HEOC

HEOC HEOC will operate under Secretary and function as a secretariat of Ministry of Health and Population
(2)

Overall information and coordination HUB during health emergency and disaster

हिजो स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता एवं HEDMU/HEOC प्रमुख डा. प्रकाश बुढाथोकीज्यूको अध्यक्षतामा HEOC को नि...
10/04/2026

हिजो स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता एवं HEDMU/HEOC प्रमुख डा. प्रकाश बुढाथोकीज्यूको अध्यक्षतामा HEOC को नियमित साप्ताहिक बैठक सम्पन्न भयो। उक्त बैठकमा चालु आर्थिक वर्ष २०८२/८३ मा हालसम्म सम्पन्न भएका तथा भइरहेका क्रियाकलापहरूको समीक्षा गरिएको छ। साथै, आगामी आर्थिक वर्ष २०८३/८४ का लागि योजनाबद्ध कार्यक्रमहरूबारे विस्तृत छलफल भयो । यसै क्रममा पछिल्ला दुई साताभित्र प्राप्त तथा पठाइएका पत्राचारसम्बन्धी विषयहरूमा आवश्यक छलफल तथा कारवाहीका लागि निर्देशन भयो । साथै, बैठकमा यस इकाईमा कार्यरत कर्मचारीहरूलाई प्रत्येक दिन कार्यालय समय समाप्त भए पश्चात् आ-आफ्नो दैनिक कार्यसम्पादन Google sheet मार्फत अध्यावधिक गरी प्रतिवेदन पेश गर्न निर्देशन प्रदान गरिएको छ।

10/04/2026
आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता एवं स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन इकाई (HEDMU)/HEOC प्रमुख डा....
29/03/2026

आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता एवं स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन इकाई (HEDMU)/HEOC प्रमुख डा. प्रकाश बुढाथोकीज्यूको अध्यक्षतामा राष्ट्रिय पूर्वानुमानमा आधारित स्वास्थ्यसम्बन्धी कार्यढाँचा निर्माण सम्बन्धी बैठक सम्पन्न भयो।

बैठकमा स्वास्थ्य आपतकालीन तथा विपद्का अवस्थाहरूलाई समयमै पूर्वानुमान गरी प्रभावकारी रूपमा तयारी तथा प्रतिकार्य गर्न आवश्यक नीतिगत तथा प्राविधिक पक्षहरूमा विस्तृत छलफल गरियो; विशेषगरी समन्वयात्मक भूमिका सुदृढ गर्ने, पूर्वसूचना प्रणाली (early warning system) लाई स्वास्थ्य क्षेत्रसँग एकीकृत गर्ने, तथा तथ्यमा आधारित निर्णय प्रक्रियालाई सशक्त बनाउने विषयमा जोड दिइयो। डा. प्रकाश बुढाथोकीज्यूले उक्त कार्यढाँचाले स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापनलाई थप प्रभावकारी, पूर्वतयारीमुखी र दिगो बनाउने अपेक्षा गरेको कुरामा जोड दिनुभयो।

प्रादेशिक स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्र, कोशी  प्रदेशको आयोजनामा आज कटारी हब अस्पताल अन्तर्गतका हब तथा स्याटेल...
29/03/2026

प्रादेशिक स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्र, कोशी प्रदेशको आयोजनामा आज कटारी हब अस्पताल अन्तर्गतका हब तथा स्याटेलाइट अस्पताल नेटवर्कको बैठक सम्पन्न भएको छ।

उक्त कार्यक्रममा यस मन्त्रालयका प्रवक्ता एवं स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन प्रमुख डा. प्रकाश बुढाथोकीज्यूले भर्चुअल रूपमा उपस्थिति जनाउदैं अस्पताल विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना (HDPRP) ले विपद् आउनु अघि तयारी, विपद्को समयमा प्रतिकार्य तथा विपद्पछिको पुनःस्थापनासम्मका कार्यलाई व्यवस्थित र सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्नुभयो। उहाँले HEOCs सँगको नियमित समन्वय, HSI+ App द्वारा योजना अध्यावधिक गर्नुहुन तथा अभ्यासमूलक तयारी (simulation/ tabletop exercise) लाई निरन्तरता दिनुपर्नेमा विशेष जोड दिनुभयो

आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता एवं HEDMU/HEOC प्रमुख डा. प्रकाश बुढाथोकीज्यूको अध्यक्षतामा HEOC को नियम...
29/03/2026

आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता एवं HEDMU/HEOC प्रमुख डा. प्रकाश बुढाथोकीज्यूको अध्यक्षतामा HEOC को नियमित साप्ताहिक बैठक सम्पन्न भयो।

