Aandhikhola Tamu Samaj - आँधीखोला तमू समाज, काठमांडौ

  • Home
  • Nepal
  • Kathmandu
  • Aandhikhola Tamu Samaj - आँधीखोला तमू समाज, काठमांडौ

Aandhikhola Tamu Samaj - आँधीखोला तमू समाज, काठमांडौ Aandhikhola Tamu (Gurung) Samaj - Kathmandu is formed by the people from surroundings of Aandhikhola (आँधीखोला), Syangja.

आँधीखोला तमू (गुरुङ) समाज, काठमाण्डौं

पश्चिम नेपालको गण्डकी प्रदेश अन्तर्गत एक सुन्दर जिल्ला स्याङ्जालाइ मध्य भागबाट चिरेर बग्ने खोला 'आँधीखोला' को सेरोफेरोमा जन्म भै हाल राजधानी काठमान्डौमा बसोबास गरिरहेका तमू (गुरुङ) हरुको समुदाय नै आँधीखोला तमू (गुरुङ) समाज हो । निकै पहिलेदेखि नै समाजका सामाजिक गतिविधिहरु संचालनमा आयेता पनि औपचारिक रुपमा बि. सं. २०६८ सालबाट सक्रिय रहेको छ ।

बर्तमान सल्लाहकार समिति निम्नानुसार रहेको छ ।

सल्लाहकारहरु:
१, वरिष्ठ सल्लाहकार तथा परम संरक्षक - क्या. वीर बहादुर गुरुङ
२, सल्लाहकार - श्री लोक बहादुर गुरुङ
३, सल्लाहकार - श्री खोबहादुर गुरुङ
४, सल्लाहकार - श्री शर्मिला गुरुङ
५, सल्लाहकार - क्या. पिम बहादुर गुरुङ
६, परम संरक्षक - मेजर श्यामलाल गुरुङ
७, परम संरक्षक - ले. चौ बहादुर गुरुङ
८, परम संरक्षक - श्री चौ बहादुर गुरुङ

बर्तमान कार्यसमिति निम्नानुसार रहेको छ ।

१, अध्यक्ष - श्रीप्रशाद गुरुङ
२, प्रथम उपाध्यक्ष - श्री होम बहादुर गुरुङ
३, द्वित्तिय उपाध्यक्ष - श्री खड्का बहादुर गुरुङ
४, त्रित्तिय उपाध्यक्ष - श्री लक्ष्मी गुरुङ
५, महासचिब - श्री राजु तिलक गुरुङ
६, सचिब - श्री पिम गुरुङ
७, प्रचार सचिब - श्री रुम ब गुरुङ
८, कोषाध्यक्ष - क्या खोल बहादुर गुरुङ
९, सह-कोषाध्यक्ष - श्री धन बहादुर गुरुङ

कार्यसमिती सदस्यहरु:
१०, श्री भिमकला गुरुङ
११, श्री शान्ती गुरुङ
१२, क्या. हरी बहादुर गुरुङ
१३, सु सुन बहादुर गुरुङ
१४, श्री मन बहादुर गुरुङ (क)
१५, श्री मेघ बहादुर गुरुङ
१६, श्री रमनसिङ गुरुङ
१७, श्री भुवन गुरुङ
१८, श्री चिन बहादुर गुरुङ
१९, श्री मन बहादुर गुरुङ (ख)
२०, श्री निम बहादुर गुरुङ
२१, श्री गौ बहादुर गुरुङ

आँधीखोला तमू (गुरुङ) सल्लाहकार समिति ।

१, श्री भुदी गुरुङ
२, श्री तीन देबी गुरुङ
३, श्री शर्मिला गुरुङ

आँधीखोला तमू (गुरुङ) महिला कार्यसमिती ।

१, अध्यक्ष - श्री भिममाया गुरुङ
२, उपाध्यक्ष - श्री याममाया गुरुङ
३, सचिब - श्री बिपना गुरुङ
४, कोषाध्यक्ष - श्री चुनमाया गुरुङ
५, सह-कोषाध्यक्ष - श्री भिमा गुरुङ

कार्यसमिती सदस्यहरु:

६, श्री टिलु गुरुङ
७, श्री दिलमाया गुरुङ
८, श्री कबिता गुरुङ (सरिता)
९, श्री भिमु गुरुङ
१०, श्री चिनमाया गुरुङ
११, श्री निममाया गुरुङ
१२, श्री गंगामाया गुरुङ
१३, श्री लक्ष्मी गुरुङ
१४, श्री बेल कुमारी गुरुङ
१५, श्री सविना गुरुङ


