किराँत राई यायोक्खा नगर कार्य समिति कागेश्वरि मनोहरा काडाघारि

  • Home
  • Nepal
  • Kathmandu
  • किराँत राई यायोक्खा नगर कार्य समिति कागेश्वरि मनोहरा काडाघारि

किराँत राई यायोक्खा नगर कार्य समिति कागेश्वरि मनोहरा काडाघारि सेवा,सेमुन्ना,हौवा
सम्पुर्ण किरात तथा गैर किराति हरु मा 🙏

सम्पुर्ण मा चुलै निम्तो 🙏 तपाई हाम्रो कार्यक्रम लाई उपस्थित भएर कार्यक्रम सफल बनाई दिनु हुन हार्दिक निमन्त्रणा !  मिति -...
28/05/2025

सम्पुर्ण मा चुलै निम्तो 🙏
तपाई हाम्रो कार्यक्रम लाई उपस्थित भएर कार्यक्रम सफल बनाई दिनु हुन हार्दिक निमन्त्रणा !
मिति - जेष्ठ १७
स्थान - कागेश्वरि मनोहरा -७ मुलपानी सोमतिर्थ , अमर सिँह फुटबल ग्राउण्ड

:- किराँत राई यायोक्खा नगर कार्य समिति कागेश्वरि मनोहरा काडाघारि

उभौलि साकेला , काठमान्डौ टुडिखेल
18/05/2025

उभौलि साकेला , काठमान्डौ टुडिखेल

किराति हरु को महान चाड उभौलि साकेला को शुभकामना सहित जेठ ३ गत्ते टुडिखेल मा भेटौ !
10/05/2025

किराति हरु को महान चाड उभौलि साकेला को शुभकामना सहित जेठ ३ गत्ते टुडिखेल मा भेटौ !

किरात राई समुदायमा मिथक (लेमलेम्मा)  आम्चोक भोजपुर !लेमलेम्मा बान्तावाभाषा शब्द हो ।लेम्लेम्मा भनेको गुलियो मिठास अर्थ म...
01/05/2025

किरात राई समुदायमा मिथक (लेमलेम्मा)
आम्चोक भोजपुर !

लेमलेम्मा बान्तावाभाषा शब्द हो ।
लेम्लेम्मा भनेको गुलियो मिठास अर्थ मिठो बोलेर आक्रासन गर्ने र प्रभावमा पार्ने ( मानव ) रुप महिला हो ।
लेमलेम्मा थरी थरी रुप धारणगर्न सक्ने दैबिक जीव हो ।किरात राई मिथकको लागी सप्पन्न छ ।
यो जातीमा अनैकौ मिथक दरपुस्ता प्रचलनमा रहदै आएको छ यस्ता मिथकहरु जीव जन्तु ,रुखबिरुवा ,ढुङ्गा ,खोला नाला संग सम्बन्धित रहेको पाइन्छ भने अन्य विषयहरुमा भुत प्रेत,आत्मा ,राक्षस ,बोक्सी आदी बारेमा रहेको पाइन्छ ।पहिला पहिला मानिसको जीवन निर्बाहको लागी मुख्य माध्यम खेतिपाती ,बस्तुभाउ र सिकारी पेसा थियो ।
यो पेसा बाट जीवन निर्बाह गर्नको लागी बारि र खेतीको मेलो गोठालो घाँस दाउरा गर्नु र सिकार गर्न जानुपर्द्थ्यो ।

रातिको समयमा बाघ भालुको आक्रमण बाट बस्तुभाउ जोगाउनलाई ठुल ठुलो मुढा जोडदै आगो बालेर साथीभाइहरु संग बसेर मिठो मिठो मिथकहरु जीवनको एक पाटाेलाइ जोडेर मनोरञ्जन पुर्ण र सनसनी पुर्ण बनाउने गरिन्थ्यो ।यही मिथकको एक ससक्त पात्र लेमलेम्मा थियो ।
अझैसम्म पनी किरात राई बसोबास क्षेत्रहरुमा लेमलेम्मा बस्ने ,लेमलेम्मा ओढार ,लेमलेम्मा भिर ,दुलो ,लेमलेम्मा ढिकी नामहरु प्रसस्त पाइन्छ ।
यस मध्येको भोजपुर जिल्ला आम्चोक गाउँ पालिका वडा न २ गड्डीखानमा रहेको ( लेमलेम्मा हुत लेमलेम्मा दुलो ) स्थानीय स्तरमा चर्चित रहेको पाइन्छ ।
यस लेमलेम्मा हुत दुलो भित्र धेरै समय सम्म बसेर वरपरका गाउलेहरूलाई खुबै सताएको मिथकहरु पाइन्छ ।

