Competent Society

Competent Society Competent Society is a non-political, non-profit, Non-Government Organization established in the year 2005 with a group of experts and energetic youths.

https://swasthyakhabar.com/story/30379 #.Xib27JL18zs.facebook
23/01/2020

https://swasthyakhabar.com/story/30379 #.Xib27JL18zs.facebook

काठमाडौं- मकवानपुरको दामनस्थित एक होटलमा आठ भारतीय नागरिक मंगलबार बिहान साढे ९ बजे सुतेकै अवस्थामा बेहोस भेटिए। ...

01/12/2019
https://www.facebook.com/555462847839908/posts/2877326668986836/
29/11/2019

https://www.facebook.com/555462847839908/posts/2877326668986836/

मृगौला मानव शरीरको महत्वपूर्ण अंगहरुमध्ये एक हो । विशेष गरी रगतमा हुने विकार र बढी भएको पानीलाई छानेर पिसाबको मा.....

https://www.facebook.com/555462847839908/posts/2875944799125023/
28/11/2019

https://www.facebook.com/555462847839908/posts/2875944799125023/

काठमाडौँ –एपेन्डिसाइटिसको समयमा अपरेशन भएन भने बिरामीको मृत्युसम्म हुन सक्ने सम्भावना हुन्छ । साथै मुटु, मिर्ग.....

https://www.agrimnepal.com/%e0%a5%a7%e0%a5%a6-%e0%a4%97%e0%a4%b2%e0%a5%8d%e0%a4%a4%e0%a5%80%e0%a4%ac%e0%a4%be%e0%a4%9f-%...
26/08/2019

https://www.agrimnepal.com/%e0%a5%a7%e0%a5%a6-%e0%a4%97%e0%a4%b2%e0%a5%8d%e0%a4%a4%e0%a5%80%e0%a4%ac%e0%a4%be%e0%a4%9f-%e0%a4%ac%e0%a4%9a%e0%a5%8d%e0%a4%a8%e0%a5%81%e0%a4%b8%e0%a5%8d-%e0%a4%9c%e0%a4%b8%e0%a4%b2%e0%a5%87/

क्रोनिक मृगौला रोग हुने सबैभन्दा मुख्य कारण मधुमेह हो। मधुमेहले मृगौलाको कार्यलाई बिस्तारै कम गरिदिन्छ। सुगरको...

https://nagariknews.nagariknetwork.com/news/53902/
19/07/2019

https://nagariknews.nagariknetwork.com/news/53902/

डिम्बवाहिनी नलीको ९० प्रतिशत क्यान्सर असामान्य अर्थात् अनियमित रक्तश्रावपछि मात्र पत्ता लाग्ने गरेको पाइएको छ....

ttps://shukrabar.nagariknetwork.com/news/405
01/02/2019

ttps://shukrabar.nagariknetwork.com/news/405

महिलाको शृंगारमा लिपस्टिकले अहम् भूमिका निर्वाह गर्छ । तर, यही शृंगार सामग्री महिलाका लागि जोखिमपूर्ण हुन सक्ने ...

27/12/2017

रक्तक्यान्सर: कसरी हुन्छ उपचार??
नेपालमा बर्षेनी सरदर ३० हजार क्यान्सरले ग्रस्त हुने भक्तपुर क्यान्सर अस्पतालको अनुमान छ । त्यसमध्ये करिब ३ हजारलाई रक्त क्यान्सर देखिएको छ ।
सामान्यतयाः रक्तक्यान्सर दुई प्रकारका हुन्छन् ।

एएलएल (एक्युटलिम्फोब्लाष्टिक ल्युकेमिया)

– १६ वर्ष उमेर मुनीका बालबालिकामा धेरै देखिने क्यान्सरलाई एक्युट लिम्फोब्लाष्टिक ल्युकेमिया (एएलएल) भनिन्छ

– प्रभावकारी रुपमा उपचार गरेको अवस्थामा ७०-७५ प्रतिशत विरामी निको हुन्छ

– उपचार गर्न साधारणतयाः दुई देखि तीन लाख रुपैया खर्च लाग्छ ।

एएमएल (एक्युट माइलोइड ल्युकेमिया)

– युवा तथा वृद्धवृद्धामा देखिने एक्युट माइलोइड ल्युकेमिय (एएमएल) विशेषगरी १६ वर्ष माथिका व्यक्तिहरुमा देखिन्छ

