हामी नेपाली कांग्रेस

हामी नेपाली कांग्रेस Heart of Nepal: Political party of Nepal. It deliver all the news related to political issue.
नेपाली

03/05/2026
राज्यद्वारा गरिब दुःखीलाई जे-जसरी हुन्छ, मार्नै पर्यो  हैन?”
01/05/2026

राज्यद्वारा गरिब दुःखीलाई जे-जसरी हुन्छ, मार्नै पर्यो हैन?”

हैन हो, हाम्रा पूर्ण बहादुर दाईलाई कस्ले यस्तो सल्लाह दिन्छ हो? हजुरजस्तो व्यक्तित्वबाट सधैं परिपक्व, जिम्मेवार र स्पष्ट...
28/04/2026

हैन हो, हाम्रा पूर्ण बहादुर दाईलाई कस्ले यस्तो सल्लाह दिन्छ हो? हजुरजस्तो व्यक्तित्वबाट सधैं परिपक्व, जिम्मेवार र स्पष्ट नेतृत्वको अपेक्षा गरिन्छ। तर पछिल्ला अभिव्यक्तिहरू सुन्दा त्यो अपेक्षा गम्भीर रूपमा कमजोर हुँदै गएको महसुस हुन्छ। बाहिरबाट हेर्दा भलाद्मी र बुद्धिजीवी देखिने छवि र ब्यवहार बिचको अन्तर अहिले झन् प्रस्ट देखिन थालेको छ, जुन चिन्ताजनक छ। अझै केटा–केटी पाराको शैलीमा आउने टिप्पणीहरूले नेतृत्वको स्तरलाई नै प्रश्नमा पारिरहेको छ।

कार्यकर्ता यस्तो सोच्न बाध्य हुन सक्छन, १४ औं महाधिवेशनमा उपसभापति किन बनाइयो? किन भने, हजुरको पछिल्ला अभिव्यक्तिले त्यस्तै सोच्न बाध्य बनाउछ। हजुरको यस्तो विचारले केवल व्यक्तिगत होइन; यसले पार्टीको संस्थागत निर्णयप्रतिको विश्वासलाई नै कमजोर बनाउँछ, यदि हजुर नेतृत्वमा जानु भयोभने। नेतृत्वमा बसेको व्यक्तिले यस्ता कुरा सार्वजनिक रूपमा राख्दा त्यसको असर कार्यकर्ता, संगठन र समग्र राजनीतिक सन्देशमा पर्छ भन्ने कुरा हेक्का राख्नैपर्छ। यस्तो गैरजिम्मेवार संकेतले पार्टीभित्र अन्योल र बाहिर अविश्वास दुवै बढाउने काम गर्छ।
कांग्रेस आजको अवस्थामा पुग्नुमा के साँच्चै गगन र विश्वकै कारणले हो? के हजुरको सुगा रटानले बिषेशनै जिम्मेवार छन् भन्ने सन्देश दिन खोजिएको हो भने, त्यो सोच नै समस्याग्रस्त छ। अबत हामि जस्ता कार्यकर्तालाई संका लाग्न थाल्यो, के हजुर सामान्य भुहि मान्छेको कुरा त सुन्नु हुन्छ? समस्या र कारक अरूमाथि लगाएर आफु भूमिकाबाट पन्छिन खोज्ने प्रवृत्तिले कुनै समाधान होईन, यो त बेहिमानको परकास्ट हो।वास्तविकता स्वीकार गरेर त्यसलाई सुधार गर्ने साहस नेतृत्वमा देखिनुपर्छ। अझै पनि जनतालाई भ्रममा राख्न सकिन्छ भन्ने सोच राख्नु भनेको समयको यथार्थलाई बेवास्ता गर्नु हो, किनकि आजको जनता धेरै सचेत, विश्लेषण गर्ने र निर्णय गर्ने भइसकेका छन्।
यही सन्दर्भमा स्वाभाविक रूपमा प्रश्न उठ्छ, के हजुर साँच्चै किसुनजीको मार्ग र आदर्शमा दृढ हुनुहुन्छ? अबत शंका लाग्न थाल्यो। के नाम भजाउदैमा अनुहाई हुने हो? यो प्रश्न उठाउनु हाम्रो चाहना होइन, तर पछिल्ला गतिविधि र अभिव्यक्तिहरूले त्यस्तो शंका गर्ने आधार बनाइरहेका छन्। विचार र व्यवहारबीचको अन्तर बढ्दै जाँदा यस्ता प्रश्नहरू उठ्नु स्वाभाविक हुन्छ।
यदि बिषेशको नेतृत्व मन पर्दैन भने १५ औं महाधिवेशनमा सभापति लड्ने जित्ने। तर त्यसका लागि आवश्यक गम्भीरता, स्पष्टता र आत्मानुशासन अनिवार्य छ। बेतुक्का, असंगत र अपरिपक्व अभिव्यक्तिहरूले क्षणिक चर्चा त ल्याउन सक्छन्, तर दीर्घकालीन रूपमा आफ्नै विश्वसनीयता र नेतृत्व क्षमतामाथि चोट पुर्‍याउँछन्। नेतृत्व भनेको लोकप्रियता होइन, जिम्मेवारी, दृष्टिकोण र निरन्तरता हो भन्ने कुरा व्यवहारबाट देखिनुपर्छ।

