Nepali Army

Nepali Army Welcome to the official page of the Nepali Army(NA).
(459)

हवाई तथा जमिनी खोज तथा टनेल उद्धार अपडेट (मिति २०८३ भाद्र १७ गते, १९०० बजे).......................१. खोज तथा उद्धार कार्...
02/09/2026

हवाई तथा जमिनी खोज तथा टनेल उद्धार अपडेट (मिति २०८३ भाद्र १७ गते, १९०० बजे).......................
१. खोज तथा उद्धार कार्य
• नेपाली सेनाद्वारा हवाई साधनमार्फत आज मिति २०८३ भाद्र १७ गतेको १९०० बजेसम्म विभिन्न प्रभावित इलाकाहरूबाट ३४ जनाको उद्धार गरिएको। साथै हालसम्म नेपाली सेनाले हवाई साधनमार्फत २७३ जना विदेशी सहित जम्मा ३,९२५ जनाको उद्धार गरेको।

२. टनेलमा खोज तथा उद्धार कार्य
रसुवागढी हाइड्रोमा नेपाली सेना तथा आयोजनाको प्रतिनिधि (इन्जिनियर) सहित २७५ मि. सम्म पुगी खोजी कार्य भइरहेको र हेभी मेशिन/Excavator Drop गरी उद्धार कार्यलाई थप तीव्र गराउने तयारी रहेको।
लाङटाङ हाइड्रोमा विदेशीसहित २५ जनाको संयुक्त खोज तथा उद्धार टोलीले टनेलभित्र करिब १५० मिटरसम्म प्रवेश गरी खोजी कार्य भइरहेको।
चिलिमे हाइड्रोमा माउन्टेन एसोसिएसन र विदेशीसहितको संयुक्त टोली १५० मि. मा पुगी टनेल बन्द भएको अवस्थामा फेला परेको र Sound Detector बाट मोनिटर गर्ने कार्य भएको।
अपर त्रिशूली-१ मा संयुक्त खोज उद्धार टोलीले टनेलको मुख ढुङ्गाले छेकिएको अवस्थामा रहेकोले भित्र छिर्ने प्रयास भइरहेको। साथै, हाकु बेसीमा विदेशीसहितको संयुक्त टिम २६० मि. भित्रसम्म पुगी खोजी कार्य गर्दा हालसम्म केही फेला नपरेको। मेन टनेलमा २५ मिटर, Access टनेल-१ बाट करिब १५० मिटर र Access टनेल-२ बाट करिब २० मिटर गएपश्चात् २६ मिटर पानी भएको Descender Basin सम्म पुगेको जसको अगाडी बन्द अवस्थामा भेटिएको
त्रिशूली-3A मा नेपाली सेना सहितको ९३ जनाको संयुक्त उद्धार टोलीले ४ वटा स्काभेटर र एक Bobcat बाट माटो पन्छाई Compressor Machine, Breaker तथा ब्लाष्टिङ्ग कार्य पश्चात् टनेलको Outlet मा लेदो भरिएको हुँदा Bobcat द्वारा माटो फाल्ने कार्य गरी अगाडी रहेको चट्टान ब्लाष्टिङ्गको कार्य भइरहेको।
त्रिशूली-3B मा नेपाली सेनाको ६१, गैर सैनिक ३ र आयोजनाका प्रबन्ध निर्देशक सहितको संयुक्त उद्धार टोलीले आयोजनाको कार्यालय र निवास पहिचान गरी Bobcat सहित अफिस र Camp area पहिचान तथा खोजी कार्य भइरहेको।

३. जमिनी खोज तथा उद्धार र राहत
• प्रभावित क्षेत्रका जङ्गल, एवम् डाँडाहरूका साथै खोला र वस्ति इलाकामा स्थानीयहरूलाई सुरक्षा प्रत्याभूति दिलाई आवश्यक उद्धार एवम् डाक्टर अधिकृत सहित स्वास्थ्य सेवा प्रदान गर्नको लागि पैदल गस्ती गरी आम जनसमुदायलाई स्वास्थ्य सेवा समेत प्रदान गरेको।
• त्रिशूली पारी कोलोनीदेखि तुप्चे, सोले बजार र नुवाकोट जिल्लाको विभिन्न स्थानहरूमा खोज तथा उद्धारको कार्य भइरहेको।
• टिमुरे इलाकामा फेला परेका शव व्यवस्थापनको लागि त्रिशूलीसम्म ल्याउन Sling Load Operation सुरु गरिएको।
• रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन र नवलपरासी पूर्वका प्रभावित क्षेत्रहरूमा नेपाली सेनाका ९ हजार २ सय भन्दा बढी फौज प्रत्यक्ष रूपमा खटिई समन्वयात्मक रूपमा घाइतेहरूको खोज तथा उद्धार, शव व्यवस्थापनमा सहयोग, अवरुद्ध सडक सुचारु, राहत सामग्री ढुवानी एवम् आपत्कालीन उपचार कार्य गरिरहेको।