– उही उपचार भएमा ५० देखि ६०

प्रतिशतसम्म निको हुन्छ

– बोनम्यारो प्रत्यारोपण्न गरेमा यस्ता विरामी बाच्ने सम्भावना ६० देखि ६५ प्रतिशतसम्म हुन्छ

– यस किसिमको क्यान्सरको उपचार पद्धति जटिल तथा महँगो हुन्छ । यसका लागि उपचार गर्न कम्तीमा पनि सात देखि आठ लाख रुपैयाँ खर्च लाग्छ

– वृद्धवृद्धामा समेत सामान्य मानि

ने यस्ता क्यान्सरमा विरामीकोे आयु लम्याउने गरी उपचारको विधि अपनाइन्छ ।
यस्ता क्यान्सर दुई किसिमको हुन्छ

वंशाणुगत

एक्वार्यड क्यान्सर

सामान्यतयाः बालबालिकामा देखिन यस्ता क्यान्सर वंशाणुगतका कारणले बढी हुन्छ । त्यसैले बच्चाहरुमा देखिने प्रायः क्यान्सरहरुमा खराब जिन तथा वंशाणुगत कारण बढी हुन्छ । विशेषगरी, कुनै पुस्तामा खराब जीन छ , र त्यस्ता जीन यदी कुनै नयाँ पुस्तामा गएर सक्रिय भएमा क्यान्सर गराउन सक्छ जबकी एक्वार्यड क्यान्सरमा जीन वा वंशाणुगत भन्दा अन्य तत्व हावी हुने गर्दछ ।

किन हुन्छ क्यान्सर ?

१. अस्वस्थ्यकर जीवनशैली

२. गलत खानपान, खानामा हानीकारक विषादीको प्रयोग, किटनासक औषधीका प्रयोग

३. वातावरण प्रदुषण/ धुमपान, मद्यपान

४. घामको विकिरण

यावत कारण क्यान्सरकोे जोखिम हुन्छ । यस्ता तत्वमा कार्सिनोजेनिक तत्व रहेको हुन्छ, जसले शरीरमा क्यान्सरको जोखिम बढाउने गर्छ ।
यस्ता क्यान्सरलाई उपचार गरेको अवस्थामा त्यो शरीरमा भएको अन्य प्रकारको क्यान्सरको लागि घातक हुन सक्दछ । किनकी क्यान्सरमा प्रयोग गरिने औषधी तथा विकिरणले पनि क्यान्सर गराउन सक्दछ ।

सामान्यतयाः मानिस वृद्ध हुँदै जाँदा शरीरमा वि

भिन्न परिवर्तनहरु आउने गर्छ, त्यही परिवर्तनका दौरान जीवनकोे कुनै काल क्षणमा गएर शरीरमा भएका राम्रा कोशिका खराब कोशिकामा परिणत भई क्यान्सरको समस्या हुने गर्दछ ।

कसरी बच्ने त ?

धुुमपान, मद्यपान नगर्ने

लागु पदार्थ सेवनबाट टाढा रहने

रक्त क्यान्सर र अन्य क्यान्सर

रक्त क्यान्सर र अन्य प्रकारका क्यान्सरको प्रकृति समेत एकै प्रकारको रहने हुदाँ यस्ता क्यान्सर गराउने तत्व पनि एकै प्रकारको रहेको हुन्छ । त्यसैले यसमा सावधानी पनि उत्तिकै अपनाउनु पर्ने हुन्छ ।

विशेषगरी, धुमपान गर्नेलाई फोक्सोको क्यान्सर हुने सम्भावना धेरै भएपनि यसले अन्य क्यान्सर गराउँदैन भन्ने हुँदैन । कुनै पनि क्यान्सर कुनै पनि उमेर समूहका मानिसलाई जुनसुकै बेला हुनसक्दछ । क्यान्सर हुनमा खानपानको खासै सम्बन्ध रहँदैन । यस्ता क्यान्सर विशेषगरी, क्यान्सेरोजेनिक तत्वका कारण हुने भएकोले क्यान्सेरोजनिक तत्वले शरीरको कुनै पनि अंगमा क्यान्सर गराउन सक्छ । यस अर्थमा क्यान्सरको एउटा प्रकार रक्त क्यान्सर हो ।