साथै संस्थापक कार्यसमिती यसप्रकार रहेको थियो ।

अध्यक्ष - श्री श्रीप्रसाद गुरुङ
उपाध्यक्ष - श्रीमती तीनदेवि गुरुङ
सचिव - श्री लोक बहादुर गुरुङ
सहसचिव - श्रीमती चुन माया गुरुङ
कोषाध्यक्ष - श्री खो बहादुर गुरुङ
सह कोषाध्यक्ष - श्रीमती यमुना गुरुङ

कार्यसमिति सदश्यहरु:
श्रीमती दुर्गा गुरुङ
श्रीमती मन माया गुरुङ
श्री टम बहादुर गुरुङ
श्री राजु (तिलक) गुरुङ
श्रीमती हिम माया गुरुङ
श्री हरि बहादुर गुरुङ
श्री बिर बहादुर गुरुङ
श्रीमती गोपी गुरुङ
श्रीमती रिता गुरुङ

धादिङ जिल्ला, गङ्गाजमुना गाउँपालिका वडा नं. ७ स्थायी घर भई हाल काठमाडौँ बस्दै आउनुभएका ६३ वर्षीय श्री सुकबहादुर घलेको मि...
23/06/2026

धादिङ जिल्ला, गङ्गाजमुना गाउँपालिका वडा नं. ७ स्थायी घर भई हाल काठमाडौँ बस्दै आउनुभएका ६३ वर्षीय श्री सुकबहादुर घलेको मिर्गौला फेल भई हाल डायलासिस भइरहेको छ। वहाँको आर्थिक अवस्था कमजोर भएका कारण यस समाजका केही सदस्यहरूबाट आर्थिक सहयोग संकलन गरी नगद रु. २५,५००/- (पच्चिस हजार पाँच सय) वहाँकी श्रीमती श्रीमती लालमाया घलेलाई यही मिति २०८३ असार ६ गते हस्तान्तरण गरियो। साथै, वहाँको शीघ्र स्वास्थ्य लाभको कामना पनि गर्दछौँ।

आँधीखोला तमू (गुरुङ) समाज, काठमाडौँको समाज भवन निर्माणका लागि आर्थिक सहयोग पुर्‍याउनुहुने स्याङ्जा जिल्ला, वालिङ नगरपालि...
25/05/2026

आँधीखोला तमू (गुरुङ) समाज, काठमाडौँको समाज भवन निर्माणका लागि आर्थिक सहयोग पुर्‍याउनुहुने स्याङ्जा जिल्ला, वालिङ नगरपालिका वडा नं. ३, बाँखी निवासी श्री ज्ञान बहादुर गुरुङज्यूलाई मिति २०८३ ज्येष्ठ १० गते आइतबारका दिन समाजघरमा एक विशेष समारोहका बीच सम्मान गरिएको छ।

आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका नि. कार्यालय प्रमुख श्री राम कुमार मादेनज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा, समाजलाई नगद रु. १०१,१११/- (अक्षरेपी: एक लाख एक हजार एक सय एघार रुपैयाँ मात्र) सहयोग गर्नुहुने दाता श्री ज्ञान बहादुर गुरुङज्यूलाई सम्मान गरियो। स्मरण रहोस्, सम्मानित गुरुङज्यू आँधीखोला तमू (गुरुङ) युवा समितिका सदस्य डम्बर गुरुङका पूजनीय पिता हुनुहुन्छ।

यस सुखद अवसरमा समाजका तर्फबाट वहाँ तथा वहाँको सम्पूर्ण परिवारप्रति हार्दिक आभार व्यक्त गर्दै उत्तरोत्तर प्रगति एवं उज्ज्वल भविष्यको मङ्गलमय कामना गर्दछौँ।

१५ दिने नेतृत्व विकास तथा उद्घोषण तालिम सम्पन्न ।काठमाडौं, ज्येष्ठ १०, २०८३ आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको...
24/05/2026

१५ दिने नेतृत्व विकास तथा उद्घोषण तालिम सम्पन्न ।
काठमाडौं, ज्येष्ठ १०, २०८३

आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको आर्थिक सहयोग तथा आँधीखोला तमू (गुरुङ) समाज काठमाडौंको आयोजनामा सञ्चालित १५ दिने नेतृत्व विकास तथा उद्घोषण तालिमको समापन कार्यक्रम आज आँधीखोला तमू (गुरुङ) समाज काठमाडौंको समाजघर, सिद्धिटोल गोंगबुमा सम्पन्न भएको छ ।

