11/09/2025
मिति: २०८२l०५l२६
रास्ट्रिय अपाङ्गता सङ्गठन नेपाल
प्रेस विज्ञप्ती
काठमाण्डौ लगायत देशका प्रमुख शहरहरुमा Gen-Z युवाहरूले २०८२ भाद्र २३ गते सुशासन कायम, नाताबाद र भ्रस्टाचार बिरुद्दको आन्दोलनमा अनाहक मृत्युवरण गर्ने युवाहरू प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौं । घाइते युवाहरूको शिघ्र निःशुल्क स्वास्थ्य लाभको कामना गर्दछौ, साथै शोक सन्तप्त परिवारजनमा रास्ट्रिय अपाङ्गता सङ्गठन नेपाल गहिरो समवेदना प्रकट गर्दछौ ।
Gen-Z युवाहरूको २०८२ भाद्र २४ गते भएको आन्दोलनमा षडयन्त्रपूर्वक घुसपैठ गरी सरकारी तथा निजी भवनहरू आगजनी तथा तोडफोडबाट देशमा ठुलो जन धनको क्षति भएको हुनाले रास्ट्रिय अपाङ्गता सङ्गठन नेपाल दुःख र चिन्ता व्यक्त गर्दछ । प्रधानमन्त्रिले राजीनामा दिईसकेपछिको वर्तमान राजनीतिक अन्योलताको अवस्थामा देशलाई आगामी सहि र सुरक्षित निकास दिनका लागि संविधानको दयारा भित्र रहेर लोकतान्त्रिक विधीबाट उपयुक्त समाधान खोज्नका लागि सम्माननीय राष्ट्रपति ज्यू र Gen-Z समूहलाई आग्रह गर्दछ । देशमा उत्पन्न भइरहेको यस अप्ठ्यारो परिस्थितिमा विभिन्न बाहिरि स्वार्थ बोकेका समूहहरुको चलखेल हुनसक्ने संभावनालाई मध्यनजर गर्दै संघीय संसद, न्यायपालिका, प्रदेशसभा, प्रदेश सरकार, स्थानीय सरकारहरुले आ-आफनो स्थानबाट लोकतन्त्रको रक्षाका लागि भूमिका खेल्नका लागि हार्दिक आग्रह गर्दै निर्वाध रुपमा सेवा प्रदान गरी दैनिक जनजीवनलाई सामान्य बनाउनका लागि रास्ट्रिय अपाङ्गता सङ्गठन हार्दिक अपिल गर्दछ ।
नेपालको संविधान वमोजिम Gen-Z युवाहरूको माग देशमा गैर लोकतान्त्रिक व्यवस्थाको माग होइन तसर्थ उनीहरुको सहभागितामा नयाँ अन्तरिम सरकार निर्माण र संसदिय व्यवस्थामा आवश्यक सुधार गर्दै अगाडी बढ्न साथै लोकतन्त्रको रक्षा गर्दै उहाहरुको मागहरु यथाशिघ्र पूरा गर्न नयाँ बन्ने सरकारको मुख्य कर्तव्य हुन्छ। संविधान सम्मत नया नेपाल र लोकतान्त्रिक व्यवस्था निर्माणमा नेपाल सरकालाई सबै तह र तप्काका नागरिकहरुले आपसी सहयोग गर्न रास्ट्रिय अपाङ्गता सङ्गठन नेपाल सबैमा हार्दिक अपिल गर्दछ साथै सार्वभौमसत्ता, संविधान र लोकतान्त्रिक गणतन्त्रका पक्षधर राजनीतिक दलहरुले यस्तो विषम परिस्थितिमा आपसी समझदारी निर्माण गर्दै थयासिघ्र संवाद गरी संबैधानिक र लोकतन्त्रका उपलब्धीलाई रक्षा गर्न प्रभावकारी कदम चाल्न आग्रह गर्दछ ।
यस विषम घडीमा रास्ट्रिय अपाङ्गता सङ्गठन नेपालका सबै साथिहरु आ-आफनो क्षेत्रमा एक आपसमा सम्पर्क र समन्वयमा रहने, आपसी सुरक्षा, देशको सार्वभौमसत्ता, संविधान र लोकतान्त्रिक गणतन्त्र र सरकारी, सार्वजनिक तथा नीजि सम्पत्ति रक्षा गर्न दृढ र एकतावद्ध रुपमा उभिनका लागि आब्हान गर्दछ । आशा गरौ, यो परिस्थिती पक्कै पनि धेरै लामो हुने छैन तसर्थ यसप्रति हामि सबै कत्ति पनि बिचलित नभई संवेदनशील हुन पनि आग्रह गर्दछ । हाम्रा ध्वस्त भएका सरकारी, नीजि तथा सार्वजनिक भौतिक सम्पत्ति तथा संरचनालाई विश्वब्यापी आधुनिक ढाचा, सबैको लाइ प्रयोग गर्न सकिने पहुँचयुक्त तथा अपाङ्गता मैत्री ढाचामा पूर्ननिर्माणको लागि हामी अर्को ठोस अभियान सहित छिट्टै जुट्ने नै छौं भन्ने पनि विश्वास दिलाउन चाहान्छु ।
जगदिस प्रसाद अधिकारी
अध्यक्ष
राष्ट्रिय अपाङ्गता सङ्गठन नेपाल