03/03/2026
Nepali Congress
फागुन १९, २०८२
प्रेस विज्ञप्ति
लालीगुराँस मिडिया नेटवर्क नामक संस्थाले आफ्नो फेसवुक पेज मार्फत अन्यत्रको तस्वीरलाई इडिट गरी आदरणीय सभापतिज्यूको तस्वीर प्रयोग गरेर नेपाली कांग्रेसलाई बद्नाम गराउने कुत्सित मनसायका साथ भ्रामक र कपोलकल्पित सामाग्री प्रकाशन गरेको तर्फ नेपाली कांग्रेसको गम्भीर ध्यानाकृष्ट भएको छ ।
यस प्रकारका आधारहीन र भ्रम फैलाउने सामग्रीले आम नागरिकलाई दिग्भ्रमित पार्नुका साथै निर्वाचन सम्बन्धी आचारसंहिताको ठाडो उल्लङ्घन भएको छ । त्यसैले यो विषयमा आवश्यक छानबिन गरी प्रचलित कानून बमोजिम उक्त संस्थालाई हदैसम्मको कारवाही गर्न निर्वाचन आयोग र प्रेस काउन्सिल नेपाललाई आजै लिखित रुपमा जानकारी गराइएको छ । साथै, सत्य तथ्य र यथार्थ सूचनाको आधारमा मात्र समाचार सम्प्रेषण गर्न नेपाली कांग्रेस हार्दिक अनुरोध गर्दछ ।
कृष्णप्रसाद दुलाल
का.वा. मुख्य सचिव