Choice Wrights

08/03/2020
15/12/2019
09/11/2019

Destination Dhungre Bhanjyang!!! 'a village of eco-warriors.' a bried itroductory documentary film by Raju Thapa Magar Gurmachhan - Mystique Eyes Supported b...

04/05/2019

#कविता: आमाको मन!

माथ्लो घरको डम्बरेले
एस.एल.सि. पास गर्‍यो रे भन्दा
मेरो छाती कत्तिसम्म
पोलेको थियो,
त्यस्तो हाउडेले त
एस.एल.सि. पास गर्‍यो भने
मेरो छोराले त राम्रैसङ्ग
पास गर्न सक्थ्यो होला भनेर।

छोरा!
तर तिमी त
जाच दिन जान्छु भनेर
राजेश हमाल बन्न
काठमाडौ पो हानिएछौ।

तिमी भाग्यौ,
खै किन पो भाग्यौ?
तर तिम्रो झझल्कोले,
तिम्रो बुवा र मलाई
कति दिन सम्म सताएर राख्यो।
यी आखाहरु
बर्ष दिन सम्म नि
ओभाउन सकेन।

मेरो हरेक गासमा
तिम्रै मात्र झझल्को आउथ्यो।
किनकि म आमा हु नि!
यतिबेला मेरो छोरा
कहा के गर्दै होला?
कस्तो अबस्थामा होला?
खाएकी खाएन होला?
खाली यस्तै कुराहरु मात्र
दिमागमा आइरहन्थ्यो।

रातहरु छर्लङ्ग कट्थ्यो।
तर निन्द्रा भने
पटक्कै आउदैन थिए।
कतै मेरो छोरा पनि
बेवारिसे भइ
काठमाडौको कुनै गल्लीमा
कुकुर झै खुङ्ग्लिङ्ग
लडिरहेको त छैन?
कतै उसको ज्यान
तलमाथि परेको त छैन?

हर समय यो मनमा
तिम्रै मात्र चिन्ताले
पिरोलिरहन्थ्यो छोरा!
पिरोलिरहन्थ्यो।
एउटा आमाको मन न हो।
यो मनमा चाहिने नचाहिने
जे कुरा पनि आउथ्यो।

त्यतिबेला,
तिम्रो बुवा पनि
बारिको बीचमा
रातभर धुनी बालेर
एकोहोरो
तिम्रै बारेमा मात्र
सोचिरहनु हुन्थ्यो।
तिमी भागे देखि
उहाँ अर्धपागल नै
हुनु भएको थियो।

किनकि तिमिलाइ
धेरै पढाएर
आफ्नो अफिसको
हाकिम भन्दा
ठुलो बनाउने
उहाँको जिन्दगीकै
मुख्य सपना
टुक्रा टुक्रा भइ
टुटेको थियोे।
तिमी भागेदेखी......

साच्चै छोरा!
तिमी माथि हाम्रो
ठुलो आशा अनि
एकदम भरोसा थियो।

अनि तिम्रा बहिनीहरु
तिमी बेपत्ता भएपछि
नियास्रो मानिरहे।
तिम्रो अनुपस्थितिमा
सधादिन उनिहरु
दाजु कहिले आउँछ ?भनेर
हामिलाइ प्रश्न गरिरहे।
प्रश्न गरिरहे
तर हामीसङ्ग
`आउँछ´ भन्ने उत्तर बाहेक
अरु केहि थिएन।
किनकि तिमी
कहाँ गयौं,
कहाँ छौ भन्ने
केहि कुराको
पत्तो थिएन ।
त्यतिबेला हाम्रो घर
साच्चिकै घर
जुन सबै परिवार
खुसी सङ्ग बाचिरहेको
सुन्दर घर नभएर
नर्कबाँस जस्तो
महसुस भएको थियोे।

गाउको कान्छा दाजुले
काठमाडौ जाने बस काउन्टरमा
तिम्रो नामको टिकट
काटिएको भेटिए पछि,
बल्ल मनमा
केही शान्ति मिल्यो।
मेरो छोरा जीउँदै रहेछ भनेर।

अनि मनमनै
प्रश्न गरे तिमिलाइ।
भागेरै जानु परे पछी
त्यही काठमाडौ त
किन गाको होला?
अलि पर,
लाहुर गाको भए नि हुने।
पैसा कमाएर ल्याएर
घरको दु:ख त
हट्थ्यो कि.....

