Parigraha

Parigraha “Stay Connected: Help Materialize Potentials”
email us @ [email protected]
or tweet with us

Coffee never knew it would taste so great, before it met milk and sugar. We may be doing well as individuals, but become better when we meet and collaborate with the compassionate people. Similarly, let's meet those who need our support and affection in addition to helping them realize their true potential and be a better person. Parigraha itself means grace and assistance, established as a non-go

vernment and non – Profit organization to serve and build a better society through Health, Education, and Environmental Awareness.

06/03/2023

We would like to wish happy holi to all our well wishers, friends and family.
यस फागु पूर्णिमाका(होली) अवसरमा हाम्रा शुभचिन्तक, मित्र जन, र सपरिवार लाई शुभकामना व्यक्त गर्दछौं।

12/02/2023

Chhuk Chhuk Chhuk Chhuk , music video directed by Kedar Shrestha and produced by Mallaaj Productions is going to be released on YouTube channel of OSR Digital on 5th Falgun (17th February).

----> 5 Days to go. Stay Tuned.

सबैलाई धेरै शुभकामना व्यक्त गर्दछौं।
04/10/2022

सबैलाई धेरै शुभकामना व्यक्त गर्दछौं।

आज महानवमी र स्याकुट्याकुका दिन देवी माताले हामी सबैलाई सत्य र न्यायका बाटो लाग्न शक्ति प्रदान गरुन् । अगाध माया र असिमित शुभकामना व्यक्त गर्दछौं।

बाढीबाट प्रभावित सबैलाई हाम्रो प्रार्थना
18/06/2021

बाढीबाट प्रभावित सबैलाई हाम्रो प्रार्थना

Our hearts are with the people here in Nepal and our neighboring country Bhutan who are adversely affected by the monsoon flood.

Congratulations to Nepali football team
30/03/2021

Congratulations to Nepali football team

Nepal defeated Bangladesh 2-1 to lift the Three Nations Cup 2021 on Monday. Congratulations to our boys. We are proud of you. Pic credit : afc.com

“The logic is simple: if you do the right things, the right things will happen to you even without your intent.”― Sadhgu...
11/03/2021

“The logic is simple: if you do the right things, the right things will happen to you even without your intent.”
― Sadhguru, Adiyogi: The Source of Yoga
We wish you wellness and good health on the occasion.

We wish wonderful women "Happy Women's Day"
08/03/2021

We wish wonderful women "Happy Women's Day"

Please help for cute baby
24/08/2020

Please help for cute baby

18/03/2020

ईटाली कोरोना भाईरसको माहामारीमा कसरी फस्यो् "एकजना इटालियन नागरिकको अनुभव"

