07/09/2026
आज मिति २०८३ भाद्र २२ गते अर्थ मन्त्रालय परिवारको आयोजनामा भन्सार विभागको प्राङ्गणमा २०८३ भाद्र १० गते भोटेकोशी नदीमा आएको बाढीमा परी ज्यान गुमाउनु भएकाहरुमा श्रद्धाञ्जली तथा सम्पर्क हुन नसकेकाहरुमा स्मृती कार्यक्रम आयोजना गरिएको छ।
उक्त कार्यक्रममा माननीय अर्थ मन्त्रीज्यू, अर्थ सचिवज्यू, मन्त्रालयका सहसचिवज्यूहरु, भन्सार विभागका महानिर्देशकज्यू, उपमहानिर्देशकज्यूहरु लगायत अर्थ मन्त्रालय अन्तर्गतका कार्यालयका कर्मचारीहरुको सहभागिता रहेको थियो।
Department of Customs, Nepal