स्पष्ट रूपमा भन्न चाहन्छु, यदि यही प्रवृत्ति कायम रह्यो भने परिस्थिति हजुरले अनुमान गरेभन्दा १८० डिग्री विपरीत जान सक्छ। कार्यकर्ता र जनताले अब भावनामा होइन, तथ्य र व्यवहारमा आधारित मूल्यांकन गर्छन्, र त्यो मूल्यांकन कडा हुन सक्छ।
अन्ततः, यो व्यक्तिगत आक्षेप होइन; सुधारको स्पष्ट अपेक्षासहितको कडा तर आवश्यक सन्देश हो। समयमै सोच्ने, सच्याउने र सुदृढ बन्ने अवसर अझै छ।त्यसलाई गम्भीरतापूर्वक लिनु नै उचित हुनेछ।
🌳🌳🌳जय नेपाल🌳🌳🌳🌳

नेपाली कांग्रेसले संसदीय दलमा नयाँ नेतृत्वलाई सर्वसम्मत रूपमा चयन गरेको निर्णयलाई हामी कार्यकर्ता तथा आम जनताले अत्यन्त ...
27/04/2026

नेपाली कांग्रेसले संसदीय दलमा नयाँ नेतृत्वलाई सर्वसम्मत रूपमा चयन गरेको निर्णयलाई हामी कार्यकर्ता तथा आम जनताले अत्यन्त सकारात्मक रूपमा लिएका छौँ। संसदीय दलका नेता भिष्मराज आङ्देम्बे, प्रमुख सचेतक वासना थापा र सचेतक निष्कल राईज्यूहरूको चयनले पार्टीभित्रको एकता, सहमति र लोकतान्त्रिक संस्कारलाई मजबुत बनाएको स्पष्ट सन्देश दिएको छ। यस्तो सहमतिमूलक निर्णयले राजनीतिक स्थिरता र जिम्मेवार नेतृत्वप्रतिको विश्वासलाई अझ सुदृढ बनाउने अपेक्षा गरेका छौँ।
हामी कार्यकर्ता र जनताको साझा अपेक्षा के हो भने—नयाँ नेतृत्वले संसदभित्र केवल उपस्थितिमात्र जनाउने होइन, तर जनताको आवाजलाई प्रभावकारी, सशक्त र मर्यादित ढंगले प्रस्तुत गर्नेछ। राष्ट्रिय हित, सुशासन, पारदर्शिता र जनउत्तरदायित्वका विषयमा स्पष्ट धारणा राख्दै नीति निर्माणमा गुणस्तरीय भूमिका निर्वाह गर्नेछ भन्ने विश्वास लिएका छौँ।
पार्टीका कार्यकर्ताहरू संगठनका आधारस्तम्भ हुन् भने जनता यसको शक्ति र उद्देश्य दुवै हुन्। त्यसैले नेतृत्वले संगठनभित्र समन्वय, संवाद र सहभागितालाई प्राथमिकता दिँदै सबै तहका कार्यकर्ताको भावना र जनताको अपेक्षालाई समान रूपमा सम्मान गर्ने वातावरण निर्माण गर्नु आवश्यक छ। यसले मात्र पार्टीलाई दिगो रूपमा बलियो र विश्वासिलो बनाउनेछ।
आगामी पाँच वर्ष नेपाली कांग्रेसका लागि महत्वपूर्ण अवसरको समय हो। यस अवधिमा पार्टीले विगतका कमजोरीहरूबाट पाठ सिक्दै, सकारात्मक पक्षहरूलाई अझ सुदृढ बनाउँदै, व्यवहारिक र जनमुखी राजनीति अघि बढाउनु अत्यावश्यक छ। हामी अपेक्षा गर्दछौँ कि नेतृत्वले केवल आलोचनामा सीमित नभई समाधानसहितको रचनात्मक भूमिका प्रस्तुत गर्नेछ, जसले जनविश्वासलाई अझ मजबुत बनाउनेछ।
अन्ततः, हामी कार्यकर्ता र जनताको तर्फबाट नव-निर्वाचित नेतृत्वलाई हार्दिक बधाई दिँदै सफल कार्यकालको कामना गर्दछौँ। लोकतान्त्रिक मूल्य, राष्ट्रिय हित र जनसेवाप्रतिको प्रतिबद्धतासहित पार्टीले संसदमा जिम्मेवार, दूरदर्शी र परिणाममुखी भूमिका निर्वाह गर्नेछ भन्ने दृढ विश्वास व्यक्त गर्दछौँ।

जय नेपाल 🇳🇵

Good News 👏🏻👏🏻👏🏻, I really like this. I am waiting for the day. Thanks Nepal Government👏🏻👏🏻👏🏻❤️❤️❤️
08/04/2026

Good News 👏🏻👏🏻👏🏻, I really like this. I am waiting for the day. Thanks Nepal Government👏🏻👏🏻👏🏻❤️❤️❤️

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा. आरजु राणा देउवा विरुद्ध पक्रा.....

