हेल्लाे मालपाेत कार्यालय चावहिल

  • Home
  • Nepal
  • Kathmandu
  • हेल्लाे मालपाेत कार्यालय चावहिल

हेल्लाे मालपाेत कार्यालय चावहिल Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from हेल्लाे मालपाेत कार्यालय चावहिल, Government Organization, Chabahil, Kathmandu.

11/03/2016

विभिन्न फर्जी पूर्जाबाट बैना गर्न लगाइ फसाउन सक्ने भएकाले सचेत बनी सक्कल पुर्जा हेरी अनि सम्बन्धित मालपाेत कार्यालयमा गै श्रेस्तास‌ग रुजु गरी मात्र काराेवार गर्न हुन सम्बन्धित सबैमा अनुराेध गरिन्छ ।

19/10/2015

विजयादशमी २०७२ को पावन अवसरमा सम्पूर्ण महानुभावहरुमा हार्दिक मंगलमय शुभकामना !!!
चावहिल मालपाेत परिवार

न्युनतम मूल्या‌कन ०७२ ०७३ हाम्राे web site (www.lrochabahil.gov.np) मा हेर्नसक्नुहुनेछ ।
18/09/2015

न्युनतम मूल्या‌कन ०७२ ०७३ हाम्राे web site (www.lrochabahil.gov.np) मा हेर्नसक्नुहुनेछ ।

वि.सं. १९९६ साल अगावै मालपोत विभागको र २०२१ सालमा भूमिसुधार विभागको स्थापना भई दुवै विभागले छुट्टा छुट्टै रुपमा काम गरी आएकोमा बचत, ऋण निश्चित र हदबन्दी जस्ता कामहरु घट्दै गएको हुँदा भूमिसुधार विभाग अन्तर्गतका भूमिसुधार कार्यालयहरुका कार्यक्षेत्र साघुरिदै गएको र बाँकी रहेका कार्यहरु मालपोत कार्यालयब…

17/09/2015

कार्यालयकाे फाेन न‌ परिवर्तन भएकाे सूचना
यस कार्यालयकाे फाेन न‌ परिवर्तन भएर ४८२२६१७ र ४८२२६१८ भएकाे जानकारी गराइन्छ ।

16/09/2015

सार्वजनिक सूचना
नया‌‌ सरेकाे घरबाट यस कार्यालयकाे कार्य सञ्चालन भैसकेकाले सम्पूर्ण महानुभावहरुमा जानकारी गराइन्छ ।

27/08/2015

याे कार्यालयकाे फेसबुक पेज भएकाले हामी व्यक्तिगत request लाइ accept गर्न असमर्थ भएकाे व्यहाेरा जानकारी गराउ‌दै यसलाइ like गरी फलाे गर्नहुन सम्पूर्ण महानुभावहरुमा अनुराेध छ । कार्यालयहरुका request हरु हामी accept गर्नेछाै‌ ।

27/08/2015

कार्यालय सर्ने बारेकाे सार्वजनिक सूचना

यस कार्यालय हाल स‌ञ्चालनमा रहेकाे घरबाट अन्त्यत्र सर्नुपर्ने भएकाले मिति २०७२।०५।१६ गते देखि केही दिन कार्यालयबाट प्रदान हुने सेवा प्रदान गर्न नसकिने व्यहाेरा सम्पूर्ण सेवाग्राहीवर्गमा जानकारी गराउ‌दै साे कार्यबाट पर्न जाने असुविधा प्रति यस कार्यालय क्षमा प्रार्थी छ ।

जानकारीहरु
20/08/2015

जानकारीहरु

20/08/2015

श्रेस्ता पूर्जामा संशोधनका प्रकृया

१. देहायका कागजातहरु सलग्न गरि निवेदन मूल दर्ता गर्ने,

सेवाग्राहीले पेश गर्ने कागजातहरु

नाम , थर, वतन र उमेर संशोधन

संशोधन माग निवेदनको साथ

जग्गाधनी दर्ता प्रमाण पूर्जा,
नागरिकताको प्रमाण पत्र,
चालु आ.ब.को मालपोत बुझाएको रसिद,
सम्बन्धित गा.वि.स. / न.पा. को सिफारिश,
अन्य आवश्यक प्रमाण ।

