KMC - Ward No. 4

KMC - Ward No. 4 का म पा ४ वडा अन्तर्गतका गतिविधिहरु र वडाका महत्वपुर्ण सुचनाहरु यस पेजमा प्राप्त गर्नु हुनेछ।

08/01/2026

निर्माणाधिन शिवस्थली पार्क!

सरस्वती टोल मार्गमा कालो पत्रे गर्ने कार्य भइरहेको छ।
17/12/2025

सरस्वती टोल मार्गमा कालो पत्रे गर्ने कार्य भइरहेको छ।

16/12/2025

टुडालडेवी मन्दिर अनि त्यहाँको मनमोहक वातावरण ! ! ❤️

काठमाडौं महानगरपालिका भित्रका निर्वाचित प्रतिनिधिहरु मध्ये उत्कृष्ट कार्य सम्पादन गर्नु भै उदाहरणीय भुमिका निर्वाह गर्नु...
15/12/2025

काठमाडौं महानगरपालिका भित्रका निर्वाचित प्रतिनिधिहरु मध्ये उत्कृष्ट कार्य सम्पादन गर्नु भै उदाहरणीय भुमिका निर्वाह गर्नु भएका यस वडाका वडा सदस्य श्री सरु अधिकारी ज्यु काठमाडौं महानगरपालिका द्वारा सम्मानित हुनु भएको छ। यस अवसरमा सम्पुर्ण वडावासी साथै व्यक्तिगत रुपमा उहाँलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौ।

यस वडा अन्तर्गत अखण्ड मार्गमा कालो पत्रे भइरहेकोले बैकल्पिक बाटो अपनाउनु हुन अनुरोध गर्दछौ।
11/12/2025

यस वडा अन्तर्गत अखण्ड मार्गमा कालो पत्रे भइरहेकोले बैकल्पिक बाटो अपनाउनु हुन अनुरोध गर्दछौ।

अत्यन्तै जरुरी सुचना! !
04/09/2025

अत्यन्तै जरुरी सुचना! !

धुम्रबराह मन्दिर काठमाडौं महानगरपालिका–४, धुम्बाराहीस्थित एक ऐतिहासिक तथा धार्मिक महत्वको स्थल हो, जहाँ भगवान विष्णुको ब...
27/07/2025

धुम्रबराह मन्दिर काठमाडौं महानगरपालिका–४, धुम्बाराहीस्थित एक ऐतिहासिक तथा धार्मिक महत्वको स्थल हो, जहाँ भगवान विष्णुको बराह अवतारको विशेष पूजा गरिन्छ। परापूर्वकालदेखि श्रद्धालुहरूको आस्थाको केन्द्र रहँदै आएको यस मन्दिर परिसरमा प्रत्येक वर्ष विशेष तिथिमा पूजाआजा र धार्मिक कार्यक्रमका आयोजना गरिने गरिन्छ।

🙏 आस्था, परम्परा र संस्कृतिको साझा केन्द्र धुम्रबराह मन्दिर परिसरमा यस वर्ष पनि विशेष पूजाअर्चना र धार्मिक कार्यक्रमका साथ बराह जयन्ती भव्य रूपमा मनाइनेछ।

📍 स्थान: धुम्रबराह मन्दिर परिसर, धुम्बाराही
🕗 समय: बिहान ८:०० बजेदेखि बेलुका ६:३० बजेसम्म

🌼 साँस्कृतिक सम्पदा जोगाऔं, आस्था र परम्परालाई साथ दिऔं।

आउँदो सेप्टेम्बर २५ देखि अक्टोबर ५ सम्म भारतको नयाँ दिल्लीमा आयोजना हुने १२औँ विश्व पारा एथलेटिक्स च्याम्पियनसिपमा नेपाल...
22/07/2025

आउँदो सेप्टेम्बर २५ देखि अक्टोबर ५ सम्म भारतको नयाँ दिल्लीमा आयोजना हुने १२औँ विश्व पारा एथलेटिक्स च्याम्पियनसिपमा नेपालका तर्फबाट प्रभा आङ्दम्बे र हिमाल अर्यालले सिधा प्रवेश पाएका छन् भन्ने खबरले सम्पूर्ण नेपालीलाई गर्वित बनाएको छ।

यस गौरवपूर्ण उपलब्धिमा काठमाडौं महानगरपालिका–वडा नं. ४ को तर्फबाट खेलाडीहरूलाई उत्साहवर्धन गर्दै आवश्यक खेलकुद सामग्री प्रदान गरिएको छ।

🏆 प्रभा आङ्दम्बे र हिमाल अर्याललाई सफलताको हार्दिक शुभकामना!
तपाईंहरूको संघर्ष, समर्पण र सफलता सम्पूर्ण देशका लागि प्रेरणादायी बनोस्।

नेपाललाई अन्तर्राष्ट्रिय खेल जगतमा चिनाउन सम्भाव्यता भएको पिकल बल हाल हाम्रो वडामा रहेको विशाल मिलन केन्द्रमा नि:शुल्क ख...
19/07/2025

नेपाललाई अन्तर्राष्ट्रिय खेल जगतमा चिनाउन सम्भाव्यता भएको पिकल बल हाल हाम्रो वडामा रहेको विशाल मिलन केन्द्रमा नि:शुल्क खेलाइन्छ। यस खेललाई थप प्रवर्धन गर्न र खेलाडीहरुको मनोबललाई उच्च राख्न वडाले खेल सामाग्रीहरु प्रदान गरेको छ।

यो बर्ष वडामा कर तिर्ने करदाताहरुलाई सम्मान स्वरुप कागतीको बिरुवा प्रदान गरिएको छ। पछिल्लो बर्ष समयमा कर बुझाउनु हुने कर...
18/07/2025

यो बर्ष वडामा कर तिर्ने करदाताहरुलाई सम्मान स्वरुप कागतीको बिरुवा प्रदान गरिएको छ। पछिल्लो बर्ष समयमा कर बुझाउनु हुने करदाताहरुलाई प्राङ्गारिक मल दिएर सम्मान गरिएको थियो।

सामाजिक सुरक्षा परिचय पत्र नवीकरण सम्बन्धी अत्यन्त जरुरी सुचना!!पत्रमा उल्लेख लाभग्राहीहरुले २०८२ श्रावण २ देखि भदौ २५ ग...
17/07/2025

सामाजिक सुरक्षा परिचय पत्र नवीकरण सम्बन्धी अत्यन्त जरुरी सुचना!!पत्रमा उल्लेख लाभग्राहीहरुले २०८२ श्रावण २ देखि भदौ २५ गते सम्म आफ्नो स्थायी ठेगाना रहेको यस वडा ४ कार्यालयमा स्वोयम उपस्थित भएर अनिवार्य परिचय पत्र नवीकरण गर्नु हुन अनुरोध गर्दछौ। नवीकरणको लागि आवश्यक कागजपत्र तल दिएको सुचनामा हेर्न सक्नु हुने छ।

Address

Baluwatar
Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when KMC - Ward No. 4 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category