10/04/2026
अदालतले के फैसला गर्ला, त्यो समयकै गर्भमा छ। ⏰सम्पत्ति शुद्धीकरणको छानबिनले उनलाई दोषी देखाउला वा निर्दोष, त्यो कानुनको पाटो भयो। तर एउटा सत्यलाई कसैले मेटाउन सक्दैन— शेरबहादुर देउवाको युगमा यो देशका नागरिकले बोल्न कहिल्यै डराउनु परेन।
न राज्यको दमनको डर, न फेसबुकमा लेखेका भरमा पक्राउ पर्ने त्रास!
आफ्नो जतिसुकै चर्को आलोचना हुँदा पनि त्यसलाई प्रजातन्त्रको एउटा सुन्दर गहनाको रूपमा स्विकार्न सक्ने त्यति ठूलो र उदार हृदय भएको अर्को नेता सायद यो देशले तत्काल पाउने छैन। मान्छेका रूपमा उनीभित्र अनगिन्ती कमजोरी होलान्, तर नागरिकको स्वतन्त्रता र प्रजातान्त्रिक मूल्यमान्यतासँग उनले कहिल्यै सम्झौता गरेनन्।
आजको 'पहरेदारी' र 'साइबर ब्यारिअर' को युगमा देउवाको त्यो 'उदारवादी छाती' को महत्त्व अझ बढी खड्किँदो रहेछ।
कमजोरी हजार होलान्, तर हामीलाई निर्धक्क बोल्न सिकाउने त्यो 'शेरबहादुर शैली' सधैँ स्मरणीय रहनेछ।
#अभिव्यक्ति_स्वतन्त्रता #विचार copied