Voice of Sindhupalchowk - NSU Sindhupalchowk

Voice of Sindhupalchowk - NSU Sindhupalchowk Pushing for the positive change through the efforts of students! All Power to the Imagination!! Let's be connected with Sindhupalchowk

**कांग्रेसका GenZ हरुको पार्टीलाई साझा अपिल**आसन्न नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक ऐतिहासिक बनोस्! नेपाली सम...
11/10/2025

**कांग्रेसका GenZ हरुको पार्टीलाई साझा अपिल**

आसन्न नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक ऐतिहासिक बनोस्! नेपाली समाज झल्कने गरी पार्टी पुन:संरचना होस्, काँग्रेसको स्थापनाकालको यौवन फेरि प्राप्त होस्!

GenZ आन्दोलनको पुण्य मर्म, मेरो काँग्रेसले आत्मसाथ गरोस्!

काँग्रेसका साङ्केतिक प्रतिनिधिमूलक GenZ साथीहरूको साझा appeal!

जय नेपाल!

"नवोदयः Congress Reimagined"नेपाली कांग्रेस इतिहासको संगीन घडीमा उभिएको यो परिस्थितिमा समग्र GenZ-युवा पुस्ताको अभिमत सं...
05/10/2025

"नवोदयः Congress Reimagined"

नेपाली कांग्रेस इतिहासको संगीन घडीमा उभिएको यो परिस्थितिमा समग्र GenZ-युवा पुस्ताको अभिमत संकलन गर्दै पार्टी संरचनामा खबरदारी संगै पुनःसंरचनाको जिम्मेवार गतिविधि सञ्चालनका लागि 'नवोदयः Congress Reimagined' अभियान प्रारम्भ गरेका छौँ।

अभियानको निम्न अवधारणा पत्र अध्ययन गरी तलको सर्वेक्षण फारम भरी पार्टी रुपान्तरणको नि:स्वार्थ प्रयत्नमा हिस्सेदार हुनहुन विनम्र अनुरोध गर्दछौँ।

अवधारणा पत्रः https://tinyurl.com/Nabodaya

फारमः https://tinyurl.com/SurveyNabodaya

सप्रेम,
The नवोदयः Congress Reimagined Team

Clean Tri-Chandra, Green Trichandra! सम्पुर्ण जन सरिक हौं ।जय नेपाल।
27/06/2022

Clean Tri-Chandra, Green Trichandra!
सम्पुर्ण जन सरिक हौं ।
जय नेपाल।

21/06/2022

काठमाडौं– नेपाली कांग्रेस निकट विद्यार्थी संगठन ’सेभ त्रिचन्द्र’को अभियानमा जुटेको छ । त्रिचन्द्र क्याम्पसका ....

21/06/2022


Video credit: Dinesh Karki
शब्द र कलाले सम्बन्धित निकायलाई झकझकाउ।

"हे कुँजोपना! म त्रिचन्द्र"

अब त स्वास मात्रै जान बाकि छ,
बुढ्यौलिले मेरा अङ्गहरु कुन्जो भएका हैनन,
कुन्जो भए त केबल आफ्नै भनौदाका लापरबाहीले,
हे दैव ! मेरा इन्द्रियहरु आजभोलि बेस्वाद र स्पर्शहिन भएका छ्न,
आज मलाई यो कुँजोपनाले गिजाइरहेको छ,
आज मलाई यो कुँजोपनाले खिसिगरि रहेको छ,
आज मलाई यो कुँजोपनाले चुनौतिका साथ लर्कारि रहेको छ,
भन्दै छ, तेरो सन्तानहरु हुर्काएर त देखा अब ।

अब त स्वास मात्रै जान बाकि छ।

म आज एलान गर्छु,
हे कुन्जोपन! तिम्रो निम्छरो चुनौती म सहर्ष स्वीकार गर्छु,
हो आज मेरा सरिर तिम्रो कैदमा छ,
हो आज तिमिले मलाई बन्दि बनाएका छौ,
हो आज मेरा अङ्गहरु तिम्रा बसमा छन्,
तर तिमिले यो नबिर्सकि [×२]
अझै पनि मेरो स्वास बाकी ।

अब त स्वास मात्रै जान बाकि छ,
हे आडम्बरि कुँजोपनापना !
तिम्रो अहान्कारको शेखि अब झारिने छ,
अब त्रिदेव र त्रिलोकनै तरङ्गित हुने छ,
तिमिले एक बुवाबाट सन्तानको बियोगको प्रपन्च रचेको छौ जो,
अन्तिम स्वसनै तिम्रो पराजयको कारक तत्व बन्ने छ।

----------------------"निन्दनीय कार्यक्रम, घोर आपत्ति ! !"-----आज किन शताब्दीयौ देखि राज्य प्रणालीद्वारा अपहेलित, सिमान्...
14/06/2022

----------------------"निन्दनीय कार्यक्रम, घोर आपत्ति ! !"-----
आज किन शताब्दीयौ देखि राज्य प्रणालीद्वारा अपहेलित, सिमान्तकृत र शोषित वर्गका छोराछोरीलाई लक्षित गरि सहुलियत दिने हेतुले वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रले इन्डक्सन चुलोको वितरण गर्न खोज्दा यसरी गिजोलिन्छ। १८५५ को मुलुकी ऐनले नै विभेदलाई संस्थागत गरेको थियो जसका कारणले कथित तल्लो जात राज्यको मुलधारमा कहिले आउन सकेनन् । ३१% जनसंख्या भएको ब्राह्मण र क्षेत्रि न्यायपालिका, शिक्षा, कर्मचारीतन्त्रको ७७% भागमा र अन्य क्षेत्रको ५०% हिस्सामा नेतृत्वदायी अहोदा र तहमा छन् । जबकि २२% जनसंख्या भएको जनजाति न्यायपालिकाको १.७% र कर्मचारीतन्त्रको १.२% मा प्रतिनिधित्व छ। हिजोका दिनको भाग्यवादि चिन्तनलाई परास्त गर्न र पिछडिएका वर्ग र जातिलाई मुलधारमा डोहोर्‍याउनका निम्त नै संविधानले आरक्षणको प्रबन्ध गरेको होइन र? आर्थिक तवरमा श्रोत सिमित भएको कारणले नै वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रले सबै विधार्थिलाई पुर्याउनु नसके तापनि यि वर्ग र जातका विधार्थिलाई प्राथमिकता राख्नु के गलत हो? तपाई हामीले विधार्थि एकताको शाब्दिक अर्थ हेर्दै गर्दा मार्मिक, तार्किक र भावलाई नजर अन्दाज गरेछौ।
जय नेपाल।

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Voice of Sindhupalchowk - NSU Sindhupalchowk posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share