08/09/2026
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा महादेवस्थान-मातातिर्थ खानेपानी उपभोक्ता समितिको तर्फबाट १ लाख ५ हजार रुपैयाँ सहयोग, पीडित उपभोक्ता परिवारलाई २५ हजार रुपैयाँ सहयोग
-------------------------------------------------------------
यहि मिति २०८३ साल भदौ १० गते बुधबारका दिन बागमती प्रदेशका विभिन्न जिल्ला (रसुवा, नुवाकोट, धादिङ लगायत) स्थित भोटेकोशी, त्रिशूली नदीमा आएको अकल्पनीय बाढीमा परि दिवंगत हुनुभएका समस्त नागरिकहरुप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौँ ।
सो विपद् मा परि सम्पर्कविहिन हुनुभएका नागरिकहरु यथासक्य सकुशल घर फर्कन सकुनहोस् र घाइते हुनुभएका नागरिकहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौँ ।
यस संस्थाको निर्णय अनुसार संस्थाको सल्लाहकार परिषद्, मूल कार्यसमिति, वडा प्रतिनिधि, कार्यरत कर्मचारीहरु तथा समस्त उपभोक्ताहरुका तर्फबाट प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा रु.१,०५,००१|- (अक्षरेपी एक लाख पाँच हजार एक रुपैयाँ) बैंक दाखिला गरिएको जानकारीका लागि अनुरोध छ (सो को निस्सा यसै पोष्टमा संलग्न गरिएको छ)।
उक्त बाढी प्रभावित क्षेत्रबाट यस संस्थाका केही उपभोक्ताहरुका परिवारका सदस्यहरुसमेत सम्पर्कविहिन हुनुभएको विवरण सार्वजनिक भइरहेको हुँदा उहाँहरुको खोजी तथा उद्धार कार्यमा थोरे भएपनि राहत मिलोस भन्ने उद्देश्यले यस संस्थाबाट प्रतिव्यक्ति रु. २५०००|- (पच्चिस हजार रुपैयाँ) आर्थिक सहयोग उपलब्ध गराउने निर्णय भएको हुँदा चन्द्रागिरि नगरपालिका वडा नं. ५, ६ र ७ (साबिक थानकोट महादेवस्थान गाउँ विकास समिति) क्षेत्रभित्र बसोबास गर्दै आउनुभएका र यस संस्थाको सदस्य बनी खानेपानीको धारा जडान गर्नुभएका उपभोक्ताहरुले सम्बन्धित वडा कार्यालयमार्फत यस संस्थामा सम्पर्क राख्नुहुन यो सूचना जारी गरिएको छ ।
साथै, यस सूचना सम्बन्धित पक्षसम्म पुर्याई सहयोग गरिदिनुहुन समेत यस संस्था समस्त उपभोक्ताहरु समक्ष अनुरोध गर्दछ ।
अध्यक्ष
एल बहादुर महर्जन
[ यस संस्थाको सम्पर्क नं. 014314217 | 9851128810 ]