Film Development Board, Nepal

Film Development Board, Nepal FDB is established by Government of Nepal for the development and promotion of Nepal's film industry.
(2)

Chabahil, Kathmandu, Nepal
Gopikrishna Nagar (near to Taxpayers Service Office), Behind Gopi Krishna Movies
Tel.: [+977-1] 4812332, 4812387, 4822964
Fax: [+977-1] 4812360
Email: [email protected] | URL: www.film.gov.np

राष्ट्रिय चलचित्र पुरस्कार २०८२ कार्यक्रमका तस्विरहरु, भाग २: फोटो : सन्तोष सुनार
19/06/2026

राष्ट्रिय चलचित्र पुरस्कार २०८२ कार्यक्रमका तस्विरहरु, भाग २: फोटो : सन्तोष सुनार

राष्ट्रिय चलचित्र पुरस्कार २०८२ कार्यक्रमका तस्विरहरु, भाग १ : फोटो : बद्री थापा
19/06/2026

राष्ट्रिय चलचित्र पुरस्कार २०८२ कार्यक्रमका तस्विरहरु, भाग १ : फोटो : बद्री थापा

चलचित्र विकास बोर्डको सहकार्य तथा सुनुवार कलाकार तथा चलचित्रकर्मी समाजको आयोजनामा ७ दिने चलचित्र निर्देशन कार्यशाला सफलत...
18/06/2026

चलचित्र विकास बोर्डको सहकार्य तथा सुनुवार कलाकार तथा चलचित्रकर्मी समाजको आयोजनामा ७ दिने चलचित्र निर्देशन कार्यशाला सफलतापूर्वक सम्पन्न भएको छ।
आदिवासी जनजाति मातृभाषी चलचित्रको विकास, विस्तार र प्रवर्द्धन गर्ने उद्देश्यले चलचित्र विकास बोर्डको आर्थिक वर्ष २०८२/०८३को वार्षिक कार्यक्रम अन्तर्गत उक्त कार्यशालाको आयोजना गरिएको हो। सुनुवार सेवा समाज भवन, बालकुमारीमा सञ्चालन गरिएको कार्यशाला २०८३ साल जेठ २६ गतेदेखि असार १ गतेसम्म चलेको थियो।कार्यशालामा चलचित्र निर्देशनका आधारभूत सिद्धान्त, कथा तथा पटकथा विश्लेषण, दृश्य संरचना, कलाकार व्यवस्थापन, छायाङ्कनसँगको समन्वय लगायतका विषयमा प्रशिक्षण प्रदान गरिएको आयोजकले जनाएको छ।कार्यशालामा २८ जना प्रशिक्षार्थीहरूको सक्रिय सहभागिता रहेको थियो। सहभागीहरूले चलचित्र निर्देशनसम्बन्धी व्यावहारिक तथा सैद्धान्तिक ज्ञान हासिल गरेको बताइएको छ।
कार्यशालाको समापन समारोहमा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेशराज दाहालले प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो। सो अवसरमा अध्यक्ष दाहालले मातृभाषी चलचित्रले नेपालको भाषा, संस्कृति र पहिचान संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले चलचित्र क्षेत्रको दिगो विकासका लागि दक्ष जनशक्ति उत्पादन आवश्यक रहेको उल्लेख गर्दै यस्ता प्रशिक्षण कार्यक्रमले नयाँ पुस्तालाई चलचित्र निर्माणतर्फ आकर्षित गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।
उहाँले आदिवासी जनजाति समुदायका भाषा, कला र संस्कृतिलाई चलचित्रमार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्नुपर्ने आवश्यकता औँल्याउँदै चलचित्र विकास बोर्डले मातृभाषी चलचित्रको विकास र प्रवर्द्धनका लागि आवश्यक सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।
आयोजक संस्थाका अध्यक्ष शिव मुखियाले यस्ता कार्यक्रमले सुनुवार समुदायका युवाहरूलाई चलचित्र क्षेत्रमा आकर्षित गर्नुका साथै मातृभाषी चलचित्र निर्माण र संरक्षणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ। साथै, वहाँले आगामी दिनमा पनि चलचित्र तथा सांस्कृतिक विकासका लागि यस्ता क्षमता अभिवृद्धि कार्यक्रमलाई निरन्तरता दिन बोर्डलाई आग्रह गरेको छ ।

