National Police Academy, Maharajgunj, Kathmandu

  • Home
  • National Police Academy, Maharajgunj, Kathmandu

National Police Academy, Maharajgunj, Kathmandu Center for Excellence National Police Academy (NPA), formerly known as Central Police Training Center (CPTC), is the apex police training institution in Nepal.
(10)

अखिल नेपाल टेबल टेनिस संघको आयोजनामा मिति २०८३।०२।१४ गतेदेखि ऐ. १७ गतेसम्म राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्र लैनचौर...
01/06/2026

अखिल नेपाल टेबल टेनिस संघको आयोजनामा मिति २०८३।०२।१४ गतेदेखि ऐ. १७ गतेसम्म राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्र लैनचौरमा सञ्चालन भएको “४२औं राष्ट्रिय टेबल टेनिस प्रतियोगिता २०८३” मा ५ स्वर्ण २ रजत र ४ कास्य गरी कुल ११ पदक हासिल गरी टिम प्रथम हुन सफल नेपाल प्रहरी टेबल टेनिस टिमलाई हार्दिक बधाई !

Asian Cricket Council (ACC) को आयोजनामा मिति २०८३/०२/१७ गतेदेखि ऐ. २५ गतेसम्म मित्रराष्ट्र सिंगापुरमा सञ्चालन भइरहेको ''...
31/05/2026

Asian Cricket Council (ACC) को आयोजनामा मिति २०८३/०२/१७ गतेदेखि ऐ. २५ गतेसम्म मित्रराष्ट्र सिंगापुरमा सञ्चालन भइरहेको ''Asian Games Qualifier Mens 2026'' प्रतियोगिता अन्तर्गत मिति २०८३/०२/१७ गते चीन विरुद्वको खेलमा एकै ओभरमा ६ छक्का प्रहार गर्ने विश्वको छैठौ र नेपालका दोस्रो खेलाडी साथै एउटै इनिङमा १६ छक्का प्रहार गर्ने पहिलो नेपाली खेलाडी समेत हुन सफल नेपाली राष्ट्रिय पुरुष क्रिकेट टिमका ओपनर ब्याटसम्यान तथा नेपाल प्रहरी क्रिकेट टिमका ब्याटसम्यान कुशल भुर्तेललाई हार्दिक बधाई !

मिति २०८३/०२/१५ गते सोलुखुम्बुमा सम्पन्न “तेन्जिङ हिलारी एभरेष्ट म्याराथन २०२६ (४२.१९५ कि.मि.)” मा निर्धारित दुरी ४ घन्ट...
29/05/2026

मिति २०८३/०२/१५ गते सोलुखुम्बुमा सम्पन्न “तेन्जिङ हिलारी एभरेष्ट म्याराथन २०२६ (४२.१९५ कि.मि.)” मा निर्धारित दुरी ४ घन्टा ३४ मिनेट ४३ सेकेन्डमा पार गरी प्रथम स्थान हासिल गर्न सफल नेपाल प्रहरीका एथ्लेटिक्स खेलाडी लाक्पा निमा शेर्पालाई हार्दिक बधाई !

बधाई ज्ञापन तथा सम्मान कार्यक्रम सम्पन्न ।आज मिति २०८३।०२।१३ गते मित्रराष्ट्र मङ्गोलियामा सम्पन्न “9th Asian Taekwondo P...
27/05/2026