रक्त क्यान्सर कसरी थाहा पाउने

रगतमा तीन वटा तत्व मुख्य हुन्छ ।

१. रातोरक्त कोषिका

२. सेतो रक्तकोषिका

३. प्लेटलेट्स

यी सबै कोषिका बोनम्यारोमा बन्ने गर्दछ । यस अर्थमा रक्त क्यान्सर बोनम्यारोबाटै सुरु हुुने गर्दछ । रक्त क्यान्सर भएमा तीनवटै तत्वमा तलमाथी पर्दछ ।

उदाहरणको लागि शरीरमा हेमोग्लोविन अर्थात रातो रक्तकोषिको कमी भएमा रक्तअल्पता हुने गर्दछ । रक्तअल्पता हुँदा छिटो थाक्ने, स्वाँ स्वाँ हुने, सास फुल्ने, चक्कर लाग्ने , बेहोसी जस्ता हुने, एकाग्रता नहुने र शरीर सेतो भएर जाने गर्दछ । त्यस्तै, शरीरमा सेतो रक्तकोषिकाको कमी भएमा रोगसित लड्ने क्षमतामा कमी आउने गर्दछ । साथै शरीरमा विभिन्न रोगको संक्रमण हुने, निमोनिया हुने गर्दछ ।

प्लेटलेट्सको कमी भएमा शरीरका विभिन्न अंगहरुबाट आन्तरिक तथा बाह्य रक्तश्राव हुने गर्दछ ।
यस्ता समस्या भएमा कोषिकामा गडबडी भएको बुझ्नु पर्छ । अझ रक्त क्यान्सर भएको आंशका गर्न सकिन्छ ।
रक्तक्यान्सर भएमा यस्ता लक्षण देखा पर्ने गर्दछ ।

जोर्नी दुख्ने

जोर्नी सुन्निने

ज्वरो आउने

यसबाहेक, रक्त क्यान्सर भएमा २-४ हप्तामै गम्भीर समस्या देखिने गर्दछ । त्यही भएर यस्ता समस्या भएका विरामी २-४ दिनमै चिकित्सकका पुग्ने गर्दछन् ।

रोगको पहिचान

यी लक्षण देखा परेमा चिकित्सकहरुले यी जाच मार्फत रोगको पहिचान गर्दछन् ।

सिबीसि (कम्प्लिट व्लड काउन्ट)

यसमा चिकित्सकले हेमोग्लोबिन, सेतो रक्त कोषिका तथा प्लेटलेट्सको जाच मार्फत रगतको अवस्था हेर्ने गर्दछन् ।
जनरल फिजिसियनहरुले यस्ता समस्या भएको पाएमा रगत सम्बन्धि विशेषज्ञ चिकित्सकका विरामीलाई थप उपचारका लागि पठाउने गर्दछन् ।

त्यसपछि, विशेषज्ञ चिकित्सकले पेरिफेरल व्लड स्मेयर (पिबिएस्) जाच गराउने गर्दछन् । यस जाँच मार्फत चिकित्सकले कोषिकाको आकार , प्रकारको जाँच गर्ने गर्दछन् । यही जाँच मार्फत चिकित्सकले शरीरमा क्यान्सरका कोषिका विकास भए, नभएको पत्ता लगाउने गर्दछन् ।

यसपश्चात्त, क्यान्सर कहाँबाट आयो भनेर हेर्न बोनम्यारोको जाच गरिन्छ , अर्थात बोनम्यारो एस्पिरेसन जाच गरिन्छ । दश मिनेट भित्रमा गर्न सकिने यस्ता जाचमा बोनम्यारो भित्रको रगत झिकेर जाच गर्ने गरिन्छ ।

त्यसपछि फेरी कुन खालको रक्त क्यान्सर हो भनेर हेर्न फ्लोसाइटोमेटि्रक -एफसिएम) जाच गरेर कस्तो प्रकारको क्यान्सर हो भनेर हेर्ने गरिन्छ ।

रक्त क्यान्सर आफैमा के हो त ?

