Kirtipuronline

Kirtipuronline Getting Kirtipur Together...!! Kirtipuronline is your go-to online portal showcasing the charm and culture of Kirtipur. We’d love to hear from you!

From its breathtaking beauty to the vibrant local community and rich lifestyle, we aim to bring Kirtipur to the global stage. With your continued support and valuable suggestions, we aspire to make this platform a comprehensive and reliable hub for all things Kirtipur. Have an idea, article, news, photographs, videos, or event related to Kirtipur? Share your content with us via email, and after ve

rification, we’ll feature it on our page to share with our growing community. Let's celebrate Kirtipur together!

रङ्गहरूको पर्व होलीको हार्दिक शुभकामना!खुसी, सद्भाव र सुरक्षित वातावरणमा होली मनाऔँ।Happy Holi – Play Responsibly.
02/03/2026

रङ्गहरूको पर्व होलीको हार्दिक शुभकामना!
खुसी, सद्भाव र सुरक्षित वातावरणमा होली मनाऔँ।
Happy Holi – Play Responsibly.

अलविदा नेपाली फुटबल! जब १०० अन्तर्राष्ट्रिय गोल गरेकी, एसियाकै उत्कृष्ट स्ट्राइकर मध्येकी एक—सावित्रा भण्डारी 'साम्बा'—अ...
23/02/2026

अलविदा नेपाली फुटबल!
जब १०० अन्तर्राष्ट्रिय गोल गरेकी, एसियाकै उत्कृष्ट स्ट्राइकर मध्येकी एक—सावित्रा भण्डारी 'साम्बा'—अस्पतालको बेडबाट क्युआर कोड (QR Code) देखाउँदै उपचारको सहयोग माग्छिन्, तब बुझ्नुहोस्: नेपाली फुटबलको आज नैतिक मृत्यु भएको छ।

आज वास्तवमा के के मरे?

विश्वास म'र्यो : एउटा खेलाडीले राज्यमाथि गर्ने भरोसा आज सदाका लागि समाप्त भयो।

नैतिकता म'र्यो : नेताको उपचारमा करोडौँ खर्च गर्ने सरकार र विलासितामा डुबेको एन्फाले ५ लाख दिएर आफ्नो लाचारी प्रदर्शन गर्यो।

भविष्य म'र्यो : अब मैदानमा साम्बा होइन, एउटा डर खेल्नेछ—कि कतै म पनि घाइते भएँ भने मेरो परिवार सडकमा त आउँदैन?

यो साम्बाको व्यक्तिगत हार होइन, यो हाम्रो खेलकुद प्रणालीको सबैभन्दा कुरूप अनुहार हो। जब देशको जर्सी लगाउनु गर्व होइन, 'अविश्राप' बन्न पुग्छ, तब कुन आमाबाबुले आफ्ना छोराछोरीलाई मैदानमा पठाउने हिम्मत गर्लान्? कुन नयाँ प्रतिभाले देशको लागि र *गत बगाउने सपना देख्ला ?

जुन देशमा राष्ट्रिय टोलीको कप्तानले उपचारका लागि फ्यानसँग हात फैलाउनुपर्छ, त्यो देशले 'खेलकुदको विकास' भन्नु केवल जोक मात्र हो। साम्बाले त उपचार पाउलिन्, तर नेपाली खेलकुदले आज जुन चोट पायो, त्यसको शल्यक्रिया कतै सम्भव छैन।

अलविदा नेपाली फुटबल! तिम्रो यो 'म'रण' इतिहासले सम्झिरहनेछ।

🚨 कीर्तिपुरमा चोरीको घटना : सबै सचेत बनौँहिजो दिउँसो कीर्तिपुर नगरपालिका वडा नं. ४ मा ठूलो धनमाल चोरीको घटना घटेको छ। स्...
16/02/2026

