DG Secretariat, Department of Roads

DG Secretariat, Department of Roads Government of Nepal,
Ministry of Physical Infrastructure and Transport,
Department of Roads (DOR)

Department under the Government of Nepal, Ministry of Physical Infrastructure and Transport

Today, Scott Anderson, Ph.D., P.E., former senior official at the U.S. Federal Highway Administration (FHWA) and now Pri...
26/11/2025

Today, Scott Anderson, Ph.D., P.E., former senior official at the U.S. Federal Highway Administration (FHWA) and now Principal Geotechnical Engineer at BGC Group, USA delivered an impactful presentation on “Risk-Based Management of Geo-Assets and Geo-Hazards for Building Resilient Highway Infrastructure.” The session was chaired by Director General Dr. Bijaya Jaishi.

Dr. Anderson outlined the evolution of U.S. road asset management—from early rock-hazard mapping to national bridge and pavement management, transportation asset management, performance management, and ultimately geotechnical asset management.

He highlighted three key modern tools—Aerial LiDAR, Satellite-based InSAR, and Spatial Data Management—and explained their applications in geo-hazard monitoring and asset management. He also discussed ongoing LiDAR and InSAR developments in South Asia and how Nepal can effectively benefit from these advancements.

Dr. Jaishi appreciated the insights shared by Dr. Anderson, highlighted Nepal’s ongoing LiDAR and InSAR initiatives, and emphasized the importance of applying these learnings to strengthen Nepal’s highway resilience.

24/11/2025
सडक बिभाग अन्तर्गत गुणस्तर अनुसन्धान तथा बिकास केन्द्रले बार्षिक क्यालेन्डर बनाई तालिमको कार्य शुरु गरेको छ । यसै क्रममा...
24/11/2025

सडक बिभाग अन्तर्गत गुणस्तर अनुसन्धान तथा बिकास केन्द्रले बार्षिक क्यालेन्डर बनाई तालिमको कार्य शुरु गरेको छ । यसै क्रममा गुणस्तर अनुसन्धान तथा बिकास केन्द्रबाट मिति २०८२/०८/०७ बाट शुरु भएको "3 days Training Program on Quality Control for Road and Bridge Works Based on Standard Specification for Road and Bridge Works, 2073 (3rd Amendment 2082)" को पहिलो दिन श्रीमान् महानिर्देशकज्यू तथा गुणस्तर अनुसन्धान तथा बिकास केन्द्रका निर्देशकज्यूको समुपस्थितिमा उक्त तालिमको शुभारम्भ भयो। यस तालिममा १२ जना ईन्जिनियर तथा ८ जना सब-ईन्जिनियर गरि कुल २० जनाको सहभागिता रहेको छ । तालिमबाट सहभागिहरूले सडक विभागमा प्रयोग हुने स्पेशिफिकेशनको तेस्रो परिमार्जनमा समावेश/सुधार गरिएका विषयहरूमा विचार-विमर्श गर्ने र जानकारी प्राप्त गर्ने तथा सडक तथा पुल निर्माणमा गुणस्तर कायम गर्ने सम्बन्धमा क्षमता अभिवृद्धी/ पुनर्ताजगी हुने लक्ष्य लिइएको छ ।

अरनिको राजमार्ग – K113, कोदारी खण्डको पहिरोको Detailed Design को प्रस्तुती आज मिति २०८२।०७।२० का दिन, अरनिको राजमार्गको ...
06/11/2025

अरनिको राजमार्ग – K113, कोदारी खण्डको पहिरोको Detailed Design को प्रस्तुती

आज मिति २०८२।०७।२० का दिन, अरनिको राजमार्गको कोदारी खण्ड,चेनेज 113+000) मा पहिरो रोकथाम र दीर्घकालीन समाधानको लागि Innovative Engineering and Services Pvt. Ltd. द्वारा पेश गरिएको प्रस्तुतिकरणमा सडक विभागका महानिर्देशकज्यूको उपस्थितिमा, उपमहानिर्देशकज्यूहरु, सुपरिटेन्डिङ इन्जिनियरहरु, सडक विभाग चरिकोट टिम तथा अन्य विज्ञहरुको सहभागितामा Detailed Design को प्रस्तुती भयो।

