वैज्ञानिक समाजवाद - Scientific Socialism

  • Home
  • Nepal
  • Kathmandu
  • वैज्ञानिक समाजवाद - Scientific Socialism

वैज्ञानिक समाजवाद - Scientific Socialism वैज्ञानिक समाजवादको नयाँ कार्यक्रम: ?
(1)

12/04/2024

‘लाल वादशाह’ हरूको नयाॅ चटक -(डा. बाबुराम भट्टराई
Dr. Baburam Bhattarai)को मन्चन फेरि शुरू भएको छ!

यिनका ‘कम्युनिज्म’ ‘राष्ट्रवाद’ आदि खोलमा बेचिने/बाॅडिने ठगीका पुलिन्दाहरूहरूले युगौंदेखि राणा/शाह राजा/महाराजाहरूद्वारा ठगिदै आएका सामान्यजन र वेरोजगार युवाहरूलाई अझै केही समय झुलाउन सक्छ। तर माओले भने झैं ‘बादशाहलाई घोडाबाट खसाल्ने साहस’ नगरेसम्म जनता पूर्ण मुक्त हुने छैनन्!

सबैले अब आँखा खोलौं !!

विभिन्न कम्युनिष्ट घटकहरूसंग आवद्ध साथीहरूलाई चोट पुग्न सक्छ! जन्मजात कम्युनिष्ट विरोधीहरूले खुच्चिम भन्न सक्छन्! तर भौतिकवादी द्वन्दवादी चिन्तनप्रणाली अपनाउनेहरूले भावनामा बगेर हैन तथ्यवाट सत्य खोज्ने तरिकाले र देश-कालको सापेक्षतामा विषयवस्तुलाई बुझ्नुपर्छ!

वर्गविहीन-राज्यविहीन-शोषणविहीन समाजको परिकल्पनाको अर्थमा ‘कम्युनिज्म’ को अवधारणा जन्मेको हो! त्यो अत्यन्त राम्रो र सुन्दर परिकल्पना हो! जसरी प्राचीन युगका चिन्तकहरूले ‘स्वर्ग’ को परिकल्पना गरेका थिए त्यसरी नै आधुनिक औद्योगिक युगका मार्क्स-एंगेल्स लगायतका चिन्तकहरूले कम्युनिज्मको अवधारणा अघि सारेका हुन्।

हाम्रा उहिलेका ऋषिमुनिहरूले तपस्या/ध्यान/कर्मकाण्ड मार्फत अदृश्य ईश्वरलाई रिझाएर मरेपछि ‘स्वर्ग’ पुग्ने कुरा गरेका थिए भने मार्क्स-एंगेल्सहरूले शोषित-उत्पीडितहरूले शोषक-उत्पीडकहरूका विरूद्ध संघर्ष गरेर र राज्य तथा समाजलाई उन्नत ढंगले पुनर्संरचना गरेर यही पृथ्वीमा ‘कम्युनिज्म’ स्थापना गर्न सकिने बताएका थिए।

कम्युनिज्मका परिकल्पनाकारहरूले समाजका सम्पत्तिविहीन र निजी स्वार्थबाट मुक्त तथा अग्रचेतनाले युक्त श्रमिकहरू ( जसलाई ‘सर्वहारा’ भनिएको थियो) को संगठित संघर्षको बलमा पहिले सर्वहारा अधिनायकत्व भएको राज्य स्थापना गर्ने र त्यसले उत्पादक शक्ति र उत्पादन सम्बन्धको निरन्तर विकास गरेर ( जसलाई ‘समाजवाद’ का विभिन्न चरण भनिएको थियो) अन्त्यमा वर्गविहीन-राज्यविहीन अवस्थामा पुग्ने प्रक्षेपण गरेका थिए।

त्यही अवधारणा अनुरूप उन्नाइसौं र मुख्यतः बिसौं शताब्दीमा विभिन्न नाममा श्रमिक वर्गका पार्टीहरू स्थापना भएर अन्ततः कम्युनिज्ममा पुग्ने ध्येय सहित नयाॅ जनवादी /जनताको जनवादी / समाजवादी क्रान्तिहरू भए।