🚨 कीर्तिपुरमा चोरीको घटना : सबै सचेत बनौँ

हिजो दिउँसो कीर्तिपुर नगरपालिका वडा नं. ४ मा ठूलो धनमाल चोरीको घटना घटेको छ। स्थानीय बासिन्दाको सतर्कता र निगरानीका कारण चोर पक्राउ परेको छ।

👉 यस घटनाले हामी सबैलाई महत्वपूर्ण सन्देश दिएको छ।
घर वा कोठा भाडामा दिँदा बस्ने व्यक्तिको पहिचान, बायोडाटा, विगत, व्यवहार र पेसा राम्ररी बुझेर मात्र भाडामा दिनु अत्यन्तै आवश्यक छ।

⚠️ सचेत बनौँ, सुरक्षित समाज बनाऔँ।

महाशिवरात्रिको पावन अवसरमा भगवान शिवको कृपाले सबैको जीवनमा शान्ति, शक्ति र सकारात्मक ऊर्जा प्राप्त होस्। सबैलाई महाशिवरा...
15/02/2026

महाशिवरात्रिको पावन अवसरमा भगवान शिवको कृपाले सबैको जीवनमा शान्ति, शक्ति र सकारात्मक ऊर्जा प्राप्त होस्। सबैलाई महाशिवरात्रिको हार्दिक शुभकामना। 🔱

कीर्तिपुर नगरपालिकाभित्रका विभिन्न सडकमा रहेका अव्यवस्थित तारहरूको व्यवस्थापन तथा सम्भावित विपद् जोखिम न्यूनीकरण गर्ने उ...
09/02/2026

कीर्तिपुर नगरपालिकाभित्रका विभिन्न सडकमा रहेका अव्यवस्थित तारहरूको व्यवस्थापन तथा सम्भावित विपद् जोखिम न्यूनीकरण गर्ने उद्देश्यले कीर्तिपुर नगरपालिका, नेपाल विद्युत प्राधिकरण, नेपाल दूरसञ्चार प्राधिकरण तथा ९ वटा नेटवर्क सेवा प्रदायक संस्थाहरूको सहकार्यमा दोस्रो चरण अन्तर्गत ट्यालको मुख्य सडकबाट अनावश्यक खम्बा तथा तार हटाउने कार्य मिति २०८२/१०/२६ गतेदेखि सुरु गरिएको छ।

📌 Kirtipur Ward No. 1 Office को फेसबुक वालबाट साभार

आज शनिबारको दिन तपाईंको लागि सुखद रहोस्। जय श्री बाघ भैरव! 🙏📷: Kirtan Pradhan
17/01/2026

आज शनिबारको दिन तपाईंको लागि सुखद रहोस्। जय श्री बाघ भैरव! 🙏
📷: Kirtan Pradhan

वडा नं. १० सडकमा ढल बगिरहेको छ, तर हालसम्म यसतर्फ कसैको ध्यान गएको छैन। सम्बन्धित निकायको यथाशीघ्र ध्यान जाओस्।
15/01/2026

वडा नं. १० सडकमा ढल बगिरहेको छ, तर हालसम्म यसतर्फ कसैको ध्यान गएको छैन। सम्बन्धित निकायको यथाशीघ्र ध्यान जाओस्।

ICC T20 World Cup मा हाम्रो टिमको नयाँ जर्सी! तपाईंको मनपर्ने डिटेल कुन हो? 👕🇳🇵Pic: Hamro Khelkud
06/01/2026

ICC T20 World Cup मा हाम्रो टिमको नयाँ जर्सी! तपाईंको मनपर्ने डिटेल कुन हो? 👕🇳🇵
Pic: Hamro Khelkud

सक्दो सेयर गरेर दबाब दिउँ।किर्तीपुर नगरपालिका वडा नं ६ कार्कीगाउ सहकारी चोक अगाडीको यो बाटो निकै नाजुहक अवस्थामा छ।  यो ...
30/12/2025