विराटनगरमा ६ दिने चलचित्र निर्देशन तथा छायाङ्कन तालिम सम्पन्नआदिवासी जनजाति मातृभाषी चलचित्रको विकास, विस्तार, प्रवर्द्ध...
18/06/2026

विराटनगरमा ६ दिने चलचित्र निर्देशन तथा छायाङ्कन तालिम सम्पन्न

आदिवासी जनजाति मातृभाषी चलचित्रको विकास, विस्तार, प्रवर्द्धन तथा उत्थान गर्ने उद्देश्यले चलचित्र विकास बोर्डको पूर्ण आर्थिक सहयोग तथा राजवंशी चलचित्र समाद समितिको आयोजनामा विराटनगरमा ६ दिने चलचित्र निर्देशन तथा छायाङ्कन तालिम सम्पन्न भएको छ।

चलचित्र विकास बोर्डको स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत २०८३ जेठ २६ देखि ३१ गतेसम्म विराटनगरस्थित राजवंशी सामुदायिक भवनमा सञ्चालित तालिममा राजवंशी समुदायका ३१ जना युवा–युवती सहभागी भएका थिए।

तालिममा चलचित्र निर्देशक अरुण प्रधान र लुजः सिंहले चलचित्र निर्देशन, छायाङ्कन, दृश्य संरचना, क्यामेरा सञ्चालन तथा चलचित्र निर्माणका सैद्धान्तिक र व्यावहारिक पक्षमा प्रशिक्षण दिनुभएको थियो।

चलचित्र (निर्माण, प्रदर्शन तथा वितरण) नियमावली, २०५७ को नियम २६ बमोजिम आदिवासी जनजाति तथा अल्पसंख्यक समुदायका लोपोन्मुख भाषा, संस्कृति र पहिचानको संरक्षण, संवर्द्धन तथा प्रवर्द्धन गर्ने उद्देश्यले तालिम आयोजना गरिएको हो।

तालिमको समापन समारोहमा प्रमुख अतिथिका रूपमा कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुली तथा चलचित्र विकास बोर्डका तर्फबाट अधिकृत अप्सरा समाल सहभागी हुनुभएको थियो।

राजवंशी चलचित्र समाद समितिका अध्यक्ष दीप नारायण राजवंशीले यस्ता तालिमले समुदायका युवामा चलचित्रकर्मप्रतिको रुचि, ज्ञान र क्षमता अभिवृद्धि गर्नुका साथै राजवंशी भाषामा चलचित्र निर्माण गर्न सक्षम जनशक्ति उत्पादन गर्न महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो।

तालिमबाट प्राप्त ज्ञान र सीपले राजवंशी भाषा, संस्कृति, परम्परा र मौलिक पहिचानलाई चलचित्रमार्फत संरक्षण गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्न थप टेवा पुग्ने अपेक्षा गरिएको छ।

#चलचित्रविकासबोर्ड #राजवंशीचलचित्र #मातृभाषीचलचित्र #चलचित्रनिर्देशन #छायाङ्कनतालिम #विराटनगर #कोशीप्रदेश #नेपालीचलचित्र

साप्ताहिक स्वदेशी चलचित्रको बक्स अफिस रिपोर्ट – मिति २०८३ जेठ ३१ गते आइतबार , ११ः५९ राति सम्मको आधिकारिक बक्स अफिस रिपोर...
15/06/2026

साप्ताहिक स्वदेशी चलचित्रको बक्स अफिस रिपोर्ट – मिति २०८३ जेठ ३१ गते आइतबार , ११ः५९ राति सम्मको आधिकारिक बक्स अफिस रिपोर्ट सिनेपाः@ बक्सअफिस कलेक्सन