शुरूमा अधिकांश श्रमिक वर्गका पार्टीका नामहरू ‘कम्युनिष्ट पार्टी’ नभएर ‘ लेवर पार्टी’ ‘सोसल डेमोक्राटिक पार्टी’ ‘वर्कर्स पार्टी’ आदि थिए। लेनिनले नेतृत्व गरेको रूसको पार्टीको नाम नै ‘सोसल डेमोक्राटिक लेवर पार्टी अफ रस्सा’ थियो। परन्तु पहिलो विश्वयुद्ध ताका ती अधिकांश पार्टीहरूले सुधारवादी र अवसरवादी बाटो लिए पछि लेनिनको पार्टीले आफ्नो नाम ‘कम्युनिष्ट पार्टी’ राख्यो । त्यसको सिको गर्दै नेपाल र विश्वभरका अधिकांश श्रमिक वर्गीय पार्टीहरूले आफ्नो नाम ‘कम्युनिष्ट पार्टी’ राखे।

अहिले सय बर्ष पछि फर्केर हेर्दा विश्वमा र नेपालमा धेरै पानी, पसिना,रगत बगिसकेको छ।कुनै वेला विश्वका ३६ देशमा भएको एकल कम्युनिष्ट पार्टीको शासन अहिले ५ देशमा ( चीन, उत्तर कोरिया, क्यूवा,भियतनाम,ळाओस) खुम्चिएको छ।

बहुदलीय प्रतिस्पर्धामा राम्रै उपस्थितिमा रहेका ‘युरोकम्युनिष्ट’ ( फ्रान्स, स्पेन, इटली इ.) हरू केही दशक यता हराइरहेछन्! भारतको पश्चिम बंगालमा ३३ बर्षसम्म निर्वाचित सरकार चलाएका कम्युनिष्टहरू अहिले अस्तित्व रक्षामा छन्।

यो सबै विश्व इतिहास र घटनाबाट नेपालका कम्युनिष्टहरूले सिक्नुपर्छ कि पर्दैन? विचार, राजनीति, कार्यक्रम, संगठन,नेतृत्व, आचरण सबै क्षेत्रमा पुनर्विचार गर्नुपर्छ कि पर्दैन? स्टालिनको पालादेखि जनवादी केन्द्रीयताको नाममा पार्टीभित्र मौलाएको नोकरशाहीतन्त्र र अभिजात वर्गकै धर्मसन्तान अहिलेका हाम्रा ‘ लाल वादशाह’ हरू हैनन् र?

एक्काइशौं शताब्दीको चौथो औद्योगिक क्रान्तिको परिवेश, नेपालको दिनहुॅ पेचिलो बन्दै गैरहेको जटील भूराजनीति, पचासौं लाख युवाहरू विदेश पलायन हुन बाध्य पार्ने तन्नम अर्थतन्त्र, रेमिटेन्स र विदेशी ऋणले धानेको राष्ट्रिय ढुकुटीमाथि भैरहेको वेरोकटोक लुछाचुॅडी आदिलाई मध्यनजर गर्दै अब परको ‘कम्युनिज्म’ को मृगमरीचिकामा अल्झनु भन्दा हामीले ठूलो बलिदान पश्चात आफैले बनाएको संविधानले निर्दिष्ट गरेको “ लोकतान्त्रिक मूल्यमान्यतामा आधारित समाजवाद” लाई मार्गनिर्देशक सिद्धान्त मानेर किन अघि नबढ्ने?

‘कम्युनिष्ट’ ब्राण्डमोहमा अल्झिनु भएका साथीहरूलाई हाम्रो विनम्र प्रश्न सहितको आग्रह छ - मार्क्स-लेनिन-माओले समाजवादका विभिन्न चरण पार गरेर मात्रै कम्युनिज्ममा पुग्न सकिन्छ भनेका हैनन्? त्यसो हो भने बहस कस्तो समाजवाद?कसरी समाजवाद? भन्नेतिर केन्द्रित हुनुपर्ने हैन र? अनि हिजो लेनिनले पार्टीको ‘सामाजिक जनवादी’ ब्राण्डनाम अवसरवादीहरूले वदनाम गरे भनेर ‘कम्युनिष्ट’ नाम राखेका थिए तर आज ‘लाल वादशाह’ हरूले ‘कम्युनिष्ट’ नाम नै वदनाम गरिदिएपछि हामीले ‘समाजवादी’ वा यस्तै नयाॅ नाम राख्न किन नहुने? #बाबुराम_भट्टराई

यसको नाम के हो!
15/08/2023

यसको नाम के हो!

