RSP संगठन विभाग सुचना

RSP संगठन विभाग सुचना RSP संगठन विभाग प्रमुख

पर्यटकीय नगरी पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाइड प्रवेश विन्दू सहिदचाेक आसपास क्षेत्रमा अति-असान्दर्भिक तवरले जारी ग...
24/12/2024

पर्यटकीय नगरी पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाइड प्रवेश विन्दू सहिदचाेक आसपास क्षेत्रमा अति-असान्दर्भिक तवरले जारी गरेको निषेधाज्ञा तत्काल हटाउन आज राष्ट्रिय स्वतन्त्र पार्टी कास्की जिल्ला समितिले प्रमुख जिल्ला अधिकारी मार्फत जिल्ला प्रशासन कार्यालय, कास्कीलाई ध्यानाकर्षण गराएको छ।

07/06/2024

***ब्यवहारिक कानुन निर्माणको लागि योगदान गरौं***

ब्यवहारिक कानुनले, न्यायको ढोका खुल्ला राख्दछ । कानुन नै ब्यवहारिक नहुँदा वा कानुनको सहि तरिकाले ब्याख्या नगरेको अवस्थामा न्यायालयले गर्ने निर्णयहरु समेत विवादमा पर्न सक्छन्, पिडितले न्यायको अनुभुति पाउन सक्दैन । कयैन उदाहरण जिवित छन् ।
त्यसैले ब्यवहारिक कानुन निर्माणको लागि योगदान गर्न ईच्छुक ब्यक्तिहरुसंग केही समय निरन्तर भेट्ने इच्छा छ । यसरी योगदान गर्न इच्छुक साथीहरुले कृपया भेटघाटको लागि Whats App +977 9851220699 मार्फत समय मिलाउन अनुरोध छ ।
एउटा ब्यवहारिक कानुनको नमूना कमेन्ट्मा छ ।

***पार्टी समिक्षा- भरतपुर, चितवन***
31/05/2024

***पार्टी समिक्षा- भरतपुर, चितवन***

18/05/2024

***गोरखामा अलपत्र विकास***

१२ करोड लाग्ने पुलको लागि ३० लाख बजेट ।
विकास कसरी अलपत्र पर्छ त्यो हेर्न प्रधानमन्त्री प्रचण्डको निर्वाचन क्षेत्र गोरखाको पालुंटार न.पा. वडा नं. १ र वडा नं. ९ र १० जोड्ने धौखोला दोभान भुत्याहा सिमलमा ६० मिटर लम्बाई हुने पुल निर्माणको लागि गरेको काम हेर्दा हुन्छ ।
त्यो पुल निर्माण सम्पन्न गर्नको लागि लाग्ने लागत अनुमान छ रु. १२ करोड । तर बजेट विनियोजन गरिएको छ मात्र रु. ३० लाख ।
यो लागत अनुमानको जम्मा २.५ प्रतिशत हो । विनियोजन रकमको ५ गुणा सम्मको ठेक्का गर्न सकिने खरिद ऐनको प्रावधान छ भन्ने सुनेको हुँ, त्यसो गर्दा जम्मा १ करोड ५० लाख भयो, त्यसले त पुल बन्दैन । श्रोत सुनिश्चितता नभए सम्म काम अगाडी बढाउन ठेक्का गर्न नसकिने रहेछ । आयोजना कार्यान्वयन ईकाइले श्रोत सुनिश्चितताको लागि प्रदेश सरकारलाई पत्र लेखेको छ । तर जवाफ आएको छैन । केही ढिलो हुने वित्तिकै यस्तो योजनामा छुट्टाएको रकम फ्रिज हुन्छ । यस्ता फ्रिज हुने खुद्रे अलपत्र बजेट बनाउने की ड्याम ड्याम काम हुने गरी बजेट बनाउने? कार्यकर्ता रिझाउने होइन, जनता रिझाउने काम गरौं न, अनिपो देश बन्छ प्रधानमन्त्री ज्यू ।
यस्ता अलपत्र योजना कता कता छन्, खबरदारी गरौं है ।

***गोरखा चिन्तन, देश चिन्तन***रास्वपा जिल्ला संयोजक श्री सुवर्ण रोकाहा क्षेत्री, गोरखा काठमाण्डौ सम्पर्क विभाग संयोजक श्...
15/05/2024

***गोरखा चिन्तन, देश चिन्तन***
रास्वपा जिल्ला संयोजक श्री सुवर्ण रोकाहा क्षेत्री, गोरखा काठमाण्डौ सम्पर्क विभाग संयोजक श्री सुजन लामिछाने, भिमसेनथापा गापा सभापति श्री रामचन्द्र पोख्रेल लगाएत देशलाई मायागर्ने होनाहार गोरखाली साथिहरुसंग हिजो बालाजुमा भेटघाट ।
देश चिन्तन सवलीकरण गरेर जानुपर्ने सबैको धारणा ।

14/05/2024

शिक्षकलाई मासिक रुपमा तलब भुक्तानी गर्ने , अब देखि शिक्षकले तलब लिन ३ महिना कुर्नु नपर्ने ।
@धन्यवाद शिक्षा मन्त्री श्री सुमना श्रेष्ठ ।

10/05/2024

आरोप लगाईएको हो,
त्यो पनि सरासर झुटो ।
संसदमा एक पटक ९ मिनेट १८ सेकेण्ड मात्र बोल्न दिन किन नसकेको?
ल संसदीय छानविन समिति बनाउने नै हो भने, संसदमा एक पटक कुरा सुनेर, बोल्न दिएर बनाउँ न त ।
जनतालाई भ्रममा पारेर गरेको राजनीति धेरै टिक्दैन है । यो भ्रमको डोरी छिटै चुडिने छ ।
जय घण्टी ।

06/05/2024

कलिलैमा असिनाले चुटेको मकै सामान्य भन्दा दरिलो र धेरै फल्छ है ।

28/04/2024

***इलाम अपडेट***
फाकफाेकथुम नं १
कुल मत: १५३९
घण्टी: 115
रूख: 657
सुर्य: 534
मुडा: 188
(*घण्टी कम्जोर भएको वार्ड)

28/04/2024

***इलाम अपडेट***
फाकफोकथुम १ को ४ केन्द्र, कुल मतदान -१,५३९/= र २ को ३ केन्द्र , कुल मतदान-१,२८८/=
# मतगणना शुरु,
जय इलाम, जय घण्टी

10/04/2024

Address

Basundhara
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when RSP संगठन विभाग सुचना posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share