४. निसंक्रमण (Disinfect) गर्ने कार्य
• प्रभावित इलाकाहरूलाई स्वस्थ र निसंक्रमण गर्ने उद्देश्यले रसुवा (धुन्चे, Red Panda इलाका), नुवाकोट (सैन्य तालिम केन्द्र, त्रिशूली), चितवन (देवघाट), धादिङ (गजुरी प्राथमिक स्वास्थ्य केन्द्र र शव फेला परेको स्थानहरू), कास्की (याम्दी बाटुली चौर), तनहुँ (ब्यास-५, चैनपुर) र नवलपरासी पश्चिम (पृथ्वीचन्द्र अस्पताल, परासी (शव सङ्कलन केन्द्र) सुनवल न.पा.-४, मुलपानी सामुदायिक वन (शव व्यवस्थापन) लगायतका शव फेला परेको स्थानहरूमा Disinfect को कार्य भइरहेको र अन्य प्रभावित क्षेत्रहरूमा स्थानीय निकायको समन्वयमा गर्ने तयारी भइरहेको।

02/09/2026

रसुवाको धुन्चे जाने वैकल्पिक बाटो......

#नेपालीसेना

02/09/2026

अपर त्रिशुली १ जलविद्युत आयोजनाको सुरङभित्र खोज तथा उद्धार.........

02/09/2026

रसुवागढी जलविद्युत आयोजनाको सुरङभित्र खोज तथा उद्धार.........

02/09/2026

त्रिशुली 3A जलविद्युत आयोजनाको सुरङभित्र खोज तथा उद्धार.........

हवाई तथा जमिनी खोज तथा टनेल उद्धार अपडेट (२०८३ भाद्र १७ गते, ११०० बजे)...................................१.  टनेलमा खोज ...
02/09/2026

हवाई तथा जमिनी खोज तथा टनेल उद्धार अपडेट (२०८३ भाद्र १७ गते, ११०० बजे)...................................

१. टनेलमा खोज तथा उद्धार कार्य
• रसुवागढी हाइड्रोमा उद्दार टोली टलेनको करिब १५० मिटरभित्र पुगेको र ठूला चट्टानहरूको कारण भित्र जान नसकेकोले आज पुन: खोज तथा उद्धार कार्य जारी रहेको।
• लाङटाङ हाइड्रोमा विदेशीसहित २५ जनाको संयुक्त खोज तथा उद्धार टोलीले टनेलभित्र करिब १५० मिटरसम्म प्रवेश गरी खोज तथा उद्धार कार्य भईरहेको।
• चिलिमे हाइड्रोमा विदेशीसहितको संयुक्त टोलीले खोज तथा उद्धारको कार्य गरिरहेको।
• अपर त्रिशूली १, हाँकुमा #नेपालीसेना को टोलीद्वारा खोज तथा उद्धार भईरहेको।
• त्रिशूली-3A मा #नेपालीसेना सहितको ९३ जनाको संयुक्त उद्धार टोलीले ३ वटा स्काभेटर र १ वटा Bobcat बाट माटो पन्छाई Compressor Machine, Breaker तथा ब्लाष्टिङ्ग कार्य पश्चात टनेलको Outlet भेटिएको। वर्षाको कारण राती जमेको करिब १.५ मि. पानीलाई pump द्वारा फाल्ने कार्य गरिएको।
• त्रिशूली-3B मा #नेपालीसेना को ६१, गैरसैनिक ३ र आयोजनाका प्रबन्ध निर्देशक सहितको संयुक्त उद्धार टोलिले आयोजनाको कार्यालय र निवास पहिचान गरि उक्त इलाकासम्म पुग्न Excavator बाट बाटो बनाउने कार्य भइरहेको।

