07/09/2026
हार्दिक श्रद्धाञ्जली !
रसुवाको भोटेकोशी नदीमा १० भदौमा आएको विनाशकारी बाढीले पुर्याएको अकल्पनीय क्षतिले सिङ्गो देशलाई नै स्तब्ध र शोकमग्न बनाएको छ । प्राकृतिक विपत्तिले आफन्त, परिवार गुमाउनुको पीडा शब्दमा व्यक्त गर्न सम्भव छैन। यस दुःखद घडीमा दिवंगत आत्माहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौ“।
शोकको यस घडीमा मृतआत्माप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा शोकलाई सहन गर्न सक्ने शक्ति भगवानले प्रदान गरून् भन्दै हार्दिक समवेदना प्रकट गर्दछौँ ।