको गुनासो सुनिसकेपछि शिक्षामन्त्री पोखरेलले विद्यार्थी भर्नाबारे स्थानीय तहलाई पत्राचार भई तोकिएबमोजिम गर्न निर्देशन दिइएको बताउनुभयो । उहाँले खानेपानीको विषयमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागसँग समन्वय गरेर पानीको गुणस्तर मापन गरी सफा खानेपानीको सुनिश्चित गरिने बताउनुभयो ।

त्यसै गरी सडक बत्ती र सिसिटिभीको विषयमा काठमाडौँ महानगरपालिकासँग समन्वय गरेर चाडै समाधान गर्ने प्रतिबद्धता जनाउनुभयो ।

मन्त्री पोखरेलले उपकुलपतिको छनोट प्रक्रिया सकिए लगत्तै त्रिवि सेवा आयोग लगायत सबै परीक्षाको परीक्षाफल नियमित समयमा ल्याइने विश्वास व्यक्त गर्नुभयो ।

काठमाडौँ क्षेत्र नं ५ मा १५ वडामध्ये हरेक महिना कम्तीमा एक–एक वडामा सार्वजनिक सुनुवाइ कार्यक्रम गरी जनताको गुनासाे सुन्ने र सम्बोधन गर्ने गरी अघि बढेको मन्त्री पोखरेलले उल्लेख गर्नुभयो । उहाँले आफ्नो मन्त्रालय र सरकारको कामबारे जनतालाई सुसूचित गराइने कार्यक्रमलाई निरन्तरता दिइने पनि बताउनुभयो ।

कार्यक्रममा प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा ओजस्वी शेरचनले जनसरोकारका विषयलाई संसद् र सरकारले आवश्यक सम्बोधन गर्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा क्षेत्र नं ५ का उल्लेख्य सङ्ख्यामा स्थानीय जनता, बुद्धिजीवी, समाजसेवीलगायतको उपस्थिति थियो ।

🚨 Breaking News जनहित मा जारि ! आन्दोलनका क्रममा अराजक गतिविधिमा संलग्न भई पक्राउ परेमा स्वतः सार्वजनिक मुद्दा दायर हुने...
29/03/2026

🚨 Breaking News जनहित मा जारि !

आन्दोलनका क्रममा अराजक गतिविधिमा संलग्न भई पक्राउ परेमा स्वतः सार्वजनिक मुद्दा दायर हुने र अनिवार्य रूपमा सरकारी अभिलेखमा दर्ता गरिने व्यवस्था नेपाल सरकारले कडाइका साथ लागू गर्ने निर्णय गरेको छ।

उक्त अभिलेख भविष्यमा सरकारी कागजात बनाउँदा समेत उल्लेख गरिनेछ, जसले गर्दा सरकारी जागिर वा वैदेशिक रोजगारसम्बन्धी प्रक्रियामा समेत कालोसूचीको विवरण देखिनेछ।

त्यसैले, आफ्नो उज्ज्वल भविष्यलाई ध्यानमा राख्दै गैरजिम्मेवार गतिविधिबाट टाढा रहनु होला

⚠️ जनहितमा जारी!

इतिहासमै पहिलो पटक रास्वपाबाट भूमिका श्रेष्ठ बनिन् तेस्रो लि-ङ्गी समुदायबाट समानुपातिक सांसदको उम्मेदवार !
13/02/2026

इतिहासमै पहिलो पटक रास्वपाबाट भूमिका श्रेष्ठ बनिन् तेस्रो लि-ङ्गी समुदायबाट समानुपातिक सांसदको उम्मेदवार !

झापाबाट फर्किनुभयो पूर्वराजा शाह, त्रिभुवन विमानस्थलमा उत्साहपूर्ण स्वागत (तस्बिरहरु)
13/02/2026

झापाबाट फर्किनुभयो पूर्वराजा शाह, त्रिभुवन विमानस्थलमा उत्साहपूर्ण स्वागत (तस्बिरहरु)

पूर्वी नेपालबाट काठमाडौँ फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट निर्मल निवास जाँदा उनक...
13/02/2026

पूर्वी नेपालबाट काठमाडौँ फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट निर्मल निवास जाँदा उनका समर्थकहरूले सडकमा स्वागत गरेका छन्। #हाम्रोभोजपुर

Address

Bhojpur
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when हाम्रो भोजपुर posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category