पछिल्लो १५ दिनदेखि सञ्चालन हुँदै आएको उक्त तालिममा २३ जना प्रशिक्षार्थीहरुको उत्साहजनक सहभागिता रहेको थियो । तालिममार्फत सहभागीहरुलाई नेतृत्व विकास, सार्वजनिक प्रस्तुतीकरण कला, उदघोषण सीप, व्यक्तित्व विकास तथा सामाजिक उत्तरदायित्वसम्बन्धी व्यवहारिक ज्ञान प्रदान गरिएको आयोजक संस्थाले जनाएको छ ।

समापन कार्यक्रम आँधीखोला तमू (गुरुङ) समाज काठमाडौंका अध्यक्ष श्री श्रीप्रसाद गुरुङको सभाध्यक्षतामा सम्पन्न भएको थियो भने आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका नि. कार्यालय प्रमुख श्री राम कुमार मादेन प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो । कार्यक्रममा समाजका संरक्षक सदस्य श्री सत्त बहादुर गुरुङ विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो । त्यसैगरी समाजका वरिष्ठ उपाध्यक्ष श्री होम बहादुर गुरुङ, प्रचार सचिव श्री रुम बहादुर गुरुङ तथा मुख्य प्रशिक्षक श्री पीम बहादुर गुरुङ अतिथिका रूपमा आसिन रहनुभएको थियो ।

कार्यक्रमको प्रारम्भमा प्रशिक्षार्थीहरुको तर्फबाट श्री भीमा गुरुङले स्वागत मन्तव्य व्यक्त गर्दै तालिमले सहभागीहरुको आत्मविश्वास, नेतृत्व क्षमता तथा सार्वजनिक बोल्ने दक्षतामा उल्लेखनीय वृद्धि भएको बताउनुभयो ।

त्यसपश्चात प्रशिक्षार्थीहरुको तर्फबाट श्री आनन्द गुरुङ, श्री माया गुरुङ तथा श्री कविता गुरुङले तालिम अवधिभरका अनुभवहरु साझा गर्दै तालिम अत्यन्त उपलब्धिमूलक र प्रेरणादायी रहेको धारणा व्यक्त गर्नुभयो । उहाँहरुले तालिमबाट प्राप्त ज्ञान तथा सीपले व्यक्तिगत, व्यावसायिक तथा सामाजिक जीवनमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गर्नुभएको थियो । साथै यहाँ सिकेका नेतृत्व तथा उदघोषणसम्बन्धी सीपलाई आफ्नो पेशा, व्यक्तिगत जीवन र विशेषगरी समुदायको हितमा प्रयोग गर्ने जिम्मेवारी अब आफूहरूको काँधमा आएको उल्लेख गर्नुभयो । प्रशिक्षार्थीहरुले आ–आफ्नो क्षेत्रमा तालिमबाट सिकेका नेतृत्व कलाको प्रभावकारी अभ्यास गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका थिए ।

मुख्य प्रशिक्षक श्री पीम बहादुर गुरुङले तालिम अवधिभर सहभागीहरुले देखाएको उत्साह, अनुशासन र सक्रियताको प्रशंसा गर्दै छोटो अवधिमै प्रशिक्षार्थीहरुमा उल्लेखनीय सुधार आएको बताउनुभयो । उहाँले निरन्तर अभ्यास, आत्मविश्वास र लगनशीलताबाट सफल उदघोषक तथा सक्षम नेतृत्वकर्ता बन्न सकिने धारणा व्यक्त गर्नुभयो ।

विशिष्ट अतिथि तथा आँधीखोला तमू (गुरुङ) समाज काठमाडौंका संरक्षक सदस्य श्री सत्त बहादुर गुरुङले मन्तव्यका क्रममा यस्ता तालिमहरुले समुदायभित्र सक्षम नेतृत्व उत्पादन गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउँदै प्रशिक्षार्थीहरुलाई सिकेका ज्ञान र सीपलाई व्यवहारमा लागू गर्न आग्रह गर्नुभयो ।