मुन्धुमदेखि चलचित्र बजारसम्मको विमर्श गर्दै लिम्बू चलचित्र निर्माण कार्यशाला सम्पन्नललितपुर। चलचित्र विकास बोर्डको आर्थि...
15/06/2026

मुन्धुमदेखि चलचित्र बजारसम्मको विमर्श गर्दै लिम्बू चलचित्र निर्माण कार्यशाला सम्पन्न

ललितपुर। चलचित्र विकास बोर्डको आर्थिक सहयोग एवं सहकार्य तथा याक्थुङ मुन्चइत चोक सयङ संघीय समितिको आयोजनामा सञ्चालित एक हप्ते “लिम्बू चलचित्र निर्माण कार्यशाला–२०८३” को समापन समारोह तथा “लिम्बू चलचित्र विमर्श” कार्यक्रम सम्पन्न भएको छ।

२०८३ साल जेठ २५ गतेबाट ३१ गते आइतबार सम्म ललितपुर महानगरपालिका–१४ स्थित दरबार रेस्टुरेन्ट एण्ड पार्टी प्यालेसमा सञ्चालन भएको एक हप्ते कार्यशालाको चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।

लिम्बू समुदायको भाषा, साहित्य, मुन्धुम, संस्कृति, जीवनदर्शन तथा सामुदायिक अनुभवलाई चलचित्रको कथ्य, दृश्यभाषा र बजारसँग जोड्ने उद्देश्यले आयोजित कार्यशालाको समापनसँगै भएको विमर्शमा लिम्बू चलचित्रको वर्तमान अवस्था, मौलिक कथ्य संरचना, निर्माण प्रक्रिया, प्राविधिक गुणस्तर, अभिनय पद्धति, प्रदर्शन, प्रवर्द्धन तथा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय बजार विस्तारका विषयमा छलफल गरिएको थियो।

समापन समारोहमा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका निमित्त प्रमुख राम मादेन, नेपाल आदिवासी जनजाति महासङ्घ संघीय परिषद्का उपाध्यक्ष अमृत सुनुवार, किरात याक्थुङ चुम्लुङका संघीय उपाध्यक्ष निरन्ति तुम्बापो, आदिवासी जनजाति चलचित्र महासङ्घका कार्यवाहक अध्यक्ष भुइसल लामा, पूर्वप्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङ तथा नेपाली सेनाका पूर्वजर्नेल एवं चलचित्र निर्माता होमकुमार लावतीको विशेष उपस्थिति रहेको थियो।

त्यसैगरी, नेपाल चलचित्र निर्माता सङ्घका अध्यक्ष उदय सुब्बा, नेपाल चलचित्र कलाकार सङ्घका अध्यक्ष उत्तम के.सी., किरात राई चलचित्रकर्मी सङ्घका महासचिव किरण राई, मगर चलचित्रकर्मी सङ्घका अध्यक्ष विश्वास मगर, तामाङ चलचित्रकर्मी सङ्घका उपाध्यक्ष उत्तर लामा, थारु चलचित्र तथा सांस्कृतिक सङ्घका उपाध्यक्ष गुन्जा चौधरी, सुनुवार कलाकार तथा चलचित्रकर्मी समाजका महासचिव इगी होपो कोइच सुनुवार, माझी चलचित्रकर्मी सङ्घका महासचिव अमृता माझी, भुजेल चलचित्रकर्मी सङ्घका उपाध्यक्ष पावन भुजेल र सचिव नेत्र भुजेल, नेवा फिल्म सोसाइटीका कोषाध्यक्ष सुनिता श्रेष्ठ तथा राजवंशी चलचित्रकर्मी समाज समितिका महासचिव अरविन्द विश्वास सहभागी हुनुहुन्थ्यो।

