Dipesh Mahat-दिपेश महत

Dipesh Mahat-दिपेश महत -Improvement your Medical Knowledge & bright future and to Promote Rural Health situations of Nepal.
(1)

To Provide news, Vacancy , Rural health conditions , Funny reel, to upload Fun post Sometimes.
- https://www.facebook.com
/Dipeshmahat27 welcome to Dipesh Mahat(LB) Official page with our new campaign target Psc Medical Lab technology from online examination , Mcq related medical Lab , and medical Information and how to protect from infection healthy tips for Human body . You can message

here for any campaign and medical Lab information and finally promote to remote area of medical lab professional in Health system of Nepal. stay with us Dipesh Mahat ( LB) official page.

• improvement your medical knowledge and bright future.
•Writer at Loksewa preaparation for (MLS)

©जिवन सजिलो छैन, यसमा आफूलाई अभ्यस्त बनाऊ ।

©समय सङग प्रतिस्पर्दा गर एक दिन सफल्ता अवश्य पाउने छौ ।
©सफल मानिसहरु कुनै फरक काम गर्दैनन उनिहरु हरेक काम फरक ढङगले गर्छन ।
©तिम्रा असन्तुष्ट ग्राहकहरु नै तिम्रो लागि सिकाइका मूख्य स्रोत हुन् ।
© म कहिले हार्दिन कि जित्छु ,कि सिक्छु ।
© Hard work is key to Success .

20/04/2026

Laboratory Justice Movement Nepal
साथीहरू,
यदि तपाईं साँचो अर्थमा समर्थन गर्न चाहनुहुन्छ भने अब समय आएको छ—
अन्याय, शोषण र गुलामीको सिकार भएर बस्ने होइन, अधिकारका लागि उठ्ने।
हामी र हाम्रो टिमले सुरु गरेको यो अभियान
कुनै व्यक्तिगत स्वार्थको लागि होइन,
हामी सबै प्रयोगशाला कर्मीहरूको नयाँ जीवन, पहिचान, पेशाको सम्मान र हक–अधिकारको लागि हो।
वर्षौंदेखि हामीमाथि भइरहेको
शोषण, अन्याय र दबाब अब धेरै भयो।
अब हामी डराएर चुप बस्ने होइन, एकजुट भएर न्याय माग्ने समय आएको छ।
यदि तपाईंलाई पनि लाग्छ कि
अब परिवर्तन आवश्यक छ,
हामीले आफ्नो अधिकार पाउनैपर्छ,
भने कृपया मलाई Messenger मा आफ्नो प्रतिक्रिया र विचार पठाउनुहोस्।
र यदि तपाईं यो अभियानमा हाम्रो टिमसँगै उभिन चाहनुहुन्छ भने
ढुक्क भएर म्यासेज गर्नुहोस्।
याद राख्नुहोस्—
एक–एक जनाको साथले मात्र ठूलो परिवर्तन सम्भव हुन्छ।
आज तपाईंको एउटा म्यासेज र साथ ले भोलि हजारौं प्रयोगशाला कर्मीहरूको भविष्य बदल्न सक्छ।
अब चुप बस्ने होइन, इतिहास बनाउने समय आएको छ।
धन्यवाद।
✊ न्याय, सम्मान र अधिकारका लागि हाम्रो अभियान जारी छ।
🤝✊🙏
Manish Kumar Sharma
9845606362
Sagar Mahato
9821233947
Dipesh Mahat
9868116350
#न्यायचाहिन्छ

18/04/2026

Laboratory Justice Movement Nepal
नमस्ते सम्पूर्ण प्रयोगशालाकर्मीहरू।

“मिति २०८३ साल बैशाख २ गते हामी र हाम्रो टिमले सबै प्रयोगशाला कर्मी साथीहरूको उपस्थितिमा काठमाडौंमा बैठक सफलतापूर्वक सम्पन्न गरेका थियौ।
यस बैठकमा प्रयोगशाला कर्मीहरूको हक-हित, न्याय र आगामी अभियानका विषयमा महत्वपूर्ण छलफल तथा निर्णय गरिएको थियो।

