चुनदेवी टोल सुधार समिती

चुनदेवी टोल सुधार समिती A page about Updates and news about our community development

13/12/2025
चुदेबि टोल सुधार समिति को अफसि नजिक पानी ट्यङकिमा छुटेको घडिको लागि   कार्यालयमा सम्पर्क राख्नु होला 9841699814,984-1894...
26/07/2025

चुदेबि टोल सुधार समिति को अफसि नजिक पानी ट्यङकिमा छुटेको घडिको लागि कार्यालयमा सम्पर्क राख्नु होला 9841699814,984-1894074,+977 984-9120146

13/11/2024

शुचना! शुचना!! शुचना!!!
उपरोक्त विषयमा यस चुनदेवी टोल सुधार समितिको संयोजनमा विगत चार महिना देखि अक्षेश्वर महादेव/ चुनेवी मन्दिर परिसरमा संचालन हुदै आइरहेको चतुरमासा भागवत महापुराण समापनको अवसरमा मिति २०८१ कार्तिक ३० गते लाख दिप प्रज्वलन तथा २०८१ मंसिर १ गते समापन कार्यक्रम निम्न मिति, स्थान र समयमा हुन गइरहेकाले टोलवासी धर्मप्रेमी भक्तालु महानुभावहरुलाई पुजा आराधना तथा प्रसाद ग्रहणका लागी हार्दिक निमन्त्रणा गर्दछौ।
कार्यक्रम:
मिति २०८१ कार्तिक ३० गते
लाख दिप प्रज्वलन
समय: विहान १० बजे
मिति २०८१ मंसिर १ गते
समापन/ प्रसाद वितरण
समय: विहान१० बजे
स्थान: अक्षेश्वर महादेव/ चुन देवी मन्दिर परिसर, सिमल चौर
नोटः यस महाकार्य मा सहयोग गर्न चाहानु हुने महानुभावहरुले टोल सुधार समितिको सचिवालयमा नाम टिपाउन सक्नुहुने छ।
अध्यक्ष
श्री राजन बस्नेत
चुनदेवी टोल सुधार समिति

13/04/2024

सम्पुर्ण चुनदेबि टोल बासिहरुमा नया बर्स २०८१ को हार्दिक मँगलमय सुभकामना ब्यक्त गर्दछैा

चुनदेबि टोल सुधार समिति परिवार

चुन्देवी पानी टँकी तथा पर्खाल र्निर्माणका सहयोगी हातहरुइच्छुक अन्य सहयोगी महानुभावको लागीसम्पर्क नम्बरRajan Basnet 98416...
26/01/2024

चुन्देवी पानी टँकी तथा पर्खाल र्निर्माणका सहयोगी हातहरु
इच्छुक अन्य सहयोगी महानुभावको लागी
सम्पर्क नम्बर
Rajan Basnet 9841699814
Jayaram Basnet 9841894074
Jitendra Kathet 9841932028

10/07/2023

जब म बूढो हुन्छु ............🙏🙏🙏🙏🙏
जब म बुढो हुन्छु, धेरै जर्जर बूढो हुन्छु , तब के तिमी मेरो नजिक थोरै समय आएर बस्छौं? के तिमि म प्रति थोरै धैर्य गर्छौं? मानौ तिम्रो महंगो सिसाको गिलास मेरो हातबाट अचानक भुइमा खसेर फुट्छ वा कचौरा बाट तरकारी भुइँमा पोखाइदिन सक्छु, म बूढो राम्रोसँग देख्न सक्दिन। मलाई तिमिले चिच्याएर गाली नगर्नु । बुढा पाकाले जतिबेला पनि आफुलाई बेवास्ताको महसुस गरि रहन्छन् , यो बारेमा तिमिलाई थाहा हुँदैन ।

एकदिन मेरो कानले सुन्न छोड्छ , एकपटक मा तिमिले भनेको कुरा बुझ्न सक्दिन , कि तिमिले के भनिरहेका छौ भनेर , यसको लागि तिमिले मलाई बहिरा नभन्नु । आवश्यक परे तिमिले कष्ट उठाएर एकपटक फेरि त्यो कुरा भन्नू वा फ़ेरि लेखेर दिनु कागजमा । मलाई माफ गरिदिनु, मलाई त प्रकृतिको नियमले नै बूढो बनाएको हो, म यसमा के गर्न सक्छु तिमी आफै भन त?

