हेलो जल तथा मौसम विज्ञान विभाग

  • Home
  • Nepal
  • Kathmandu
  • हेलो जल तथा मौसम विज्ञान विभाग

हेलो जल तथा मौसम विज्ञान विभाग जल तथा मौसमजन्य गतिविधि सम्वन्धि सूचना र जानकारी लिन तथा तत्सम्वन्धि सुझाव दिनको लागी ।

नेपाल सरकार, विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालय,जल तथा मौसम विज्ञान विभाग • नेपालमा जल तथा मौसम सम्वन्धी क्रियाकलापहरुको अवलोकन र अनुगमन गर्ने अधिकार प्राप्त सरकारी निकाय जल तथा मौसम विज्ञान विभाग हो । विभागले जल तथा मौसमी केन्द्रहरुको सञ्जाल विस्तार गरी दैनिक रुपमा जल तथा मौसमी तथ्याङ्क र सूचनाहरुको संकलन, विस्लेषणका साथै मौसम पूर्वानुमान, वाढी भविश्यवाणी र हवाई उडानका लागि मौसमी सुचना प्रदान

गर्ने कार्यका अतिरिक्त कृषि, पर्यटन, जलश्रोत, सिचाई, यातायात आदिको विकास कार्यका लागि जल तथा मौसमी तथ्याङ्क उपलब्ध गराउने कामको जिम्मेवारी पाएको छ । नेपालमा बि. सं. २०१६ सालमा कर्णाली बिद्युत योजनाको लागि संयुक्त राष्ट्र संघ विकास कार्यक्रमको सहयोगमा कर्णाली वेसिनमा जल तथा मौसम अवलोकन केन्द्रहरुको स्थापना गरी जल तथा मौसम सम्वन्धी तथ्याङ्कहरु संकलन गर्ने कार्यको शुभारम्भ भई बि.सं २०१७ साल देखि जल तथा मौसम सम्वन्धी केन्द्रहरुको सञ्जाल विस्तारको कार्य संस्थागत रुपमा थालनी गरिएको थियो । जल तथा मौसम सम्वन्धी क्रियाकलापहरुको व्यवस्थित रुपमा अनुगमन गरी तथ्य सहितको विश्वासिलो सूचना एवं पूर्व सूचनाहरु मार्फत जल तथा मौसम जन्य प्रकोपहरुवाट हुनसक्ने जनधनको क्षति न्युनिकरण गर्ने उद्देश्यले बि. सं २०४४ सालमा जलवायु विज्ञान विभागको स्थापना भई बि.सं २०५० सालमा विभागलाई जल तथा मौसम विज्ञान विभागको नाम दिईएको थियो । • विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालयको मातहतमा रहेको यस जल तथा मौसम विज्ञान विभाग अन्तर्गत हावापानी विज्ञान, जल विज्ञान, हावापानी नेटवर्क र मौसम पूर्वानुमान गरी ४ ओटा महाशाखाहरु, ३ ओटा क्षेत्रिय कार्यालयहरु, ३ ओटा वेशिन कार्यालयहरु, १६ वटा फिल्ड कार्यालयहरु र पूर्व मेची देखि पश्चिम महाकाली सम्म विभिन्न स्थानहरुमा ७७५ ओटा जल तथा मौसमी केन्द्रहरु सञ्चालनमा रहेका छन । विभाग र अन्तर्गतका निकायहरुको सम्पर्कका लागि जल तथा मौसम विज्ञान विभाग, नक्साल, काठमाण्डौः फोन नं. ०१-४४३६२७२, ०१-४४२८५३२, ०१-४४४१०१२, ०१-४४२८२२९, ०१-४४३३५६३, वेवसाईटः www.dhm.gov.np मौसम पूर्वानुमान महाशाखा, त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल, गौचर, काठमाण्डौः फोन नं. ०१-४४८६८६९, वेवसाईटः www.mfd.gov.np, दैनिक मौसम सम्वन्धी विवरणका लागि नोटिस वोेर्ड सेवाः १६१८०७०७३३३३३ जल तथा वाढी सम्वन्धी ताजा सूचना र जानकारीका लागिः फोन नं. ०१४४२८२३७, टोल फ्रि नं. ११५५ वेवसाईटः www.hydrology.gov.np क्षेत्रिय तथा वेसिन कार्यालयहरु • पूर्वाञ्चल क्षेत्रिय हावापानी कार्यालय, धरानः फोन नं. ०२५५२०२७२, दैनिक मौसम सम्वन्धी विवरणका लागि नोटिस बोर्ड सेवाः १६१८०२५५२०२७२ • कोशी वेसिन कार्यालय, विराटनगरः फोन.नं. ०२१५२४७४१ • पश्चिमाञ्चल क्षेत्रिय हावापानी कार्यालय, पोखराः फोन नं. ०६१४६५२९९, दैनिक मौसम सम्वन्धी विवरणका लागि नोटिस बोर्ड सेवाः१६१८०६१४६२२९९ • नारायणी वेसिन कार्यालय, भरतपूर, चितवनः ०५६५२६४०९ • मध्य तथा सुदुर पश्चिमाञ्चल क्षेत्रिय हावापानी कार्यालय, सुर्खेतः फोन नं.०८३५२३५१९, दैनिक मौसम सम्वन्धी विवरणका लागि नोटिस बोर्ड सेवाः१६१८०८३५२३५१९ • कर्णाली वेसिन कार्यालय, नेपालगञ्जः फोन नं.०८१५२१८५८ फिल्ड कार्यालयहरु;- दिपायल, डडेल्धुरा, अत्तरिया, जुम्ला, सुर्खेत, नेपालगञ्ज, दाङ्ग, पोखरा, भैरहवा, काठमाण्डौ, सिमरा, जनकपुर, विराटनगर, धनकुटा, ओखलढुङ्गा र ताप्लेजुङ्ग ।

Address

Nagapokhari, Naxal
Kathmandu

Alerts

Be the first to know and let us send you an email when हेलो जल तथा मौसम विज्ञान विभाग posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to हेलो जल तथा मौसम विज्ञान विभाग:

Share