ती सब कल्पना, सपना
मन भित्रका
कुण्ठाहरु मात्र थिए ।
तिमिले केही गर्छौ कि
केहि सुख दिन्छौं कि
भन्ने आशै आशामा
उमेर ढल्केर
मेरो हर रहर मरिसकेको
पनि पत्तै पाइनछु।
तर तिम्रो अनुहार
हेरे पछी मनमा
किन किन
अर्कै आनन्द लाग्छ।
सुख लाग्छ।
आफुलाइ एत्तिकै
कम्ता सुखि लाग्छ नि।

छोरा!
साच्चै तिम्रो मलाई
अरुको भन्दा
ज्यादै माया लाग्छ।
किनकि अब त तिमी
आधा ज्यानको भयौ
धेरै दु:ख पायौ।

एकदिन,
जङ्गलमा गाई हेर्न जादा
मैतिको आमाले
तिमिले जुम्रा पर्यो भनेर
घारीमा फ्याकिदिएको
लिखैलिखा भएको
रातो कट्टु देखाइदिदा,
मैले त त्यहा
कट्टु हैन
तिमिलाइ पो देखे।
आफ्नो छोराको
ल्यामर्याङ्ग परेको ज्यान
ठिङ्ग उभिएको पो देखे।
अनि त यी आखाहरु
थाहै नपाइ
रसाउन थालेछन।
घाँटी अचानक
कोकिन थालेछ।
के गर्नु आमाको मन न हो।

छोरा! तिमिलाइ,
मैले त भनेको थिए नि
नक्कली नबन!
सक्कली बन भनेर।
ती फिलिमका मान्छे त
सब नक्कली हुन्।
वास्तविक जिबनमा
केही गर्न सक्दैनन् ।
तर तिमी त
राजेश हमाल बन्न खोजेर
जवानी नै सिध्यायौ।

राजेश हमाल
राजेश हमाल बनेर
टिकिरहन
धेरै कुराको जोड छ
र पो राजेश हमाल
बनेर अडिरहेको छ।
तर तिमी त
राजेश हमाल हैन
राजु थापा मगर पो
बन्न खोज्नु पर्थ्यो।
अनि पो तिम्रो
आफ्नै पहिचान हुन्थ्यो।
आफ्नै नाम हुन्थ्यो
र आफ्नै बाटो हुन्थ्यो।

अझै पनि बाटोमा
बिदेशबाट
गाउलेहरूको छोरा
पैसा कमाएर
घर आएको देख्दा
मेरा पनि
राम्रो लाउने र घुम्ने
अनगिन्ती रहरहरु
जुरमुराउनु थाल्छन्।
तर जब तिम्रो
बैराग्य जिन्दगी सम्झिछु
अनि मेरा ती रहरहरु
जबर्जस्ति दबाउन थाल्दछु।

तिमिलाइ सम्झेर
मलाई धेरै रहर जाग्छ छोरा!
किनभने तिमी हाम्रो
रहरको छोरा हौनी।

तिमी गर्भ हुँदा देखि
जन्मदा सम्म
तिम्रो बारेमा हामी
अनेकौं सपनाहरु देख्थ्यौ।
रङ्गिन कल्पनाहरुमा डुब्थ्यौ।
तिम्रो यो अहिलेको
बिचरा जिन्दगीको त
हामीले कल्पना सम्म पनि
गरेका थिएनौ।

