15/12/2020
#बेहोस हुनसक्ने सम्भावना छ । बिचार गरेर पढ्नु होला ।
दीप बस्न्यतको सम्पत्ति विवरण :
–काठमाडौं बत्तीसपुतलीस्थित घर सात रोपनी कम्पाउन्डमा
–आलिसान बंगला, भित्री र बाहिरी सजावाट राजा–महाराजाहरूको दरबारजस्तो, बारमा करौडौं रुपैयाँ बराबरका विभिन्न ब्रान्डका रक्सीहरू
–म्यानपावार व्यवसायी भीम रोक्काको नाममा लाजिम्पाटस्थित ग्याङजोङ होटल हाल हिमालय होटल तीन वर्षअघि दुई अर्ब १३ करोड रुपैयाँमा खरिद
–रोयल क्यासिनोमा ३० प्रतिशत सेयर
–नारायणहिटी दरबारको उत्तरढोकामा रहेको पहिलेको टुकुचे थकाली भएको घरजग्गा
–हाल हिमालय होटल नामकरण गरिएको उक्त होटलका सञ्चालकहरू उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुन, गृहमन्त्री रामबहादुर थापा बादलका छोरा आशीष थापा र दीप बस्न्यातका छोरा कमल बस्न्यात सञ्चालक
–काठमाडौं मण्डिखाटारमा नौ रोपनी कम्पाउन्डको विशाल घर
–बुढानिलकण्ठको मूल सडकमै जोडिएको आफ्नो ३ दशमलव ५ रोपनी जग्गामा त्यति नै जग्गा थपेर होटल खोल्ने योजना
–ललितपुरको भैंसेपाटीमा सात रोपनी जग्गा
–नगरकोटमा ८५ रोपनी जग्गा
–उदयपुरको गाईघाट बजारमै सुविधा सम्पन्न घरसहित तीन बिघा जग्गा
–मेडिसिटी र चाबहिलको ओम अस्पतालमा ठूलो आर्थिक लगानी
–आठ करोड रुपैयाँ मूल्य पर्ने मर्सिडिज बेन्चकार, ९० लाख रुपैयाँ मूल्य पर्ने बीएमडब्लु मोटरसाइकललगायत चारवटा सुविधा सम्पन्न गाडीहरू
–नक्साल ब्यांकेट आफ्नो छोरा कमल तथा ज्वाइँद्वय प्रज्वल अधिकारी र मनोज सुवेदीको नाममा
नक्कली प्रमाणपत्र प्रकरण
दीप बस्न्यात धर्मराज उपाध्याय (डीआर) नामक विवादास्पद नागरिकमार्फत प्रमाणपत्र भारतबाट किनेर ल्याई नेपाल सरकारको सचिवदेखि प्रमुख आयुक्तसम्म भए । बस्न्यातलाई प्रमाणपत्र भारतबाट ल्याइदिने डीआर उपाध्याय हुन् । उपाध्यायले त्यही प्रमाणपत्र ल्याएकै कारण बस्न्यात राजस्वमा हुुँदा व्यापारीका फर्मको सूचना दिने, छापा हान्न लगाउने र फेरि बिचौलिया बनेर दशौं करोड रुपैयाँ आर्जन गरेको स्रोत बताउँछ । बस्न्यातको नक्कली प्रमाणपत्रका बारेमा उजुरी परेपछि अख्तियारले छानबिन गरेको थियो । आयोगले छानबिन सुरु गरेपछि बस्नेतले चलखेल गर्न सुरु गरे । अनुसन्धानका संयोजक नै बस्न्यातले आफ्नो इसारामा नायव महान्यायाधिवक्ता चेतप्रसाद घिमिरेलाई राख्न सफल भए । बस्न्यातले घिमिरेलाई प्रभावमा पारी प्रमाणपत्र सक्कली भएको प्रतिवेदन दिन लगाए । घिमिरेले आफ्नो नक्कली प्रमाण