कार्यक्रममा चलचित्र विकास बोर्डकी कर्मचारी सम्झना दाहाल, किरात याक्थुङ चुम्लुङ ललितपुरका अध्यक्ष शुभराज थाम्सुहाङ, किरात याक्थुङ चुम्लुङ भक्तपुरका दिपेन्द्र आङदेम्बे, किरात याक्थुङ चुम्लुङ काठमाडौंका सचिव भिष्म योङहाङ, याक्थुङ मुन्चइत चोक सयङ हङकङकी सचिव सुक्मिता केरुङ, चलचित्रकर्मी इन्द्र शेर्पा, सञ्चारकर्मी लेखनाथ सिकारी, नेवा फिल्म सोसाइटीका सदस्य अकिल महर्जन, समाजसेवी तथा कलाकार सलमान थलङ, नेपाल चलचित्र निर्माता सङ्घका सदस्य तारा श्रेङ, मगर चलचित्रकर्मी सङ्घका पूर्वअध्यक्ष भीम मास्की मगर, निर्माता विनोद पोमु तथा चलचित्र समीक्षक एवं प्राध्यापक सुसान्त गुरुङलगायत विभिन्न संघ–संस्थाका प्रतिनिधि, चलचित्रकर्मी, प्रशिक्षक र सहभागीहरूको उपस्थिति रहेको थियो।

जेठ २६ गतेदेखि ३१ गतेसम्म सञ्चालित कार्यशालामा मुन्धुमविद् डीबी आङबुङले मुन्धुम र याक्थुङ सभ्यताको सम्बन्ध, मुन्धुमको कथ्य संरचना, सांस्कृतिक प्रतीक, मौखिक परम्परा, पात्र निर्माण तथा मुन्धुममा अभिनयकलाको अभ्याससम्बन्धी प्रशिक्षण प्रदान गर्नुभएको थियो।

चलचित्र निर्देशक तथा प्रशिक्षक नवीन सुब्बाले लिम्बू कथा र कथ्य संरचना, मुन्धुमी कथन शैली, पूर्वीय तथा पश्चिमी कथन एवं अभिनय पद्धतिको तुलना, लिम्बू अभिनयको विशिष्टता तथा मौलिक कथालाई चलचित्रको दृश्यभाषामा रूपान्तरण गर्ने प्रक्रियाबारे प्रशिक्षण दिनुभएको थियो।

कार्यशालामा लेखक, निर्देशक, निर्माता, कलाकार, छायाकार, सम्पादक, गायक, अध्येता तथा अनुसन्धानकर्तासहित विभिन्न जिल्लाका ३७ जना सहभागीको सहभागिता रहेको थियो। सहभागीहरूले लिम्बू समुदायका मौलिक कथा, पात्र, संस्कार, मिथक तथा जीवन अनुभवलाई पटकथा, अभिनय र चलचित्र निर्माणमा प्रयोग गर्ने विषयमा अभ्यास, प्रस्तुति तथा अन्तरक्रिया गरेका थिए।

कार्यक्रमले मुन्धुममा आधारित मौलिक कथालाई आधुनिक चलचित्र निर्माण प्रणालीसँग जोड्ने, समुदायमा आधारित चलचित्रको सिर्जनात्मक तथा प्राविधिक क्षमता अभिवृद्धि गर्ने र लिम्बू चलचित्रका लागि सम्भावित बजार पहिचान एवं विस्तार गर्ने साझा दृष्टिकोण निर्माण गरेको छ।

चलचित्र विकास बोर्ड मातृभाषी तथा आदिवासी जनजाति चलचित्रको संरक्षण, विकास, गुणस्तर अभिवृद्धि र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रवर्द्धनका लागि सम्बन्धित समुदाय एवं सरोकारवाला संस्थासँग सहकार्य गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछ।

#चलचित्रविकासबोर्ड
#लिम्बूचलचित्रनिर्माणकार्यशाला
#लिम्बूचलचित्रविमर्श
#याक्थुङमुन्चइतचोकसयङ
#मुन्धुम #मातृभाषीचलचित्र
#आदिवासीजनजातिचलचित्र

