National Health Education Information and Communication Centre

National Health Education Information and Communication Centre Central Body for Health Promotion Activities in Nepal under the Ministry of Health and Food Safety
, Government of Nepal

मनमा निराशा छ? कसैसँग आफ्नो मनको कुरा बाँड्न चाहनुहुन्छ? चुपचाप सहेर नबस्नुहोस्। तपाईंको जीवन अमूल्य छ र तपाईंका कुरा सु...
02/09/2026

मनमा निराशा छ? कसैसँग आफ्नो मनको कुरा बाँड्न चाहनुहुन्छ? चुपचाप सहेर नबस्नुहोस्। तपाईंको जीवन अमूल्य छ र तपाईंका कुरा सुन्न हामी तयार छौँ।
तपाईंलाई आवश्यक पर्दा जुनसुकै बेला फोन ११६६ गर्नुहोस्। तपाईंका कुरा गोप्य राखिन्छन् र मनोपरामर्शकर्ताले तपाईंलाई सुन्नुहुन्छ।
एउटा फोनले मन हलुका हुन सक्छ, आशा फर्किन सक्छ, जीवन जोगिन सक्छ।
आज कसैलाई निराश देख्नुभयो भने—उहाँसँग कुरा गरौँ, सुनौँ र आवश्यक सहयोगसम्म पुर्‍याऔँ।
❤️ हामी छौँ नि!

विपद् आयो भन्दैमा उपचार नरोकौ !बाढी, पहिरो वा अन्य विपद्का कारण नियमित ART सेवा लिन कठिनाइ भए पनि औषधि नियमित सेवन गर्न ...
02/09/2026

विपद् आयो भन्दैमा उपचार नरोकौ !
बाढी, पहिरो वा अन्य विपद्का कारण नियमित ART सेवा लिन कठिनाइ भए पनि औषधि नियमित सेवन गर्न नछुटाऔँ।
• औषधि सकिन लागेमा समयमै स्वास्थ्यकर्मीलाई जानकारी गराऔँ ।
• नियमित ART केन्द्र पुग्न नसकेमा ART Counsellor, CHBC Team वा स्वास्थ्यकर्मी मार्फत नजिकको/वैकल्पिक ART केन्द्रबाट उपचार निरन्तर गरौँ।
• औषधि नछुटाऔँ, उपचार नरोकौँ।
उपचारमा निरन्तरता- स्वस्थ जीवनको आधार!
HIV सम्बन्धी सेवा प्राप्त गर्दा गोपनीयता कायम राखिन्छ।
#उपचारनिरन्तरता #विपद्मास्वास्थ्य #औषधिनछुटाऔँ #उपचारनरोकौँ

तपाईं एक्लो हुनुहुन्न,  हामी छौँ नि!मनमा निराशा छ? कसैसँग आफ्नो मनको कुरा बाँड्न चाहनुहुन्छ? चुपचाप नबस्नुहोस्। तपाईंको ...
02/09/2026

तपाईं एक्लो हुनुहुन्न, हामी छौँ नि!
मनमा निराशा छ? कसैसँग आफ्नो मनको कुरा बाँड्न चाहनुहुन्छ? चुपचाप नबस्नुहोस्। तपाईंको जीवन अमूल्य छ र तपाईंका कुरा सुन्न हामी तयार छौँ।
मनोसामाजिक परामर्शका लागि ११६६
स्वास्थ्यसम्बन्धी परामर्शका लागि १११५
बालबालिकाको उद्धार, संरक्षण तथा परामर्शका लागि १०९८
एउटा फोनले मन हलुका हुन सक्छ, आशा फर्किन सक्छ, जीवन जोगिन सक्छ।
आज कसैलाई निराश देख्नुभयो भने—उहाँसँग कुरा गरौँ, सुनौँ र आवश्यक सहयोगसम्म पुर्‍याऔँ।
❤️ हामी छौँ नि! तपाईं एक्लो हुनुहुन्न।

31/08/2026
समाचार मात्र होइन, जीवनसँग जोडिएको सूचना दिऔं। 📰❤️विपद्को बेला सञ्चारमाध्यम आशा र सेवासम्म पुग्ने पुल बन्न सक्छ:✅ शीर्षक...
31/08/2026

समाचार मात्र होइन, जीवनसँग जोडिएको सूचना दिऔं। 📰❤️
विपद्को बेला सञ्चारमाध्यम आशा र सेवासम्म पुग्ने पुल बन्न सक्छ:
✅ शीर्षकले त्रास होइन, तथ्य बोलोस्
✅ अपुष्ट सूचना नफैलाऔं
✅ सूचनालाई जीवन बचाउने किसिमको बनाऔं
✅ पीडितको सम्मान र गोपनीयता जोगाऔं
✅ स्वास्थ्य सूचना जिम्मेवारीपूर्वक दिऔं
✅ अफवाह होइन, समाधान दिऔं

पत्रकारिता संवेदनशील बनोस्, सेवामुखी बनोस्। 🙏
#जिम्मेवारपत्रकारिता #विपद्मासंवेदनशीलता

31/08/2026

विपद्को बेला शव व्यवस्थापनसम्बन्धी अन्तराष्ट्रिय मापदण्ड र अभ्यास कस्तो छ ? सुनौं विज्ञका कुराः
हाम्रो उद्देश्य: शवको पहिचान सुरक्षित राख्नु र परिवारलाई सम्मानजनक अन्तिम संस्कारको अवसर दिनु।
कृपया अपुष्ट सूचना तथा भ्रमपूर्ण सामग्री शेयर नगरौं।
#विपद्मासंवेदनशीलता #शवव्यवस्थापन #भ्रमहटाऔं