बधाई ज्ञापन तथा सम्मान कार्यक्रम सम्पन्न ।
आज मिति २०८३।०२।१३ गते मित्रराष्ट्र मङ्गोलियामा सम्पन्न “9th Asian Taekwondo Poomsae Championships 2026 (G-4)” मा राष्ट्रको प्रतिनिधित्व गरी पेयर पुम्से ईभेन्टमा ऐतिहासिक रजत पदक हासिल गर्न सफल प्रेम बहादुर लिम्बु र आयशा शाक्य तथा एकल पुम्से ईभन्ट कास्य पदक विजेता र उक्त प्रतियोगितामा सहभागी तेक्वान्दो खेलाडीहरु, “One Run” अन्तर्गत २१ कि.मि. दौड ईभेन्टमा स्वर्ण पदक हासिल गर्न सफल नागेश्‍वर अहिर र सुमित्रा कुमारी चौधरी तथा “बि.पि. कोइराला स्मृति राष्‍ट्रिय कराते च्याम्पियनसिप (Champions of Champions League) प्रतियोगिता” मा ८ स्वर्ण, ३ रजत र ५ कास्य गरी कुल १६ पदक हासिल गरी टिम प्रथम हुनुका साथै प्रतियोगिताको सर्वोकृष्‍ट खेलाडी घोषित हुन सफल एरिका गुरुङ लगायत नेपाल प्रहरीका कराते खेलाडी तथा अफिसियलहरुलाई यस प्रतिष्ठानका कार्यकारी निर्देशकज्यूद्वारा बधाई ज्ञापन तथा सम्मान कार्यक्रम सम्पन्न भयो ।

नेपाल कराते महासंघको स्वीकृत वमोजिम यल सितोरियो कराते डो मंगलबजार ललितपुरको आयोजनामा मित २०८३।०२।०७ गतेदेखि ऐ. ०९ गतेसम्...
24/05/2026

नेपाल कराते महासंघको स्वीकृत वमोजिम यल सितोरियो कराते डो मंगलबजार ललितपुरको आयोजनामा मित २०८३।०२।०७ गतेदेखि ऐ. ०९ गतेसम्म सञ्चालन भएको “बि.पि. कोइराला स्मृति राष्‍ट्रिय कराते च्याम्पियनसिप (Champions of Champions League) प्रतियोगिता २०८३” मा ८ स्वर्ण, ३ रजत र ५ कास्य गरी कुल १६ पदक हासिल गरी टिम च्याम्पियन हुनुका साथै प्रतियोगिताको सर्वोत्कृष्ट महिला खेलाडी घोषित हुन सफल एरिका गुरुङ लगायत नेपाल प्रहरी कराते टिमका सम्पूर्ण खेलाडी तथा अफिसियलहरुलाई हार्दिक बधाई !

NRS Foundation को आयोजनामा मिति २०८३।०२।०९ गते ललितपुरमा सम्पन्न “One Run” अन्तर्गत २१ कि.मि. दौडमा महिला तर्फ निर्धारित...
23/05/2026

NRS Foundation को आयोजनामा मिति २०८३।०२।०९ गते ललितपुरमा सम्पन्न “One Run” अन्तर्गत २१ कि.मि. दौडमा महिला तर्फ निर्धारित दुरी १ घण्टा ३० मिनेट ३८ सेकेण्डमा पार गरी प्रथम स्थान हासिल गर्न सफल सुमित्रा कुमारी चौधरी तथा पुरुष तर्फ निर्धारित दुरी १ घण्टा १४ मिनेट २१ सेकेण्डमा पार गरी प्रथम स्थान हासिल गर्न सफल नागेश्वर अहिरलाई हार्दिक बधाई !!

मित्रराष्ट्र मङ्गोलियाको उलानबातर शहरमा मिति २०८३/०२/०५ गतेदेखि ऐ. १२ गतेसम्म सञ्चालन भइरहेको “9th Asian Taekwondo Pooms...
19/05/2026

मित्रराष्ट्र मङ्गोलियाको उलानबातर शहरमा मिति २०८३/०२/०५ गतेदेखि ऐ. १२ गतेसम्म सञ्चालन भइरहेको “9th Asian Taekwondo Poomsae Championships 2026 (G-4)” मा राष्ट्रको प्रतिनिधित्व गरी सहभागी भई ऐतिहासिक कास्य पदक हासिल गर्न सफल नेपाल प्रहरीका तेक्वान्दो खेलाडी प्रेम बहादुर लिम्बुलाई हार्दिक बधाई !!

