Netra Pd Sapkota

Netra Pd Sapkota Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Netra Pd Sapkota, Social service, Kathmandu.

14/04/2026

शान्ति, सुस्वास्थ्य र सफलताले भरिएको नयाँ वर्ष २०८३ सालको हार्दिक शुभकामना!
यो नयाँ वर्षले हामी सबैका जीवनमा आशा, ऊर्जा र सकारात्मक परिवर्तनको उज्यालो ल्याओस्।
विशेषगरी, यस वर्षले समाजमा सामाजिक न्याय, समानता र मानवीय मर्यादाको बलियो स्थापना गर्दै सीमान्तकृत तथा बहिष्कृत समुदायका लागि वास्तविक र अर्थपूर्ण प्रगतिको ढोका खोलोस् भन्ने कामना गर्दछु।
अब समय आएको छ वर्गीकरण, विभेद र अन्यायको सोच परिवर्तन गर्दै, समान अवसर र समावेशी समाज निर्माणतर्फ एकजुट भएर अघि बढ्ने।
आउनुहोस्, हामी सबै मिलेर न्यायपूर्ण, सम्मानजनक र समृद्ध समाज निर्माणको अभियानलाई अझ सशक्त बनाऔं।
नयाँ वर्ष २०८३ यहाँका लागि सुखद, सफल र उपलब्धिमूलक रहोस्।
हार्दिक मंगलमय शुभकामना! 🌸✨
Warmest wishes for a peaceful, healthy, and successful New Year 2083!
May this new year bring hope, energy, and positive transformation into all our lives.
Especially, may this year pave the way for meaningful and real progress for marginalized and excluded communities by strengthening social justice, equality, and human dignity in our society.
The time has come to transform the mindset of classification, discrimination, and injustice, and to move forward together toward building an inclusive society with equal opportunities for all.
Let us unite and further strengthen the movement to build a just, dignified, and prosperous society.
May the New Year 2083 be joyful, successful, and full of achievements for you all.
Heartfelt शुभकामना! 🌸✨

नेकपा (एमाले) को ११ओैँ राष्ट्रिय महाधिवेशनमा अपाङ्गता को समुहबाट अपाङ्गता (दृष्टि बिहिन) भएर पनि अत्यन्तै उर्जाशिल व्यक्...
15/12/2025

नेकपा (एमाले) को ११ओैँ राष्ट्रिय महाधिवेशनमा अपाङ्गता को समुहबाट अपाङ्गता (दृष्टि बिहिन) भएर पनि अत्यन्तै उर्जाशिल व्यक्तित्व अपाङ्गता क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा महत्त्वपूर्ण भुमिका निभाउनु भएका अत्यन्तै अनुभवी र यस क्षेत्रमा दखल राख्नु भएका अपाङ्गता क्षेत्र कै विज्ञ कमरेड डा.बिरेन्द्र राज पोख्रेल अपाङ्गताको समुहबाट बाट पार्टीको केन्द्रिय सदस्य पदका लागि उमेदवारी दिनु भएको छ।
सम्पूर्ण ११औं महाधिवेशन प्रतिनिधि कमरेडहरुलाई म आग्रह गर्दछु हजुरहरुबाट डा. बिरेन्द्र राज पोख्रेललाई आफ्नो अमुल्य मत दिई पार्टीको केन्द्रिय सदस्य पदमा बिजयी गराउन हुन हार्दिक अनुरोध गर्दछु आदरणीय प्रतिनिधि कमरेडहरु !!!

अपाङ्गता भएका व्यक्तिको ३४औं अन्तर्राष्ट्रिय दिवसको 3th Dec. 2025 को शुभअवसरमा यहीँ २०८२ मंसिर १७ गते बढैयाताल गाउँ पालि...
01/12/2025

अपाङ्गता भएका व्यक्तिको ३४औं अन्तर्राष्ट्रिय दिवसको 3th Dec. 2025 को शुभअवसरमा यहीँ २०८२ मंसिर १७ गते बढैयाताल गाउँ पालिकाका तपसिलमा उल्लेखित स्थान, मिति र समयमा उपस्थितिमा गराउनका लागि सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरुमा विनम्र निवेदन गर्दछु कि हजुरहरुबाट आ-आफ्नो गाउँघर, टोल, छिमेकमा रहेका अपाङ्गता भएका बालबालिका तथा अपाङ्गता भएका व्यक्तिहरुलाई खबर गरि तोकिएको स्थानमा पुर्‍याई दिनु हुन हार्दिक अनुरोध गर्दछु।
मानव सेवा नै धर्म हो !!!
नेत्रप्रसाद सापकोटा
राष्ट्रिय अपाङ्ग महासंघ(NFD-N) नेपाल
संघिय सदस्य
बर्दिया अपाङ्ग पुनर्स्थापना केन्द्र (BRCD) बर्दिया परिवार

सूचना ! सूचना !! सूचना !!!

नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रिय कमिटीको पूर्व घोषित कार्यक्रम अनुसार जिल्ला व्यापी रुपमा बर्दिया जिल्लाका स...
13/11/2025

नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रिय कमिटीको पूर्व घोषित कार्यक्रम अनुसार जिल्ला व्यापी रुपमा बर्दिया जिल्लाका सबै नगर पालिका, गाउँ पालिका कमिटीहरु द्वारा आयोजित पालिका स्तरीय जन प्रदर्शनका तथा बिरोधका कार्यक्रम हरुको झलकहरु।
A glimpse of the municipal- level public demonstration programs organized across Bardiya district by all municipalities and village committees, in accordance with the pre-announced program of the Central Committee of the Communist Party of Nepal (UML).

प्रकृतिले पनि मानिसलाई रुवाउनु सम्म रुवाउ छ। यहीँ गएको ०८२ आश्विन १४ गतेका दिन बिहान एक्कासि आएको हावाहुरी र पानीले बर्द...
02/10/2025

प्रकृतिले पनि मानिसलाई रुवाउनु सम्म रुवाउ छ। यहीँ गएको ०८२ आश्विन १४ गतेका दिन बिहान एक्कासि आएको हावाहुरी र पानीले बर्दियाका विभिन्न ठाउँमा किसानहरू ले लगाएको धानबालीको धेरै नै नोक्सानी भएको छ।

20/09/2025

बिश्वकाे कुनै पनि मुलुकमा भएकाे जनआन्दाेल न संविधानभन्दा माथि भएको हुन्छ। हामी बिश्व मा भएकाे क्रान्तीहरुबाट बुझ्न सक्छौ कि Gen z नवयुवाहरुकाे यस प्रकारको आन्दाेलन त्यसै भएकाे हैन नै होला कि जब कुनै पनि देशमा चरम भ्रष्टाचारको चङ्गुलमा चुर्लुम्मैडुवि सकेको हुन्छ र चरम रुपमा हुने गरेको घुसखोरि,अत्यन्तै बर्बरता पुर्ण र नितकृष्ट तरिकाले बिचौलिय, दलाल, नोकर शाहहरुको नवसामन्त वादी चिन्तन/ प्रवृत्तिले ओतप्रेत र संरक्षण मा रहेका दलाल नोकरशाह हरु जो विभिन्न नामबाट पार्टीका नाम मा खोल ओढेका र ती राजनितिक दलको महत्त्वपूर्ण पदहरुमा विराज मान महामानवहरुद्वारा यो वा त्यो प्रकृयाबाट चरम तरिकाले अन्याय र अत्याचार गर्दै आइरहेका थिए र अहिले पनि यो वा त्यो कोणमा रहेर गरि रहेका छन्। यस्तै यस्तै खाले महाअपराधिहरु महत्त्वपूर्ण पदहरुमा पदासीन वा विराजमान भएर बसि रहेका ती मानव तस्करहरुद्वारा चरम तरिकाले गाउँ वा शहरमा कृषि मजदुर हुन या उधोग/कलकारखाना हरुमा वा कन्ट्रक्सन कम्पनीमा वा घरगोठमा काम गर्ने ज्यालादारी मज दुरहरु वा नेपाल सरकारका तल्ला तहका स्थायी, करार, द‌ैनिक ज्याला दारीमा कार्यरत कर्मचारीहरु वा सरकारी निजीक्षेत्रमा सञ्चालित आधारभुत, माध्यमिक विधालय वा कलेजहरुमा समेत आफ्नो क्षमताले भ्यायसम्म दिनरात मेहनत गरेर ती साना बालबालिकाहरूको उज्ज्वल भविष्यका लागि मरिमेट्दै शिक्षाको उज्यालो ज्योति छर्ने ती शिक्षकहरू को पारिश्रमिक माथि पनि गिद्दे नजर हाल्ने र नियुक्ति र बढुवामा योग्यता र क्षमताको समेतको कुनै कसिमको मुल्यांकन र कदर नगरि घुस र कमिसनको आधारमा चुर्लुम्म डुब्ने र जसले मनग्गे रुपैयाँ बुझाउन आउँछ उसैलाई अवसर दिने जस्ता नित्कृष्ट प्रकारका काम कार्वाही र अन्यायको असहिष्णुताले सिमा नै नाघ्न थाल्दछ तब मात्र त्यो राष्ट्रमा शान्तिपूर्ण वा बिधंसात्मक, हिंसात्मक रुपमा आन्दाेलन हुने गर्दछ। त्यसको ज्वलन्त उदाहरणका रुपमा हेर्दा हाम्रै छिमेकी मुलुक श्रीलंका र बंगलादेश लाई नजिकैबाट हेर्न पनि त सकिन्छ नि।
यसरी साच्चिकै विश्लेषणात्मक रुप मा हेर्दा पनि हाम्रो देशमा ४०/५० बर्ष यताको सबैभन्दा ठुलाे र सशक्त र स्वत: स्फर्त रुपमा Gen Z द्वारा आह्वानमा गरिएको शान्तिपूर्ण विरोध प्रदर्शन वा आन्दोलन एकाएक एकै दिनमा बिधंशात्मक र हिंसात्मक हुन पुग्यो। हिंसात्मक रुपमा राष्ट्रको धन जनको अपुरणीय क्षति हुन पुग्यो। नसोचेको अवस्थामा ठुलो बलिदानी भएकाे छ र राष्ट्रका ऐतिहासिक धरोहर हरुका साथै इतिहासका महत्त्वपूर्ण सम्पदाहरु भग्नावेसको अवस्थामा पुगेका छन र नेपाल र नेपालीको इतिहासमा कालो दाग लाग्न पुगेको छ।
सयौँ विधार्थीहरु माथि गाेली चलाइए काे छ, ती हामी सबैका साना नानी बाबुहरुबाट आफ्ना मागलाई लिएर सरकारसंग शान्तिपूर्ण ढंगले हाम्रा जायज माग पूरा गरियोस् भनी शान्तिपूर्ण प्रदर्शन गरिरहदा उक्त विरोध जुलुस माथि एक्कासी सरकार वा गैरसरकारी पक्षबाट हो या हिंसात्मक गतिविधिमा संलग्नता भएका समूह वा हिंसालाई प्रोत्साहि त गर्न उस्काउने जुनसुकै समुह वा व्यक्ति किन नहोस् निश्चित रुपमा त्यस घटनामा संलग्नतामा रहेकाहरु को निष्पक्ष रुपमा न्यायिक छानबिन गर्न र कडाइका साथ कार्वाही गर्न गराउन एक अधिकार सम्पन्न अनुभ वी स्वतन्त्र व्यक्तिहरु रहेको उच्चस्त रीय न्यायिक छानबिन आयोग बनाई २०४६ साल देखि यता २०८२ भदौ २३,२४,२५ र २६ गते सम्ममा बनेका सरकारका सबै प्रधानमन्त्रीहरु, मन्त्री हरु र उच्चतहका पदस्त कर्मचारीहरु को निष्पक्ष रुपमा छानविन गर्नु पर्दछ।
२३ र २४ गते भएको Gen Z को शान्तिपूर्ण आन्दोलनमा गोली हान्ने, आगजनी गर्ने गराउन लगाउनेहरुको यथार्थ रुपमा छानविन गरेमा मात्र ती Gen Z आन्दोलनका क्रममा भएका शहिदहरुको आत्माले शान्ति पाउने छ।
अहिलेसम्मको भ्रष्टाचारका बिषय र विभिन्न कालखण्डमा बर्बरतापुर्ण तरिकाबाट गरिएको हत्या, आतंकको बारे निष्पक्ष छानवीन गरि कडाइका साथ कार्वाही गर्न सरकारले पुर्वाग्रह रहित कुनै पनि कसर बाकी नराखी कुनै पनि किसिमको ढिला सुस्ती वा विलम्ब नगरी छिटोभन्दा छिटो आन्दाेलनलाई दबाउन सयौँ विधार्थी र निहत्था युवाहरु माथि गाेली चलाए र हत्या गर्ने गराउनेहरुलाई नियन्त्रण मा लिएर हदैसम्मको कार्वाही गर्न गराउन र GenZ नवयुवा पुस्ताले राखेका जायज मागहरू नि:शर्त पूरा गर्न गराउन सरकारसंग जोडदार माग गर्दछु।।।।।।।।।।