सो Detailed Design presentation मा महत्वपूर्ण सुझावहरु प्राप्त भए। प्राप्त सुझावहरुलाई समेट्दै, सडक डिभिजन चरिकोट र कन्सल्टेन्टको संयुक्त टोलीले साइटमा गई भेरिफाइ गरी पुनः अन्तिम प्रस्तुतिकरण गर्ने र ठेक्का ब्यबस्थापनको प्रक्रिया अघि बढाउने छ।

विगतमा सडक डिभिजन ललितपुर अन्तर्गत र हाल बागमती सुधार आयोजना, गुहेश्वरी फाँट काठमाण्डौं अन्तर्गत रहको बागमती कोरिडोरको प...
19/10/2025

विगतमा सडक डिभिजन ललितपुर अन्तर्गत र हाल बागमती सुधार आयोजना, गुहेश्वरी फाँट काठमाण्डौं अन्तर्गत रहको बागमती कोरिडोरको पचली जाने कालोपुलको अण्डरपासमा लामो अवधिदेखि जमेको पानिलाई बागमती सुधार आयोजनाले उपलब्ध गराएको जेटिङ मेसिन सहित प्रयोग गरेर जमेको पानीको अस्थायी तवरमा समाधान गरिएको छ।स्थायी समाधानको लागि संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमान्डौ र बागमती सुधार आयोजना, गुहेश्वरी फाँटले थप प्रयास गर्नेछन र छिट्टै समाधान निकालिने छ

17/10/2025

क्षतिग्रस्त बिपी राजमार्ग निर्माणको अपडेट
राजधानी काठमाडौं प्रवेश गर्ने प्रमुख नाकाको रुपमा रहेको बिपी राजमार्ग सुचारु भएसँगै यातायात आवतजावत सहज बनेको छ । असोज १७ र १८ गते आएको बाढीपहिरोको कारण अवरुद्ध भएको बिपी राजमार्गको चार किलोमिटर खण्ड सुचारु गराउन २४ सै घण्टा काम गरिएको थियो र २४ गते बाट यातायात सुचारु गरिएको थियो । पूर्वी पहाड र मधेस प्रदेशका गरि दैनिक चार हजार सवारी साधन यस राजमार्गबाट आवतजावत गर्ने गरेका छन् । गत बर्षको बाढीले क्षति पुयाएको बिपी राजमार्गको भुकुण्डदेखि नेपालथोकसम्मको २८ किलोमिटर मध्ये २२.५ कि मी सडकलाई दुई लेनमा विस्तार गर्न ठेक्का व्यवस्थापन गरेर निर्माण व्यवसायीले काम अघि बढाएका छन, २.३ कि मी ठेक्का ब्यबस्थापन को अन्त्तिम चरण मा पुगेको छ र ३.२ कि मी सडक खण्ड जाइकाले ठेक्का लगाउने तयारी अन्तिम चरणमा पुयाएको छ । यस चालु आर्थिक बर्षभित्र बिपी राजमार्गलाई स्थायी संरचना मार्फत बर्षा अघि नै सहज रुपमा यातायात सञ्चालन गर्न सकिने गरी काम अघि बढने भएको छ

मेची राजमार्गको राजदुवाली खण्डमा पहिरो गई सडक अवरुद्ध भएकोले वैकल्पिक सडकका रुपमा रहेको सिमलगोलाई-तिल्केनी सडक खण्डको जो...
15/10/2025