प्रमुख अतिथि तथा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका नि. कार्यालय प्रमुख श्री राम कुमार मादेनले आदिवासी जनजाति समुदायको क्षमता अभिवृद्धि, नेतृत्व विकास तथा सशक्तीकरणका लागि प्रतिष्ठानले निरन्तर विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको उल्लेख गर्नुभयो । उहाँले यस्ता तालिमले समुदायमा सकारात्मक ऊर्जा, आत्मविश्वास तथा नेतृत्व क्षमता विकास गर्न महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो । साथै प्रतिष्ठानले सम्पूर्ण जनजातिहरुको हकहित संरक्षण तथा नेतृत्व विकासमा सुरुदेखि नै विशेष भूमिका निर्वाह गर्दै आएको पनि उहाँले बताउनुभयो ।

कार्यक्रमका सभाध्यक्ष तथा आँधीखोला तमू (गुरुङ) समाज काठमाडौंका अध्यक्ष श्री श्रीप्रसाद गुरुङले समापन मन्तव्य व्यक्त गर्दै तालिम सफल बनाउन सहयोग गर्ने प्रतिष्ठान, प्रशिक्षक, आयोजक समिति तथा सम्पूर्ण सहभागीहरुलाई धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले आगामी दिनमा पनि यस्ता क्षमता अभिवृद्धिमूलक कार्यक्रमहरुलाई निरन्तरता दिइने जानकारी गराउँदै प्रशिक्षार्थीहरुले यहाँबाट हासिल गरेका ज्ञान, सीप र सिकाइलाई सामाजिक तथा समुदायिक कार्यमा प्रभावकारी रूपमा प्रयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।

सोही अवसरमा प्रमुख अतिथि श्री राम कुमार मादेनलाई सम्मान गरिएको थियो भने मुख्य प्रशिक्षक श्री पीम बहादुर गुरुङलाई पनि सम्मान गरिएको थियो । साथै प्रमुख अतिथिको हातबाट सम्पूर्ण सहभागीहरुलाई तालिम सम्पन्न गरेको प्रमाणपत्र वितरण गरिएको थियो ।

तालिममा सहभागीहरुमध्ये श्री वीपना गुरुङ उत्कृष्ट प्रशिक्षार्थी घोषित हुनुभएको थियो भने सबैभन्दा सुधारिएको प्रशिक्षार्थीको रूपमा श्री नीरमाया गुरुङलाई मायाको चिनोसहित सम्मान गरिएको थियो ।

समापन कार्यक्रमको सञ्चालन प्रशिक्षार्थीद्वय श्री वीपना गुरुङ र श्री धन बहादुर गुरुङले संयुक्त रूपमा गर्नुभएको थियो ।

12/05/2026

Thank you so much Nepal Television, for covering the news !
१५ दिने नेतृत्व विकास तथा उद्घोषण तालिम प्रारम्भ ...

१५ दिने नेतृत्व विकास तथा उद्घोषण तालिम प्रारम्भ ।काठमाडौं, गोंगबु ।आफ्ना सदस्यहरूको व्यक्तिगत तथा संस्थागत क्षमता अभिवृ...
11/05/2026

१५ दिने नेतृत्व विकास तथा उद्घोषण तालिम प्रारम्भ ।

काठमाडौं, गोंगबु ।

आफ्ना सदस्यहरूको व्यक्तिगत तथा संस्थागत क्षमता अभिवृद्धि गर्ने उद्देश्यका साथ आँधीखोला तमू (गुरुङ) समाज, काठमाडौंको आयोजनामा १५ दिने 'नेतृत्व विकास, उद्घोषण तथा माईन्युट लेखन तालिम' औपचारिक रूपमा सुरु भएको छ। काठमाडौंको गोंगबुस्थित सिद्धि टोलमा रहेको समाजको आफ्नै भवनमा उक्त तालिम सञ्चालन भइरहेको हो ।

तालिमको समुद्घाटन सत्रमा समाजका अध्यक्ष श्रीप्रसाद गुरुङ प्रमुख अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो। उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि गुरुङले वर्तमान समयमा नेतृत्व कौशल र प्रभावकारी सञ्चारको महत्त्वबारे प्रकाश पार्नुभयो। उहाँले भन्नुभयो: "समाजलाई अगाडि बढाउन केवल उत्साह मात्र पर्याप्त छैन, उचित नेतृत्व कला र व्यवस्थित अभिलेखीकरण (माईन्युट लेखन) उत्तिकै आवश्यक छ। यस तालिमले सहभागीहरूको आत्मविश्वास बढाउने र संस्थागत कार्यलाई थप पारदर्शी एवं व्यावसायिक बनाउने विश्वास लिएका छौं।"

यस तालिमको व्यवस्थापनमा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले आर्थिक सहयोग उपलब्ध गराएको छ। तालिममा जम्मा २३ जना प्रशिक्षार्थीहरूको उत्साहजनक सहभागिता रहेको छ ।