पहिचान नभएका शवको DNA परीक्षण सम्बन्धमामिति २०८३/०५/१० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण आफन्तजन हराइरहनुभएका ...
31/08/2026

पहिचान नभएका शवको DNA परीक्षण सम्बन्धमा
मिति २०८३/०५/१० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण आफन्तजन हराइरहनुभएका नेपाली तथा विदेशी नागरिकका परिवारजनलाई जानकारी गराइन्छ।
🔹 DNA परीक्षणमार्फत फेला परेका शव वा शरीरका कुनै अंग/भागको पहिचान गर्न First Degree Relative (बाबु, आमा, छोरा वा छोरी) मध्ये कम्तीमा एक जनाको Fresh Blood Sample आवश्यक पर्नेछ।
🔹 नमुना संकलनका लागि २ प्रति पासपोर्ट साइजको फोटोसहित नेपाल प्रहरी अस्पताल, महाराजगञ्ज, प्याथोलोजी ल्याब, काठमाडौं वा नजिकको जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न सकिनेछ।
विदेशमा रहेका आफन्तका हकमा पनि बाबु, आमा, छोरा वा छोरीमध्ये एक जनाको विदेशमै DNA Profiling गरी Comparison का लागि DNA Profile को Softcopy नेपाल प्रहरीको आधिकारिक इमेल [email protected] मा पठाउन सकिने छ।
📞 सम्पर्क अधिकृत: प्रहरी निरीक्षक शम्भुबहादुर के.सी.
📱 मोबाइल: ९८४१६१६०९५
👉 यो सूचना सम्बन्धित परिवारजनसम्म पुर्‍याउन शेयर गरौं ।
ीक्षण #भोटेकोशीबाढी #हराइरहेका_आफन्त #नेपालप्रहरी #पहिचान #

31/08/2026

विपद्को समयमा स्वास्थ्य जोगाऔँ — खानेपानी र सरसफाइमा विशेष ध्यान दिऔँ।
बाढी, पहिरो वा अन्य विपद्पछि दूषित पानी र कमजोर सरसफाइका कारण झाडापखाला, हैजा, हेपाटाइटिस ए लगायत पानीजन्य रोग तथा डेंगी लगायतका कीटजन्य रोगको जोखिम बढ्न सक्छ। त्यसैले आफू र आफ्नो परिवारलाई सुरक्षित राख्न यी कुरामा ध्यान दिऔँ:
उमालेको वा शुद्धीकरण गरेको पानी मात्र पिउने गरौं ।
व्यक्तिगत सरसफाइमा ध्यान दिऔं ।
फोहोरलाई उचित तरिकाले व्यवस्थापन गरौँ।
ज्वरो, हैजा, झाडापखाला जस्ता लक्षण देखिएमा नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरौँ।
स्वास्थ्यसम्बन्धी समस्या, जानकारी वा सहयोग आवश्यक परे निःशुल्क हेल्पलाइन १११५ मा सम्पर्क गर्नुहोस्।
#विपद्मास्वास्थ्य #सुरक्षितखानेपानी #सरसफाइ #स्वच्छता #स्वास्थ्यतथाखाद्यस्वच्छतामन्त्रालय

बाढीपछि आफ्ना बालबालिकालाई दादुराबाट जोगाऔँ! 👧👦❤️बाढीपछि विस्थापित शिविर तथा भीडभाड भएका स्थानमा दादुरा जस्ता संक्रामक र...
30/08/2026

बाढीपछि आफ्ना बालबालिकालाई दादुराबाट जोगाऔँ! 👧👦❤️
बाढीपछि विस्थापित शिविर तथा भीडभाड भएका स्थानमा दादुरा जस्ता संक्रामक रोग फैलिने जोखिम बढ्न सक्छ। त्यसैले आफ्ना बालबालिकाको स्वास्थ्यमा विशेष ध्यान दिऔं।
⚠️ यी लक्षण देखिएमा ध्यान दिऔं:
🌡️ ज्वरो
🔴 शरीरमा रातो दाना/बिमिरा
😷 खोकी
💧 नाकबाट पानी बग्नु
👁️ आँखा रातो हुनु
✅ लक्षण देखिएमा बालबालिकालाई सकेसम्म अरूबाट अलग राखौं।
✅ तुरुन्त स्वास्थ्यकर्मीलाई जानकारी गरौं।
✅ आफैं औषधि नखुवाउनुहोस्, स्वास्थ्यकर्मीको सल्लाह लिऔं।
सावधानी अपनाऔँ, बालबालिकालाई सुरक्षित राखौँ।
# Ministry of Health and Population-Nepal #राष्ट्रिय खोप कार्यक्रम

30/08/2026

शव गाड्नु भनेको शव नष्ट गर्नु होइन।
शव व्यवस्थापन कसरी गरिदैंछ ? नवलपरासीबाट स्थलगत जानकारी दिदैं हुनुहुन्छ डा. सृजना कुवरः
हाम्रो उद्देश्य: शव नष्ट गर्नु होइन, पहिचान सुरक्षित राख्नु र परिवारलाई सम्मानजनक अन्तिम संस्कारको अवसर दिनु।
कृपया अपुष्ट सूचना तथा भ्रमपूर्ण सामग्री शेयर नगरौं।
#विपद्मासंवेदनशीलता #शवव्यवस्थापन #भ्रमहटाऔं

Address

Teku
Kathmandu
44618

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when National Health Education Information and Communication Centre posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to National Health Education Information and Communication Centre:

Shortcuts

Share