15/06/2026

CINEPA: Release Schedule
असार २०८३
असार महिनामा प्रदर्शन हुने सम्पूर्ण चलचित्रहरूलाई हार्दिक शुभकामना । 🙏

चलचित्र विकास बोर्डको सहकार्य तथा थारु चलचित्र तथा सांस्कृतिक संघको आयोजनामा थारु समुदायको भाषा, संस्कृति, रहनसहन तथा मौ...
13/06/2026

चलचित्र विकास बोर्डको सहकार्य तथा थारु चलचित्र तथा सांस्कृतिक संघको आयोजनामा थारु समुदायको भाषा, संस्कृति, रहनसहन तथा मौलिक पहिचानलाई चलचित्रका माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने उद्देश्यले सुनसरीको झुम्कामा आयोजित सातदिने अभिनयकला तालिम सफलतापूर्वक सम्पन्न भएको छ। तालिममा उदयपुर, सुनसरी, सिराहा, सप्तरी र मोरङका ५१ जना प्रशिक्षार्थी सहभागी भएका थिए।

प्रशिक्षकद्वय परशुराम चौधरी र विजय सुब्बाले सहभागीहरूलाई नवरसको प्रयोग, पात्र निर्माण, संवाद प्रस्तुति, हाउभाउ तथा भावभङ्गी, क्यामेरा अभिनय, चलचित्रका प्रकार र अभिनयकलाका सैद्धान्तिक एवं व्यावहारिक पक्षबारे प्रशिक्षण दिनुभएको थियो।

तालिमको समुद्घाटन चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डी.सी.ले गर्नुभएको थियो भने समापन समारोह आदिवासी जनजाति मातृभाषी चलचित्र प्रवर्द्धन समितिकी सदस्य–सचिव तथा चलचित्र विकास बोर्डकी अधिकृत अप्सरा समालको उपस्थितिमा सम्पन्न भएको थियो।

समापन समारोहमा थारु चलचित्र तथा सांस्कृतिक संघका अध्यक्ष परशुराम चौधरीले तालिम सञ्चालनमा सहकार्य गरेकोमा चलचित्र विकास बोर्डप्रति धन्यवाद व्यक्त गर्दै यस्ता कार्यक्रमले समुदायभित्र रहेका प्रतिभाको पहिचान, क्षमता विकास र मातृभाषी चलचित्र निर्माणमा नयाँ पुस्ताको सहभागिता बढाउन महत्त्वपूर्ण योगदान पुर्‍याउने बताउनुभयो।

चलचित्र विकास बोर्ड नेपाली समाजका विविध भाषा, संस्कृति, कथा र मौलिक पहिचानलाई चलचित्रमार्फत संरक्षण, प्रवर्द्धन तथा विश्वमञ्चसम्म पुर्‍याउन प्रतिबद्ध छ।

#चलचित्रविकासबोर्ड
#अभिनयकलातालिम
#थारुचलचित्र
#मातृभाषीचलचित्र
#झुम्का
#नेपालीचलचित्र
#संस्कृतिरपहिचान

भाग -२  !!! चलचित्र विकास वोर्ड र नेपाल टूरिज्म वोर्डद्वारा आयोजित "Elephants In The Fog” समुहलाई सम्मान पुरस्कार हस्तान...
12/06/2026

भाग -२ !!! चलचित्र विकास वोर्ड र नेपाल टूरिज्म वोर्डद्वारा आयोजित "Elephants In The Fog” समुहलाई सम्मान पुरस्कार हस्तान्तरण एवं बधाई कार्यक्रमका तस्वीरहरु भाग -२ ...