 #वैज्ञानिक_समाजवादको_रोडम्याप  #वैज्ञानिक_समाजवाद_निर्माण_अभियान  #वैज्ञानिक_समाजवादको_घोषणा_पत्र  #रमेश_सुनुवार  #समाज...
03/06/2023

#वैज्ञानिक_समाजवादको_रोडम्याप #वैज्ञानिक_समाजवाद_निर्माण_अभियान #वैज्ञानिक_समाजवादको_घोषणा_पत्र #रमेश_सुनुवार #समाजवादी_क्रान्ति

भूमण्डलीकृत पूँजीवादबाट उत्पीडित विश्वका सम्पूर्ण वर्गहरू एक होउँ! #रमेश_सुनुवार #सर्वहारा_क्रान्ति ...

AI impact in modes of production based on the web search results:Artificial intelligence (AI) is transforming the manufa...
15/03/2023

AI impact in modes of production based on the web search results:

Artificial intelligence (AI) is transforming the manufacturing industry by enhancing productivity, quality, efficiency, and safety. AI can automate complex tasks, detect product defects, create product designs, predict equipment failures, and optimize production processes. AI can also enable real-time monitoring and adjustment of manufacturing operations to meet changing customer demands and market conditions. AI is a game changer for manufacturers with heavy assets who want to gain a competitive edge and improve their bottom line

विज्ञानमा विकसित एकीकृत सिद्धान्तको अर्थसम्पूर्ण विश्वका विविधताहरुलाई एकतामा ल्याउने वैज्ञानिक प्रयत्नलाई एकीकृत सिद्धा...
15/03/2023

विज्ञानमा विकसित एकीकृत सिद्धान्तको अर्थ
सम्पूर्ण विश्वका विविधताहरुलाई एकतामा ल्याउने वैज्ञानिक प्रयत्नलाई एकीकृत सिद्धान्त नामकरण गरिएको छ ।
-रमेश सुनुवार

विज्ञानको अन्तिम लक्ष्य सम्पूर्ण विश्वको एकता हो । यो लक्ष्य प्राप्त गर्नका लागि विज्ञान निरन्तर अगाडि बढिरहेक.....

 #वैज्ञानिक_समाजवादको_घोषणा_पत्र  #वैज्ञानिक_समाजवाद_निर्माण_अभियान  #दार्शनिक_रमेश_सुनुवार
11/03/2023

#वैज्ञानिक_समाजवादको_घोषणा_पत्र #वैज्ञानिक_समाजवाद_निर्माण_अभियान #दार्शनिक_रमेश_सुनुवार

It is possible to implement agriculture without using human labor. Automated machinery can be used to carry out certain ...
01/03/2023

It is possible to implement agriculture without using human labor. Automated machinery can be used to carry out certain tasks, such as planting, harvesting, and weeding. Additionally, advanced sensors and cameras can be used to monitor crop health, allowing for immediate intervention if pests or diseases are detected. AI-driven robots could also be used to carry out labor-intensive tasks, such as harvesting and sorting. Automation also has the potential to reduce costs and increase production efficiency, allowing for greater profits for farmers.
#वैज्ञानिक_समाजवाद_निर्माण_अभियान का अाधारहरू #वैज्ञानिक_समाजवादकाे_राेडम्याप पढ्नुहाेस्।

Address

Bagbazaar
Kathmandu
44660

Alerts

Be the first to know and let us send you an email when वैज्ञानिक समाजवाद - Scientific Socialism posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to वैज्ञानिक समाजवाद - Scientific Socialism:

Share