कित्ता नं. क्षेत्रफल र किसिम संशोधन

संशोधन माग निवेदनको साथ

जग्गाधनी प्रमाण पुर्जा,
नागरिकताको प्रमाण पत्र,
चालु आ.ब. को मालपोत बुझाएको रसिद,
नापी कार्यालयको राय सहितको प्राविधिक प्रतिवेदन,
फिल्डबुक उतार,
नक्सा श्रेस्ता,
लुज सिट,
फिल्ड प्रतिवेदन,
सम्बन्धित गा.वि.स. / न.पा. को सिफारिश,
अन्य आवश्यक प्रमाण ।

19/08/2015

नामसारी पारितका प्रकृया

१. नामसारीको लागि देहायका कागजात समावेश गरी कार्यालयमा पेश गर्ने,

जग्गाधनी प्रमाण पुर्जा,
नागरिकताको प्रमाण पत्र,
चालु आ.ब.को मालपोत बुझाएको रसिद,
नाता प्रमाण,
मृत्यु दर्ता प्रमाण,
सम्बन्धित गा.वि.स. न.पा. को किटानी सिफारिश,
अन्य आवश्यक प्रमाण ।
२. मोठ, रोक्का भिडाउने,

३. कागजातहरु रुजु गरी सनाखत गर्ने,

४. नामसारी शाखामा नामसारीका लागि आवश्यक पूरा गरी निर्णयको लागि सम्बन्धीत मालपोत अधिकृत समक्ष फाइल पेश गर्ने,

५. नामसारी निर्णय अनुसार मोठ फांटबाट श्रेस्ता पुर्जा तयार गरी जग्गाधनी दर्ता प्रमाण पुर्जा सम्बन्धित व्यक्ति तथा संस्थालाई उपलब्ध गराउने,

६. मिसिल तामेली फांटमा बुझाइ दिने ।

13/08/2015

मालपोत कार्यालय चावहिलमा यहाहरुलाई स्वागत छ। नेपाल सरकारको निर्णयानुसार हामी पनि फेसबुक पेजमा अावद्ध भएका छौ । तपाईहरुका केही गुनासा, सल्लाह र सुझावको हामी सदैव अपेक्षारत छौ ।

12/08/2015

क. लिखत पारितका प्रकृया

१. सामान्य हकमा २ प्रतिलिखत तथा गुठीकाे हकमा तीन प्रति लिखत तयार गरी देहायका कागजात सहित कार्यालयमा पेश गर्ने

क) कित्ताकाट गर्नु नपर्ने पारित गर्ने लिखतको साथ

जग्गाधनी प्रमाण पुर्जा,
नागरिकताको प्रमाणपत्र,
चालु आ.ब.को मालपोत बुझाएको रसिद,
करचुक्ता प्रमाण,
सम्बन्धित गा.वि.स. न.पा. को घरबाटोको सिफारिस,
अन्य आवश्यक प्रमाण ।

ख) कित्ताकाट गर्नुपर्ने पारित गर्ने लिखतको साथ
जग्गाधनी प्रमाण पुर्जा,
नागरिकताको प्रमाण पत्र,
चालु आ.ब.को मालपोत बुझाएको रसिद,
करचुक्ता प्रमाण,
सम्बन्धित गा.वि.स. , न.पा. को घरबाटोको सिफारिस,
अन्य आवश्यक प्रमाण ।
२. मोठ, रोक्का भिडाउने,

३. सनाखत गराउने,

४. टोकन लगाउने,

५. कित्ताकाट भए नापी कार्यालयमा पठाउने,

६. मूल्यांकन भिडाउने,

७. रजिष्टेशन दस्तुर असुल गर्ने,

८. तहरिरले पेश भएको लिखत चेक जांच गरी पारितको लागि अधिकृत समक्ष पेश गर्ने,

९. अधिकृतले रीतपुगेको लिखत पारित गरिदिने,

१०. रजिष्टेशन फांटमा पारित लिखत रजिष्टेशन – दर्तागरी रजिष्ट्शन नम्बर दिई एक प्रति लिखत तामेली फाट र एक प्रति मोठ फाटमा बुझाइ दिने,

११. पारित लिखत अनुसार मोठ फांटबाट श्रेस्ता पुर्जा तयार गरी जग्गाधनी दर्ता प्रमाण पुर्जा सम्बन्धित व्यक्ति तथा संस्थालाई उपलब्ध गराउने,

Address

Chabahil
Kathmandu
0977014480573

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Saturday 09:00 - 17:00
Sunday 10:00 - 17:00

Telephone

+97714480573

Alerts

Be the first to know and let us send you an email when हेल्लाे मालपाेत कार्यालय चावहिल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share