Radio waling 89.2 Mhz

Radio waling 89.2 Mhz Amrit paudel

31/03/2015

स्याङ्जामा भष्ट्रचार विरोधी संस्था गठन
अमृत पौडेल
वालिङ—१७ चैत्र
जिल्लालाई भष्ट्रचार मुक्त जिल्ला बनाउने उदेश्यका साथ वागेश्वरी असल शासन क्लव (वास) स्याङ्जा शाखा गठन गरिएको छ । नेपाल प्रेस युनियन स्याङ्जा शाखाका अध्यक्ष श्रीकृष्ण सिग्देलको प्रमुख आथित्यतामा भष्ट्रचार विरोधी संस्था वास गठन गरिएको हो । बाँकेमा प्रधान कार्यालय रहेको वागेश्वरी असल शासन क्लवको सञ्जाल स्याङ्जा सम्म आइपुगेको छ ।
आज भएको भेलाले चुत्रबहादुर महत (एसिव)को अध्यक्षतामा सात सदस्यीय कार्यसमिति गठन भएको छ । जसको उपाध्यक्षमा हेमप्रकास गुरुङ्, सचिवमा चण्डी पौडेल (अमृत), सह—सचिवमा रुक्मागत भण्डारी र कोषाध्यक्षमा धनकुमारी थापा रहेका छन् । सदस्यहरुमा तोलाकान्त वगाले र भिमबहादुर खत्री रहेका छन् । भष्ट्रचार विरुद्धको सञ्जाललाई शशक्त बनाउने उदेश्यका साथ गठन गरिएको भष्ट्रचार विरुद्धको यो संस्थाले जिल्लालाई भष्ट्रचार मुक्त जिल्ला बनाउनेमा प्रेणा मिल्ने प्रेस युनियनका अध्यक्ष सिग्देलले बताए । संस्थाले भष्ट्रचार विरुद्धको जनमत श्रृजना गरी जनचेतना अभिवृद्धि गरी भष्ट्रचारलाई जरै देखि उखेल्नुपर्ने धारणा अध्यक्ष सिग्देलले राखे ।
वागेश्वरी असल शासन क्लव स्याङ्जा शाखाका नव अध्यक्ष चुत्रबहादुर महत ( एसिव) ले जिल्लालाई भष्ट्रचार विरुद्धको शुन्य सहनशिलताको विकासमा यो संस्थाले काम गर्ने प्रतिवद्धता व्यक्त गरे । भष्ट्रचार विरुद्धको समाजिक आन्दोलनलाई ग्रामिण क्षेत्र सम्म पु¥याई शशक्त आन्दोलन अगाडी बढाउने महतको भनाई थियो । कार्यक्रमको संचालन सचिव चण्डी पौडेल (अमृत) ले गरेका थिए । भेलामा जिल्लाका अगुवा युवाहरुको सहभागिता रहेको थियो ।

29/03/2015

महिलाहरुका लागि निशुल्क तीन महिने कुक तालिम
अमृत पौडेल
स्याङजा १५ चैत्र
गौरव इन्टिग्रेटेड डेभलपमेन्ट एसोसियसन नेपालको आयोजनामा स्याङजाको वालिङमा महिलाहरुका लागि तिन महिने निशुल्क कुक तालिम आईतबारदेखि सुरु भएको छ ।
व्यवसायिक शिक्षा तथा तालिम अभिबृद्धि इभेन्ट परियोजनाको सहयोगमा तालिम सुरु भएको हो । तालिमको उद्घाटन गर्दै नेपाली कांग्रेस जिल्ला सभापति एवं सभासद कमल प्रसाद पंगेनीले गर्नुभएको हो ।

कार्यक्रममा वालिङ नगरपालिकाका कार्यकारी अधिकृत सुरथ पोख्रेल, शिक्षा कार्यालय स्याङजाका अधिकृत शालिकराम कोइराला, नेपाली कांग्रेस वालिङ नगर सभापति दिलीप प्रताप खाँण, नेकपा एमाले वालिङ नगर कमिटी अध्यक्ष शोभाकान्त पौडेल, प्रमुख प्रशिक्षक अंकित सुवेदी लगायतले बा्ेलेका थिए ।
गौरव इन्टिग्रेटेड डेभलपमेन्ट एसोसियसन नेपालका पश्चिमाञ्चल प्रवन्धक धनबहादुर रुचालले तालिमका विभिन्न पक्षको वारेमा जानकारी गराएका थिए ।
तालिम संयोजक राधाकृष्ण डुम्रेको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको सञ्चालन गौरव इन्टिग्रेटेड डेभलपमेन्ट एसोसियसन नेपालका कमल भट्टराईले गर्नुभएको थियो ।
तालिममा ४० जना महिलाहरुको सहभागिता रहेको छ ।

28/03/2015

prime minister susil k0irala le vane dr. k.c mare ma k garu......

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Radio waling 89.2 Mhz posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category