20/09/2025

प्रधानमन्त्री सुशिला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याललाई चुनौतीका साथ भन्न चाहन्छु कि
तपाईहरूले हल्ला मात्र गर्ने हो कि काम पनि ......................................................?
१. वाइडबडी घोटाला
२. गिरी बन्धु टि स्टेट घोटाला
३. यति ओम्नी घोटाला
४. कम्बोडिया कान्ड
५. सेकुरेटी प्रिन्टिङ प्रेस- ७० करोड काण्ड
६. बालुवाटर जग्गा काण्ड
र एमालेका सबै नेताहरुको सम्पत्ति छानबिन गर ।
प्रमाण पुग्छ यदि भने कडा भन्दा कडा कारवाही गर जेल हाल हामी तिमीहरु जस्तो गरेर रुवाबासी गर्दैनौ र हस्ताक्षर पनि गर्दैनौ र प्रतिशोध गरे भयो भनेर भन्ने पनि छैनौ l
तर अब तपाईहरुले जनतालाई भ्रम छर्ने र झुठो समाचार सम्प्रेषण गर्ने काम बन्द गर्नुहोस हैन भने प्रमाणित गरेर देखाऊ सत्तामा बसेर छानबिन गर्न दिएनन भनेर अब भन्न पाउनु हुन्न l

16/09/2025

There is only one difference between worry and a pyre a pyre burns the dead, but worry burns the living.

Address

Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when Netra Pd Sapkota posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Netra Pd Sapkota:

Share

Category