सक्दो सेयर गरेर दबाब दिउँ।
किर्तीपुर नगरपालिका वडा नं ६ कार्कीगाउ सहकारी चोक अगाडीको यो बाटो निकै नाजुहक अवस्थामा छ। यो वाटो सायद चोभार डाडाँमै सबै भन्दा पहिला खोलिएको बाटो होला। तर यो बाटो विगत लामो समय देखि हिलो र धलबाटोमा बगिरहेको छ। बाटोको चासो खासै कसैलाई छैन। स्थानियवासी भने सधै किचदबाटो हिड्न बाध्य छन्। सरोकारवाला हरुको ध्यान जावोस्। Ward Six Kirtipur पृथ्वीमान सिहं बस्नेत Birendra Shakya

🚨 HELP POST | स्कुटी चोरी भएको सूचना 🚨पौष २ गते राति किर्तिपुर हनुमानघाट आसपास पार्किङ गरिएको स्कुटी चोरी भएको छ।यदि कसै...
19/12/2025

🚨 HELP POST | स्कुटी चोरी भएको सूचना 🚨

पौष २ गते राति किर्तिपुर हनुमानघाट आसपास पार्किङ गरिएको स्कुटी चोरी भएको छ।

यदि कसैले उक्त स्कुटी देख्नुभएको छ, कुनै जानकारी पाउनुभएको छ, वा भेट्टाउनु भएको छ भने 🙏

कृपया 9748239471 नम्बरमा तुरुन्त सम्पर्क गरिदिनुहोला।

तपाईंको सानो सहयोगले ठूलो आशा जगाउन सक्छ। कृपया यो पोस्ट share गरिदिनुहोला।

Source: Aaryan Bohara

आज बिहान बाईक चोरहरुले प्रयोग गरेको बाईक कीर्तिपुर ९ ढोकासि टोलमा छोडेर भागेको छ । तीनजना चोरहरुले बाईक चोर्दै गर्दा स्थ...
16/12/2025

आज बिहान बाईक चोरहरुले प्रयोग गरेको बाईक कीर्तिपुर ९ ढोकासि टोलमा छोडेर भागेको छ । तीनजना चोरहरुले बाईक चोर्दै गर्दा स्थानीय रोशन खड्गीले देखेपछि लखेटेको र बाईक छोडेर भागेको बताएको छ । बाईक प्रहरीलाई बुझाएको छ । यदि यी बाईक नम्बर प्लेटहरु सक्कली हुन् भने बाईक चोरीमा संलग्न गिरोह सजिलै नियन्त्रणमा आउनेछन् । तर बाईक चोरीकै हुन सक्ने र नम्बर प्लेट पनि नक्कली हुन सक्ने सम्भावना बढी छ । ९ दिनअघि ढोकासि टोलबाट स्थानीय सरोज खड्गीको स्कूटर चोरी भएको थियो । तस्विर र भिडियो फुटेज हेर्दा बाईक चोरीमा संलग्न तीनजना चोरहरुको एउटै समूह सक्रिय भएको देखिन्छ ।

Source: Birendra Shakya

कीर्तिपुर नगरपालिका, नेपाल विद्युत प्राधिकरण, नेपाल दूरसञ्चार प्राधिकरण तथा ९ वटा सेवा प्रदायक संस्थाहरूको सहकार्यमा, पह...
16/12/2025

कीर्तिपुर नगरपालिका, नेपाल विद्युत प्राधिकरण, नेपाल दूरसञ्चार प्राधिकरण तथा ९ वटा सेवा प्रदायक संस्थाहरूको सहकार्यमा, पहिलो चरणमा कीर्तिपुर चक्रपथ (वडा नं. ३) क्षेत्रमा करिब ७०% अनावश्यक तार हटाउने कार्य सुरु गरिएको छ।
Pic: Gyanbazra Maharjan

Address

Kirtipur
Kathmandu
44618

Website

Alerts

Be the first to know and let us send you an email when Kirtipuronline posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Kirtipuronline:

Share