अन्तर्राष्ट्रिय सफलताबापत ‘इलिफेन्ट्स इन द फग’ टोलीलाई चलचित्र विकास बोर्डद्वारा नगदसहित सम्मानअन्तर्राष्ट्रिय चलचित्र म...
11/06/2026

अन्तर्राष्ट्रिय सफलताबापत ‘इलिफेन्ट्स इन द फग’ टोलीलाई चलचित्र विकास बोर्डद्वारा नगदसहित सम्मान

अन्तर्राष्ट्रिय चलचित्र मञ्चमा नेपाली सिनेमाले हासिल गरेको ऐतिहासिक सफलताको कदर गर्दै चलचित्र विकास बोर्डले चलचित्र ‘इलिफेन्ट्स इन द फग’ का निर्माता, निर्देशक, कलाकार तथा प्राविधिक टोलीलाई नगद रु. २ लाख ५० हजार, सम्मानपत्र, खादा र मालासहित सम्मान गरेको छ।

चलचित्र विकास बोर्ड र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा बुधबार राजधानीस्थित नेपाल पर्यटन, होटल तथा पर्वतीय प्रतिष्ठान (नाथम) मा आयोजित विशेष समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री माननीय खड्गराज पौडेल ‘गनेस’, सूचना तथा सञ्चारमन्त्री माननीय डा. विक्रम तिमिल्सिना तथा प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार असीम शाहले चलचित्र टोलीलाई सम्मान प्रदान गर्नुभयो।

नेपाली चलचित्रले विश्वमञ्चमा नेपालको पहिचान, संस्कृति, कथा र सिर्जनशीलतालाई स्थापित गर्न पुर्‍याएको योगदानको उच्च कदरस्वरूप चलचित्र विकास बोर्डले उक्त सम्मान कार्यक्रम आयोजना गरेको हो।

कार्यक्रमलाई सम्बोधन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री पौडेलले ‘इलिफेन्ट्स इन द फग’ ले अन्तर्राष्ट्रिय मञ्चमा नेपाललाई चिनाउने महत्त्वपूर्ण काम गरेको बताउनुभयो। पछिल्ला वर्षहरूमा नेपाली चलचित्रले उल्लेखनीय फड्को मार्दै देशको प्रतिष्ठा उँचो बनाएको उल्लेख गर्दै उहाँले यस सफलताले समग्र नेपाली चलचित्र क्षेत्रलाई थप प्रेरणा दिएको धारणा व्यक्त गर्नुभयो।

सूचना तथा सञ्चारमन्त्री डा. तिमिल्सिनाले चलचित्र टोलीले हासिल गरेको उपलब्धि केवल पुरस्कार नभई राष्ट्रकै लागि अमूल्य गौरव भएको बताउनुभयो। उहाँले चलचित्र क्षेत्रको विकासका लागि आवश्यक कानुनी तथा नीतिगत सुधार गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै गुणस्तरीय तथा देशको आवाज बोल्ने चलचित्र निर्माणलाई प्रोत्साहन गर्न चालु आर्थिक वर्षमा करिब साढे तीन करोड रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिनुभयो।

चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले ‘इलिफेन्ट्स इन द फग’ को सफलताले नेपाली चलचित्र उद्योगलाई विश्वबजारमा अझ आत्मविश्वासका साथ अघि बढ्ने प्रेरणा दिएको बताउनुभयो। नेपाली चलचित्रले अन्तर्राष्ट्रिय पहिचान बनाउन थालेको उल्लेख गर्दै उहाँले चलचित्रसम्बन्धी कानुन निर्माणको प्रक्रिया अघि बढिरहेको र सरकार चलचित्र क्षेत्रको दीर्घकालीन विकासप्रति सकारात्मक रहेको धारणा व्यक्त गर्नुभयो।

उहाँले भन्नुभयो,
“अब नेपाल हिमालको देश मात्र होइन, ‘इलिफेन्ट्स इन द फग’ को देशका रूपमा समेत चिनिने अवस्था बनेको छ।”

