श्री रत्न पुस्तकालय वानेश्वर - सार्वजनिक

  • Home
  • Nepal
  • Kathmandu
  • श्री रत्न पुस्तकालय वानेश्वर - सार्वजनिक

श्री रत्न पुस्तकालय वानेश्वर - सार्वजनिक Shree Ratna Library - A Public library was established in 1962.

श्री रत्न पुस्तकालय एक परिचय

वानेश्वर वासीको शैक्षिक सामाजिक तथा साहित्यिक चाहनालाई मूर्तरुप दिन बि. सं २०१९ सालमा श्री रत्न पुस्तकालय (सार्वजनिक) स्थापना भएको हो। यस श्री रत्न पुस्तकालयको आफ्नो स्थापनाकाल देखिनै विभिन्न शैक्षिक, सामाजिक, तथा साहित्यिक गतिविधिहरु संचालन गर्दै आइरहेको छ।

देशका बरिष्ठ साहित्यकार, कलाकार र समाजसेवी शिक्षाप्रेमी तथा अन्य शुभ चिन्तक महानुभावहरुलाई यस पुस्तकालयमा आमन्

त्रण गरेर आफ्नो गतिविधि संचालन गर्दै आएको व्यहोरा सर्व विदितै छ।

बि. सं २०२५ साल चैत्र २२ गते महादेवस्थान मन्दिर वानेश्वरको प्राङ्गणमा पुस्तकालय भवन निर्माण गर्न इतिहास शिरोमणि श्री वावुराम आचार्यवाट वास्तु पूजा सहित शिलान्यास कार्यक्रम सम्पन्न भएको थियो।

बि. सं २०२६ साल देखि महाकवि लक्ष्मी प्रसाद देवकोटाको जन्मदिन लक्ष्मीपूजाको दिनलाई नै यस पुस्तकालयले आफ्नो वार्षिक उत्सवको रुपमा मनाउदै आइरहेको छ् २०२६ साल कार्तिक २४ गते कवि धरणीधर कोइरालावाट भवनको उट्धाटन सम्पन्न भएको थियो।

वि. सं २०३४ सालमा कवि भूपी शेरचनवाट महाकवि लक्ष्मी प्रसाद देवकोटाको सालिक स्थापनार्थ शिलान्यास भएको थियो। सो सालिक २०३५ सालमा साहित्यकार श्री विश्वेश्वर प्रसाद कोइरालावाट अनावरण हुने तय भएकोमा स्थानिय प्रशासनवाट प्रतिवन्धित भएर रोकिन पुग्यो तर उक्त सालिकको २०३७ सालको कार्तिकमा लक्ष्मीपूजाको दिन श्री विश्वेश्वर प्रसाद कोइरालावाटै अनावरण भएको थियो।

वि. सं २०४७ सालमा पुस्तकालयको पहलमा वाणगंगा ढुंगेधाराको मुहानको संरक्षण गरिएको थियो। वि. सं २०४८ र २०४९ सालमा सामुहिक ब्रतवन्ध कार्यक्रमको संचालन पुस्तकालयले गर्यो। वटुकहरुलाई आर्शिवाद प्रदान गर्न २०४८ मा तत्कालिन सम्माननिय प्रधानमन्त्री श्री कृष्ण प्रसाद भट्टराई तथा २०४९ मा तत्कालिन सम्माननिय प्रधान न्यायाधिस श्री विश्वनाथ प्रसाद उपाध्याय प्रमुख अथितिको रुपमा रहनुभएको थियो।

यस पुस्तकालयले २०५२ सालमा वाणगंगामा क्रियापुत्री भवन निर्माण गरेर क्रियापुत्रीहरुलाई सहयोग पुर्याउदै आएको छ। त्यस्तै २०३८ सालदेखि देवकोटा रक्तकोष स्थापना गरेर सालै पिच्छे रक्तदान कार्यक्रम संचालन गरिरहेको छ।

यस पुस्तकालयले पठन संस्कृतिको विकास गर्ने, पत्रपत्रीकाहरुको सुविधा दिई पाठकवर्गलाइ समसामयिक विश्च परिवेशसंग परिचित गराउने र सुशिक्षित पार्ने कार्य गरी शैक्षिक क्षेत्रको विकासमा गहकिलो योगदान दिदै आएको छ।

गत वर्ष (२०६९) यस पुस्तकालय स्थापना भएको ५० औं वर्षलाई स्वर्ण महोत्सवको रुपमा मनाउने क्रममा वानेश्वरमा बसोवास गर्ने ज्ञात अज्ञात समाजसेवीहरुको सम्मानको लागि "समाज सेवा स्मारक" -२०६९ स्थापना गरी भव्य रुपमा मनाइयो।

मिति २०७०।५।१५ गते भएको साधारण सभाले नयाँ कार्य समिति निर्विरोध निर्वाचित गरेको थियो। जसमा निम्न वमोजिम पदाधिकारी र सदस्यहरु रहनु भएको छ।

श्री शशी विक्रम राणा – अध्यक्ष
श्री वसन्त प्रसाद पराजुली – उपाध्यक्ष
श्री माघवराज लामिछाने – सचिव
श्री शकुन्तला पोखरेल – सह-सचिव
श्री शंकर प्रसाद पौडेल – कोषाध्यक्ष
श्री कृष्ण वहादुर हमाल – सदस्य
श्री उपेन्द्र प्रसाद पौडयाल – सदस्य
श्री प्रकाश आचार्य – सदस्य
श्री यसोदा उपाध्याय – सदस्य

वर्तमान कार्यसमितिले पुस्तकालयको भौतिक पुर्वाधार बिस्तार गर्न लागेको, साहित्यकार वि. पि. कोइरालाको सतवार्षिकीको उपलक्ष्यमा वहाँको साहित्यिक योगदानको कदर गर्दै "पूजा पत्रिका" को वि. पि. सतवार्षिकी विशेषाङ्क प्रकाशन गर्न लागेको छ। महाकवि लक्ष्मी प्रसाद देवकोटाको साहित्यिक योगदानको सम्मान गर्दै वहाँकै नाममा एउटा अक्षय कोष स्थापना गर्ने भावी योजना समेत वनाएको छ।

यि माथी उल्लेख भएका पुण्यकार्यलाई सफल गराउन वानेश्वरवासी, देशवासी तथा विदेशमा वस्ने संपूर्ण नेपालीहरुलाई समेत खुला हृदयले सहयोग गरिदिनहुन हार्दिक अपिल गर्दछु। यहाँहरुवाट पुस्तकालयको अमुल्य राय सुझावको सधै अपेक्षा गर्दछु।

शशि बिक्रम राणा
अध्यक्ष

Address

Mahadevsthan, Baneshwor/10
Kathmandu

Opening Hours

Monday 17:00 - 19:00
Tuesday 17:00 - 19:00
Wednesday 17:00 - 19:00
Thursday 17:00 - 19:00
Friday 17:00 - 19:00
Sunday 17:00 - 19:00

Telephone

+977-1-4462751

Alerts

Be the first to know and let us send you an email when श्री रत्न पुस्तकालय वानेश्वर - सार्वजनिक posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to श्री रत्न पुस्तकालय वानेश्वर - सार्वजनिक:

Share

Category