बैठकमा यस आर्थिक वर्ष २०८२/८३ मा हाल सम्म सम्पन्न भए/गरेका क्रियाकलापहरूको समीक्षा गर्नुका साथै आगामी आर्थिक बर्ष २०८३/८४ मा योजनाबद्ध गतिविधिहरू, स्वास्थ्य आपतकालीन तथा विपद् ब्यबस्थापन सम्बन्धी संघ तथा प्रदेशको सशत्र बजेट; एक साताभित्र प्राप्त/पठाइएका पत्रहरूको विषयमा आवश्यक छलफल र कारवाहीका विषयहरूमा छलफल एवं निर्देशन भयो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, काठमाडौँबाट डा. श्रीकृष्ण श्रेष्ठज्यू तथा मन्त्रालयका प्रवक्ता एवं HEDMU/HEOC प्रमुख ड...
25/03/2026

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, काठमाडौँबाट डा. श्रीकृष्ण श्रेष्ठज्यू तथा मन्त्रालयका प्रवक्ता एवं HEDMU/HEOC प्रमुख डा. प्रकाश बुढाथोकीज्यूले आज महाकाली प्रादेशिक अस्पतालको आकस्मिक विभाग लगायतका सेवाहरूको अनुगमन गर्नु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, काठमाडौँबाट डा. श्रीकृष्ण श्रेष्ठज्यू तथा मन्त्रालयका प्रवक्ता एवं HEDMU/HEOC प्रमुख ड...
25/03/2026

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, काठमाडौँबाट डा. श्रीकृष्ण श्रेष्ठज्यू तथा मन्त्रालयका प्रवक्ता एवं HEDMU/HEOC प्रमुख डा. प्रकाश बुढाथोकीज्यूले आज शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय (MDCUHS) को आकस्मिक विभाग लगायतका सेवाहरूको अनुगमन गर्नुभएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन इकाई (HEDMU/HEOC) को आयोजना तथा विश्व स्वास्थ्...
25/03/2026

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन इकाई (HEDMU/HEOC) को आयोजना तथा विश्व स्वास्थ्य संगठनको प्राविधिक सहयोगमा सुदुरपस्चिम प्रदेश अन्तर्गतका ८ वटा स्याटेलाइट अस्पतालको अस्पताल विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना (Hospital Disaster Preparedness and Response Plan, HDPRP) विकास सम्बन्धी दुई दिने कार्यशाला आज धनगढी, सुदूरपश्चिम प्रदेशमा समापन भएको छ।

कार्यशालामा ८ वटा अस्पतालहरू (१. शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय (MDCUHS), २. निसर्ग अस्पताल तथा अनुसन्धान केन्द्र प्रा. लि., ३. माया मेट्रो अस्पताल प्रा. लि., ४. नवजीवन अस्पताल प्रा. लि., ५. सी. पी. अस्पताल प्रा. लि., ६. अत्तरिय अस्पताल प्रा. लि., ७. केयरटेकर अस्पताल प्रा. लि., र ८. पद्मा अस्पताल प्रा. लि.) बाट ३२ जना भन्दा बढी सहभागीहरूको उपस्थिति रहेको थियो, जसमा स्वास्थ्यकर्मी तथा प्रशासनिक कर्मचारीहरू समावेश हुनुहुन्थ्यो। सहभागीहरूले विज्ञ प्रशिक्षकको मार्गनिर्देशनमा Hospital Safety Index Plus (HSI+) App प्रयोग गरी आ-आफ्ना अस्पतालहरूको HDPRP विकास गर्नुभयो। साथै, जनस्वास्थ्य आपतकालीन अवस्थाका लागि समन्वय तथा सञ्चार संयन्त्र, HEOC सञ्जाल, हब तथा स्याटेलाइट अस्पताल सञ्जाल सम्बन्धी विषयमा प्रस्तुतीकरण तथा योजनाको परीक्षणका लागि टेबलटप अभ्याससमेत गरियो । विकास गरिएका योजनाहरू सम्बन्धित अस्पतालहरूमा कार्यान्वयन गरिने र कर्मचारीहरूलाई अभिमुखीकरण तथा अध्यावधिक गर्दै प्रभावकारी कार्यान्वयन सुनिश्चित गरिनेछ, जसले विपद् तयारी तथा प्रतिकार्य क्षमतामा उल्लेखनीय सुधार ल्याउने विश्वास लिइएको छ।