वरपर गाउँ घरमा बच्चाहरु हराउन थालेपछि एक जना स्थानीय मान्छेले जुक्ति निकालेर शरिरभरी पिना दलेर मरेको अभिनय गर्दै घर नजिकै लम्पसार परेछन ।
दुईजना लेमलेम्माहरु कुरा गर्दै आइपुगेछन लम्पसार परेको मानिसलाई यताउता हेरेछ्न नबोलेको देखे पछी मरेको सम्झेर लेमलेम्मा हुत दुलो लगेछ्न ।
लेम्लेम्मा हुत सानो भएको हुनाले छिराउन गाह्रो भएको हुनाले बिसाएर भित्र जादा त्यो मानिस भागेर गाउँमा आएछन ।उनले गाउँमा बच्चाहरु हराउनुको कारण लेमलेम्माहरु भएको र ऊनीहरु बस्ने ठाउ पत्तो पाए ।
त्यसपछी गाउँले दाजुभाइहरु संग सल्लाह गरी गाउँ भरीबाट खोर्सानी भेला पारी गाउँले सम्पुर्ण मिलेर खोर्सानी धुवा लगाएछन ।कोहि खोर्सानीको धुवाँले भागेछन भने कोही त्यही दुलोभित्र नै मरेछन ।
त्यस पछिभने गाउँ घरमा बच्चाहरु हराउन छोडेछन ।यो लेमलेम्मा मध्येको एउटा मिथक मात्रै हो ।लेमलेम्मा सम्बन्धि यस्ता थुप्रै मिथकहरु गाउँघरमा छन ।
किरात राई मिथक भित्रमा लेमलेम्मा केन्द्रीत मिथक हो ।उहिले किरात गाउँहरुमा साना नानी सन्तानहरुले धेरै रोएमा आमा आपाहरुले लेमलेम्मा आउन लाग्यो है लैजाला नी भनेर तर्साउने गर्द्थे ।
लेमलेम्माको नाम सुनेर बच्चाहरु चुपचाप लाग्ने गर्दथ्यो ।त्यसमानेमा लेमलेम्मा एक खल पात्रको रूपमा चर्चित थियो ।लेमलेम्मा मानव शरीर भएको जीव हो ।
तर उसमा चमत्कारी शक्ति भएको मिथकमा पाइन्छ भिर पहरा खोला छेउछाउ निश्चिति थलो बनाएर बस्ने मानब रुप कै हुन्थ्यो ।मिथकहरुमा उसको शरीरबर्णन गर्दा लेमलेम्मा महिला भएको पाइन्छ ।
कालो लामो केश जीउढाक्ने स्तनहरु तल तल लत्रीएको र काध माथि राख्ने र खुट्टा पछाडी फर्केको हुन्थ्यो ।कुनै खानेकुरा थाप्दा उल्टो थाप्ने गर्द्थ्यो ।
लेमलेम्मा दिउसो प्राय खोला खोल्सो एकान्त ठाउमा बस्ने गर्द्थ्यो ।
उहिले उहिले एक्लै राइहरु त्यसतो स्थानहरु जादैनथियो ।गएमा हुल बनाएर मात्रै जाने गर्द्थ्यो ।
लेमलेम्मा छकि छैन भन्ने माध्यम केही हुन्नथ्यो ।
लेमलेम्मा छकि छैन थाहा पाउने माध्यम कित कराउनु पर्थ्यो कित डुङ्गा माथी केसले छोपेर बस्नु पर्थ्यो ।
लेमलेम्मा तिरित.. तिरित.. कराउँदै हिड्ने गर्द्थ्यो ।लेमलेम्माको पेट पाला स्थानहरु पनि निश्चित हुने गर्द्थ्यो ।बेला बेलामा बच्चाहरु खोजी खान गाउँ चाहर्ने गर्द्थ्यो ।यस बेलामा बच्चाको आमाको हु बहु सम्पुर्ण स्वरुप लिएर आउथ्यो ।बच्चाहरु आफ्नो आमा सम्झेर जादा झुक्याएर लगेर खाने गर्दथ्यो रे ।
आमा ,बुबाले ज्ञान छिपिएको बच्चाहरुलाइ आमा र लेमलेम्मा छुट्टाउन उल्टो थाप्न लगाउने र खुट्टा पछाडि फर्केको बाट चिन्नु सल्लाह र दिन्थे ।
ठुलो मान्छेहरुलाइ हत्तपत्त चलाउदै थियो ।एकान्तमा एकलै दुक्लै भेटमा बाकी पनी राख्दैनथ्यो ।
उसको अन्य खानेकुराहरु गदौला ,सानो खालको गङ्गटा ,तरुल राती गोठमा आएर गाई भैसीको दुध दुहेर खाने प्रीय भोजन थियो यो बाहेक खस्रो खनिउ पनि खाने गर्द्थ्यो ।
त्यसैले राइ बान्तावाहरुले खनिउलाई लेमलेम्मा खुक्सी नामले अझैसम्म पनी बोलाउने चलन रहेको पाइन्छ ।
लेमलेम्माको भाले तथा पुरुषलाई भने बनझाक्री भनिन्छ झाक्रीको बर्णन चै सकारात्मक रहेको पाइन्छ ।
झाक्रीलाई बिधाको स्रोतको रूपमा लिएको पाइन्छ ।यस बनझाक्रीले पनि गाउँ घरमा छानेर बच्चाहरु जङ्गलमा लाने गर्द्थ्यो तर लेमलेम्मा झै खानको लागि नभइ झाक्री बिधा सिकाउनको लागि लाने गर्द्थ्यो रे ।
झाक्रीले लगेर गएको केही समय दिन ,महिना बालकलाई आफ्नो बिधा सिकाएर शक्तिसाली धामी झाक्री बनाएर जुन स्थान बाट लगेको थियो त्यही स्थानमा फर्काउने गर्द्थ्यो ।
यो झाक्री बाट दिक्षित चेलाहरु धेरै शक्तिसाली हुन्छन भन्ने बिश्वास थियो ।