जनचेतनाको लागि पढौः

अहिले कोरोना भाईरस (कोभिड-१९) को प्रकोप सबैभन्दा बढी इटालीमा फैलिदै छ, देश पूरै 'लक डाउन' अवस्थामा छ। त्यहाका एक नागरिकले विश्वका अरु देशका नागरिक र सरकारलाई इटालीको अनुभवबाट सिकेर दिएको सन्देश।
सबैलाई थाहा भएको कुरा हो, अहिले कोरोना भाईरस (कोभिड-१९) फैलिएको कारणले पूरै इटाली क्वारान्टाइनमा छ। त्यो भनेको बाहिर निस्कने अती आवश्यक काम नभए सम्म देशका सबै नागरिक, सबै जना सकेसम्म घरमा नै बस्नुपर्छ। यो नराम्रो र डरलाग्दो अवस्था हो, तर यो भन्दा पनि डरलाग्दो के हो भने बाँकी संसारका देशहरुले आफ्नो देशमा यो भाईरस नआईपुगेको र धेरै नदेखिएको भन्दै हामीलाई त केही हुँदैन भनेर ढुक्क सँग बसेका छन्। हामीलाई थाहा छ तिमीहरुले के सोचिरहेका छौ, किनकी हामी पनि केही समय अघी त्यही अवस्थामा थियौं।
एकछिन हेरौं हामी र हाम्रो इटाली लगभग २-३ हप्तामा कसरी त्यो अवस्थाबाट यो अवस्थामा आइपुग्यौं।
पहिलो स्टेज-
तिमीलाई थाहा छ कोरोना भाईरस छ भन्ने कुरा, तिमीले न्युजमा पढेका छौं, टिभी, इन्टर्नेटमा त्यो बारे समाचार हेरेका छौ। पहिलो दोस्रो गरेर केही पोजिटिभ केसहरु तिम्रो देशमा देखिएका छन्। डराउनुपर्ने केही छैन, यो अली कडा खालको रुघा खोकी मात्रै हो, बुढाबुढीहरुलाई मात्र डर हुन्छ। जवानहरुले त भाईरसलाई पचाईहाल्छन्। गर्मी लाग्दैछ, भाईरसहरु मरिहाल्छन्। म सुरक्षित छु, ढुक्क छु। सबै किन यती सार्हो आत्तिरहेका छन्, बेकारमा मान्छे तर्साउने काम गर्दैछन्। केही डर छैन।
दोस्रो स्टेज-
अब बिस्तारै पोजिटिभ केसहरु बढ्न थालेका छन्, अब स-साना क्षेत्रहरुलाई 'रेड जोन' भनेर तोकिन थालिएको छ, शुरुमा केस देखिएका शहरहरुमा अली बढी विरामी देखिन थालेका छन् (फेब्रुअरी २२ तिरको कुरा)। तर पनि आत्तिनुपर्ने केही छैन, त्यहीका डाक्टर, नर्स, अस्पतालहरुले हेर्दैछन्। केही मान्छे मरेका छन् तर सबै बुढाबुढीहरु छन्, पहिलेदेखी सुगर, दम जस्ता अरु रोग लागेका हरु छन्। मिडियाहरुले बेकारमा सानो कुरालाई ठुलो बनाएर मान्छे तर्साउदैछन्। म आफ्नो काम गरिरहन्छु, व्यापार व्यवसाय गरिरहन्छु, साथीभाइ भेटिरहन्छु, मलाई यो भाईरसको डर पनि छैन। यहाँ सबै ठिकै छन्।
तेस्रो स्टेज-
अब पोजिटिभ केसहरु छिटो छिटो बढ्दैछन्, दिनमै दोब्बर देखिन थालेका छन्, धेरै मर्न थालेका छन्। 'रेड जोन' र 'क्वारान्टाइन क्षेत्र' भनेर सरकारले अरु अरु शहरहरुलाई पनि तोक्दैछ। इटालीमा मार्च ७ सम्ममा एक चौथाई देश क्वारान्टाइनमा बसीसकेको छ। ती क्षेत्रका स्कुल, कलेजहरु बन्द भएका छन् तर रेस्टुरेन्ट, बार, फिल्महल, अफिसहरु अझै खुल्ला छन्। कुनै पत्रीकामा पूरै देश लक डाउन हुने समाचार अफिसियल्ली आउनु भन्दा अघी लिक हुन्छ, अनी करिब १० हजार जना ती 'रेड एरिया' तोकिएका भाईरस फैलिएको क्षेत्रबाट भाईरस नफैलिएका क्षेत्रमा भएका आ-आफ्ना घर फर्कन्छन्। बाँकी तीन चौथाइ इटालीका बासिन्दाहरुको दैनिकि खासै बद्लिएको हुँदैन, उनीहरु साबुन पानीले हात धुन्छन्, मास्क लगाएर हिड्छन्, भेला, समारोह नगरौं, सकेसम्म घरमै बसौं भन्ने सन्देश रेडियो, टिभीमा बजिरहन्छ। तैपनी अवस्था कती सम्म बिग्रनसक्छ भनेर उनीहरुले अनुमान लाउन सकेका छैनन ।
