28/05/2026
१३ जेष्ठ २०८३
शेराबेसि महिला कृषक समूह हेलम्बु-३ र जष्ट नेपाल फाउण्डेशन बिच एक सम्झौता पत्रमा हस्तक्षर भइ पाल्चोकसेरा मा धानको बिउको बिबिधता परिक्षण ब्लक स्थापनार्थ नर्सरी राखियो । नर्सरीमा नेपाल कृषि अनुसन्धान परिषद खुमल्टारबाट प्राप्त भएको धानका आठ प्रजातिहरु र हेलम्बुमा आयोजना गरिएको कृषि जैविक विविधता प्रदर्शनी मेलाबाट संकलन गरिएको ६ वटा रैथाने प्रजातिहरु गरि कुल १४ प्रजातिको धान परिक्षणका लागि राखिएको छ । परिक्षणको क्रममा किसानहरुले प्राबिधिकको सहयोगमा नर्सरी देखि बाली भित्र्याउने र उत्पादित बिउको स्वाद परिक्षण सम्मका गतिबिधिहरुबाट बीउ उत्पादन र बाली बिकासको ज्ञान् सीप हाँसिल गर्ने अपेक्षा गरिएको छ भने भबिस्यमा धानको बीउको समस्या न्युनिकरण हुने अपेक्षा गरिएको छ । सुरुवातिका यी कामहरुमा परियोजनाका प्राबिधिक उद्दब कार्किको सहजिकरण रहेको थियो भने स्थानिय जलवायु अभियान्ता। गिता थापा ले फिल्डको व्यवस्थापन गर्नुभएको थियोे।