हामीले यसलाई गोप्य राख्ने योजना बनाएका थियौं किनकि धेरै संघ–संस्थाहरूले हाम्रो काम नक्कल गरेर गलत समाचार फैलाइरहेका छन्।
तर, अहिले हामीलाई यो सार्वजनिक गर्न आवश्यक भएको छ, किनकि हाम्रा धेरै साथीहरूलाई हामीले ग्राउण्ड लेभलबाट काम सुरु गरिसकेका छौं भन्ने कुरामा विश्वास भइरहेको थिएन ।
हाम्रो टिमले गरेका केही प्रगति यहाँ प्रस्तुत गरेका छौं।
त्यसैले कृपया हाम्रो टिममाथि विश्वास गर्नुहोस् र हामीसँग एकताबद्ध हुनुहोस्। कसैको झुटा आश्वासनबाट सचेत रहनुहोस्।

कृपया हामीलाई सहयोग गर्नुहोस्, यसपटक हामी हाम्रो अधिकार पक्कै प्राप्त गर्नेछौं।
आगामी दिनमा पनि देशभरका सबै प्रयोगशाला कर्मी साथीहरूलाई एकजुट भई यस अभियानलाई सफल बनाउन अनुरोध गर्दछौं।
धन्यवाद 🤝✊🙏
Manish Kumar Sharma
9845606362
Sagar Mahato
9821233947
Dipesh Mahat
9868116350
#न्यायचाहिन्छ

16/04/2026

विश्व स्वास्थ्यकर्मी सप्ताह चलिरहँदा प्रयोगशालामा काम गर्ने स्वास्थ्यकर्मीको आवाज.........................................

मेरो नाम बि्रेन्द्र बहादुर शाह हाल अछाम जिल्ला दुर्गम ठाउँ बाट Register स्वास्थ्यकर्मी को रूप मा कार्यरत छु ।
हाम्रो माग यस प्रकार रहेको छ:
प्रत्येक स्वास्थ्य चौकी मा Lab Assistant अनिवार्य स्थायी दरबन्दी राख्नु पर्यो
Lab पढेको देश मा technician/ assistant जोडेर लाइसेन्स pass 30 हजार बढी रहेको छन् लोकसेवा कोटा 2/3 जना मात्र खुल्ने वर्ष मा उद पादन वर्ष मा 1500 देखि 2000 सम्म हुने रोजगार 0 छ कोटा नै न खुल्ने
Private मा काम गर्दा 10/12 हजार मात्र दिने त्यो पैसा ले room भाडा दिन पुक्दैन परिवार कसरी पाल्ने ?
गाउँ तिर health post मा ल्याब राख्दा सेवा पाउँछन् दुर्गम ठाउँ को बिरामी ले mam त्यसैले हजुर स्वास्थ्य कै मान्छे हुनहुन्छ बुझ्नु हुने छ यो कुरा लाई लागू गर्नु हुने छ भन्ने आशा छ 3778 healthpost छन् देश मा लोकसेवा बाट गराएपछि 3/4 हजार ले रोजागर पाउँछन् पढाइ खर्च 10/15 लाख हुने assistant पढ्दा पनि 5/6 लाख हुने पढेको ले देश मै बस्छन् दुर्गम को मान्छे ले ऋण गाडेर र पढेको हुन्छन् अहिले कोटा न हुँदा फेरि ऋण गाडेर विदेश जानु पर्ने भयो mam यति बुझी दिनु होला दुर्गम तिर गारो हुन्छ 90 percent रोग लागेपछि मात्र थाहा हुन्छ चेक उप हुँदैन केही अहिले करार मा राखेका छन् सबै ठाउँ lab त्यो पैसा पनि राज्य कै त हो जाने त्यसैले स्थायी रूप मा राखदिनु अनुरोध छ कि clge बन्द गर्दिनु होस् रोजगार दिन सकिँदैन भने उद पादन न गर्नुहोस् please मर्नु न बाँच्ननु छ अहिले म पनि genz आन्दोलन बाट बाँचेर आएको हुँ 2 दिन केही परिवर्तन हुन्छ भनेर लागेको हु हाम्रो माग पूरा होस् स्वास्थ्यमन्त्री ज्यू धन्यबाद !

