03/08/2025
देवी देउराली भाकें अनि श्री पाथिभरा देवी भाकें,
आयो है हजुर घर आँगनमा ताप्लेजुङको लाखे !!
२०८२ श्रावण १७ गते शनिबार ताप्लेजुङ नेवाः संस्कृति समाज, काठमाण्डौको आयोजनामा गठेमंगलका दिन देखि शुरू भएको लाखेनाच काठमाण्डौमा रहनु भएका सह्रदयी तथा सहयोगी महानुभावहरूको घर आँगनमा लाखेनाच नाचियो।
हाम्रो लाखेनाचलाई आफ्नो घर आँगनमा निमन्त्रणा गरी सहयोग गर्ने महानुभावहरूमा ताप्लेजुङ समाज नेपालका अध्यक्ष श्री डम्बर बहादुर तुम्बाहाम्फे - पेप्सीकोला, माननीय श्री डम्बर ध्वज तुम्बाहाम्फे, श्री बिष्णु माया मादेन, श्री मनोज कुमार सुधा, श्री राज कुमार मादेन, श्री कोमल कुमार श्रेष्ठ - राधे राधे भक्तपुर , खोटाङ समाजका अध्यक्ष श्री टंक श्रेष्ठ - वानेश्वर ,श्रीमती मीरा भट्टराई - गोठाटार, श्री कमल कार्की, श्री भोला नाथ पौडेल - भीमसेनगोला, श्री भरत पौडेल, श्री केदार प्रसाद रिजाल - चाबहिल हुनुहुन्थ्यो। उहाँहरू सबैलाई उदार सहयोग र सदभावको लागि हार्दिक कृतज्ञता ज्ञापन गर्न चाहन्छौ।
ताप्लेजुङ नेवाः संस्कृति समाज, काठमाण्डौका लाखेनाचमा सक्रिय व्यक्तित्वहरू:
लाखे:
लाखे सह-संयोजक श्री कुमार श्रेष्ठ र किशोर श्रेष्ठ
ढट्वारे:
श्री अनिस श्रेष्ठ
ढोलक:
उपाध्यक्ष तथा लाखेनाच संयोजक श्री राजीव श्रेष्ठ, श्री सबिन कुमार श्रेष्ठ (मित्लुङ), अध्यक्ष श्री जीवन कुमार श्रेष्ठ, महासचिव श्री इन्द्र कुमार श्रेष्ठ र श्री सबिन श्रेष्ठ (दोभान)
झ्याम्टा:
श्री बिदुर घिसिङ, श्री भाईराज वनेम, श्री बिष्णु श्रेष्ठ
साथै लाखेनाच मानार्थ संरक्षक श्री ध्रुव नारायण श्रेष्ठ, कोषाध्यक्ष श्री मन्जना श्रेष्ठ, सदस्यहरू श्री चन्चला श्रेष्ठ, श्री सिता श्रेष्ठ, श्री सन्जु श्रेष्ठ, अन्य सहयोगी सदस्यहरू श्री कल्पना प्रधान श्रेष्ठ, श्री बिमला तामाङ, श्री संगिता श्रेष्ठ, श्री सुरेश श्रेष्ठ, श्री प्रतिमा थापा श्रेष्ठ, श्री रन्जना कार्की श्रेष्ठ, श्री सेविका श्रेष्ठ तथा सम्पूर्ण सदस्य र सहयोगीहरू धन्यवादका पात्र हुनुहुन्छ।