२. जमिनी खोज तथा उद्धार र राहत
• प्रभावित क्षेत्रका जङ्गल, एवम् डाँडाहरूका साथै खोला र वस्ति इलाकामा स्थानीयहरूलाई सुरक्षा प्रत्याभूति दिलाई उद्धारको आवश्यकता मूल्याङ्कन गर्नको लागि पैदल गस्ती गरी आम जनसमुदायसँग अवस्था बुझ्ने कार्य भइरहेको।
• त्रिशुली पारी कोलोनीदेखि तुप्चे, सोले बजार र नुवाकोट जिल्लाको विभिन्‍न स्थानहरुमा खोज तथा उद्दारको कार्य भईरहेको ।
• टिमुरे ईलाकामा फेला परेका शव ब्यवस्थापनको लागि त्रिशुली सम्म ल्याउन Sling Load Operation शुरु गरीएको
• रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन र नवलपरासी पूर्वका प्रभावित क्षेत्रहरूमा नेपाली सेनाका ९ हजार २ सय भन्दा बढी फौज प्रत्यक्ष रूपमा खटिई समन्वयात्मक रूपमा घाइतेहरूको खोज तथा उद्धार, शव व्यवस्थापनमा सहयोग, अवरुद्ध सडक सुचारु एवम् आपत्कालीन उपचार कार्य गरिरहेको।

02/09/2026

चिलिमे जलविद्युत आयोजनाको सुरङभित्र खोज तथा उद्धार.........

02/09/2026

लाङटाङ जलविद्युत आयोजनाको सुरङभित्र खोज तथा उद्धार.........

हवाई तथा जमिनी खोज तथा टनेल उद्धार अपडेट (मिति: २०८३ भाद्र १६ गते, १९०० बजे).....................१. खोज तथा उद्धार कार्य...
01/09/2026

हवाई तथा जमिनी खोज तथा टनेल उद्धार अपडेट (मिति: २०८३ भाद्र १६ गते, १९०० बजे).....................
१. खोज तथा उद्धार कार्य
• नेपाली सेनाद्वारा हवाई साधनमार्फत आज मिति २०८३ भाद्र १६ गतेको १९०० बजेसम्म एक बेलायती नागरिक सहित जम्मा ११९ जनाको उद्धार गरिएको।साथै हालसम्म नेपाली सेनाले हवाई साधनमार्फत २७३ जना बिदेशी सहित जम्मा ३८९१ जनाको उद्धार गरेको।
• नेपाली सेनाको हवाई साधनमार्फत धुन्चे, कोलोनी, बेत्रावति र त्रिशूली 3A मा गरी जम्मा २५०० के.जी. राहत सामग्री ढुवानी गरेको।

२. टनेलमा खोज तथा उद्धार कार्य
• चिलिमे हाइड्रोमा विदेशीसहित २६ जनाको संयुक्त खोज तथा उद्धार टोलीले टनेलभित्र प्रवेश गरी करिब १५० मिटर भित्रसम्म पुग्दा भिरालो भाग सुरु भए पश्चात् पूर्ण रूपमा पुरिएको अवस्थामा फेला परेको।
• अपर त्रिशूली-१ को हाँकूमा विदेशीसहितको संयुक्त खोज तथा उद्धार टोली १६० मिटरसम्म पुग्दा टनेल टालिएको अवस्थामा फेला परेको।
• त्रिशूली-3A मा टनेल हेड फेला परेको र ३ वटा Excavator बाट माटो पन्छाई Compressor र Rock Breaker द्वारा Inlet टनेलमा पारिएको होलमा अत्यधिक पानी आएकोले उक्त स्थानबाट छिर्न असम्भव देखिएकोले टनेलको Outlet बाट पुनः होल पार्ने कार्य जारी रहेको।
• त्रिशूली-3B आयोजनाको कार्यालय तथा निवास पहिचान गरी Excavator मार्फत पहुँचमार्ग निर्माण जारी रहेको।