तालिमको मुख्य सहजकर्ता एवं प्रशिक्षकको रूपमा अनुभवी सञ्चारकर्मी श्री पीम गुरुङ रहनुभएको छ। उहाँले उद्घोषणका प्राविधिक पक्ष र नेतृत्वका सैद्धान्तिक तथा व्यावहारिक विषयमा प्रशिक्षण दिनुहुनेछ। १५ दिनसम्म चल्ने यस विशेष प्रशिक्षण सत्रमा पीम गुरुङका साथै अन्य विषयगत विज्ञ प्रशिक्षकहरूले पनि सहभागीहरूलाई माईन्युट लेखन, सञ्चार कला र प्रशासनिक दक्षताका बारेमा विशेष प्रशिक्षण प्रदान गर्ने कार्यक्रम रहेको छ ।

यो तालिम समापनपश्चात् सहभागीहरूमा सार्वजनिक रूपमा बोल्न सक्ने क्षमताको विकास हुनुका साथै सामाजिक र प्रशासनिक कार्यहरूमा नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्ने दक्षता प्राप्त हुने अपेक्षा गरिएको छ।

आँधीखोला तमू (गुरुङ) युवा समिति: वार्षिक बनभोज कार्यक्रम २०८३ सम्पन्न आँधीखोला तमू (गुरुङ) युवा समितिद्वारा आयोजित "वार्...
10/05/2026

आँधीखोला तमू (गुरुङ) युवा समिति: वार्षिक बनभोज कार्यक्रम २०८३ सम्पन्न

आँधीखोला तमू (गुरुङ) युवा समितिद्वारा आयोजित "वार्षिक बनभोज कार्यक्रम २०८३" हिजो मिति २०८२ वैशाख २६ गते शनिबारका दिन काठमाडौंको चन्द्रागिरीस्थित स्विट्जरल्याण्ड पार्कमा भव्यताका साथ सम्पन्न भएको छ।

कार्यक्रमका मुख्य आकर्षणहरू:

प्रमुख अतिथि: आँधीखोला तमू (गुरुङ) समाजका अध्यक्ष श्रीप्रसाद गुरुङ ज्यूको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भयो।

सञ्चालन: बिहान ९:३० बजे ब्रेकफास्टबाट सुरु भएको कार्यक्रम साँझ ७ बजेसम्म चलेको थियो ।

खेलकुद तथा मनोरञ्जन: कार्यक्रममा चम्चा-गुच्चा दौड, घैंटो फुटाउने, मैनबत्ती निभाउने र म्युजिकल चेयर जस्ता विभिन्न मनोरञ्जनात्मक खेलहरू सञ्चालन गरिएका थिए।

अध्यक्ष कप प्रतियोगिता: कार्यक्रमको मुख्य आकर्षण अध्यक्ष श्रीप्रसाद गुरुङज्यूद्वारा प्रायोजित 'अध्यक्ष कप' रह्यो। अभिनय र लेखनमा आधारित यस रोचक प्रतियोगिताको नतिजा निम्नानुसार रह्यो:

प्रथम: श्री रुम गुरुङ र श्री कविता गुरुङको जोडी।

द्वितीय: श्री फुर्वा गुरुङ र श्री जिना गुरुङको जोडी।

तृतीय: श्री हरी गुरुङ र श्री भीमा गुरुङको जोडी।

विशेष सम्मान तथा सहयोग:
अष्ट्रेलियाबाट नेपाल आउनुभएका युवा समितिका सदस्यहरू श्री सुब्रीत गुरुङ र श्री डम्मर गुरुङ ज्यूलाई विशेष स्वागत गरिएको थियो। सो अवसरमा उहाँहरूले समाजका तीनै समिति (मूल समाज, महिला र युवा समिति) लाई मनग्गे आर्थिक सहयोग प्रदान गर्नुभयो। साथै, समाजका अन्य सदस्यहरूले पनि कार्यक्रमलाई सफल बनाउन स्वैच्छिक आर्थिक सहयोग गर्नुभएको थियो।

सहयोगी संस्थाहरू:
यो कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न आँधीखोला तमू (गुरुङ) समाज काठमाडौं र आँधीखोला तमू (गुरुङ) महिला समितिले आर्थिक तथा भौतिक सहयोग पुर्‍याएका थिए ।

अत्यन्तै सौहार्दपूर्ण वातावरणमा सम्पन्न यस बनभोज कार्यक्रमले समाजका सदस्यहरूबीच आपसी भाइचारा र एकतालाई अझ प्रगाढ बनाएको छ ।