तिम्रो जिन्दगी,
कहाँनेर के गल्ती भयो ?
वा तिम्रो भाग्य नै यस्तै हो।
जे भएता पनि
तिम्रो मलाई
औधी माया लाग्छ छोरा।
तिमिले जिन्दगीमा
धेरै संघर्ष गर्यौ,
अझै तिम्रो जिबनमा
प्रगति हुन्छ भन्ने
ठुलो आशा लाग्छ।

लेखक तथा फोटोग्राफर:- राजु थापा मगर (Choice)

"आमाको मुख हेर्ने दिनको उपलक्ष्यमा मेरो आमा लगाएत सुम्पुर्ण आमाहरुलाई शुभकामना स्वरुप यो कविता।"

नोट: यो एक काल्पनिक लेख मात्र हो। कोहि कसैको जिन्दगीमा मिल्न गएमा म एकदमै क्षमाप्रार्थी छु।


 #कविताआजकाल मलाई,आफ्नै पनमन पर्न थालेको।मौलिक पन,नेपाली पन,दक्षिण एसियाली पन।युरोप- अमेरिकाअनि अस्ट्रेलियाकोब्यक्ति बाद...
05/03/2019

#कविता

आजकाल मलाई,
आफ्नै पन
मन पर्न थालेको।
मौलिक पन,
नेपाली पन,
दक्षिण एसियाली पन।
युरोप- अमेरिका
अनि अस्ट्रेलियाको
ब्यक्ति बादी पन भन्दा
आफ्नै यसियाली पन।
जुन पारिबारिक पन,
समाजबादी पन,
बहुरङ्गी संस्कृति पन नै
मन पर्न थालेको छ।
पस्चिमेलिहरु पहिला आफ्नो
अनि त्यसपछि मात्र
अरुको बारेमा सोच्दछ्न।
तर हामीहरु,
पहिला अरुको बारेमा सोच्छौ,
अनि मात्र,
आफ्नो बारेमा सोच्दछौ।
वोउ! हामी कत्ति महान रहेछौ।
खै त!!
हामीले हामिलाइ चिन्न सकेको?
आफुले आफुलाइ बुझ्न सकेको?
पस्चिमेलिहरु बिना स्वार्थ
अरुको बारेमा सोच्दैनन।
तर हामी बिना स्वार्थ नै
आफ्नो जिन्दगी
आहुती दिन तयार हुन्छौं।
फरक यहि त छ!!!
हामी र पश्चिमेलिहरुमा!
आफू, आफ्नो काम
र आफ्नो जिन्दगीलाई घृणा गरेर
नक्कली पन अबलम्बन गर्नु भन्दा
भएको आफ्नै मौलिक पनलाई
सम्मान, संरक्षण र उपयोग गर्दै
खुसि र गर्बसाथ जिन्दगी जिउने
ममा रहर जागेको छ।
सोच्नुस् त!
हाम्रो आफ्नै पन
कति जिबन्त अनि
आनन्ददायक छ।
जहा जिबनको
बिभिन्न उत्सबहरु छन।
रङ्गिबिरङ्गी रङ्गहरु छन्।
हर समय हर जिन्दगी
उत्सब नै उत्सब जस्तो।

 #गित पुग्नुपर्ने कहाँ म,बिच गल्लीमै,अलमली रहेछु।केही दिनको जात्रा हैन,अनन्त यात्रा,खोजी रहेछु।नभन मलाई!यो एक पागल हो।नभ...
19/02/2019

#गित
पुग्नुपर्ने कहाँ म,
बिच गल्लीमै,
अलमली रहेछु।
केही दिनको जात्रा हैन,
अनन्त यात्रा,
खोजी रहेछु।
नभन मलाई!
यो एक पागल हो।
नभन मलाई!
यो एक पागल हो।
म त जिवनको आफ्नै
आचल खोजिरहेछु।
पुग्नुपर्ने कहाँ म,
बीच गल्लिमै,
अलमली रहेछु।

Address

Chaksibari
Kathmandu

Telephone

+977 9813132581

Website

Alerts

Be the first to know and let us send you an email when Choice Wrights posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Choice Wrights:

Share

Category