चिकित्सकका अनुसार रक्त कोषिकाको एबनर्मल प्रोलिफिकेशन वा असामान्य विकासलाई रक्त क्यान्सर भन्ने गरिन्छ । बोनम्यारोमा प्रारम्भिक कोषिका रहेकेा हुन्छ, जसले रातो रक्त कोषिका, सेतो रक्तकोषिका तथा प्लेट्लेट्स निर्माण गर्न एउटा आधार बनाउँछ । यही बोनम्यारोमा भएको प्रारम्भिक कोषिका जसको असामान्य वा जाँच नगरिएको अवस्थालाई रक्त क्यान्सर भन्ने गरिन्छ ।

रक्त क्यान्सर भएमा किमोथेरापी दिइने गरिन्छ ।

एएलएल क्यान्सरमा किमोथेरापी तीन वर्षसम्म दिइने गरिन्छ । जबकी एएमएलमा छ महिनासम्म किमोथेरापी दिइने गरिन्छ । त्यस्तै, बोनम्यारो प्रत्यारोपण भनेको रक्तक्यान्सरमा प्रयाग गरिने अर्को उपचार विधि हो ।

रक्त क्यान्सर र बोनम्यारो प्रत्यारोपण

रक्त क्यान्सर भएका व्यक्ति जसलाई किमोथेरापीद्धारा उपचार गर्न सकिदैन, किमोथेरापी दिएको अवस्थामा रोग बल्झने सम्भावना अधिक रहन्छ, त्यस्ता व्यक्तिलाई बोनम्यारो प्रत्यारोपणद्धारा उपचार गर्ने गरिन्छ । यस्ता प्रत्यारोपण आफ्नै आमाबाबुबाट जन्मेका सहोदर भाइबहिनीसित बोनम्यारो ‘म्याच’ भएमा यस्ता प्रत्यारोपण गर्न सकिन्छ । यस्ता प्रत्यारोपण अहिले बोनम्यारो म्याच भएको अवस्थामा अन्य व्यक्तिबाट समेत गर्न सकिने प्रावधान रहदै आएको छ ।

बोनम्यारो प्रत्यारोपणको खर्च कति ?

बोनम्यारो प्रत्यारोपण नेपालमा भर्खर हुन थालेको छ । विधिवत रुपमा यसको शुभारम्भ अझै प्रभावकारी हुन सकेको छैन । जसका कारण हरेक वर्ष लाखौ विरामी बोनम्यारो प्रत्यारोपणकै लागि भारत लगायतका अन्य देशहरुमा जान बाध्य छन् ।
भारतमा मात्र यस्ता प्रत्यारोपणको २० लाख रुपैया भारतीय रुपैया सम्म पर्ने गर्छ ।

तर नेपालमा यस्ता प्रत्यारोपण व्यवस्थित तरीकाले हुन सकेको खण्डमा नेपालमा सरकारी अस्पतालहरुमा १० लाख रुपैयामै गर्न सकिन्छ भने निजी अस्पतालमा २० लाख रुपैयासम्म पर्ने गर्छ । जुन अस्पतालको आकृति तथा प्रकृतिमा भर पर्ने गर्दछ ।

यद्यपी, नेपाल सरकारको विशेष ध्यान पुगेको खण्डमा विरामीहरुले कम शुल्कमै बोनम्यारो प्रत्यारोपण गर्न सक्ने हुदाँ यसबारे सरकारको विशेष ध्यान पुग्न आवश्यक छ । हाल नेपालमा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत सञ्चालित सिभिल अस्पतालमा मात्र यो सेवा उपलब्ध छ ।

http://swasthyakhabar.com/news-details/10287/2017-11-19
19/11/2017

http://swasthyakhabar.com/news-details/10287/2017-11-19

काठमाडौं - शहिद गंगालाल हृदय केन्द्रमा हृदयाघात (हर्ट अट्याक)का बिरामी दिनहुँजसो आउँछन् । अधिकांश ४० वर्षमाथिका हुन्छन् । तर करिब सात महिनाअघि अस्पतालको इमर्जेन्सीमा २० वर्षका एक...

03/07/2017

क्यान्सर जुनसुकै उमेर समूहका मानिस र शरीरको जुनसुकै भागमा हुनसक्ने रोग हो। विश्वमा क्यान्सर रोगका बिरामीको संख्या दिनानुदिन बढ्दो छ। नेपालमा पनि क्यान्सरका बिरामीको ंसंख्या वृद्धि...

Address

50/23, Paropakar Galli, Boudha
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Competent Society posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Competent Society:

Share