चौंथो स्टेज-
पोजिटिभ केसहरु ह्वात्तै बढ्न लागेका छन्, सबै स्कुल कलेजहरु कम्तीमा १ महिनाका लागि बन्द भएका छन्। देशमा स्वास्थ्यको इमर्जेन्सी घोषणा गरिएको छ। अस्पतालहरुमा विरामी भर्ना गर्न ठाउँ नपुगेपछी अन्य सामान्यहरुलाई हटाएर खाली गर्न लागिएको छ, रेगुलर अप्रेसनहरु क्यान्सिल गरिएका छन्, भएका डाक्टर, नर्स, स्वास्थ्यकर्मीले विरामीको चाप धान्न सकेको छैन। रिटायर्ड भईसकेकाहरुलाई बोलाइएको छ, अन्तिम वर्ष पढ्दै गरेकाहरुलाई काममा खटाइको छ, स्वयमसेवकहरु भर्ना गरिएका छन्। सिफ्टमा काम गर्ने भन्ने नै छैन, जती काम गर्न सकिन्छ, गर्नु भनिएको छ। डाक्टर नर्सहरुलाई पनि भाईरस संक्रमण देखिएको छ, उनीहरुको परिवार, बच्चाबच्चीलाई पनि देखिएको छ। भाईरस संक्रमण जटिल भएर निमोनिया भएका विरामीहरु थुप्रीन थालेका छन्, आइसीयु चाहिने विरामीहरुको भिड बढ्न थालेको छ, तर विडम्बना आइसीयु बेड खाली नै छैन, अझ भर्ना गर्नलाई सामान्य बेडहरु पनि खाली छैन, भर्ना गरेपनी हेर्नलाई पर्याप्त स्वास्थ्यकर्मी छैनन्। यो एउटा युद्दक्षेत्र जस्तै भएको छ। डाक्टरहरुले आउने जती सबैलाई उपचार गर्न चाहेर पनि सकिरहेका छैनन्, उपचारपछी बाच्ने सम्भावना जसको बढी छ, उसलाई बेड दिनुपर्ने, औषधी दिनुपर्ने अवस्था आएको छ। त्यसले गर्दा बुढाबुढीहरुले उपचार पाउने सम्भावना घट्दो छ। थोरै जनशक्ती र स्रोतले सबैलाई धान्नै नसकिने देखिएको छ। भेन्टिलेटर चाहिने सिकिस्त विरामीलाई अक्सिजन मात्र लगाएर राख्नुपर्दा मर्नेको संख्या बढ्दो छ। यस्तो तरिकाले आँखै अघी बाँच्नसक्ने र बाँच्नपर्ने विरामी मरेको देख्दा डाक्टर, नर्स विक्षिप्त छन्। तर गर्न सकिने केही छैन, पूरा सिस्टम धरासायी हुँदैछ।
पाँचौ स्टेज-
रेड जोनबाट भागेर घर पुगेका १० हजार जना बारे अघी भनिसकें। अब उनीहरुले गर्दा पूरा इटालीभरी भाईरस फैलिसकेको छ। अब पूरा देश नै क्वारान्टाइनमा छ। सकेसम्म भाईरस फैलनबाट रोक्ने भन्ने उद्देश्यले। तर मान्छेहरु काममा जान, किनमेल गर्न, औषधी पसल जान सक्छन् किनभने व्यापार त रोकिनु भएन नि, नत्र अर्थतन्त्र धराशायी हुन्छ। अब सबै जनाले मास लगाउने, पन्जा लगाउने गर्न थालेका छन्। तर अझै पनि केही मान्छेहरु भेटिन्छन् जो आफूलाई भाईरससँग डर लाग्दैन भन्ने गर्छन्, अनी साथीभाइ जम्मा हुन्छन्, खान्छन्, पिउछन्, रमाइलो गर्छन्।
छैठौं स्टेज-
२ दिनपछी सूचना आउछ, रेस्टुरेन्ट, बार, सपिङ सेन्टर सबै खालका पसलहरु बन्द गर्नुपर्छ, केही सुपर मार्केट र औषधी पसलहरुलाई छोडेर। तिमी घर बाहिर हिंड्नको लागि एउटा सर्टिफिकेट बोक्नुपर्छ, जसमा आफ्नो नाम, घर, कहाबाट आएको, कहाँ जाने, किन जाने सबै कुरा खुलाएको हुनुपर्छ। जताततै प्रहरीको चेक पोइन्टहरु छन्। विना अत्यावश्यक काम बाहिर निस्केको भेटिएमा २०६ युरो फाइन लाग्छ, अझ तिमी कोरोना भाईरस पोजिटिभ हौं भने त हत्यारालाई लाग्ने कानुन लाग्छ र १२ वर्षसम्म जेल बस्नुपर्ने हुन्छ।
इटालीको आज मार्च १२ गतेको अवस्था भनेको यही छैठौं स्टेजको छ। र यो अवस्था मात्र २ हप्तामा भएको हो। तेस्रो स्टेजबाट अहिलेको अवस्थामा त ५ दिनमा आएको हो।
