02/09/2026
रसुवा भोटेकोशी बाढीमा १६ जना महानगरबासी वेपत्ता भएको प्रारम्भिक सूचना : विपद सूचना केन्द्रमा विवरण टिपाउन अनुरोध
विपद व्यवस्थापन हेल्प डेक्स र विपद सूचना केन्द्रमार्फत विवरण संकलन हुँदै
भदौ १० गते रसुवा भोटेकोशीमा गएको अप्रत्याशित बाढीमा काठमाडौँ महानगरपालिका भित्रका १६ जना नागरिक वेपत्ता हुनुभएको प्रारम्भिक विवरण प्राप्त भएको छ । यस्तै एक जनाको घर बगाएको छ ।
वेपत्ता हुनेमा वडा नं. १ बाट १ जना हुनुहुन्छ । उहाँ रसुवाको घट्टे खोलाबाट वेपत्ता हुनुभएको हो । वडा नं. ६ बाट २ परिवारका ५ जना वेपत्ता हुनुहुन्छ । वडा नं. ३१ बाट ४ जना, वडा नं. २९ बाट १ जना, वडा नं. २६ बाट ५ जना वेपत्ता हुनुहुन्छ ।
वडा नं. २३ का उमा श्रेष्ठको देवीघाटमा भएको घर बगाएको छ ।
काठमाडौँ महानगरपालिकाको विपद व्यवस्थापन हेल्प डेक्स तथा विपद सूचना केन्द्रबाट यो विवरण संकलन गरिएको हो ।
काठमाडौँ । भदौ १० गते रसुवा भोटेकोशीमा गएको अप्रत्याशित बाढीमा काठमाडौँ महानगरपालिका भित्रका १६ जना नागरिक वे...