शरदसिंह भण्डारी २०४६ सालदेखि आजसम्म १९ पटक मन्त्री भइसकेका छन ! यो अवधिमा काठमाडौँमा ३ वटा घर, गाउँमा दशौँ बिघा जमिन र अ...
31/03/2026

शरदसिंह भण्डारी २०४६ सालदेखि आजसम्म १९ पटक मन्त्री भइसकेका छन !
यो अवधिमा काठमाडौँमा ३ वटा घर, गाउँमा दशौँ बिघा जमिन र अर्बौँ लगानी गरेर होटल खडा गरेको, भु माफियसंग मिलेर पोखरा फेवा किनारको सयौ रोपनी जग्गा बिसौ बर्ष ठेक्कामा दिएर फेवाताल उठनै नस्क्ने बनाएको आरोप पनि पटक पटक उठिरहेको थियो तर कसैले केही गर्न सकेनन्!
अब उनका ज्वाइँ समेत मन्त्रीमण्डलमा भएकाे B***n सरकारले नातावाद नहेरेर कारबाही गरोस् , देश कङ्गाल बनाउने भ्रस्ट नेता र तिनीहरूका कार्यकर्ताको सम्पत्ति छानबिन गर्ने सरकारको उद्देश्य सफल होस सुभकामना!!

हे दासका झुन्ड यता सुन, हामी कसैको रैती हैनौ, कसैको दास हैनौ। हामी “नेपाली कांग्रेस” का सच्चा कार्यकर्ता हौं। तर हामी कु...
23/03/2026

हे दासका झुन्ड यता सुन, हामी कसैको रैती हैनौ, कसैको दास हैनौ। हामी “नेपाली कांग्रेस” का सच्चा कार्यकर्ता हौं। तर हामी कुनै दरबारको हजुरिया होइनौं। Budanilakantha दरबारमा बसेर टीका लगाएर नेता (टिके) बनाउने प्रवृत्ति हामीलाई स्वीकार्य छैन।
पार्टीभित्र लोकतन्त्रको भाषण गर्ने, तर व्यवहारमा राजा–रानी शैली अपनाउने, यो कस्तो प्रजातन्त्र हो?
सिद्धान्त नमिल्नेहरूसँग केवल ब्यक्तीगत स्वार्थ र सत्ता बचाउन गाठबन्धन गर्ने, नियुक्तिपछि चलखेल गर्ने, पैसाको खेल खेल्ने, अनी त्यो पैसा भूमिगत ट्याङ्कीमा थुपार्ने, आसेपासेलाई बाड्ने, पैसाको खेलमा सबै कब्जा गर्ने, अनी देशलाई कंगाल वनाउने। यहि नेतृत्वले कांग्रेसलाई खोक्रो बनाएको हो। Mahakali Treaty हुँदा प्रम हुदा देखिएको निर्णय शैली, आफैं देशको नेतृत्वमा हुँदा सत्ताको आडमा पार्टी फुटाएर कांग्रेस प्रजातान्त्रिक बनाउने कदम, Bhutanese refugee scam मा नाम जोडिनासाथ रातारात सत्ता समीकरण बदल्ने चरित्र, यी इतिहास मेटेर मेटिँदैनन्। त्यसैले Sher Bahadur Deuba र हनुमानको राजनीति हामीलाई स्वीकार्य छैन।
अर्कोतर्फ, Gagan Thapa ले दरबार राजनीति गरेनन्, टीके खाएनन्, सिद्धान्त बेचेका छैनन्। सधैं गलत प्रवृत्तिको विपक्षमा उभिए। घाटमा लासजस्तै निस्क्रिय बनेको कांग्रेसलाई फेरि हिँडाउने, बोल्ने र लड्ने बनाउने प्रयास गरेका छन्। के गगनहरूले बुढानिलकण्ठको सिक्न पर्ने हो???????…….हे दास।
हामीलाई शेरबहादुरको झुण्डले नैतिकता नपढाओस्। तपाईंहरूले सिकाएको राजनीति भनेको भागबण्डा, सेटिङ, ठगी र भ्रष्टाचार मात्र हो। राजनीति गर्ने हो भने विधि, नीति र आन्तरिक लोकतन्त्रका आधारमा गरौं। नत्र टीके प्रथा र दरबार संस्कृतिको खुलेआम अन्त्य गरौं। कांग्रेस कुनै व्यक्तिको निजी कम्पनी होइन—यो कार्यकर्ताको रगत र बलिदानले बनेको संस्था हो।

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when हामी नेपाली कांग्रेस posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share