बधाई ज्ञापन तथा सम्मान कार्यक्रम सम्पन्न ।आज मिति २०८३/०२/०५ गते प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरी...
19/05/2026

बधाई ज्ञापन तथा सम्मान कार्यक्रम सम्पन्न ।
आज मिति २०८३/०२/०५ गते प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक श्री शिद्धी बिक्रम शाहज्यूले १३ औं राष्ट्रिय आर्चरी प्रतियोगितामा सहभागी भई ५ स्वर्ण, ४ रजत र २ कास्य सहित कुल ११ पदक, राष्ट्रिय महिला कबड्डी प्रतियोगितामा द्वितीय स्थान हासिल गर्न सफल, दोस्रो उप-मेयर महिला नक आउट फुटबल प्रतियोगिता २०८३ मा प्रथम स्थान तथा ४२औं राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता २०८३ मा ३ कास्य पदक हासिल गर्न सफल नेपाल प्रहरीका खेलाडी तथा अफिसियलहरुलाई बधाई तथा सम्मान कार्यक्रम सम्पन्न भयो ।

"शुभकामना तथा फेरी भेटौला" कार्यक्रम सम्पन्नःनेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखाको ...
19/05/2026

"शुभकामना तथा फेरी भेटौला" कार्यक्रम सम्पन्नः
नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखाको च.नं. ७०८५ मिति २०८३/०२/०१ गतेको पत्रले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्जबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरिया, कैलाली सरुवा हुनुभएका प्रहरी उपरीक्षक नवराज कार्की, नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालयबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, तनहुँमा सरुवा हुनुभएका प्रहरी उपरीक्षक गोविन्दराज काफ्ले, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्जबाट जिल्ला प्रहरी कार्यालय धनकुटामा सरुवा हुनुभएका प्रहरी उपरीक्षक नारायण रंजितकार, जिल्ला प्रहरी कार्यालय बाग्लुङमा सरुवा हुनुभएका प्रहरी उपरीक्षक फणिन्द्र प्रसाई र जिल्ला प्रहरी कार्यालय चितवनमा सरुवा हुनुभएका प्रहरी उपरीक्षक रामश्वर पौडेलज्यूहरूको आज मिति २०८३/०२/०५ गते यस प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक श्री शिद्धी बिक्रम शाहज्यूको प्रमुख आतिथ्यतामा “शुभकामना तथा फेरि भेटौंला” कार्यक्रम सम्पन्न भयो ।
उक्त कार्यक्रममा प्रमुख अतिथिज्यूले प्रतिष्ठानको तर्फबाट मायाको चिनो प्रदान गर्नुका साथै आगामी व्यवसायिक जीवनको सफलताको शुभकामना समेत व्यक्त गर्नु भयो । साथै बिदाई भई जान लाग्नु भएका प्रहरी अधिकृतज्यूहरुले आफ्नो बिदाई मन्तव्यको क्रममा यस प्रतिष्ठानमा कार्यरत रहँदाको बखत प्रतिष्ठान परिवारले देखाएको सद्भाव, सदीक्षा र विश्वास प्रति आभार प्रकट गर्नुका साथै धन्यवाद समेत व्यक्त गर्नु भएको थियो ।

दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न:नेपाल प्रहरी प्रधान कार्यालय कर्मचारी प्रशासन शाखाको च.नं. ७०२०, मिति २०८३/०१/२...
15/05/2026

दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न:
नेपाल प्रहरी प्रधान कार्यालय कर्मचारी प्रशासन शाखाको च.नं. ७०२०, मिति २०८३/०१/२९ गतेको प्रत्रले जनपद प्रहरी समूह तर्फको प्रहरी सहायक निरीक्षक पदबाट प्रहरी नायब निरीक्षक पदमा पदोन्नती हुनु भएका प्रहरी नायब निरीक्षक बिष्णु प्रसाद रिमाललाई आज मिति २०८३/०२/०१ गते यस प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक श्री शिद्धी बिक्रम शाहज्यूको प्रमुख आतिथ्यमा दर्ज्यानी चिन्ह द्वारा सुशोभित गर्नु भयो ।
उक्त कार्यक्रममा प्रतिष्ठानका निर्देशक,सह- निर्देशक,नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालयका प्रधानाचार्य, उप- निर्देशक लगायत सिनियर प्रहरी अधिकृतहरूको समेत उपस्थिती रहेको थियो ।

Address


Alerts

Be the first to know and let us send you an email when National Police Academy, Maharajgunj, Kathmandu posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to National Police Academy, Maharajgunj, Kathmandu:

  • Want your organization to be the top-listed Government Service?

Share