अनि जब मेरो घुँडा काम्न थाल्छ, दुबै खुट्टाले यो शरीरको वजन थाम्न सक्दैन, तिमिले थोरै धैर्य गरेर मलाई उठ्नमा सहयोग गर्दैनौंर, भन त? जुन तरिकाले तिमिले मेरो खुट्टाको पन्जामा टेकेर उभिएर पहिलोपटक हिड्न सिकेको थियौं, त्यसै तरिकाले?

कहिलेकाही ब्याट्री सकिएको रेडियो जस्तो म बकबक गरिरहन्छु , तिमिले थोरै कष्ट गरेर सुन्नु। बुहारी नातिनातिना गाउँ समाजको अगाडि प्लिज मेरो खिल्ली नउडाउँनु । मेरो बकबकले दुखी नहुनु । तिमिलाई याद छ, बच्चाबेलामा तिमी एउटा सुन्तला चकलेटको लागि मेरो वरिपरि कति चक्कर लगाउथ्यौ , जबसम्म तिमिलाइ मैले किनेर दिदिन थिए , ति कुराहरू याद आउँछ तिमिलाइ?

हुनसक्छ भने मेरो शरिरिको गन्ध देखि पनि मलाई माफ गर्दिनु। मेरो शरीरबाट बुढेसकालको गन्ध आउन थालेको छ। तब नुहाउनको लागि मलाई जबर्जस्ति नगर्नु । मेरो शरीर त्यस समय धेरै नै कमजोर हुन्छ। थोरै पानी शरिरमा पर्ने बित्तिकै चिसो लाग्न थाल्छ । मलाई देखेर नाक नथुन्नु । तिमिलाई याद छ, म तिम्रो पछाडि दौडी रहन्थे किनकि तिमी नुहाउन मान्दैनौ थियौं? तिमिले बिश्वास गर , बुढेसकालमा यस्तै नै हुन्छ । हुनसक्छ एकदिन तिमिले यो बुझ्ने छौँ ।

तिमिसँग यदि समय हुन्छ भने, एकछिन को लागि भएपनि हामिहरु साथमा गफगाफ गरौंला। दिनभरि एक्लै हुन्छु , एक्लै टाइमपास बिना दिनहरु कट्दैनन , तिमी आफ्नै काममा ब्यस्त हुन्छौं । मेरो पुरानो कुरा सुन्न मन नलागेपनी थोरै समय म नजिक बस। याद छ तिम्रो सानो गुडिया र तिमिलाई म कयौंपटक कथा सुनाउँथे अनि तिम्रो तोते बोलिहरु म सुनि रहन्थे .. तिमिलाई याद छ?

एकदिन त्यो दिन आउनेछ जब म ओछ्यानमा पल्टिने रहनेछु तब तिमिले मेरो थोरै रेखदेख गर्नेछौं? गल्तिले खाटमा पिसाब गरेभने मलाई माफ गर्दिनु । ओछ्यान फोहोर गर्दिए भने मलाई माफ गर्दिनु। अन्तिम समयमा मलाई छोडेर तिमी टाढा नजानु।

जब समय आएपछि तिम्रो हातमा मेरो हात समाइ दिनु मलाई थोरै हिम्मत दिनु ताकि म निडर भएर मृत्युलाई अँगाल्न सकु। चिन्ता नगर्नु, जब मैले मेरो सृष्टिकर्तालाई देख्छु , म उनीहरुको कानमा फुसफुसाएर भन्छु कि उनिहरुले तिम्रो कल्याण गरुन्। तिमिलाई हरेक दु:ख कष्ट बाट बचाउँन।
कारण यसैले कि तिमिले मलाई माया गर्थेउ मेरो बुढेसकालको समय तिमिले मेरो देखभाल गरेको थियौं।

म तिमिलाई धेरै-धेरै माया गर्छु, तिमी राम्रोसँग बस्नु । यो भन्दा अरु त के भन्न सक्छु र के दिन सक्छु र।copied

Dental Camp 2023
18/06/2023

Dental Camp 2023

Address

Chapagaun Takhel
Kathmandu
44710

Website

Alerts

Be the first to know and let us send you an email when चुनदेवी टोल सुधार समिती posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category