Nepal Police Central Special Task Force, Kapan, Kathmandu

Nepal Police Central Special Task Force, Kapan, Kathmandu Any Task, Any Where, Any Time

“वित्तीय साक्षरता सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न"◆━━━मिति २०८३/०५/०६ गते ━━━◆यस नेपाल प्रहरी केन्द्रीय विशेष कार्य...
22/08/2026

“वित्तीय साक्षरता सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न"
◆━━━मिति २०८३/०५/०६ गते ━━━◆
यस नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदल कपन, काठमाडौंको समन्वयमा आज मिति २०८३/०५/०६ गते यस नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदलमा कार्यरत प्रहरी कर्मचारीहरूलाई लक्षित गरी “वित्तीय साक्षरता सम्बन्धी प्रशिक्षण कार्यक्रम " यस कार्यालयका कार्यालय प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीको प्रमुख आतिथ्यतामा यस कार्यालय कपनमा बिहान ११:३० बजे संचालन भई १४:१० बजे समापन भएको तथा उक्त कार्यक्रममा प्रमुख प्रशिक्षक Financial Literacy Nepal का कार्यकारी अधिकृत श्री दिपेश प्रधानज्यू तथा Financial Literacy Nepal का अध्यक्ष श्री निरज गिरीज्यूबाट कार्यदलमा कार्यरत सि.प्र.अ., जु.प्र.अ., प्र.ह. तथा प्र.ज. गरी १२८ जना प्रहरी कर्मचारीहरूलाई वित्तीय साक्षरता सम्बन्धी विषयमा प्रशिक्षण प्रदान गर्नु भएको ।
उक्त कार्यक्रमका केही तस्बिरहरू ।


"तालिम समापन कार्यक्रम सम्पन्न"◆━━━मिति २०८३/०५/०४ गते━━━◆तालुक राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वाव...
20/08/2026

"तालिम समापन कार्यक्रम सम्पन्न"
◆━━━मिति २०८३/०५/०४ गते━━━◆
तालुक राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा यस नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदल कपन, काठमाडौंमा आज मिति २०८३/०५/०४ गते "हतियार ह्याण्डलिङ्ग (प्र.ज. देखि जु.प्र.अ.) तालिम ३७ औँ समूह" को यस कार्यालयका कार्यालय प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीद्वारा विधिवत रूपमा समापन भएको ।
साथै, तालिममा सहभागी प्रशिक्षक एवं प्रशिक्षार्थीहरूलाई आवश्यक निर्देशन समेत दिनुभयो ।
उक्त तालिमका केही तस्बिरहरू ।


~~~ नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदल कपन, काठमाडौंमा वृक्षारोपण कार्यक्रम सम्पन्न ~~~*****मिति २०८३/०५/०३ गते ।*****...
19/08/2026

~~~ नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदल कपन, काठमाडौंमा वृक्षारोपण कार्यक्रम सम्पन्न ~~~
*****मिति २०८३/०५/०३ गते ।*****
नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदल कपन, काठमाडौंको समन्वयमा आज मिति २०८३/०५/०३ गते यस कार्यालयको हाता भित्र रोटरी क्लब पाटन दरबार स्‍‍क्‍वायरको सहयोगमा प्राप्‍त विभिन्न प्रजातिका १०८७ वटा बोट बिरूवाहरू यस कार्यालयका कार्यालय प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीको उपस्थितिमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको ।
बिरूवाहरू:-
१ Vetivar Grass १००० वटा
२ कपुर २५ वटा
३ Avocado २ वटा
४ जामुन १० वटा
५ गोल्डेन धुपी ५० वटा
जम्मा - १०८७ वटा
उक्त कार्यक्रमका केहि तस्वीरहरु


~~~ नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदल कपन, काठमाडौंमा वृक्षारोपण कार्यक्रम सम्पन्न ~~~*****मिति २०८३/०५/०२ गते ।*****...
18/08/2026