मेची राजमार्गको राजदुवाली खण्डमा पहिरो गई सडक अवरुद्ध भएकोले वैकल्पिक सडकका रुपमा रहेको सिमलगोलाई-तिल्केनी सडक खण्डको जोगमाई खोलामा डाइभर्सन निर्माण गरि सवारी साधनको लागि आवागमन खुला गरिएको छ । अब राजदुवाली खण्डमा दिगों रुपमा यातायात संचालन गर्ने कार्यमा लागिने छ

मेची राजमार्गको राजदुवाली खण्डमा बाटो खोल्ने प्रयास जारी छ | Track खोलेर हिजो केहि गाडी पास गरे पनि बिहान फेरी सडक केहि ...
12/10/2025

मेची राजमार्गको राजदुवाली खण्डमा बाटो खोल्ने प्रयास जारी छ | Track खोलेर हिजो केहि गाडी पास गरे पनि बिहान फेरी सडक केहि दबेको छ | यसलाई आज extra overburden नथपी drain थपी Naturally treat गर्ने कोशिस गरियो| भोलि पनि यस्तै उपचार गरी पर्सि सम्म गाडी खोल्ने प्रयास जारी छ |
अर्को बैकल्पिक सडक तर्फ पनि कार्य: सिमलगोलाई- तिल्केनी सडकमा पर्ने जोगमाई खोलामा ह्युम पाइप राखेर सडक सुचारु गर्ने कार्य आजैबाट शुरु गरियो | त्यसको लागि केहि ह्युम पाईप ढुवानी गरि सकिएको छ |पर्सी सम्म यो पनि तयार हुने छ |यो बाट गाडी संचालन गरी राज्दुवाली खण्ड लाई केहि समय लिएर अझ ब्यबस्थित बनाईने छ|
हाल (क) इलाम,तिल्केगाेलाइ,बज्रदेवी,नामसालिङ हुँदै फिक्कल निस्केर झापा (ख) तमोर कोरिडोर (धनकुटा, मुलघाट -फिदिम -इलम) बाट र(ग) भेडेटार-रबी-राके बाट पनि इलाम लाई Connectivity establish गरिएको छ |

अविरल वर्षापछि अवरुद्ध भएका राजमार्गहरू सञ्चालनमाआश्विन १७, १८ र १९ गते लगातार भएको भीषण वर्षा तथा जलवायुजन्य विपद्का का...
07/10/2025