सम्मान ग्रहण गर्दै चलचित्रका निर्देशक अविनाश विक्रम शाहले यो उपलब्धि व्यक्तिगत नभई सम्पूर्ण नेपाली चलचित्रकर्मीको साझा सफलता भएको बताउनुभयो। सिनेमा मनोरञ्जनको माध्यम मात्र नभई नेपालको संस्कृति, पहिचान र कथा विश्वसामु पुर्‍याउने सशक्त माध्यम भएको उहाँको भनाइ थियो।

समारोहमा निर्देशक शाहसहित निर्माता अनुप पौडेल र प्रचण्डमान श्रेष्ठ, कलाकार पुष्पा थिङ लामा तथा चलचित्रका अन्य कलाकार एवं प्राविधिक टोलीले सम्मान ग्रहण गर्नुभएको थियो।

नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिक्मतसिंह ऐरले चलचित्रको अन्तर्राष्ट्रिय सफलताले नेपालको पर्यटन प्रवर्द्धनमा समेत सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो। प्राकृतिक सौन्दर्य, संस्कृति र विविधताले भरिपूर्ण नेपाल चलचित्र छायांकनका लागि उत्कृष्ट गन्तव्य भएको उल्लेख गर्दै उहाँले चलचित्र र पर्यटनलाई एकअर्कासँग जोडेर अघि बढाउनुपर्ने धारणा राख्नुभयो। कार्यक्रमको सहकार्य तथा संयोजनमा नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक सूर्य थपलियाले भूमिका निर्वाह गर्नुभएको थियो।

कान्स फिल्म फेस्टिभलको प्रतिष्ठित मञ्चमा ‘अन सर्तेन रिगार्ड’ जुरी पुरस्कार तथा उत्कृष्ट ध्वनि सिर्जना पुरस्कार–२०२६ प्राप्त गरेको ‘इलिफेन्ट्स इन द फग’ ले विश्वस्तरमा नेपाली कथावस्तु, संस्कृति र सिर्जनात्मक क्षमताको प्रभावशाली प्रस्तुति दिएको छ।

कार्यक्रममा सूचना तथा सञ्चार मन्त्रालयकी सचिव लक्ष्मीकुमारी बस्नेत, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलासहित नेपाली चलचित्र क्षेत्रका विशिष्ट व्यक्तित्वहरू बसुन्धरा भुसाल, मदनकृष्ण श्रेष्ठ, शिव श्रेष्ठ, करिश्मा मानन्धर, निरुता सिंह, जितु नेपाल, दयाहाङ राई, पशुपति राई, मनोज पण्डित, मोहन निरौला, कृष्ण मल्ल, नकिम उद्दिन, प्रकाश सुवेदी, रञ्जित आचार्य र विकास सुवेदीलगायतको उपस्थिति रहेको थियो।

त्यसैगरी, चलचित्र क्षेत्रसँग सम्बन्धित १४ वटा संघसंस्थाका अध्यक्षसहित चर्चित कलाकार, निर्माता, निर्देशक, प्राविधिक तथा अन्य चलचित्रकर्मीहरूको उल्लेख्य सहभागिता रहेको थियो।

यो उपलब्धि ‘इलिफेन्ट्स इन द फग’ परिवारको मात्र नभई सम्पूर्ण नेपाली चलचित्र क्षेत्र र राष्ट्रकै साझा गौरव हो। नेपाली कथा, संस्कृति र सिर्जनशीलतालाई विश्वमञ्चमा पुर्‍याउने सम्पूर्ण चलचित्र टोलीप्रति चलचित्र विकास बोर्ड हार्दिक बधाई तथा उच्च सम्मान व्यक्त गर्दछ।

नेपाली चलचित्रको विश्वयात्रा अझ सशक्त, सफल र गौरवमय बनोस्।

#चलचित्रविकासबोर्ड




Address

Chalchitra Marg, SaraswatiNagar, Chabahil
Kathmandu
44600

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00

Telephone

+97714822860

Alerts

Be the first to know and let us send you an email when Film Development Board, Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Film Development Board, Nepal:

Share