इटाली, चीन, कोरिया बाहेक अन्य विश्व अहिले पनि पहिलो स्टेजमै छ, कुनै देश दोस्रो स्टेजमा जान लागेका छन्। तिमीहरुलाई थाहा नै छैन अब कस्तो दिन आउँदैछ भनेर। किनभने २ हप्ता अघी मलाई पनि थाहा थिएन अवस्था यस्तो हुन्छ भनेर। तर अहिले त्यो नसोचेको सपना वास्तविकता बनिसकेको छ। अझै पनि धेरै देशहरुले "यो हामीलाई लाग्दैन, हाम्रो देशमा आउन सक्दैन, मौसम वा भगवानले हामीलाई बचाउछ" भनेर रोकथाम र उपचारको लागि तयारी नगरी हल्का रुपमा लिएको देख्दा डर लाग्छ। यो समस्यालाई वेवास्ता गर्दैमा, समस्या छैन भनी आँखा छोप्दैमा, हल्का रुपमा लिदैमा यो हराएर जाने वाला छैन।
हाम्रो इटालीको सरकार पूरै देशलाई 'लक डाउन' गरेर राम्रो गरेको हो, यो भाईरसलाई अरु फैलनबाट रोक्न यही उपाय हो। चीनमा यो तरिकाले काम गरेको छ, आशा छ हाम्रो देशमा पनि काम गर्छ। शुरुमा फैलिएका केही शहरहरुमा यसले नयाँ संक्रमण घटाऊनलाई काम गरेको छ। त्यस्तै व्यापार व्यवसाय बन्द गरेर बस्नुपरेका नागरिकहरुलाई सरकारले सहयोगी नियम ल्याउनु भएको छ।
यी कदमहरु एकदमै अफ्ठ्यारा हुन् तर यी नगरे देश र विश्वको हालत के होला भनेर सोच्न पनि सकिन्न। कती देशहरुले यो समस्यालाई आफ्नो हैन, आफ्नो देशमा आएको छैन भनेर समय छदै सावधानी नअपनाएको देख्दा रिस पनि उठ्छ।
मलाई लाग्छ यो विश्वभरी फैलिएको कोभिड-१९को प्रकोपले पूरा समाजलाई नै परिवर्तन गर्नेछ, तपाईंलाई के लाग्छ? त्यसैले साथीहरु, तिम्रो देश र ठाउँमा यो भाईरस देखिन थालेको छ भने यसको मतलब यो फैलिरहेको छ, तिमीहरु हामीहरु भन्दा १-२ हप्ता पछाडि छौं, केही समयमा हाम्रो अहिलेको अवस्थामा आइपुग्छौ। त्यसैले प्लिज, प्लिज, प्लिज अहिलेबाटै गर्नुपर्ने सावधानीहरु गरिहालौं, मलाई यसले भेट्न सक्दैन भनेर भ्रममा नबसौं, हामी इटालियनहरुलाई पनि त्यस्तै लागेको थियो। अनी सकेसम्म घरमै बसौं, भिडभाडमा नजाऔं। आफ्नो हात सफा राखौं, साबुन पानीले हात धोऔं।
टेक केयर।

19/07/2019

Hello all of you,
We are going to distribute any types of clothes (new or old), rasan ,oil ,soyabeans,utensils, soap,dettol liquid ,harpic ,brushes,toothpaste, sanitary pad in terai ,rautahat , bara. If possible we r planning for chepang gaun,bote gaun also......
Or you can donate fund too

15/04/2019

तपाईंहरु कसैसँग साना बाबू नानीहरुलाई पुरानो लुगाहरु छ भने खबर गर्नु होला। बाराको नानी बाबुलाई सग्दो सहयोग गर्नु होला।

10/12/2016

Urgent Needs of Winter Support (blanket & warm cloths)

Earthquake victims 30 families in Khadgavanjyang-8, Nuwakot are in urgent needs of blanket and warm cloths to protect from cold.

These families are in isolated area then center of village and have to walk 2 hours from road. So, no one reached support up to now.

If you are interested to support, let us know.

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Parigraha posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Parigraha:

Share