28/04/2026
हैन हो, हाम्रा पूर्ण बहादुर दाईलाई कस्ले यस्तो सल्लाह दिन्छ हो? हजुरजस्तो व्यक्तित्वबाट सधैं परिपक्व, जिम्मेवार र स्पष्ट नेतृत्वको अपेक्षा गरिन्छ। तर पछिल्ला अभिव्यक्तिहरू सुन्दा त्यो अपेक्षा गम्भीर रूपमा कमजोर हुँदै गएको महसुस हुन्छ। बाहिरबाट हेर्दा भलाद्मी र बुद्धिजीवी देखिने छवि र ब्यवहार बिचको अन्तर अहिले झन् प्रस्ट देखिन थालेको छ, जुन चिन्ताजनक छ। अझै केटा–केटी पाराको शैलीमा आउने टिप्पणीहरूले नेतृत्वको स्तरलाई नै प्रश्नमा पारिरहेको छ।
कार्यकर्ता यस्तो सोच्न बाध्य हुन सक्छन, १४ औं महाधिवेशनमा उपसभापति किन बनाइयो? किन भने, हजुरको पछिल्ला अभिव्यक्तिले त्यस्तै सोच्न बाध्य बनाउछ। हजुरको यस्तो विचारले केवल व्यक्तिगत होइन; यसले पार्टीको संस्थागत निर्णयप्रतिको विश्वासलाई नै कमजोर बनाउँछ, यदि हजुर नेतृत्वमा जानु भयोभने। नेतृत्वमा बसेको व्यक्तिले यस्ता कुरा सार्वजनिक रूपमा राख्दा त्यसको असर कार्यकर्ता, संगठन र समग्र राजनीतिक सन्देशमा पर्छ भन्ने कुरा हेक्का राख्नैपर्छ। यस्तो गैरजिम्मेवार संकेतले पार्टीभित्र अन्योल र बाहिर अविश्वास दुवै बढाउने काम गर्छ।
कांग्रेस आजको अवस्थामा पुग्नुमा के साँच्चै गगन र विश्वकै कारणले हो? के हजुरको सुगा रटानले बिषेशनै जिम्मेवार छन् भन्ने सन्देश दिन खोजिएको हो भने, त्यो सोच नै समस्याग्रस्त छ। अबत हामि जस्ता कार्यकर्तालाई संका लाग्न थाल्यो, के हजुर सामान्य भुहि मान्छेको कुरा त सुन्नु हुन्छ? समस्या र कारक अरूमाथि लगाएर आफु भूमिकाबाट पन्छिन खोज्ने प्रवृत्तिले कुनै समाधान होईन, यो त बेहिमानको परकास्ट हो।वास्तविकता स्वीकार गरेर त्यसलाई सुधार गर्ने साहस नेतृत्वमा देखिनुपर्छ। अझै पनि जनतालाई भ्रममा राख्न सकिन्छ भन्ने सोच राख्नु भनेको समयको यथार्थलाई बेवास्ता गर्नु हो, किनकि आजको जनता धेरै सचेत, विश्लेषण गर्ने र निर्णय गर्ने भइसकेका छन्।
यही सन्दर्भमा स्वाभाविक रूपमा प्रश्न उठ्छ, के हजुर साँच्चै किसुनजीको मार्ग र आदर्शमा दृढ हुनुहुन्छ? अबत शंका लाग्न थाल्यो। के नाम भजाउदैमा अनुहाई हुने हो? यो प्रश्न उठाउनु हाम्रो चाहना होइन, तर पछिल्ला गतिविधि र अभिव्यक्तिहरूले त्यस्तो शंका गर्ने आधार बनाइरहेका छन्। विचार र व्यवहारबीचको अन्तर बढ्दै जाँदा यस्ता प्रश्नहरू उठ्नु स्वाभाविक हुन्छ।
यदि बिषेशको नेतृत्व मन पर्दैन भने १५ औं महाधिवेशनमा सभापति लड्ने जित्ने। तर त्यसका लागि आवश्यक गम्भीरता, स्पष्टता र आत्मानुशासन अनिवार्य छ। बेतुक्का, असंगत र अपरिपक्व अभिव्यक्तिहरूले क्षणिक चर्चा त ल्याउन सक्छन्, तर दीर्घकालीन रूपमा आफ्नै विश्वसनीयता र नेतृत्व क्षमतामाथि चोट पुर्याउँछन्। नेतृत्व भनेको लोकप्रियता होइन, जिम्मेवारी, दृष्टिकोण र निरन्तरता हो भन्ने कुरा व्यवहारबाट देखिनुपर्छ।
स्पष्ट रूपमा भन्न चाहन्छु, यदि यही प्रवृत्ति कायम रह्यो भने परिस्थिति हजुरले अनुमान गरेभन्दा १८० डिग्री विपरीत जान सक्छ। कार्यकर्ता र जनताले अब भावनामा होइन, तथ्य र व्यवहारमा आधारित मूल्यांकन गर्छन्, र त्यो मूल्यांकन कडा हुन सक्छ।
अन्ततः, यो व्यक्तिगत आक्षेप होइन; सुधारको स्पष्ट अपेक्षासहितको कडा तर आवश्यक सन्देश हो। समयमै सोच्ने, सच्याउने र सुदृढ बन्ने अवसर अझै छ।त्यसलाई गम्भीरतापूर्वक लिनु नै उचित हुनेछ।
🌳🌳🌳जय नेपाल🌳🌳🌳🌳