३. जमिनी खोज तथा उद्धार र राहत
• प्रभावित क्षेत्रका जङ्गल, एवम् डाँडाहरूका साथै खोला र बस्ति इलाकामा स्थानीयहरूलाई सुरक्षा प्रत्याभूति दिलाई आवश्यक उद्धार एवम् डाक्टर अधिकृत सहित स्वास्थ्य सेवा प्रदान गर्नको लागि पैदल गस्ती गरी आम जनसमुदायसँग अवस्था बुझ्ने कार्य भइरहेको। रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन र नवलपरासी पूर्वका प्रभावित क्षेत्रहरूमा नेपाली सेनाका ९ हजार २ सय भन्दा बढी फौज प्रत्यक्ष रूपमा खटिई समन्वयात्मक रूपमा घाइतेहरूको खोज तथा उद्धार, शव व्यवस्थापनमा सहयोग, अवरुद्ध सडक सुचारु एवम् आपत्कालीन उपचार कार्य गरिरहेको। साथै, नेपाली सेनाले त्रिशूली र धुन्चेमा स्थापना गरेको आपत्कालीन उपचार केन्द्र तथा मेडिकल पट्रोलबाट आज जम्मा २५१ जनालाई स्वास्थ्य सेवा प्रदान गरिएको। साथै हालसम्म जम्मा ३०२८ जनाले स्वास्थ्य सेवा प्राप्त गरेका छन्।

४. निसंक्रमण (Disinfect) गर्ने कार्य सम्बन्धी
प्रभावित इलाकाहरूलाई स्वस्थ र निसंक्रमण गर्ने उद्देश्यले धुन्चे, त्रिशुली, गजुरी, देवघाट लगायतका इलाकाहरूलाई Disinfect गरिएको र अन्य प्रभावित क्षेत्रहरूमा स्थानीय निकायको समन्वयमा Disinfect को कार्य गर्ने समन्वय भइरहेको।

५. तुइन निर्माण सम्बन्धी कार्य
त्रिशूली नदीको प्रभावित विभिन्न पाँच स्थानहरूमा तुइन निर्माण गर्ने योजनाअन्तर्गत नुवाकोट जिल्ला, विदुर न.पा.९ इन्द्रायणी घाटमा करिब २५० मिटर लामो तुइन जडान गरी प्रभावित इलाकालाई बजार एवम् अस्पतालसँगको पहुँचमा सहजता प्रदान गरेको।

हवाई तथा जमिनी खोज तथा टनेल उद्धार अपडेट (२०८३ भाद्र १६ गते, १७०० बजे)............१. खोज तथा उद्धार कार्य• नेपाली सेनाद्...
01/09/2026

हवाई तथा जमिनी खोज तथा टनेल उद्धार अपडेट (२०८३ भाद्र १६ गते, १७०० बजे)............
१. खोज तथा उद्धार कार्य
• नेपाली सेनाद्वारा हवाई साधनमार्फत आज मिति २०८३ भाद्र १६ गतेको १७०० बजेसम्म एक विदेशी नागरिक सहित जम्मा ११८ जनाको उद्धार गरिएको।

२. टनेलमा खोज तथा उद्धार कार्य
• चिलिमे हाइड्रोमा विदेशीसहित २६ जनाको संयुक्त खोज तथा उद्धार टोलीले टनेलभित्र प्रवेश गरी करिब १५० मिटर भित्रसम्म पुग्दा भिरालो भाग सुरु भए पश्चात् पूर्ण रूपमा पुरिएको अवस्थामा फेला परेको।
• अपर त्रिशूली-१ को हाँकूमा विदेशीसहितको संयुक्त खोज तथा उद्धार टोली १६० मि. सम्म पुग्दा टनेल टालिएको अवस्थामा फेला परेको।
• त्रिशूली-3A मा टनेल हेड फेला परेको र ३ वटा Excavator बाट माटो पन्छाई Compressor र Rock Breaker द्वारा Inlet टनेलमा पारिएको होलमा अत्यधिक पानी आएकोले उक्त स्थानबाट छिर्न असम्भव देखिएकोले टनेलको Outlet बाट पुनः होल पार्ने कार्य जारी रहेको।
• त्रिशूली-3B आयोजनाको कार्यालय तथा निवास पहिचान गरी Excavator मार्फत पहुँचमार्ग निर्माण जारी रहेको।

३. तुइन निर्माण सम्बन्धी कार्य
त्रिशूली नदीको प्रभावित विभिन्न पाँच स्थानहरूमा तुइन निर्माण गर्ने योजनाअन्तर्गत नुवाकोट जिल्ला, विदुर न.पा.९ इन्द्रायणी घाटमा करिब २५० मिटर लामो तुइन जडान गरी प्रभावित इलाकालाई बजार एवम् अस्पतालसँगको पहुँचमा सहजता प्रदान गरेको।


Address

Bhadrakali
Kathmandu
00977

Alerts

Be the first to know and let us send you an email when Nepali Army posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share