16/04/2026

Laboratory Justice Movement Nepal
नेपालका सम्पूर्ण प्रयोगशाला कर्मीहरूको न्यायको लागि सुरु भएको यो हाम्रो विश्वसनीय अभियान हो।
हामी र हाम्रो टिम दृढ विश्वासका साथ भन्छौं नेपाली प्रयोगशाला कर्मीहरूले ९९% न्याय पाउनेछन्।
यस अभियानमार्फत केही लुकेका सत्यहरू र अन्यायका घटनाहरू पनि पर्दाफास हुनेछन्।
त्यसैले सम्पूर्ण प्रयोगशाला कर्मी साथीहरू, दाजुभाइ तथा दिदीबहिनीहरूलाई अनुरोध छ !
कृपया यो पोस्ट Share गरेर हाम्रो अभियानलाई बलियो समर्थन गर्नुहोस्।
एकता नै हाम्रो शक्ति हो, न्याय हाम्रो लक्ष्य हो।
धन्यवाद।🤝✊🙏
Manish Kumar Sharma 9845606362
Sagar Mahato
9821233947
Dipesh Mahat
9868116350

नमस्ते सम्पूर्ण प्रयोगशाला पेशाकर्मीहरू,यस समूहमा सहभागी हुनुभएकोमा सबैलाई धन्यवाद। तपाईंहरूको सक्रियता देखेर हामी अत्यन...
12/04/2026

नमस्ते सम्पूर्ण प्रयोगशाला पेशाकर्मीहरू,
यस समूहमा सहभागी हुनुभएकोमा सबैलाई धन्यवाद। तपाईंहरूको सक्रियता देखेर हामी अत्यन्त खुशी छौँ र छिट्टै न्याय पाउने आशा गरेका छौँ। यसका लागि हाम्रो टिम काम गरिरहेका छन । त्यसैले कृपया धैर्य राख्नुहोस्।
आज हामी यस विषयमा छलफल गर्न फोन सम्मेलन आयोजना गर्दैछौँ। यदि तपाईंहरूसँग कुनै पनि प्रकारका प्रश्न छन् भने कृपया राति हुने हाम्रो सम्मेलनमा सहभागी हुनुहोस्।
धन्यवाद ।। तल उल्लेख गरिएको लिंकमा क्लिक गर्नुहोस् र आफ्नो आवाज उठाउन सक्नु हुनेछ।
Manish Kumar Sharma
Dipesh Mahat
SagaRz Mahato
https://www.facebook.com/share/p/1HqmdjNysk/

नेपालमा प्रयोगशाला सम्बन्धी समस्या र चुनौती1.  दक्ष जनशक्ति अभावयोग्य Lab technician/technologist को कमी- विदेश पलायन (b...
11/04/2026

नेपालमा प्रयोगशाला सम्बन्धी समस्या र चुनौती
1. दक्ष जनशक्ति अभाव
योग्य Lab technician/technologist को कमी
- विदेश पलायन (brain drain) बढ्दो,
_ नियमित तालिम र skill update को अभाव
2.उपकरण र प्रविधि समस्या
- पुराना वा बिग्रेका उपकरण प्रयोग
- नयाँ technology को अभाव
-Maintenance (मर्मत) राम्रोसँग नहुनु
3. सुरक्षा (Safety) को कमी
- PPE (gloves, mask, coat) पर्याप्त नहुनु
Biohazard handling मा लापरबाही
Infection risk उच्च
4. तलब र सुविधा कम
- Lab staff को salary कम हुनु
- Job security नहुनु
- Insurance र risk allowance को अभाव
5. व्यवस्थापन समस्या
- सरकारी र निजी lab बीच coordination कम
- Monitoring र regulation कमजोर
- भ्रष्टाचार वा अनियमितता
6. ग्रामीण क्षेत्रमा पहुँच समस्या
- गाउँमा laboratory सुविधा नहुनु
-Sample testing का लागि शहरमा निर्भरता
- Time delay र cost बढ्नु
8. सामग्री (Reagents) को अभाव
- Reagents र chemicals समयमै नआउनु
- Import मा निर्भरता
- Storage समस्या
✅ समाधानका सम्भावित उपाय
- Skilled manpower उत्पादन र training बढाउने
- Lab equipment modernization
- Safety protocol कडाइका साथ लागू गर्ने
- उचित तलब र सुविधा सुनिश्चित गर्ने
- Quality control र accreditation मजबुत बनाउने !
हामी सँग जोडिएर आफ्नो आवाज उठाउन सक्नु हुन्छ ।
https://chat.whatsapp.com/CjGKugg9Up2ASva3ZsF8FV?mode=gi_t