आँधीखोला तमू समाज जापानका अध्यक्ष श्री जमुना गुरुङ र सल्लाहकार एवं तमू समाज जापानका संरक्षक श्री गोविन्द गुरुङको नेपाल भ...
09/05/2026

आँधीखोला तमू समाज जापानका अध्यक्ष श्री जमुना गुरुङ र सल्लाहकार एवं तमू समाज जापानका संरक्षक श्री गोविन्द गुरुङको नेपाल भ्रमणको सिलसिलामा हिजो Aandhikhola Tamu Samaj - आँधीखोला तमू समाज, काठमांडौ ले एक सानो कार्यक्रमका बीच हार्दिक स्वागत गर्‍यो। उक्त अवसरमा Aandhikhola Tamu Samaj - आँधीखोला तमू समाज, काठमांडौ का अध्यक्ष श्री श्रीप्रसाद गुरुङले संस्थाको स्थापनाकालदेखि हालसम्मको यात्रा र गतिविधिबारे जानकारी गराउनुभएको थियो । त्यस्तै, आगामी दिनमा कसरी आपसी समन्वय र सहकार्यलाई मजबुत बनाउँदै अगाडि बढ्न सकिन्छ भन्ने विषयमा पनि छलफल भयो ।

हार्दिक श्रद्धाञ्जली !!!गण्डकी प्रदेश, स्याङजा जिल्ला, वालिङ न.पा. वडा नं. ३, सिंगारकोट जन्म भई हाल काठमाडौं निवासी यस आ...
27/04/2026

हार्दिक श्रद्धाञ्जली !!!

गण्डकी प्रदेश, स्याङजा जिल्ला, वालिङ न.पा. वडा नं. ३, सिंगारकोट जन्म भई हाल काठमाडौं निवासी यस आँधीखोला तमू (गुरुङ) समाज काठमाडौंका संरक्षक सदस्य क्या. फत्तबहादुर गुरुङज्युको ममतामयी आमा श्रीमती किसमाया गुरुङको यहि मिति २०८३ बैसाख १३ गते दिन ९४ वर्षको उमेरमा असामायिक निधन भएको हुँदा हामी यस समाजका सम्पूर्ण सदस्यहरु अत्यन्तै दुःखित भएका छौं । यस दुःखद परिस्थितिमा मृतात्माको चीर शान्तिको कामना गर्दै सम्पूर्ण शोक सन्तप्त परिवारजनप्रति भगवानले धैर्यधारण गर्ने शक्ति प्रदान गरुन् भन्दै हार्दिक समबेदना व्यक्त गर्दछौं ।

श्रीप्रसाद गुरुङ, अध्यक्ष
तथा आँधीखोला तमू (गुरुङ) समाज काठमाडौं परिवार

नयाँ वर्ष २०८३ को पावन अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रम ।
15/04/2026

नयाँ वर्ष २०८३ को पावन अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रम ।

Aandhikhola Tamu Samaj - आँधीखोला तमू समाज, काठमांडौका संरक्षक सदस्य श्री दिल कुमार गुरुङज्युको ममतामयी आमा श्रीमती बेदम...
05/04/2026

Aandhikhola Tamu Samaj - आँधीखोला तमू समाज, काठमांडौका संरक्षक सदस्य श्री दिल कुमार गुरुङज्युको ममतामयी आमा श्रीमती बेदमाया गुरुङको मिति २०८२ ज्येष्ठ १८ गते निधन भएको दुःखद घडिमा मृतात्माको चीर शान्तीको कामना गर्दै, हङकङबाट नेपाल आउनुभएको मौका पारी वहाँको परिवारलाई समाजको तर्फबाट स्याई - स्याई गरियो । त्यस बखत नीज संरक्षक सदस्य श्री दिलकुमार गुरुङ, वहाँका भाईहरु श्री धनप्रसाद गुरुङ र श्री चोपबहादुर गुरुङ, छोरी श्री बिष्णुमाया गुरुङ र ज्वाँई समाजकै सदस्य श्री गौबहादुर गुरुङलाई पनि स्याई-स्याई गरियो ।

Address

Aandhikhola Tamu Samaj/Kathmandu
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Aandhikhola Tamu Samaj - आँधीखोला तमू समाज, काठमांडौ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Aandhikhola Tamu Samaj - आँधीखोला तमू समाज, काठमांडौ:

Shortcuts

Share