~~~ नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदल कपन, काठमाडौंमा वृक्षारोपण कार्यक्रम सम्पन्न ~~~
*****मिति २०८३/०५/०२ गते ।*****
नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदल कपन, काठमाडौंमा आज मिति २०८३/०५/०२ गते यस कार्यालयको हाता भित्र एम. भी. दुगड ग्रुपको सहयोगमा प्राप्‍त विभिन्न प्रजातिका १०५० वटा बोट बिरूवाहरू यस कार्यालयका कार्यालय प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशी र एम. भी. दुगड ग्रुपका डाइरेक्टर शुभम दुगड समेतको उपस्थितिमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको ।
बिरूवाहरू:-
१. पेन्सिल धुपी ५० वटा
२. Vetivar Grass ३०० वटा
३. ताइवानि अम्बा ५२ वटा
४. किवी १० वटा
५. गोल्डेन धुपी ३०० वटा
६. आप ५ वटा
७. अफिस इन्जेर प्लान्ट ३० वटा
८. अफिस आउट डोर प्लान्ट २० वटा
९. तेजपत्ता (तेज पात) १५ वटा
१०. जामुन १५ वटा
११. ओखर १५ वटा
१२. गुल मोहर २० वटा
१३. टिकोमा ३० वटा
१४. बारामासे कागती ५० वटा
१५. सुन्तला ५० वटा
१६. नास्पाती १० वटा
१७. आरू बखडा १५ वटा
१८. जा. हलुवावेद २५ वटा
१९. एभोकार्डो १० वटा
२०. जामुन १५ वटा
२१. अनार १५ वटा
२२. जामुन के.गी. टेन १० वटा
२३. कटहर ५ वटा
२४. लङगन १० वटा

जम्मा - १०५०

उक्त कार्यक्रमका केहि तस्वीरहरु


~~~ योग शिविर कार्यक्रम सम्पन्न ~~~◆━━━ मिति २०८३/०४/३० गते━━━◆नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदल कपन, काठमाडौंका कार्...
15/08/2026

~~~ योग शिविर कार्यक्रम सम्पन्न ~~~
◆━━━ मिति २०८३/०४/३० गते━━━◆
नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदल कपन, काठमाडौंका कार्यालय प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीको उपस्थितिमा मिति २०८३/०४/३० गते विहान ०६:०० बजेदेखि ०७:३० बजेसम्म यस कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरू तथा प्रशिक्षार्थीहरू गरी जम्मा २९५ जना प्रहरी कर्मचारीहरुलाई शारीरिक तथा मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने उद्देश्यले योग गुरु दुर्गा देव सुवेदीज्यूबाट सहभागी प्रहरी कर्मचारी तथा प्रशिक्षार्थीहरूलाई विभिन्न योगासन, प्राणायाम तथा ध्यान सम्बन्धी अभ्यास गराउनुका साथै योगको महत्व, नियमित योग अभ्यासबाट हुने शारीरिक तथा मानसिक स्वास्थ्य सम्बन्धी लाभका विषयमा आवश्यक जानकारी प्रदान गर्नुभएको ।
उक्त कार्यक्रमका केही फोटोहरु

~ साउन महिनाको “Best Police of the Month” लाई सम्मान तथा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरुलाई पुरस्कार वितरण कार्य...
13/08/2026

~ साउन महिनाको “Best Police of the Month” लाई सम्मान तथा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरुलाई पुरस्कार वितरण कार्यक्रम!! ~~
मिति २०८३/०४/ २८ गते ।
===== ======= ======== ======= =======
नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदल कपन, काठमाडौंमा कार्यरत प्रहरी जवान सौरभ कुमार पार्कीलाई २०८३ साल साउन महिनाको “Best Police of the Month” का रूपमा छनौट गरी आज मिति २०८३/०४/२८ गते एक कार्यक्रमका बीच सम्मानित गरिएको छ । नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदल कपनका कार्यालय प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रहरी जवान सौरभ कुमार पार्कीलाई कदर-पत्र तथा पुरस्कार प्रदान गरिएको हो । प्रहरी जवान सौरभ कुमार पार्कीले आफ्नो पदीय जिम्मेवारीलाई उच्च मनोबल, लगनशीलता, अनुशासन, कर्तव्यनिष्ठा तथा व्यवसायिक दक्षताका साथ उत्कृष्ट रूपमा सम्पादन गर्नुका साथै प्रहरी कर्मचारीहरूमा कर्तव्यनिष्ठा, इमान्दारी र उत्कृष्ट कार्यसम्पादनको भावना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेकोले “Best Police of the Month” प्रदान गरिएको ।
उक्त कार्यक्रममा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीहरूको कर्तव्यनिष्ठा, अनुशासन, व्यवसायिक दक्षता, इमान्दारी तथा सेवाप्रतिको समर्पणलाई प्रोत्साहन गर्दै नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदलमा कार्यरत १० जना प्रहरी कर्मचारीहरूलाई समेत पुरस्कार प्रदान गरिएको ।
उक्त कार्यक्रमका केहि तस्वीरहरु