कार्यक्रमको समापन सत्रमा प्रमुख अतिथि सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेशका माननीय मन्त्री मेघराज खडकाज्यू; विशिष्ठ अथिति स्वास्थ्य तथा जनसख्या मन्त्रालय, काठमाडौँबाट डा श्री कृष्ण श्रेष्ठज्यू; स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता एवं प्रमुख HEDMU/HEOC डा. प्रकाश बुढाथोकीज्यूको अध्यक्षता रहेको थियो भने अतिथि सुदूरपश्चिम प्रदेशका निमित्त सचिव डा निरज अर्यालको उपस्थिति रहेको थियो । मन्तव्यका क्रममा डा. प्रकाश बुढाथोकीज्यूले HSI+ जस्ता डिजिटल उपकरणहरूको प्रयोगले अस्पतालहरूको तयारी अवस्था मापन, योजना निर्माण तथा कार्यान्वयनमा गुणात्मक सुधार ल्याउने उल्लेख गर्दै हब–स्याटेलाइट अस्पताल सञ्जाल सुदृढीकरण, HEOCs सँगको नियमित समन्वय, तथा अभ्यासमूलक तयारी (simulation/ tabletop exercise) लाई निरन्तरता दिनुपर्ने कुरामा विशेष जोड दिनुभयो।

आज यस मन्त्रालयका प्रवक्ता एवं HEDMU/HEOC प्रमुख डा. प्रकाश बुढाथोकीज्यूको अध्यक्षतामा World Health Organization तथा Wor...
23/03/2026

आज यस मन्त्रालयका प्रवक्ता एवं HEDMU/HEOC प्रमुख डा. प्रकाश बुढाथोकीज्यूको अध्यक्षतामा World Health Organization तथा World Food Programme का प्रतिनिधिहरूसँग Humanitarian Staging Area मा रहेका स्वास्थ्य सामग्रीहरूको भण्डारण, वितरण र आगामी योजनासम्बन्धी बैठक सम्पन्न भयो।

📅 March 23–27, 2026 | काठमाडौंमा आयोजना गरिएको Advanced Training & Training of Trainers (ToT) Program in Retrieval Medic...
23/03/2026

📅 March 23–27, 2026 | काठमाडौंमा आयोजना गरिएको Advanced Training & Training of Trainers (ToT) Program in Retrieval Medicine कार्यक्रममा यस मन्त्रालयका प्रवक्ता एवं HEOC प्रमुख डा प्रकाश बुढाथोकीज्यूले आपतकालीन स्वास्थ्य सेवा प्रणालीलाई सुदृढ बनाउन उन्नत तालिम, पूर्व अस्पताल सेवा र दक्ष जनशक्ति विकासको महत्वपूर्ण भूमिका रहने कुरा प्रकाश पार्नुभयो। साथै, अन्तर्राष्ट्रिय सहकार्यबाट प्राप्त ज्ञानलाई व्यवहारमा उतार्दै जटिल अवस्थाका बिरामीहरूको जीवनरक्षा दर बढाउने कुरामा जोड दिनुभयो।

एम्बुलेन्स सेवा निर्देशिका, २०८२ को राष्ट्रिय एम्बुलेन्स व्यवस्थापन समितिको बैठक बसी निवेदन परेका एम्बुलेन्सकाे राजश्व छ...
23/03/2026

एम्बुलेन्स सेवा निर्देशिका, २०८२ को राष्ट्रिय एम्बुलेन्स व्यवस्थापन समितिको बैठक बसी निवेदन परेका एम्बुलेन्सकाे राजश्व छुट तथा समसामयिक विषयमा छलफल एवं निर्देशन भएको छ।

शहरी विपद् तथा भूकम्पीय पूर्वतयारी परियोजना (लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश अन्तर्गतका पालिकाहरूमा केन्द्रित) का...
23/03/2026

शहरी विपद् तथा भूकम्पीय पूर्वतयारी परियोजना (लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश अन्तर्गतका पालिकाहरूमा केन्द्रित) काे Project Board Meeting मा SUPER I को मूल्यांकन तथा SUPER II को रणनीति र पूर्वानुमान सम्बन्धी महत्वपूर्ण छलफल सम्पन्न भयो। उक्त बैठकमा डा. प्रकाश बुढाथोकीज्यूले आपतकालीन तयारी सुदृढीकरण, प्रभावकारी समन्वय र परियोजनाको विस्तारको आवश्यकता सम्बन्धी महत्वपूर्ण धारणा राख्नुभयो।

Address

Ram Shah Path
Kathmandu

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+97714250845

Alerts

Be the first to know and let us send you an email when HEOC posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to HEOC:

Share