अविरल वर्षापछि अवरुद्ध भएका राजमार्गहरू सञ्चालनमा
आश्विन १७, १८ र १९ गते लगातार भएको भीषण वर्षा तथा जलवायुजन्य विपद्का कारण देशका विभिन्न स्थानहरूमा भूस्खलन र बाढीका घटनाहरू घटे, जसले राष्ट्रिय सडक सञ्जालमा ठूलो असर पारेको थियो। जल तथा मौसम विज्ञान विभागका अनुसार यस पटकको वर्षा देशका धेरै भागहरूमा विगतका कैयौं वर्षको कीर्तिमान तोड्ने गरी रेकर्ड स्तरको भएको छ। उक्त अविरल वर्षाका कारण नागढुंगा–मुग्लिङ सडक, नारायणगढ–मुग्लिङ सडक, कोदारी राजमार्ग, कान्ति राजमार्ग, बी.पी. राजमार्गको भकुन्डेबेशी–नेपालथोक खण्ड, मेची राजमार्ग लगायतका विभिन्न राजमार्गहरूमा यातायात आवागमन अवरुद्ध भएको थियो। यो कीर्तिमानी वर्षा ले निम्ताएको Disaster ले धेरै सडक र पुर्बी भागमा केहि पुल हरु मा क्षति भएको छ| यस आकस्मिक अवस्थामा सडक विभागले चौबीसै घण्टा निरन्तर रूपमा कार्य सञ्चालन गर्दै सडक सञ्जाल पुनःस्थापना गर्न आफ्नो सम्पूर्ण स्रोत, जनशक्ति र उपकरण परिचालन गरेको थियो। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, विभागका प्राविधिक टोलीहरू, सुरक्षा निकाय, स्थानीय निकाय तथा सर्वसाधारणको सक्रिय सहकार्यका कारण क्षतिग्रस्त सडकहरूमा शीघ्र मर्मत कार्य सम्पन्न हुन सफल भएको छ। हाल कोशी राजमार्ग, मेची राजमार्ग र बी.पी. राजमार्गको भकुन्डेबेशी–नेपालथोक खण्ड बाहेक अधिकांश राजमार्गहरू सञ्चालनमा आइसकेका छन् र यातायात सुचारु भइसकेको छ।
बी.पी. राजमार्गलाई चार दिनभित्र पूर्ण रूपमा सञ्चालनमा ल्याउने लक्ष्यका साथ द्रुतगतिमा कार्य भइरहेको छ, र हाल सवारी आवागमनलाई वैकल्पिक मार्गहरूमा डाइभर्ट गरिएको छ।
त्यस्तै, मेची राजमार्ग पनि चार दिनभित्र सञ्चालनमा ल्याउने उद्देश्यले तीव्र गतिमा मर्मत र मलबा हटाउने कार्य भइरहेको छ। हालका लागि भेडेटार–रवि–रांके सडक लाई वैकल्पिक मार्गको रूपमा प्रयोग गर्ने व्यवस्था गरिएको छ। यस कठिन परिस्थितिमा सहकार्य, सहयोग र साथ प्रदान गर्नुहुने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, स्थानीय निकाय, सुरक्षा निकाय, चालक, सञ्चारकर्मी तथा सर्वसाधारण सबैप्रति सडक विभाग हार्दिक आभार व्यक्त गर्दछ।
राष्ट्रको यातायात सञ्जाल सुचारु राख्न दिनरात खटिने सडक विभागका इन्जिनियर, प्राविधिक, कर्मचारी तथा श्रमिकहरू विशेष धन्यवादका पात्र हुनुहुन्छ।

Notice
03/10/2025

Notice

03/10/2025

सडक बिभाग स्थित कार्यलय हरुलाई जारी गरिएको निर्देशन
बिज्ञका विश्लेषण र रास्ट्रिय विपद जोखिम न्यूनीकरण तथा ब्यबस्थापन प्राधिकरणबाट जारी भएको सूचना (२०८२/०६/१७ देखि २०८२/०६/२० सम्म उच्च सतर्कताका लागि अनुरोध भएको) लाई आधार मान्दा मिति २०८२/०६/१७ सम्म सम्पूर्ण डिभिजन प्रमुख ,योजना प्रमुख हरु आफ्ना कार्यालय का operator तथा Engineer हरुका साथ आफ्नो स्थान मा सुरक्षित रूप मा पुग्नु अत्याबश्यक छ| |Disaster पश्चात घटनास्थल पुग्न असम्भब प्राय हुन्छ |यहाँ हरु आ आफ्नो स्थान मा सुरक्षित पुगेर Backup plan सहित Possible Disaster मा कार्य गर्न तयार रहनु होला | नागढुंगा मुग्लिंग सडक, मुग्लिंग नारायणगढ सडक , बि पी हाईबे , अरनिको हाईबे, गल्छी स्यप्रुबेशी रसुवागढी सडक, त्रिभुबन राजपथ, नारायणगढ बुटवल सडक को दाउन्ने खण्ड हरुमा बिशेष तयारी अबस्था मा रहनुहोला |

25/09/2025

करिब ६० घन्टाको लगातार प्रयास पश्चात मुग्लिन नारायणगढ सडक खण्डको तुईन खाेला पुल नजिकैको करिब ७०मि माथिबाट झरेको करिब १६०मि लम्बाई , १०मि चाैडाई र १६ मि उचाइमा पहिरो हटाई सडक सुचारु भएको छ|

Address

Babarmahal
Kathmandu
44600

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when DG Secretariat, Department of Roads posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to DG Secretariat, Department of Roads:

Share