अझैसम्म पनी भोजपुर जिल्ला राम प्र राई गाउँ पालिका साबिक बासिखोरा ४ भञ्ज्याङ् बिचमा बिसाल झाक्री ढुङ्गा रहेको पाइन्छ ।हिजोआज किरात राई गाउँहरुमा अति नै लोकप्रिय रहेको मिथक लेमलेम्मा लोप हुने अवस्थामा रहेको पाइन्छ ।यो लोप हुनु भनेको किरात मौलिक साहित्यको एउटा शसक्त पाटाे लोप हुनु हो ।

बास्तबमा कथित साहित्य भन्दा लोक कथा सिर्जना भएका लोक साहित्यहरुको संरक्षणले तत्कालीन मानव बिकास र सामाजिक परिवेशहरुलाइ झल्काउने हुँदा यस्ता मिथकिय भौतिक लोक साहित्यको जगेर्ना गर्न आजको युवाहरुको काधमा जिम्मेवारी र आवश्यक्ता छ यति मात्रै हैन यो मिथकहरु परिकल्पना कुनै ठाउ विशेषमा चित्र कोरेर तथा मुर्ति कुदेर निर्माण गरेर पर्यटन क्षेत्र निर्माण गरेर पर्दशन गर्न ब्याबस्थापन गर्न सकेमा स्थानीय स्तरमा आर्थिक लाभ लिन सकिनेछ ।

किराँत राई यायोक्खा नगर कार्य समिति कागेश्वरि मनोहरा काडाघरि द्वारा बनभोज तथा आफन्त भेटघाट कार्यक्रम २०८२ बैशाख १३ गत्ते...
29/04/2025

किराँत राई यायोक्खा नगर कार्य समिति कागेश्वरि मनोहरा काडाघरि द्वारा बनभोज तथा आफन्त भेटघाट कार्यक्रम २०८२ बैशाख १३ गत्ते सनिबार को दिन स्वीजरल्याण्ड पार्क मा सम्पन्न भएको छ !

हाम्रो निम्तो लाई स्वीकारि आउनु भएको किराँत राई यायोक्खा जिल्ला समिति त्यसै गरि कि. रा. या. नगर समिति का सम्पुर्ण मा बिषेश धन्यवाद दिन चाहान्छौ ! 🙏


केहि प्राबिधिक कठिनाई ले गर्दा फोटो पोस्ट गर्न ढिलाई भएको कारण हामि माफि चाहान्छौ 🙏 !

- किराँत राई यायोक्खा नगर कार्य समिति कागेश्वरि मनोहरा काडाघारि

29/03/2025

गाएक तथा सङ्गितकार बिक्रम राई पहिलो नेपाल आईडल पनि थिए ! हार्दिक श्रध्दाञ्जलि बिक्रम राई तिनचुला मा बास रहोस 🙏

जनहित को लागि सुचना !!!
29/03/2025

जनहित को लागि सुचना !!!

भाबपुर्ण श्रद्धाञ्जली ।बुढानिलकण्ठ नगर कार्यसमितीका  अध्यक्ष, सबिता राईज्युको हेल्पिङ हेन्ड हस्पिटल चबाहिलमा उपचारको क्र...
15/01/2025

भाबपुर्ण श्रद्धाञ्जली ।

बुढानिलकण्ठ नगर कार्यसमितीका अध्यक्ष, सबिता राईज्युको हेल्पिङ हेन्ड हस्पिटल चबाहिलमा उपचारको क्रम मा आज असामयिक निधन भएको छ ।
यस दु:खद घडीमा परिवारजनमा धैर्य धारण गर्ने शक्ति हाम्रो पुर्खा सुम्निमा-पारुहाङले दिउन।
साथै मृताअत्माको तिनचुलामा बास होस भावपूर्ण श्रद्धान्जली अर्पण गर्दछौ !!

किरातँ राई यायोक्खा नगर कार्य समिति कागेश्वरि मनोहरा काडाघारि , परिवार !!!

भोलि ६ गत्ते शनिबार , टुडिखेल मा ... 🙏
20/12/2024

भोलि ६ गत्ते शनिबार , टुडिखेल मा ... 🙏

सम्पुर्ण मा शुभकामना 🙏
15/12/2024

सम्पुर्ण मा शुभकामना 🙏

Address

Kathmandu

Telephone

+9779860861772

Website

Alerts

Be the first to know and let us send you an email when किराँत राई यायोक्खा नगर कार्य समिति कागेश्वरि मनोहरा काडाघारि posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to किराँत राई यायोक्खा नगर कार्य समिति कागेश्वरि मनोहरा काडाघारि:

Share

Category