“रक्तदान तथा फुटबल प्रतियोगिता कार्यक्रम सम्पन्न”◆━━━मिति २०८३/०४/२४ गते ━━━◆नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदल कपन, क...
10/08/2026

“रक्तदान तथा फुटबल प्रतियोगिता कार्यक्रम सम्पन्न”
◆━━━मिति २०८३/०४/२४ गते ━━━◆
नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदल कपन, काठमाडौंका कार्यालय प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीको उपस्थितिमा Lions International 325D, MD 325 Nepal संगको समन्वयमा मिति २०८३/०४/२४ गते बिहान ११:३० बजेदेखि १५:०० बजेसम्म यस नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदल कपनमा जम्मा ३७ जनाले रक्तदान गर्नुका साथै नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदल र Lions International 325D, MD 325 Nepal बिच मैत्रिपूर्ण फुटबल प्रतियोगिता सम्पन्न भएको ।
उक्त कार्यक्रमका केही तस्विरहरू



दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न◆━━━मिति २०८३/०४/१९ गते ━━━◆तालुक नेपाल प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास ...
04/08/2026

दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न
◆━━━मिति २०८३/०४/१९ गते ━━━◆
तालुक नेपाल प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखा नक्साल काठमाडौंको च.नं. १९९ मिति २०८३/०४/०८ गतेको पत्रानुसार प्रहरी हवल्दार पदबाट प्रहरी वरिष्‍ठ हवल्दार पदमा बढुवा भई यस कार्यालयमा पदस्थापन भएका प्रहरी वरिष्‍ठ हवल्दार तज मुदिन मंसुरीलाई आज मिति २०८३।०४।१९ गते यस कार्यालयका कार्यालय प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीको प्रमुख आतिथ्यतामा दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न गरिएको ।
उक्त कार्यक्रमका केही तस्विरहरू



"तालिम समुद्घाटन कार्यक्रम सम्पन्न"◆━━━मिति २०८३/०४/१४ गते ━━━◆तालुक नेपाल प्रहरी प्रधान कार्यालय वृत्ति विकास महाशाखा ,...
30/07/2026

"तालिम समुद्घाटन कार्यक्रम सम्पन्न"
◆━━━मिति २०८३/०४/१४ गते ━━━◆
तालुक नेपाल प्रहरी प्रधान कार्यालय वृत्ति विकास महाशाखा , तालिम शाखा नक्साल, काठमाडौंको चलानी नं. ३५५३ मिति २०८३/०३/३२ गतेको पत्रादेशानुसार काठामाडौं उपत्यका प्रहरी शिक्षालय महाराजगञ्ज, काठमाडौंको तत्वावधानमा यस नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदल कपन, काठमाडौंमा आज मिति २०८३।०४।१४ गते २३६ कार्यदिन अवधिको आवासीय "प्रहरी जवान आधारभूत तालिम" ३ - ९ औं समूहको यस कार्यालयका कार्यालय प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीले विधिवत रूपमा समुद्‍घाटन गर्नु भएको। साथै, तालिममा सहभागी प्रशिक्षक एवं प्रशिक्षार्थीहरूलाई आवश्यक निर्देशन समेत दिनुभयो ।
उक्त तालिमका केही तस्बिरहरू ।


~~ निरीक्षण तथा अवलोकन भ्रमण कार्यक्रम ~~*****मिति २०८३/०४/०६ गते ।*****तालुक नेपाल प्रहरी प्रधान कार्यालय, कार्य विभाग ...
22/07/2026

~~ निरीक्षण तथा अवलोकन भ्रमण कार्यक्रम ~~
*****मिति २०८३/०४/०६ गते ।*****
तालुक नेपाल प्रहरी प्रधान कार्यालय, कार्य विभाग प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक श्रद्धेय श्रीमान् हिमालय कुमार श्रेष्‍ठज्यू आज मिति २०८३/०४/०६ गते यस नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदल कपन, काठमाडौंमा आउनु भई निरीक्षण, अवलोकन भ्रमण तथा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुलाई निर्देशन सम्बोधन गर्नु भएको ।
उक्त कार्यक्रमका केही तस्वीरहरु


Address

Bhudanilkantha Municipality 11 Kapan
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Nepal Police Central Special Task Force, Kapan, Kathmandu posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Nepal Police Central Special Task Force, Kapan, Kathmandu:

Shortcuts

Share

Category