साथीहरू,आज हामी केवल रोजगारीको कुरा गरिरहेका छैनौं—हामी हाम्रो अस्तित्वको लडाइँ लडिरहेका छौं।हामीले वर्षौं लगानी गरेर सी...
11/04/2026

साथीहरू,
आज हामी केवल रोजगारीको कुरा गरिरहेका छैनौं—हामी हाम्रो अस्तित्वको लडाइँ लडिरहेका छौं।
हामीले वर्षौं लगानी गरेर सीप सिक्यौं, मेहनत गर्‍यौं, सपना देख्यौं। तर आज अवस्था के छ?
हजारौं प्रयोगशालाकर्मी उत्पादन हुन्छन्—तर रोजगारी? लगभग शून्य!
निजी क्षेत्रमा शोषण छ—९–१० घण्टा काम, तर तलब ८–१५ हजार!
सरकारी क्षेत्रमा अवसर छैन—सिमित सिट, असिमित प्रतिस्पर्धा!
यो अन्याय होइन भने के हो?
यो केवल हाम्रो समस्या होइन—यो देशको स्वास्थ्य प्रणालीको कमजोरी हो!
ग्रामीण नेपालमा प्रयोगशाला छैन, नागरिक सेवा पाउँदैनन्—तर दक्ष जनशक्ति बेरोजगार बस्छ!
यो व्यवस्थाको विफलता हो!
हामी माग गर्छौं:
हरेक स्वास्थ्य चौकीमा प्रयोगशाला सेवा अनिवार्य गरियोस्
स्थायी दरबन्दी सिर्जना गरियोस्
न्यूनतम पारिश्रमिक सुनिश्चित गरियोस्
जनशक्ति उत्पादन र रोजगारीबीच सन्तुलन मिलाइयोस्
यदि आज आवाज उठाएनौं भने, भोलि हाम्रो पेशा समाप्त हुनेछ।
अब चुप लागेर बस्ने समय सकिएको छ—अब परिवर्तनको समय आएको छ!

11/04/2026

Big shout out to my newest top fans! Rahul Chaudhary

सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगले प्रदेश निजामती सेवाको पाँचौ तह (प्राविधिक/अप्राविधिक) को विज्ञापन !
12/03/2026

सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगले प्रदेश निजामती सेवाको पाँचौ तह (प्राविधिक/अप्राविधिक) को विज्ञापन !

भोलि मतदान गर्न जाँदा के-के कुरा पालन गर्नुपर्छ, यहाँ हेर्नुहोस्:- चुनाव चिन्ह देखाउने कुनै कुरा लगाउन नपाइने !- दलको लो...
04/03/2026

भोलि मतदान गर्न जाँदा के-के कुरा पालन गर्नुपर्छ, यहाँ हेर्नुहोस्:

- चुनाव चिन्ह देखाउने कुनै कुरा लगाउन नपाइने !

- दलको लोगो भएको पोशाक लगाउन नपाइने !

- अनधिकृत व्यक्तिले मतदान केन्द्रमा प्रवेश गर्न नपाउने !

मध्यपूर्वमा रहेका नेपालीको लागि!!
01/03/2026

मध्यपूर्वमा रहेका नेपालीको लागि!!

कर्णाली प्रदेश अध्ययन पूर्व स्वीकृति सम्बन्धी मापदण्ड, २०८२
27/02/2026

कर्णाली प्रदेश अध्ययन पूर्व स्वीकृति सम्बन्धी मापदण्ड, २०८२

Address

Depalgaun Dhita Line
Kathmandu
21200

Alerts

Be the first to know and let us send you an email when Dipesh Mahat-दिपेश महत posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Dipesh Mahat-दिपेश महत:

Share